उत्तर आधुनिक युगको त्रासदी
६
पहिचानको
राजनीति
नेपालको
सन्दर्भमा भन्ने हो भने ‘म राई, म लिब्बू, म दसनामी, म साह, म गुप्ता, म कोइरी, म ब्राह्मण,
म क्षेत्री, म आर्य जस्ता भावनाहरूलाई हुर्काउन यो उत्तर आधुनिक युगले नेपालमा
राम्रो मलजलको काम गर्ने छ। विश्व सन्दर्भमा कुरा गर्ने हो भने स्वेत, अस्वेत,
हिस्पेनिक, लेटिनो, अफ्रिकन, अरबहरू बिच ठूलो फाटो ल्याउने छ। यो अतिबादी, सर्व
सत्ताबादी, जातिवादी, नश्लवादी सोंच (White supremist, Far right
nationalism, Far right politics, Right wing extremism) ले अमेरिका र युरोपलाई अति नै सताउने
छ। एशियाको सन्दर्भमा कुरा गर्ने हो भने म हिन्दु, म मुस्लमान भन्ने सोचले
मानिसहरूलाई शान्तिपूर्वक बाच्न दिने छैन। अफ्रिकाको स्थिति पनि उस्तै हुनेछ।
पहिचानको संकट त्यहाँ पनि देखिने छ। पहिचानको राजनीतिले अफ्रिकामा पनि उत्पात
मच्चाउने छ।
हुन
पनि रवान्डामा दुई जातीय समूह- हुटु र टुट्सी बिच भएको अति रक्तपात पूर्ण
संघर्षमा, केवल १०० दिन भित्रमा, हुटु र टुट्सी गरी करिब १० लाख ब्यक्तिहरूको
ज्यान गएको थियो। मारिनेमा सर्वाधिक भने टुट्सीहरू थिए। विश्वको सर्वाधिक ठूला
जातीय नरसंहार मध्ये एक मानिएको यो नरसंघारमा हुटु पुरुष (पति) हरूले आफ्नो टुट्सी
पत्नीको आफैले हत्या गरेका थिए। ती पुरुषहरूलाई हुटु लडाकूहरूले आफ्नो टुट्सी
पत्नीको हत्या गर्ने बाध्य पारेका थिए। हुटु पतिहरूले त्यस्तो नगरेमा उनीहरूको
सम्पूर्ण परिवारलाई जलाएर मारिदिने धम्मी हुटु लडाकूहरूले दिएका थिए। स्थानीय
रेडियोहरूले समेत पनि हुटु जातीय समूहका सदस्यहरूलाई जहाँ कतै टुट्सी महिला वा
पुरुष देख्यौ त्यहाँ नै उसको हत्या गर्न आदेश दिएका थिए, प्रेरित गरेका थिए, बाध्य
समेत पनि पारेका थिए।
रवान्डामा
हुटुहरुको बाहुल्यता छ। टुट्सीहरू अल्प संख्यक छन्। सन् १९९४ को अप्रिल ७ देखि
जुलाईको १५ सम्म, करिब १ सय दिनसम्म चलेको त्यो जातीय सफायामा ८ लाख जति
टुट्सीहरूको मृत्यु भएको थियो। त्यसरी मारिनेहरूमा अर्को अल्प संख्यक जातीय समूह
ट्वा का पनि १० हजार जना मारिएक थिए। यो जातीय नरसंघारमा अनेक जघन्य अपराधहरू समेत
भएका थिए। लडाकू हुटु पुरुषहरूले करिब ५ लाख टुट्सी महिलाहरूको सार्वजनिक रुपमा
बलत्कार गरेका थिए। लाखौं परिवारहरू विस्थापित भएका थिए। लाखौ शरणार्थी भएका थिए।
उदेक
लाग्दो कुरा त के छ भने बन्दुक अपर्याप्त भएर हुटुहरुले टुट्सीहरूलाई मार्न हाते
हतियार समेत प्रयोग गरेका थिए र विभत्स किसिमले हत्या गरेका थिए।
यो
उत्तर आधुनिक युगले पहिचानलाई सर्वाधिक महत्व दिन व्यक्तिहरूलाई उकास्ने काम गर्ने
छ। व्यक्तिहरू पनि आफैद्वारा पहिचानलाई सर्वोपरि मान्न प्रेरित हुने छन्।
रुस
र युक्रेन बिचको युद्धको कारण पनि पहिचान नै रहेको छ। पहिचानलाई नै प्राथमिकता
दिएर रुसले युक्रेनका क्रिमियामा आफ्नो कब्जा जमाएको छ भने डोन्यास्क, खर्सोन,
लुहान्स्क, माइक्लेइभी, जेपोरिच्चा जस्ता युक्रेनका क्षेत्रहरूका केही भागहरूमा
आफ्नो नियन्त्रण कायम गरेको छ।
अहिले
पहिचानको राजनीति सर्वव्यापी भएको छ। इस्लाम धर्माबलम्बीहरू पनि पहिचानको
राजनीतिबाट पीडित छन्। पहिचानको राजनीतिले गर्दा इरान र साउदी अरेबिया बिच परोक्ष
युद्ध भइरहेको छ। पाकिस्तान, येमेन जस्ता राष्ट्रहरू सिया-सुन्नी विभाजनबाट अति
पीडित हुन पुगेका छन्। सिया र सुन्नी समुदाय बीच अनेक देशहरूमा अनेकौं युद्धहरू
भएका छन्।
संसार
भरिका मुस्लिमहरुको गणना गर्ने हो भने सर्वाधिक संख्यामा सुन्नीहरू रहेका छन्। संसारभरिमा,
कूल मुस्लिमहरुमा ८५ प्रतिशत सुन्नीहरू छन् भने सिया मुस्लिमहरुको संख्या करिब १०
प्रतिशसत रहेको छ। चीन सहित मध्य एशिया, रुस र बाल्कन्स सहित युरोप, दक्षिण एशिया,
दक्षिणपूर्व एशिया, अफ्रिका, अरब जगत्, टर्की तथा संयुक्त राज्य अमेरिकामा सुन्नी
मुस्लिमहरुको बाहुल्यता छ।
विभिन्न
देशहरूमा सिया र सुन्नी समुदाय बिच संघर्ष भइरहेको छ। बढी संघर्ष भने पाकिस्तानमा
भएको देखिएको छ। सन् १९८७ देखि २००७
सम्ममा, पाकिस्तानमा, सिया र सुन्नी समुदाय बिच भएको संघर्षहरूमा ४ हजार भन्दा बढी
ब्यक्तिहरूको ज्यान गएको थियो।
पाकिस्तानको
जनसंख्यामा ९७ प्रतिशत मुस्लिमहरू छन् भने ८५ देखि ९० प्रतिसतसम्म सुन्नीहरू छन्।
सुन्नीहरूको बाहुल्यता रहेको पाकिस्तानामा सियाहरू १० देखि १५ प्रतिशत छन्।
इरानको
स्थिति भने भिन्न छ। इरानमा रहेका कुल मुस्लिमहरु मध्ये ९० देखि ९५ प्रतिसतसम्म
सियाहरू छन भने ५ देखि १० प्रतिसतसम्म सुन्नीहरू रहेका छन।
साउदी
अरेबियामा ८० देखि ९० प्रतिशत सुन्नी मुस्लिमहरू हरू छन। सियाहरू भने १० देखि १२
प्रतिशत छन्।
पहिचानको
राजनीतिले भारतमा पनि संकटको रुप लिने सम्भावना छ। तथाकथित उच्च जातीले तल्लो
जातिको हत्या गर्ने क्रममा बृद्धि हुने सम्भावना छ। हुन त भारतमा पहिचानको संकट
पुरानो हो। पहिचानको समस्याको कारण नै मल्लाह (माझी) परिवारकी छोरी फूलनदेवीको
तथाकथित उच्च जातिका पुरुषहरूले उनलाई एक घरमा बन्दी बनाएर, तिन हस्तासम्म बलत्कार
गरेका थिए। चरम यातना दिएका थिए। ती उच्च जातीका पुरुषहरू, जो जो उनलाई बलत्कार
गर्ने घटनामा सामेल थिए, फूलन देवीले पछि तिनको हत्या गरेकी थिन। २२ जना ती
पुरुषहरूको विभत्स किसिमले हत्या गरेकी थिन।
सन्
१९९४ मा भारतको बिहार राज्यमा तल्लो जातिलाइ दमन गर्न वा उनीहरूद्वारा हुने
आक्रमणको जबाफ दिन उच्च जातिहरू मुख्य गरि भूमिहारहरूद्वारा एक सैनिक संगठनको
स्थापन भएको थियो जुन संगठनको नाम ‘रणवीर सेना’ थियो। हुन त पछि सन् १९९५ जुलाईमा
विहार राज्यको सरकारले रणवीर सेना समूहलाई प्रतिवन्धित गर्यो तर पनि, अहिले पनि
रणवीर सेनाका जवानहरूले छिटफुट घटना गरिनै रहेका छन
विहारको
इतिहासमानै सर्वाधिक ठूलो नरसंहार भएको थियो। कहिले? सन् १९९७ डिसेम्बर १ तारिखका
दिन भारतको बिहार राज्यको जहानाबाद जिल्लाको लक्ष्णपुर गाउँमा रणवीर सेनाका
लडाकूहरू दिनमै ५८ जना तल्लो जाती वा दलितहरूको हत्या गरेका थिए। त्यसरी
मारिनेहरूमा २७ जना महिलाहरू १६ जना बालबालिकाहरू थिए। तिन घण्टासम्म चलेको त्यो
हिंसापूर्ण घटनामा लडाकूहरूले गर्भवती महिलाहरूको समेत निर्ममतापूर्वक हत्या गरेका
थिए।
पहिचान
वा जातीय हिंसाले विकासित तथा धनी देशहरूलाई पनि छोड्ने छैन। उनीहरूको विगतको
इतिहासले त्यस्तो नै भन्छ। संयुक्त राज्य अमेरिकामा नै विभिन्न समयमा नश्लवादी,
पहिचानवादी वा जातीवादी हिंसा हुने गर्दछन। सन् २०१५ जुन १७ का दिन एक २१ वर्षीय
गोरा युवक डिलन रुफले साउथ केरोलिना राज्यको चार्लस्टन भन्ने स्थानमा रहेको
‘इमानुएल अफ्रिकन मेथोडिस्ट इपिस्कोपल चर्च’ मा आराधना गरि रहेका वा बाइबल अध्यनरत
९ जना अफ्रिकन अमेरिकन, अर्थात अस्वेतको हत्या गरेका थिए। दस जनालाई घाइते पारेका
थिए। ‘स्वेत सर्वोच्चता’ (White
Supremacist) मा
बलियो विश्वास गर्ने डिलन रुफले अस्वेतहरूलाई लक्षित गरी नै उनीहरूको हत्या गरेका
थिए। अमेरिकामा रहेका स्वेत सर्वोच्चतामा विश्वास गर्नेहरूले स्वेत वा गोराहरू
अन्य जातीहरू भन्दा उच्च हो भन्ने कुरामा विश्वास गर्छन। यो संसारमा उनीहरुले नै
राज्य गरिरहेको उल्लेख गर्दछन। अमेरिका, क्यानाडा लगायत युरोपका विभिन्न
राष्ट्रहरूमा स्वेत उच्चता’ का संगठन एवं अनुयायीहरू रहेको पाइन्छ।
जुन
१, १९२१ का दिन संयुक्त राज्य अमेरिकाको ओक्लहोमा राज्यको टल्सा भन्ने शहरमा विभत्स
किसिमको जातिय दंगा भएको थियो। स्थानीय गोरा (रैथाने अमेरिकी) र काला (अफ्रिकी अमेरिकी)
हरू बिच भएको उक्त दंगा २४ घण्टा चलेको थियो। केवल २४ घण्टा मात्र चलेको उक्त
जातिय संघर्षमा ८ सय ब्यक्तिहरू घाइते भएका थिए भने ३०० ब्यक्तिहरू मारिएका थिए।
त्यसरी मारिनेहरूमा कालाहरूको संख्या अधिक थियो। मारिनेहरूको संख्या अनुमान गरिएको
हो।
संचार
क्षेत्र भएको अति विकासले प्रकाशन, प्रशारण र प्रदर्शनलाई अति सरल पारिदिएको छ।
सस्तो पनि पारिदिएको छ। संचार क्षेत्रमा भएको अति विकासले पहिचानवादीहरूलाई
विभिन्न व्यक्तिहरूको बुद्धि भुट्न एवं संघर्ष गर्न सजिलो हुनेछ। उत्तर आधुनिक
युगमा जातिवादी, पहिचानवादी संघर्षहरू अति नै बृद्धि हुनेछ।
No comments:
Post a Comment