Wikipedia

Search results

Thursday, January 4, 2024

Terrifying Postmodernism Part 5

 उत्तर आधुनिक युगको त्रासदी

धर्मको बजार मालामाल

उत्तर आधुनिक युगमा धर्मको बजार मालामाल हुनेछ। हुनेछ मात्र होइन, भइनै रहेछ।

भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका तालिबान शासकहरू, इरानका मुल्लाहरू, टर्कीका वर्तमान राष्ट्रपति रेसिप टाइप एर्डोगान आदिले धर्मको नाममा नै शासन गरिरहेका छन। चुनावमा विजयी भइ रहेका छन्। उच्च पदमा पुगेका छन। देशको शासन व्यवस्था आफ्नो हातमा लामो समयसम्म राख्न सफल भएका छन्।

जनतामाथि शासन गर्न र सदा पद एवं शक्तिमा रहन धर्मले अति सहयोग गर्ने हुनाले ‘धर्म अफिम हो’ भन्ने कम्युनिष्टहरू पनि अहिले धार्मिक भएका छन। आफूहरू धर्मभीरू भएको जनतालाई अनुभूत गराइ रहेका छन। नेपालका केही कम्युनिष्ट नेताहरूले भैसीको पूजा गरेको, गेरुवश्त्र धारण गरेको, पशुपतिनाथमा गएर पूजा अर्चना गरेको हामीले देखेको नै हो। चीनका शासकहरू पनि अहिले धर्मप्रति पहिले भन्दा निकै उदार भएका छन्। धर्ममाथि ज्यादै नियन्त्रण गरेमा, अनुदार भएमा, आफ्नो पद त जान्छ नै चीनबाट कम्युनिष्ट व्यवस्था समेत समाप्त हुन सक्छ भन्ने यथार्थ उनीहरूलाई राम्रो गरी ज्ञात छ।

राष्ट्रिय स्वयंसेवक संघ- भारत (RSS), तालिबान-अफगानिस्तान, अल-शबाब (सोमालिया), बोकोहरामा-नाइजेरिया, हेजबुल्लाह-लेबेनान, हमास-गाजा, फिलिस्तिनी क्षेत्र, इस्लामिक स्टेट-विभिन्न राष्ट्रहरू, अलकाइदा-विभिन्न राष्ट्रहरू, आदि यस्ता सङ्गठनहरू हुन जसको प्रमुख उद्देश्य नै धर्मको नाममा जनतामाथि प्रभाव पार्ने र देशको शासन व्यवस्था आफ्नो हातमा लिने हो। यी संठनहरूले राजनीतिमा ठूलो प्रभाव पारेका छन्। र अचम्म त यस कुरामा छ कि यी संगठनहरूको जनाधार पनि ठूलो छ। यिनीहरूको कुरा र सन्देशलाई उनीहरूको जनताले पत्याएको पनि छ। धार्मिक सङ्गठनका लागि जनता आफ्नो  ज्यान तिन पनि तयार छ।  

इरान र पाकिस्तान यस्ता देशहरू हुन जसले आफ्नो नामको अगाडि नै ‘इस्लाम’ राखेका छन। जस्तै पाकिस्तानले आफूलाई इस्लामिक रिपब्लिक अफ पाकिस्तन’ भन्छ भने इरानले आफूलाई ‘इस्लामिक रिपब्लिक अफ इरान’ भन्छन। यी देशहरूले आफ्नो नाम धर्मको आधारमा राखेका छन। यी देशका शासकहरूलाई थाहा छ ‘धर्म’ को प्रयोग गरेमा जनतामाथि शासन गर्न सजिलो हुन्छ किनभने वहुसंख्य व्यक्तिहरू धर्मभीरू हुन्छन।

उत्तर आधुनिक युग अहिले धर्म रोप्न र फलाउनका लागि यस्तो उर्वर भूमि हुन पुगेको छ कि जहाँ धार्मिक संगठनहरूलाई उम्रिन र फैलिन सजिलो भएको छ। धर्मको नाममा कसैलाई पनि हातमा लिन र ऊ द्वारा आफ्नो स्वार्थको काम गराउन सजिलो छ। सन् १९९२ को डिसेम्बर ६ का दिन भारतको उत्तर प्रदेश राज्यको अयोध्या सहरमा रहेको ‘बाब्री मस्जिद’ कट्टरपन्थी हिन्दुहरूले एकै दिनमा नै तोडफोड गरेर नष्ट पारिदिएका थिए।

मस्जिबमाथि कत्रो क्रोध!

मुगल शासक मीर बाबरले १६ रौं सप्ताब्धिमा बाब्री मस्जितको निर्माण गराएका थिए। अचम्म लाग्दो कुरा त के छ भने यति ठूलो यो संचरचना एकै दिनमा तोडफोड गरेर नष्ट पारिएको थियो।  अनुमान गरिए अनुसार १ लाख ५० हजार व्यक्तिहरू बाब्री मस्जिद तोडफोड गरी पूर्ण नष्ट गर्न अयोध्या पुगेका थिए।

धर्मको नाममा ठूलो भन्दा ठूलो विद्धस गर्न र गराउन सकिन्छ भन्ने कुराको त्यो बलियो प्रमाण हुन पुग्यो। आफ्नो समयको सर्वाधिक ठूलो धार्मिक संरचनाहरू मध्ये एक, पूर्णतया नष्ट भएको उराठ लाग्दो घटना थियो त्यो। इतिहासमा यस्तो घटना बिरलै देख्न पाइन्छ।

यस्तै किसिमले विश्वको सर्वाधिक ठूलो धार्मिक संचरना सन् २००१ मार्च २ का दिन अफगानिस्तानमा पनि ध्वस्त पारिएको थियो। अफगानिस्तानको बामियान स्थित बुद्धको मन्दिर अफगानिस्तानका धर्म गुरु मुल्ला ओमारको आदेशमा ध्वस्त पारिएको थियो। बुद्धको अग्लो मूर्ति नष्ट पार्न ठूलो मात्रामा डाइनामाइट प्रयोग गरिएको थियो। ठूल ठूला हात हतियारहरू प्रयोग गरिएको थियो। त्यो संरचना एकदिनमा नष्ट नभएर नष्ट हुन हप्तौं लागेको थियो। यसबाट थाहा हुन्छ कि त्यो संरचना कति विशाल थियो।

यो उत्तर आधुनिक युगमा धर्मका नाममा थप संगठनहरू स्थापना हुनेछन। उनीहरूको बिचमा युदध हुनेछ। यो संसार थप अशान्त हुनेछ। इजराइल र फिलिस्तिनीहरू बिचको संघर्ष होस् वा भारत नियन्त्रित काश्मिरको निरन्तरको आशान्ति होस, दुबै तिरहको संघर्षको कारण धर्म नै हो।

कुनै पनि धर्म होस, त्यसले शान्त भएर बाँच्न सिकाउँछ। एउटा व्यक्तिले अर्को व्यक्तिलाई आदर र प्रेम गर्न सिकाउँछ। धर्मले घृणा होइन स्नेह सिकाउँ छ। तर यो उत्तर आधुनिक युगमा धर्मको प्रयोग, स्वार्थीहरुको स्वार्थको कारण, घृणा फैलाउनमा हुनेछ। सद्भाव खलबल्याउनमा हुनेछ। काटाकाट गर्नमा हुनेछ।

केहीले धर्मको प्रयोग केवल आफ्नो स्वार्थको लागि गरिरहेका छन भन्ने जान्दा जान्दै पनि हामी त्यस्ता व्यक्तिहरूको भनाइको पछि लाग्ने छौ। विध्वस गर्ने छ। गराउने छौ। उत्तर आधुनिक युगको यो विशेषता हो। उत्तर आधुनिक युगमा धर्मले नशाको काम गर्ने छ।

हमास (इजराइल बिरोधी संगठन जो फिलिस्तिनी क्षेत्रको गाजा स्ट्रिपमा सक्रिया छ) ले सन् २०२३ अक्टोबर ७ मा, इजराइलमाथि सांघातिक आक्रमण गरेको थियो। इतिहासमानै ठूलो नरसंघारी आक्रमण गरेर १४ सय भन्दा बढी व्यक्तिहरूको ज्यान लिएको थियो। हमासद्वारा इजराइलमाथि भएको त्यो आक्रमणमा इजराइलीहरू लगायत अन्य देशका नागरिकहरू समेतको पनि क्रुरतपूर्वक-घाँटी काटेर, जलाएर, गोली हानेर हत्या गरिएको थियो। १२ जना नेपालीहरू पनि हमासद्वारा क्रुरतापूर्वक मारिएका थिए। युद्ध अपराधसम्बन्धी नियमको बेवास्ता गर्दै हसामका लडाकूहरूले निर्दोष नागरिक (सामान्य नागरिक जो मनोरंजन गर्न एक पार्कमा भेला भएका थिए) हरूको हत्या गरेका थिए। यति मात्र होइन, हमासका लडाकूहरूले २०० भन्दा बढी व्यक्तिहरू (इजराइल लगायत अन्य विभिन्न देशका नागरिकहरू) लाई बन्दी बनाएर गाजा क्षेत्रमा लगेको थिए।

हमासको त्यो क्रुरताको जवाव इजराइलले पनि दियो। त्यसबेलाका सामाचाहरू अनुसार इजराइलले गाजा क्षेत्रमा स्कूल, अस्तपताल जस्ता गैर शैनिक क्षेत्रहरूमा पनि हमला गरेको थियो। सन् २०२३ अक्टोबर ७ पछि लामोसम्म सम्म गाजा क्षेत्रमा इजराइलद्वारा गरिएको शैन्य कार्यवाहीमा २० हजार भन्दा बढी फिलिस्तिनीहरूको ज्यान गएको थियो।

यहाँ उल्लेख कुरा के छ भने इजराइली र फिलिस्तिनीहरूको झगडाको आधार पनि धर्म नै हो। इरानले इजराइल भन्ने देश विश्वमा छ भनी मान्दैन र जहिले पनि फिलिस्तिनीहरूलाई इजराइलको विरुदधमा प्रयोग गर्छ। फिलिस्तिनी क्षेत्रमा रहेका लडाकूहरू जो हमास भन्ने संगठनसङ्ग आवध्द छन् र लेबेनानमा रहेका लडाकूहरू जो हजबुल्ला भन्ने संगठनसँग आवध्य छन, खासमा तिनीहरू इरानका भाडाका सैनिक हुन भन्नेहरू धेरै छन। इरानका मुल्ला (अयातुल्ला) हरूले त्यो क्षेत्रमा धर्म विस्तार गर्न यस्ता शैनिकहरूको प्रयोग गरि रहेका छन्। स्मरण रहोस, इरान अहिले धर्मगुरुहरूद्वारा नियन्त्रित एवं शासित देश हुन पुगेको छ।  

स्मरणका लगि अनुरोध गर्दछु, नेता वा धर्म गुरु वा जो सुकै व्यक्ति होस्, उसले शासन गर्नका लागि आफूलाई शक्तिसाली तुल्याउनु पर्दछ। शक्तिसाली भएमा मात्र उसले जनतामाथि शासन गर्न सक्छ। धर्म अहिले यस्तो भएको छ कि यसलाई हातमा लिएर सामान्य ब्यक्ति पनि अति शक्तिसाली हुन पुग्दछ। धर्ममको नाममा नै भारतमा अनेक धर्म गुरूहरू भए। ती मध्ये कतिपय जेल पनि गए।

आउनु होस, धर्मको सामान्य अर्थ बुझौ। धर्म भनेको जीवन पद्धति हो। धर्म भनेको जीवन पद्धति धारण गर्नु हो। धर्म भनेको लोक कल्याणका लागि सद् मार्गमा चल्नु हो। दान (गरिबलाई) गर्नु, क्षमा (अपराधीलाई) गर्नु, सत्य (समाजलाई सदाचारी तुल्याउन) बोल्नु जस्ता कुराहरू धर्मले सिकाउँछ। तर दु:खद कुरा, धर्मको प्रयोग यो उत्तर आधुनिक युगमा घृणा एवं हिंसा फैलाउनमा भइरहेको छ। धर्मको प्रयोग शासन ब्यवस्था हातमा लिनका लागि भइरहेको छ।

इस्लाम धर्माबल्बमीहरूहरूले रमादान पर्व एक महिना निष्ठा, भक्तिभाव र धुमधामले मनाउँ छन। यो धर्म मनाउने अनेक विश्वास एवं कारणहरू होलान। ती कारणहरू मध्ये एक कारण सर्व साधारणहरूले ‘भोक’ को बोध गर्नु हो। भोक कस्तो हुन्छ अनुभूत गर्नु हो। यो पर्वमा गरिब, धनिक, अति धनिक, सबै किसिमका इस्लाम धर्माबलम्बीहरू भोको बस्ने हुनाले धनी जसले कहिले पनि भोको हुनु पर्दैन, घरमा खाना सँधै प्रसस्त भएकोले भोक कस्तो हुन्छ भनी अनुभूत गर्नु पर्दैन, ले पनि रमदानको बेला, भोको बसेको बेला, भोक कस्तो हुन्छ भनी बोध गरोस, अनुभूत गरोस र भोकको पीडा बुझेर गरिब एवं भोकाहरूलाई सहयोग गरोस भन्ने हो।

कुनै पनि ब्यक्तिले जब समस्या आफूले बोध गर्छ अनि मात्र त्यो समस्या कस्तो छ भनी थाहा पाउँछ। त्यो कारणले गर्दा धनीहरू पनि भोको भएमा मात्र उनीहरूले भोक कस्तो हुन्छ भनी बोध गर्छन र गरिबहरूलाई सहयोग गर्न तत्पार हुन्छन भने सन्देश दिने रमादानाई धर्मको सुन्दर, अति सुन्दर पक्षको रुपमा लिन सकिन्छ।

यति जान्दा जान्दै पनि हामी धर्मको नाममा कट्टरपन्थी भइरहेका छौ।  

हिन्दु धर्ममा पनि उपवास बस्ने चलन छ। यो उपवासले धनीहरूलाई भोकको पीडा बोध गराउँछ। भोको बसेपछि धनीहरूले पनि भोकको मर्म थाहा पाउँछन अनि गरिब एवं भोकाहरूलाई खाने कुरा दिएर सहयोग गर्छन। हिन्दु धर्मले यसरी गरिबहरूलाई सहयोग गर्न धनीहरूलाई प्रेरित गर्छ।

No comments:

Post a Comment