Wikipedia

Search results

Friday, January 12, 2024

Terrifying Postmodernism Part 28

 उत्तर आधुनिक युगको त्रासदी

२८              

धनको चर्को स्वर

उत्तर आधुनिक युगमा धनको चर्को स्वर हुनेछ। समाजलाई धनीहरूले नराम्रो गरी प्रभावित गर्ने छन। धनले धर्म, संस्कृति, राजनीति आदिलाई पनि बलियो गरी प्रभावित गर्ने क्षमता राख्ने छ। नैतिकता, मूल्य, मान्यता आदि भन्दा धनको स्थान उच्च हुनेछ।  

उत्तर आधुनिक युगमा धनीहरूको समाजमा ठूलो रवाफ हुने भएको र धनीहरूले बढी इज्जत पाउने हुनाले सबैले धनीहुन भगीरथ प्रयत्न गर्ने छन। र यो कार्यले समाज प्रदुषित हुनेछ। कलह बढ्ने छ।

उत्तर आधुनिक युगमा धनको महत्व दुई कारणले अत्यधिक रुपमा बृद्धि हुनेछ। पहिलो कारण हो राजनीतिक चुनाव। कुनै पनि उम्मेदवार, इमान्दार वा बेइमान, दुई थरीलाई चुनाव लड्न र विजयी हुन पैसा आवश्यक पर्ने छ। खासगरी विकासशील देशहरूमा मतदाताहरूले आफ्नो मत पैसा र सुविधा सङ्ग साट्ने छन् अनि मतदाताहरूको मत बटुल्न उम्मेदवारहरूले अनिवार्य रुपमा धनको जोहो गर्नु पर्नेछ।

चुनावमा उम्मेदवारको चरित्र, इमान्दारी भन्दा उसको धन बाँड्ने क्षमता महत्वपूर्ण हुने भएकोले चुनावमा विजयी हुन र सत्तामा पुग्न राजनीतिक कर्मीहरूले जसरी पनि धन आर्जन गर्नु पर्नेछ। उनीहरूले धन आर्जन गर्न आर्थिक र राजनीतिक भ्रष्टाचार गर्ने छन्।   

दोस्रो कारणमा अर्ध एवं पूर्ण विलासी वस्तुहरूको बाजरमा ठूलो आपूर्ति हुनु रहने छ। दैनिक आवश्कताका वस्तुहरू जस्तै भोजन, फर्निचर, कपडा, आदि उत्पादन गरेर बिक्री गर्दा त्यस्ता वस्तुका उत्पादक एवं बिक्रेताहरूलाई तुलनात्मक रुपमा कम आम्दानी हुन्छ। यो सबैलाई थाहा भएको कुरा हो। यो कारणले गर्दा उत्पादकहरूले बढी मुनाफा हुने वस्तुहरू, अर्थात अर्ध एवं पूर्ण विलासी वस्तुहरूको उत्पादनमा जोड दिने छन्। बिक्रेताहरूले पनि अर्ध एवं पूर्ण विलासी वस्तुहरू बिक्री गर्दा बढी मुनाफा हुने भएकोले त्यस किसिमका वस्तुहरू बिक्री गर्नमा जोड दिनेछन। बिक्री बृद्धि गर्न अनेक किसिमका विज्ञापन समेत पनि गर्ने छन्।

उत्तर आधुनिक युगमा उत्पादक एवं बिक्रेताहरूले बढी मात्रामान नया नया अर्ध एवं पूर्ण विलासी वस्तुहरू ल्याउने छन। यस किसिका वस्तुहरूको विकास गर्न अनुसन्धान तथा विकासमा निकै लगानी पनि गर्नेछन।

नया नया वस्तुहरूको विज्ञापन पनि उपभोक्ताहरूमा खरिद गर्ने इच्छा तत्काल जागृत हुने किसिमबाट गर्ने छन्।। वहुसंख्यक मात्र होइन, कुनै पनि बजार वा देशका सम्पूर्ण उपभोक्ताहरूले त्यस्ता वस्तुहरू खरिद गर्ने तत्परता देखाउने छन। धन भएमा त्यस्ता वस्तुहरू सजिलै खरिद गर्न सकिने यथार्थलाई बुझ्दै समाजका सबै नागरिकहरुले धनलाई महत्व दिनेछन।

अर्ध एवं पूर्ण विलासी वस्तुहरू बजारमा ल्याउँदा उत्पादकहरूलाई बढी फाइदा हुने कारणले उनीहरूले अत्यावस्यक र आवश्यक वस्तुको बिक्री भन्दा अर्ध एवं पूर्ण विलासी वस्तुहरूको बिक्रीमा विशेष जोड दिने कारणले एकातिर अर्ध एवं पूर्ण विलासी वस्तुहरूको उपस्थिति बजारमा ठूलो संख्यामा हुने अर्कोतिर त्यस्ता वस्तुहरू जसरी पनि प्राप्त गर्ने तिब्र इच्छा क्रेता वा उपभोक्ताहरूमा हुने भएकोले उत्तर आधुनिक युगको धनको चर्चको स्वर हुनेछ। यो सबैलाई थाहा भएको कुरा हो अधिक भन्दा अधिक विलासी वस्तुहरू खरिद गर्न अधिक धन वा पैसा चाहिन्छ नै।

यो युगमा जालझेल गरेर, भ्रष्टाचारमा लिप्त भएर, कालो कार्य गरेर वा समग्रमा भनौ जस्तो सुकै अपराध कार्य गरेर भए पनि धन आर्जन गरेमा समाजमा के कस्तो कार्य गरेर धन आर्जन गर्यो भनी खोजि नहुने र उल्टो त्यस्ता कार्य गरेर धनी हुनेहरूलाई समाजले बढी इज्जत दिने भएकोले इमान्दारीपूर्वक जीवन निर्वाह गर्दा गरिब हुने हरूलाई बाँच्न कठिन हुनेछ। अर्कोतिर, धन नभएको कारणले गरिबहरूले समाजमा इज्जत पाउन कठिन हुनेछ पनि। यी र यस्ता अनेक कारणले गर्दा धनले समाजमा सर्वोच्च स्थान पाउने छ। यो स्थिति विश्वका प्राय: गरिब तथा राजनीति अस्थिर हुने राष्ट्रहरूमा बढी देखिने छ।

कृषि युग राम्रो थिएन भन्नु पूर्व हामीले कृषि युग के कारणले नराम्रो थियो भनी खोजि गर्नु पर्ने पनि हुन्छ। कृषि युगमा आवश्यकता सीमित भएकोले मानिसको प्रमुख आवश्यकता भनेको केवल जीवन निर्वाह गर्नु मात्र थियो। त्यस समयमा अनेक किसिमका वस्तुहरू पनि थिएनन, ती वस्तुहरू जसरी पनि प्राप्त गर्नु पर्छ भनी जनसमूहमा ठूलो लालसा पनि थिएन। तर यो युगमा, आर्टिफिसिएल इन्टेलिजेन्स युगमा, उत्तर आधुनिक युगमा, अनेक किसिमका वस्तुहरू बजारमा उपब्ध भएकोले जनसमूहमा ती वस्तुहरू जसरी पनि प्राप्त गर्ने लालसा छ। ती वस्तुहरू आफूले उपयोग गर्न नपाउँदा आफू गरिब देखिने भय पनि छ। अब यदि मानौ, यो आर्टिफिसिएल इन्टेलिजेन्सको युगमा माथि भनिएका कारणहरूले गर्दा जन समूहमा अत्याचारी, अपराधी प्रवृतिमा वृदधि भयो भने के हामीले कृषि युग अँध्यारो युग र वर्तमान उत्तर आधुनिक युग उज्यालो युग भन्न मिल्छ होला?

धनले जति महत्व पाउँछ, समाजमा सोही अनुपातमा अपराध पनि वृद्धि हुन्छ। अपराधको कुरा गर्ने हो भने अहिले नै पनि दक्षिण अमेरिकाका देशहरूमा ठूलो संख्यामा अपराध ब्याप्त छ। भेनेजुएला, कोलम्बिया, गुएना, ब्राजिल, पेरु, बोलिभिया, एक्वेडोर र पारागोए दक्षिण अमेरिकाका क्रमश: पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौ, सातौं र आठौ अति डरलाग्दो र अति सुरक्षित देशहरू हुन्। यी देशहरूमा भ्रमणमा जाने पर्यटकहरूलाई यसबारे जानकारी गराइएको हुन्छ।  

जव मुद्राको आविष्कार भयो धन संचय गर्ने कार्य सजिलो भयो। धन संचय गर्न सजिलो भएकोले गरिब र धनी हुने प्रकृयामा पनि बृद्धि भयो। समाज गरिब र धनी गरी दुई वर्गमा विभाजित भयो। धनीहरूको संख्यामा वृदध् भयो अपराध र अपराधीहरूको संख्यामा पनि वृद्धि भयो। मुद्राको अविष्कारले मानव सभ्यतालाई आधुनिक युगमा प्रवेश गरायो तर साथै त्यो आविष्कारले चोरी, डकैती, घुसखोरी जस्ता अनेक विकृति पनि ल्यायो।

यस पृथ्वीमा ८४ लाख प्राणीहरू रहेको विश्वास गरिन्छ। र अचम्म! ती ८४ लाख प्राणीहरू मध्ये केवल मानिस भन्ने प्राणीले मात्र धन सृजना गर्छ, धन लगानी गर्छ, धन-लाभ प्राप्त गर्छ। मानिसले धन सञ्चय पनि गर्छ। तर अन्य प्राणीहरूले न त धन सृजना गर्छन, न त सञ्चय नै गर्छन। तर पनि उनीहरूको जीवन निर्वाह भइरहेको छ। अर्थात हामी धन सृजना नगरेर, सञ्चय नगरेर पनि अरु प्राणी जस्तो भएर बाँच्न सक्छौ। तर त्यस्तो गर्दैनौ।

अन्य प्राणीहरूले झैं, हामीले पनि केही नगरेर पनि बाँच्न सक्ने स्थिति हामीलाई प्रकृतिले दिएको छ। तर हामी त्यस्तो गर्दैनौ। र यस्तो कुरा गर्नुलाई मूर्खता ठान्छौ। तर यो कुरा सत्य त हो नि! धन केवल मानिसलाई मात्र चाहिएको हो।  

संसार भरिबाट प्रत्येक दिन ठूलो संख्यामा स्थान्तरण भइरहेको छ। गरिब देशका नागरिकहरू धनी देशहरूमा कानूनी एवं गैर कानूनी रुपमा प्रवेश गरिरहेका छन। जीवन जोखिमा, यात्राको क्रम ज्यान नै जाने स्थिति देखेर पनि धनी देशतिर प्रस्थान गरि रहेका छन। नेपालबाट प्रत्येक दिन ठूलो संख्यामा युवा युवतीहरूले विदेशतिर लागिरहेका छन्? विश्व भरि किन यति ठूलो संख्यामा स्थान्तरण भएको हो? यो प्रश्नको उत्तर सरल छ। धनका लागि जीवन जोखिममा राखेर भए पनि मानिसहरू गरिब देशबाट धनी देशतिर गइ रहेका छन्। यो स्थिति धनको चर्चको स्वरले गर्दा आएको हो।

कृषी युगमा धन सञ्चय गर्न कठिन थियो। मुद्राको आविष्कार पनि भएको थिएन। धनको महत्व पनि थिएन। यो कारणले गर्दा यती ठूलो संख्यामा स्थानन्तरण हुन्थेन। आफ्नो गरिब देश छाडेर मानिसहरू धनी देशतिर जान्थेनन्।

उत्तर आधुनिक युगमा धनी आर्जन गर्नु पर्छ, जसरी पनि गर्नु पर्छ, भन्ने भावले मानिसहरूलाई शान्तिपूर्वक तथा यथास्थितिमा बस्न दिने छैन।

No comments:

Post a Comment