उत्तर आधुनिक युगको त्रासदी
२३
केन्द्रमा मुनाफा
संसारको हरेक ब्यापारको मुख्य उद्देश्य नै मुनाफा आर्जन गर्नु हो।
विश्वभरिका ब्यापारिक संस्थाहरू मुनाफा आर्जन गर्ने उद्देश्यले नै स्थापित भएका
हुन्छन। तर मुनाफलाई मात्र केन्द्रमा राखेर, मानवता बिर्सेर ब्यापार गर्नु भनेको
अपराध गर्नु सरह हो।
उत्तर आधुनिक युगमा हरेक व्यवसायिक संगठनको मुख्य उद्देश्य नै मुनाफा
आर्जन गर्नु हुनेछ। कुनै पनि स्थितिमा मुनाफा आर्जन गर्नु हुनेछ। मुनाफा केन्द्रमा
हुनेछ। मुनाफा बृद्दि गर्न जे जस्ता कुकर्म गर्न पनि व्यवसायिक संगठनहरू तयार
हुनेछन। गलत काम गरेर, बेइमानी गरेर, ठगेर पनि ब्यापारिक संस्थाहरूले मुनाफा आर्जन
गर्ने छन।
उत्तर आधुनिक युगमा मानवता मुनाफाद्वारा थिचिने छ। मानवता वृद्धि
गर्ने व्यापारिक संगठनहरू असफल संगठनमा पर्ने छन भने जसरी वा जे जस्ता कार्यहरू
गरेर मुनाफ बृद्धि गर्ने संस्थाहरू सफल संस्थामा पर्ने छन। अर्थात कुनै पनि
व्यापारिक संस्थाको लागि सफलताको मापदण्ड मुनाफ हुनेछ।
कुनै व्यापारी वा ब्यापारिक संस्थाले ग्राहकहरूलाई सन्तुष्ट पारेर
अधिक मुनाफा गर्नु उचित हो? होइन। यदि कुनै व्यापारी वा ब्यापारिक संस्थाले
ग्राहकलाई सन्तुष्ट पारेर तर आफ्ना कर्मचारीहरूको श्रमको शोषण गरेर अधिक मुनाफा
आर्जन गर्छ भने त्यो ब्यापारीको त्यो कार्य अनुचित कार्य हो। यसैगरी त्यो व्यापारी
वा ब्यापारिक संस्थाले सरकार वा कर भुक्तान गर्नु पर्ने निकायलाई आवश्यक कर
भुक्तान गर्दैन भने त्यो कार्य पनि उसको
अनुचित कार्य हो।
उत्तर आधुनिक युगमा नैतिकता र कर्तव्य कमजोर हुन पुगेकाले
ब्यापारीहरूले स्वास्थ्यलाई हानी हुने, कमजोर, टिकाउन नहुने वस्तुहरू उत्पादन
गर्नमा जोड दिने छन। उपभोक्ताहरूको स्वास्थ्यलाई हानी पुर्याउने भएता पनि
अस्वस्थ्यकार वस्तुहरू उत्पादन गर्ने छन। यसैगरी खाद्य वस्तुहरूमा अखाद्य वस्तुहरू
मिसावट गर्ने छन।
उत्तर आधुनिक युगमा मुनाफा वृद्धि गर्न ब्यापारीहरूले कमजोर वस्तुहरू
उत्पादन गर्ने छन। र मुनाफा बृद्धि गर्ने छन्। कसरी?
कुनै एक निर्माताले एउटा अति बलियो काठको कुर्सी बनाएर बिक्री गर्ने
हो भने खरिदकर्ता (उपभोक्ता) ले त्यो कुर्सी २५ वा २० वर्षसम्म उपयोग गर्न सक्छ।
यस्तो स्थितिमा उपभोक्तालाई त फाइदा हुन्छ किनभने उसले २० वा २५ वर्ष अर्को कुर्सी
खरिद गर्नु पर्दैन। त्येही कुर्सीले काम चल्छ। तर निर्मातालाई यो स्थिति (टिकाउ
कुर्सी बिक्री गरेर) लाभप्रद हुँदैन। घाटा हुन्छ। कसरी? त्यो निर्माताले बलियो
कुर्सी निर्माण गरेर बिक्री गरेको हुनाले उसले अर्को २४ ओटा कुर्सी बिक्री गर्ने
औसर गुमाउँछ किनभने उसले बिक्री गरेको त्यो कुर्सी २० वा २५ वर्षसम्म खप्ने हुन्छ।
यदि यस स्थितिको विपरित उक्त निर्माताले नियतवस कमजोर, कामचलाउ केवल एक वर्षसम्म
चल्ने वा एक वर्षपछि टुट्ने कुर्सी निर्माण गर्ने हो भने पच्चिस वर्षमा उसले २४
ओटा कुर्सी बिक्री गर्ने औसर पाउँछ। मुनाफा पनि २४ गुणा बढी हुन्छ। कुर्सी लामो समयसम्म
टिकाउ नहुने स्थिति निर्माताको लागि अधिक मुनाफ हात पार्ने औसर हुन पुग्छ। तर
उपभोतक्ताको लगि नि? कमजोर वस्तु (जस्तै कुर्सी) बजारमा भएको कारणले उपभोक्ताले
अनावश्यक किसिमले एउटै वस्तु पटक पटक खरिद गर्नु पर्छ जुन उसको लागि होइन उत्पादक
वा बिक्रेताको लागि हितकर हुन्छ।
उत्तर आधुनिक युगमा माथि वर्णनन गरिएको (कमजोर वस्तु उत्पादन गरेर)
कार्य गरेर निर्माताहरूले छोटोसमयमा धेरै कमाउने छन। तर उपभोक्ताहरू भने ठगिने
छन्।
विज्ञान एवं प्रविधिको क्षेत्रमा पनि यो स्थिति देखिने छ। पहिलो वर्ष
उत्पादन गरेको वस्तु वा प्रविधि (Technology) अर्को वर्ष पुरानो हुनेछ। हरेक
विगत वर्षको वस्तु वा प्रविधिलाई आवत वर्षको वस्तु वा प्रविधिले विस्थापित गर्नेछ।
नया नया वस्तु एवं प्रविधिको उपयोग गर्न उपभोक्ताहरू प्रत्येक वर्ष
नया वस्तु वा प्रविधि खरिद गर्नु पर्नेछ। प्रत्येक वर्ष यसरी नया नया वस्तु तथा
प्रविधि उत्पादन गरेर उत्पादक तथा बिक्रेताहरूले मोटो रकम नाफाको रुपमा हात पार्ने
छन भने क्रेता वा उपभोक्ताहरूले आफ्नो आम्दानीको ठूलो भाग नया नया वस्तु एवं
प्रविधिहरू खरिद गर्नमा खर्च गर्ने छन। यो स्थिति अहिले नै पनि देखिएको छ। बजारमा
प्रत्येक वर्ष नया नया मोडेल र प्रवधिजडित टेलिभिजन, मोबाइल फोन, कम्युटर लगायत
अनेक उपभोक्ता वस्तुहरू आएको अहिले हामी सजिलै देख्न सक्छौं।
उत्तर आधुनिक युगमा त्यस्ता वस्तुहरू उत्पादन गर्नमा उत्पादकहरुले
जोड दिने छन जुन उत्पादन गर्दा उनीहरूलाई बढी फाइदा होस। अर्थात बजारमा त्यस्ता
वस्तुहरूको भीड हुनेछ जुन वस्तुहरूले उत्पादक एवं बिक्रेताहरूको हिता पुरा गरुन। उभभोक्ताहरूको
हित हुने, उनीहरूको स्वास्थ्यलाई फाइदा पुर्याउने तर उत्पादक एवं बिक्रेताहरूलाई
मुनाफा नहुने किसिमका वस्तुहरू उत्पादकहरूले उत्पादन गर्ने छैनन।
यो वा त्यो व्यापारिक संस्थाको सफलताको मापदण्ड मुनाफा हुनेछ। लोक
कल्याण छायामा पर्नेछ। मानव कल्याण अभिवृद्धि गर्ने संस्थाहरू जस्तै स्कूल, कलेज,
अस्पताल, मठ, मन्दिर, तिर्थ स्थल आदिले पनि मुनाफलाई केन्द्रमा राख्ने छन्। लोक
कल्याण अभिवृदधि गर्नु पर्ने आफ्नो प्रमुख दायित्व भूल्ने छन्।
देश र सरकारहरूले पनि आफ्ना व्यवसायिक सङ्गठनहरूलाई बढी मुनाफा आर्जन
गर्न प्रोत्साहित गर्नेछन। जन स्वास्थ्यमा क्षति पुग्ने एवं जन कल्याण नगर्ने
वस्तु एवम् सेवाका उत्पादकहरूले बढी मुनाफा गरेर सरकारलाई बढी कर भुक्तान गरेको
कारणले सरकारबाट संरक्षण पाउने छन।
कुनै पनि राष्ट्र शक्तिसाली राष्ट्र हुनका लागि त्यो राष्ट्र धनी हुन
आवश्यक छ। अर्कोतिर कुनै पनि राष्ट्र शक्तिसाली भएमा मात्र त्यो राष्ट्रले आफ्नो
वर्चस्व स्थापित गर्न सक्छ। आफ्ना कमजोर (तुलनात्मक रुपमा) छिमेकी राष्ट्रहरूलाई
तह लगाउन सक्छ। साना राष्ट्रहरूको आन्तरिक कार्यमा हस्तक्षेप गर्न सक्छ। अमेरिका
धनी भएको कारणले नै विश्वका सम्पूर्ण (लगभग) राष्ट्रहरूलाई प्रभावित गर्न सफल भएको
छ। रसिया धनी भएको कारणले नै उसले युक्रेनमाथि हमला गर्न सकेको छ। भारत धनी भएको
कारणले नै उसले सिक्किमलाई आफूमा विलय गरायो। भुटान को त भारत अभिभावक नै भएको छ।
भारतसङ्ग अनुमति नलिएर भुटानले कुनै पनि किसिमको, आफूलाई हित हुने, सन्धी, सम्झौता
गर्न सक्तैनन। भारत धनी भएको कारणले नेपालमा आफ्नो हितसको सरकार स्थापना गर्न वा
नेपालको राजनीतिलाइ नियन्त्रण गर्न सफल भएको छ। पाकिस्तान धनी (तुलनात्मक रुपमा)
भएको कारणले अफगानीस्तानलाई दु:ख दिन सफल भएको छ। चीन धनी भएको कारणले नै अमेरिका
जस्तो अति शक्तिसाली राष्ट्रलाई समेत चुनौति दिने क्षमता राख्दछ।
उत्तर आधुनिक युगमा माथि उल्लेख गरिएको कारणले गर्दा धनको महत्व अति
नै हुनेछ। यो कारणले गर्दा हरेक राष्टको प्रमुख उद्देश्य नै धनी हुने हुनेछ। हरेक
राष्ट्रको चिन्तन, मन, क्रियाकलाप धनी हुनु हुनेछ।
कुनै पनि राष्ट्रलाई धनी पार्नमा त्यस राष्ट्रका ब्यापारीहरूको
भूमिका महत्वपूर्ण हुने भएकोले राष्ट्रिय ब्यापारीहरूले सरकारबाट संरक्षण पाउने छन।
सरकारले उनीहरूलाई फाइदा हुने नियम, कानून बनाइ दिनेछ। अर्थात ब्यापारीहरूले गर्ने
जन विरोध कार्यहरूलाई पनि सरकारले वास्ता गर्ने छैन। जनताको स्वास्थलाई क्षति
पुर्याउने र सन्तुलित मानसिक विकासमा अवरोध उत्पन्न गर्ने किसिमका वस्तु तथा
सेवाका उत्पाकहरूले सरकारलाई बढी कर भुक्तान गरको कारणले सरकारबाट दण्ड होइन सुरक्षा
र पुरस्कार पाउने छन।
उत्तर आधुनिक युगमा नैतिकता र मानवताको ह्रास उच्च बिन्दुमा हुनेछ।
तर सर्वाधिक अचम्म त के हुनेछ भने यो तथ्य थाहा पाउँदा पाउँदै पनि सरकार र जनता
दुबै पक्षले मुनाफा-मनोविज्ञानलाई नियन्त्रण गर्न कुनै पनि किसिमको सक्रियता
देखाउने छैनन।
No comments:
Post a Comment