Wikipedia

Search results

Tuesday, January 9, 2024

Terrifying Postmodernism Part 19

 उत्तर आधुनिक युगको त्रासदी

१९

खलबलिएको समाजिक सद्भाव

पूर्वीय दर्शन अनुसार युगलाई चार भागमा विभाजित गरिएको छ। सत्य, तेत्रा, द्वापर र कलीयुग गरी यी चार युगहरू मानीय प्रवृति अनुसार विभाजन गरिएका हुन। युग विभाजन गर्दा प्रत्येक युगमा सोही अनुसार मानवीय चरित्र पनि हुने उल्लेख गरिएको छ। सूर्य वर्षमा, एक वर्षमा, ३६० दिनहरू हुन्छन। र सूर्य वर्षलाई आधार मानेर एउटा युग ४ लाख ३२ हजार वर्षको हुने अनुमान गरिएको छ। कतै कतै फरक पनि छ।  

पहिलो युग सत्य युग हो। यो युग समाप्त भइसको छ। सत्य युग जसलाई स्वर्ण युग पनि भन्ने गरिन्छ र विश्वास यो गरिन्छ कि यो युगमा मानिसहरूको ब्यवहार सदाचारी थियो। मानिसमा छलकपट, लालच, व्येविचार भन्ने थिएन। चोरी, डकैती, हत्या जस्त अपराध पनि हुन्थेनन। अपराध शून्य बराबर थियो। भगवान् राम र कृष्णको युग भन्दा पनि पहिले रहेको सत्य युगमा समाज सत्य पथमा चलेको थियो। धन सञ्चय गर्ने, लगानी गर्ने, मुनाफ लिने जस्ता कार्यहरू समाज थिएनन होला। सम्भव त यो युगमा विनिमय व्यवस्थाको पनि उत्पति भएको थिएन होला। मुद्राको आविष्कार पनि नभएको होला।

दोस्रो युग तेत्रा युग हो। तेत्रा युगका मानिसहरूको ब्यवहारमा भने केही परिवर्तन आएको थियो। मानिसहरूले सदाचारलाई परित्याग गर्ने वा कम मात्रामा पालन गर्ने अभ्यास प्रारम्भ भइसको थियो। समाज स्वार्थी हुन थालेको थियो तर पनि अपराध एवं ब्यविचार थिएन। छलकपट कम थियो। यदि अयोध्याका राज दसरथ र रामलाई यस युगका प्रतिनिधि पात्रको रुपमा लिने हो भने यो युगमा लालच, स्वार्थ, उच्च आकांक्षा जस्ता व्यवहारहरू सतहमा आएका थिए। जस्तै सहयोगी मन्थराको कुरामा उचालिएर राजा दसरथकी पत्नी कैकेईले आफ्नो छोरा भरतलाई राजा बनाएर रामलाई वनवास पठाउन आफ्ना पति दसरथलाई बाध्य पारेकी थिन। रघु वंशको राज परम्परा अनुसर जेष्ठ पुत्र राम राजा हुने निश्चय थियो तर कैकेइले आफ्नो छोरा भरतलाई राजा तुल्याएकी थिइन। यसरी तेत्रा युगका मानिसहरूको सदाचारी व्यवहारमा ह्रास आउन प्रारम्भ भएको थियो। तर नैतिकता पनि थियो किनभने दसरथले आफ्नी पत्नी कैकेइ संग वाचा गरे अनुसार, सो वाचाको पालना गर्न, पालोमिचेर, छोरा रामलाई राजा नबनाएर अर्को छोरा भरतालाई राजा बनाएका थिए। वंश परम्परा अनुसार राजा हुने पालो रामको थियो।

अर्कोतिर रामले पनि वन जान्न भन्दै बिद्रोह नगरेर उच्च नैतिकताको पालना गरेको सन्देस समाजमा पुर्याउन पिताको आज्ञा पालन गर्दै वनवास गएका थिए। पिताको आदेश पालन गर्नु पर्छ भन्ने परम्परा आफू वनवास गएर रामले स्थापित गरेका थिए। भगवान् रामको युगलाई त्रेता युग भनिन्छ र रामलाई विष्णुको सातै औतार मान्ने गरिन्छ। तेत्रा युगका घटना र समाजिक बनौटलाई हेर्दा यो युगमा विनिमयको युग प्रारम्भ भएको अनुमान गर्न सकिन्छ। गरिब र धनी बिच प्रस्ट किसिमको सीमा रेखा कोरिएको वा रहेको बुझिन्छ।

तेस्रो युग द्वापर युग हो। भगवान कृष्णको युगलाई द्वापर युग भन्ने गरिन्छ। द्वापर युग छलकपट, ब्यविचार, स्वार्थ, लोभ, अपराध आदिले भरिएको थियो। तर एउटा कुरा भने द्वापर युगमा अधिक देखिएको थिएन। अर्थात त्यो युगमा अपराध, हत्या, हिंसा, आदि व्यक्तिगत लाभको लागि गरिएको पाइँदैन। त्यसबेलाको साहित्य, महाभारतमा वर्णित घटनाहरूको अध्ययन गर्दा द्वापर युगमा लोभ, मोह, ब्यविचार आदि उच्च बिन्दुमा पुगेर मानिसमा नैतिक पतन भएको देखिन्छ। दुसास्न र दुर्धोधनलाई तत्कालीन समाजको प्रतिनिधि पात्र मान्ने हो भने, दुर्योधनले आफ्नै भाइ बोहारी द्रोपदीको वश्त्र हरण गरेको कथा उपर विचार पुर्याउने हो भने, त्यो बेलाको समाजमा नैतिकताको पतन अति नै भएको देखिन्छ। त्यो घटना (द्रौपदी वश्त्र हरण) को साक्षी भएर भीष्मपितामहले आफ्नो नाति – बोहारीको वश्त्र हरण गरिएको (नांगो पारिएको) टुलुटुलु हेर्नुले त्यो बेलमाको समाजमा नैतिकता अति नै तल झरेको अनुमान गर्न सकिन्छ। अहिलेको यो युगमा, घोर कलियुगमा पनि, कुनै ससुराले आफ्नी नाती-बोहारीलाई नांगो परिएको दृश्य हेर्न सक्तैन। यस्तो अवस्थामा त्यो ससुराले दुई कार्यहरू गर्न सक्छ। प्रथम: नाती- बोहारीलाई नांगो पार्न दिंदैन। आफ्नो शक्तिले सकेजति प्रतिरोध गर्छ। प्रतिरोधको क्रममा मर्न पनि सक्छ। दोस्रो: नांगो पारिएको दृश्य म हेर्न सक्तिन भनेर त्यो स्थानबाट भाग्न सक्छ। तर भीष्म,जसलाई हजुरबुआ भएर पितामह भनिएको हो र जसको नाम देवव्रत हो, ले त्यसरी नांगो पारिएको टुलु हेर्नुले देवव्रत जस्तो ब्यक्तिमा पनि नैतिकताको पतन भएको प्रस्ट हुन्छ। देवव्रत जस्तो अति सत्य र मर्यादित व्यक्तिमा पनि त्यो स्तरमा नैतिक पतन भएको थियो भने समाजका अन्य सदस्यहरूका कति र कहाँसम्म नैतिक पतन भएको होला सहजै अनुमान गर्न सकिन्छ।

चौथो युग कलियुग हो। यो कलियुगमा सत्य कमजोर भएको र असत्यको बोलबाला छ। कमजोर माथि बलियोहरूले शासन गरिरहेका छन्। समाजको रुपमा होस् वा राष्ट्रको रुपमा, शक्ति बलियाहरूको हातमा छ। कमजोरहरू शासित भएर बसेका छन। यो स्थिति संसारका सम्पूर्ण राष्ट्रहरूमा छ।

अहिले यो युगमा झूठ मानिसको जीवनको अंग हुन पुगेको छ। झूठ, जीवनमा गरिने एक नियमित कार्य जस्तो हुन पुगेको छ। केही मानिसहरूले यदाकदा झूठ बोलेता पनि वहुसंख्य ब्यक्तिहरूले अत्यधिक झूठ बोलेर जीवन यापन गरेको पाइन्छ। समाजले झूठलाई पचाइ सकेको पनि छ। एकतहको झूठ बोल्नुलाई अपराध पनि मानिंदैन। कमअसल वस्तुहरूलाई उत्पादकहरुले असल भनेर प्रचार गर्छन। बढी मुनाफा हात पार्छन। तर त्यसरी बोलिने झूठलाई आजभोलि, यो कलियुगमा झूठ भनिंदैन, विज्ञापन भन्ने गरिन्छ।

कलियुगमा मानिसहरूको नैतिकता उच्च नहुने। सम्पत्तिका लागि अपराध गर्ने। मर्यादित भएर नबस्ने। आफू खुसीसङ्ग बाँच्न अरुको हत्या समेत पनि गर्ने। यस्ता अनेक अविवेकी सोंच कलियुगमा मानिसहरूमा भएकोले मानिसहरूलाई नियन्त्रित गर्न कलियुगमा जेलको व्यवस्था गरिएको हो। प्रहरीको व्यवस्था गरिएको हो। न्यालयको व्यवस्था गरिएको हो। कमजोर वर्गलाई बलियोले थिचोमिचो गर्ने, दु:ख दिने र बाँच्न सम्म कठिन पारिदिने हुनाले, प्रशासन, न्यालय, प्रहरी, र जेलको व्यवस्था गरिएको हो। ऐन, कानुन  संविधानको व्यवस्था गरिएको हो। यदि मानिसमा उच्च नैतिकता हुने हो भने न्यायलय, प्रहरी, जेल आदिको आवश्यकता पर्दैन।

कलियुगमा मानिसहरूको प्रवृति र कार्य घोर स्वार्थी हुने विश्वास गरिन्छ। र कलियुगमा मानिसहरू आफ्नै स्वार्थी प्रवृतिले गर्दा यो पृथ्वीबाट नास हुने पनि अनुमान गरिएको छ।

उत्तर आधुनिक युगमा देखिन समस्याहरूको छलफल गर्ने क्रममा युगहरूको बारेमा किन कुरा गरिएको होला? यस्तो प्रश्न पाठकहरूको मनमा उठ्न सक्छ। युगहरूको विकास वा परिवर्तनको क्रम प्रस्तुत गरेर के देखाउन खोजिएको हो भने युग परिवर्तन साथै युग सत्य बाट कलि भएसंगै मानिसमा नैतिकता, इमान्दारीता आदिको स्तर खसकँदै गएको छ। त्रेतायुग भन्दा कलियुगमा मानिसहरू अझै बढी स्वार्थी र आत्म केन्द्रित भएका छन।

अहिले भने हामी कलियुगको पनि अन्तिम चरणमा छौ। अर्थात उत्तर आधुनिक युगमा छौ। हत्या, हिंसा, मारकाटको युगमा छौ। उत्तर आधुनिक युग लोभी, अपराधी, पापी स्वार्थीहरूको भीड हुन पुगेको छ।

पश्चिमी दर्शन अनुसार भने हामी अहिले ‘आर्टिफिसिएल इन्टेलिजेन्सको युगमा छौ। आर्टिफिसिएल इन्टेलिजेन्स युग भनेको उत्तर आधुनिक युग नै हो। पश्चिमी दर्शन अनुसार उत्तर आधुनिक युगसम्म आइ पुग्न हामीले जंगली वा शिकारी युग, कृषि युग, औधोगिक युग, उत्पादन युग, बिक्री युग, सम्बन्ध युग, सूचना एवं सञ्चार युग पार गरिसकेका छौ। 

टुक्रा टुक्रा भएर पुन: सिलाई गर्न नसक्ने स्थितिमा कुनै कपडा च्यतिए जस्तो उत्तर आधुनिक युगमा सामाजिक सद्भाव टुक्रिएर जोड्न नसकिने स्थितिमा पुग्ने छ।

सामाजिक सद्भावको वृद्धि त्यसबेलमा हुन्छ जब मानिसहरू समूहमा बस्न रुचाउँछन। एउटा घरमा एक्लै बस्ने वा समूहमा बस्न मन नपराउने स्वभाव मानिसहरूमा, यो उत्तर आधुनिक युगमा, अतिनै देखिएको हुनाले स्वार्थ, लोभ, मोह आदिले गर्दा सामाजिक सद्भाग निम्न बिन्दुमा पुग्ने छ। केवल आफ्नो बारेमा मात्र सोंच्न यो युगले मानिसलाई बाध्य पार्ने हुनाले यो युगले मानव सभ्यताको अस्तित्वमा नै संकट ल्याउने देखिन्छ।  

भौतिक एवं प्राविधिक सुविधा र साधनहरूले व्यक्ति र समाज जुन मात्रामा बढी सम्पन हुँदै जानेछ त्येही मात्रामा व्यक्ति र समाजमा नैतिकताको पतन हुँदै जानेछ। यी साधन र सुविधाहरूले व्यक्तिलाई व्यक्तिवादी तुल्याउने छन्।

ब्यक्ति व्यक्तिवादी भएमा उसमा नैतिकाता स्वत: कम हुँदै जान्छ। उत्तर आधुनि युगमा, सूचना र प्रवधिको क्षेत्रमा उच्च विकास भएसंगै मानविय सम्बन्धमा चिसो आउने छ।

समग्रमा भन्ने हो भने उत्तर आधुनिक युगमा सामाजिक सद्भाव खल्बलिने छ। मौजुदा स्थितिले नै ब्यक्तिलाई रंगभेदी, साम्प्रदायिक, जातिवादी हुन प्रेरित गर्नेछ। धर्ममा झनै कट्टरता आउने छ।

सम्प्रदाय, धर्म, राष्ट्रवाद आदि जस्ता विषयले व्यक्तिहरू बिच मेलमिलाप हुन दिने छैन। यी विषयहरू नै उत्तर आधुनिक युगमा युद्धका कारण बन्ने छन्।  


No comments:

Post a Comment