उत्तर आधुनिकताको त्रासदी
४
अनावश्यक उपभोक्ता वस्तु
बजारमा बिक्रीका लागि राखिएका र हामीले खरिद
गर्ने वस्तुहरू के ती सबै हाम्रा आवश्यकताका वस्तुहरू हुन? आजभोलि बजारहरूमा देखा
पर्ने वस्तुहरू हाम्रो आवश्यकता अनुसारका हुन् वा उत्पादक एवं बिक्रेताहरूको
आवश्यकता अनुसारका हुन?
अहिले उत्पादकहरूले केवल त्यस्ता वस्तुहरू
उत्पादन गर्नमा बढी जोड दिइरहेका छन जुन उत्पादन गर्दा उनीहरूलाई बढी मुनाफा
प्राप्त होस। बिक्रेताहरूले पनि त्यस्ता वस्तुहरू मात्र बिक्री गर्नमा जोड
दिइरहेका छन जुन बिक्री गर्दा उनीहरूलाई बढी मुनाफा प्राप्त होस। के यी भनाइहरू
सत्य हुन? यी भनाईहरू सत्य हुन् भने हामीले हाम्रो लागि उपयुक्त, स्वस्थकर र मानव
सभ्यताको रक्षा गर्ने वस्तुहरू प्राप्त गरिरहेका छैनौ।
उत्तर आधुनिक युगमा व्यवसायीहरूले केवल मुनाफालाई
महत्व दिइरहेका छन भने मानव कल्याण भन्ने विषय नै बिर्सिंदै गइरहेका छन्। अहिले
बजारलाई मुनाफले संचालन र नियनन्त्रण गरिरहेको छ। मानव-हित भन्ने विषय
प्राथमिकताको ज्यादै तल्लो तहमा हुन पुगेको छ।
धेरै जग्गा लिएर थोरै फल्ने, उत्पादकत्व कम हुने,
उत्पादन लागत अधिक पर्ने वस्तुहरू मानव स्वास्थ्यका लागि हितकर भएता पनि तिनको
उत्पादन अब क्रमश: कम भएर जाने छ। जस्तै आलस, तोरी, रहर, मसुरो, चना जस्ता अन्न र
बोडी, लहसुन, झिगुनी, रामतोरियां, करैला, आदि जस्ता तरकारी, आदिको उत्पादन कम
हुनेछ। उत्पादन भए पनि अति महँगो मूल्यमा बिक्री हुने छ। फलस्वरूप कम आय भएका
ब्यक्तिहरूले यस्ता वस्तु उपभोग गर्न क्रमश: असम्भव भएर जाने छ। फर्सी, भन्टा,
काउली, लौका, प्याज, बन्दा कोभी जस्ता कम जग्गा लिरए धेरै फल्ने, उत्पादकत्व पनि
अधिक हुने र बिक्री गर्दा उत्पादक एवं बिक्रेतालाई अधिक नाफा हुने किसिमका वस्तु
वा तरकारी बढी बिक्री हुनेछन।
एक महत्वपूर्ण प्रश्न: के स्मार्ट फोन, स्मार्ट
वाच, टेबलेट आदि हाम्रा आवश्यकताका वस्तुहरू हुन? होइनन। यी वस्तुहरू हाम्रा
आवश्यकताका लागि होइनन। तैपनि यस्ता वस्तुहरू बजारमा किन ठूलो संख्यामा देखिएको
होलान? हामी अन्न नखाएर बाँच्न सक्तैनौ तर स्मार्ट फोन, टेबलेट आदि नचलाइ, स्मार्ट
घडी नलगाइ बाँच्न सक्छौ। यी वस्तुहरूले हाम्रो जीवन सरल पार्ने हो तर साथै यी
वस्तुहरूको हामीलाई लत पनि बस्न पुग्छ। लत बसेपछि ती वस्तुहरू अति आवश्यक्ताका
वस्तुहरूमा रुपान्तरित हुन पुग्छन। टेबलेट, स्मार्टफोन, स्मार्ट वाच जस्ता
वस्तुहरू बिक्री गर्दा उत्पादक एवं बिक्रेता दुबैलाई ठूलो मुनाफा प्राप्त हुन्छ।
माथिका कुराहरू कल्पनाका आधारमा वा अनुमानको
आधारमा भनिएको होइन। माथिका भनाइहरू पुष्टि गर्ने अनेक आधारहरू छन। जस्तै आजभोलि
बाल बालिका खेल्ने खेलौना आदिको उत्पादनमा कमी आएको छ। बिक्रीमा पनि कमी आएको छ।
यस्तो किन भएको हो भने बजारमा खेलौनाको माग कम भएर गएको छ। खेलौना मात्र बिक्री
गर्ने कतिपय खुद्रा भण्डारहरू बन्द भएका छन।
आजभोलि बालबलिकाहरूले आफूले पाएको कूल खेल्ने समय मध्येको ठूलो समय टेबलेट,
सेलफोन, कम्युटर आदिमा अनेक किसिमका भिडियोहरू हेर्नमा खर्च गर्छन। बालबलिकाहरूले
पनि आफूलाई मन पर्ने अनेक भिडियोहरू हेर्छन। बालबलिकाहरूले यसरी निरन्तर हेर्दै
गर्दा उनीहरूमा त्यस्ता भिडियोहरू हेर्ने लत बस्छ भने अर्कोतिर शारिरीक क्रिया
गर्नु पर्ने उमेरमा उनीहरू शरिरिक क्रियाबाट वञ्चित हुन पुग्छन। फाइदा कसलाई
हुन्छ? फाइदा बालबालिकाहरूले औधि मन पराउने भिडियोका उत्पादकहरूलाई हुन्छ। टेबलेट,
सेलफोन, लैपटपका उत्पादकहरूलाई हुन्छ। बालबालिकाहरूलाई हुँदैन।
स्थिति अहिले यस्तो भएको छ कि एकदुई वर्षका
बालबलिकाहरूले पनि स्मार्ट फोन, टेबलेट प्रयोग गर्न जानका छन्। अन्य शाररिक खेल
भन्दा स्मार्ट फोन, टेबलेट आदिलाई मन पराउन थालेका छन्।
अहिले, भान्सा कोठादेखि सुत्ने कोठासम्म, बैठक
देखि बाथरुमसम्म हामीले हाम्रो लागि आवश्यक नहुने तर बिक्रेता एवं उत्पादकहरूलाई
अति मुनाफा हुने वस्तुहरू देख्न सक्छौ। तर बजारमा केवल उपभोक्ताहरूको माग अनुसारको
वस्तुहरुको उत्पादन एबं बिक्री हुनु पर्ने होइन र? उत्तर आधुनिक युगले केवल
मुनाफलाई बढी जोड दिएको र मानव स्वास्थ्यको बेबास्ता गरेको हुनाले यस्तो भएको हो।
सुविधा विस्तार गर्ने नाममा अनके किसिमका
वस्तुहरूको उत्पादन भइरहेको छ। बजारमा अनेक किसिमका वस्तुहरू बिक्रीका लागि
आइरहेका छन। ती वस्तुहरू उपयोग नगरेर पनि मान्छेहरू बाँच्न सक्छन। तर त्यस्ता
वस्तुका उत्पाक एवं बिक्रेताहरूले यसरी ती वस्तुहरूको विज्ञापन गर्छन कि लाग्छ ती
वस्तुहरू उपयोग नगर्ने हो भने बाँच्न कठिन हुनेछ।
यो उत्तर आधुनिक युगले मानव-हितलाई क्रमश: वेवास्ता गर्दै गएको छ। तर
युगको विकासको क्रमसङ्गै उत्तर आधुनिक युगमा मानिस जंगली-युग, ढुंगे युग, कृषि
युग, औद्योगिक युग, सूचना र संचारको युग भन्दा विकसित हुनु पर्ने होइन र?
अहिले एकातिर उपभोक्ताहरूलाई आवश्यकता नहुने
वस्तुहरू ठूलो संख्यामा उत्पादन भइरहेको छ भने अर्कोतिर उपभोक्ताहरूमा अधिक से
अधिक वस्तु उपभोग गरौ भनौ लालस बढेर गएको छ। जसरी पनि अत्यधिक पैसा कमाउनु पर्छ र
अधिक भन्दा अधिक वस्तु एवं सेवाहरूको उपयोग गर्नु पर्छ भन्ने सोंचाइले मानिसहरुमा
नैतिकताको ह्रास भएको छ। मानिस नैतिकवान् कम अति उपभोगवादी बढी भएको छ।
पैदल हिंडेर पनि काम चलेको नै थियो, मानव सभ्यता
रोखिएको थिएन। घोंडा, हात्ती, ऊट जस्ता जीव-बाहन प्रयोग हुन थाले पछि यात्रा केही
सहज भयो। पाङ्ग्राको उत्पत्तिले त यात्रालाई झनै सहज पार्यो। रथ वा गाडाहरूको
प्रयोग आरम्भ भयो। यात्रा झन सहज भयो। १९ सौं सप्ताब्धिमा मोटर कारको अविष्कार
भयो। अब मानव सभ्यता दौडिन थाल्यो। अहिले बजारमा थरी थरीका, अति सुविधायुक्त
कारहरू छन र यस्ता कारहरूले मानव-यात्रालाई सरल एवं आनन्दायी पारेका छन। यात्रालाई
सरल पार्ने वस्तुहरू विकास गर्ने क्रम रोकिएको छैन। हाम्रो यात्रालाई झनै सरल पार्न
अहिले बजारमा चालक विहीन कारहरूको उत्पादन भइ रहेको छ। बजारमा बिक्रीका लागि ती
कारहरू राखिएका छन्। तिनको प्रयोग पनि भइहेको छ। तर प्रश्न आउँछ हामीले कुन स्तरको
र कत्तिसम्म सुविधा उपयोग गर्ने? उपभोक्ता वस्तुहरू पछाडि कहाँ सम्म दौडिने?
चालक विहीन कारहरूको उत्पादन हाम्रो लगि हो वा
उत्पादक एवं बिक्रेताहरूको लागि हो? यो पश्नले हामीलाई सदा सर्वधा पछ्याइनै रहने
छ।
No comments:
Post a Comment