उत्तर आधुनिक युगको त्रासदी
७
सद्भावको संकट
उत्तर
आधुनिक युगमा सद्भावको चरम संकट देखा पर्नेछ।
संचारको
क्षेत्रमा भएको अद्वितीय विकासले मानिसको जीवनशैली, सोच र व्यवहारमा ठूलो परिवर्तन
ल्याइरहेको छ। भविष्यमा अझ ठूलो परिवर्तन ल्याउने छ। तर सञ्चार क्षेत्रमा भएको यो
अद्वितीय विकासले भने मानिसलाई समूहमा होइन एक्लै बस्न र एक्लै रमाउन अनेक
तरिकाहरू सिकाउने छ। सिकाइ रहेको पनि छ।
उत्तर
आधुनिक युगले ब्यक्तिहरूलाई एक्लै बाँच्न सजिलो पार्नै अनेक साधनहरू उपलब्ध समेत
पनि गराउने छ।
सन् २०१९ मा आएको पेन्डेमिकले मानिसको जीवनशैलीमा ठूलो परिवर्तन ल्यायो। त्यस समयमा, कोरोनाको विस्तार नियन्त्रण नभएसम्म, मानिसहरूलाई समूहमा बस्दा ६ फिटको दूरी कायम गरेर बस्न, र सके एक्लै बस्न भनिएको थियो। मानिसहरू त्यस किसिमबाट बसे। तर पछि, त्यो कालमा त्यसरी टाढा र एक्लै बसेको मानिसहरूलाई अनौठो लाग्यो, रमाइलो लग्यो। अब, अहिले कोरोना नियन्त्रण भइसेक पछि पनि, कोरोना बिरुद्धको खोपको आविष्कार भइसकेको स्थितिमा पनि मानिसहरू एक्लै बस्न खोजिरहेका छन। एक्लै बस्न रमाइ रहेका छन्। कोरोनाकालमा एक्लै बस्दा प्राप्त भएको आनन्द याद आइरहेको छ।
अहिले,
संसारभरिमानै, घरबाट काम गर्ने हरूको संख्या ह्वात्तै बढेको छ। मानिसहरू कार्य
स्थलमा पुगेर, विभिन्न व्यक्तिसङ्ग भेटघाट गरेर, कुरा गर्दै काम गर्दै, गर्नुको
साटो एक्लै बसेर कार्य गर्न रमाइ रहेका छन्। यस्तो हुनु ब्यक्तिहरूमा ब्यक्तिवादी
सोंचको तिब्र विकास हुनु हो।
मानिस
समूहमा बस्ने प्राणी हो। समूहमा बस्दा, अनेक किसिमका कार्य गर्दा
मानिसलाई आनन्द आउँछ। समूहमा बस्दा मानिसहरुले एक अर्कासङ्ग आफ्नो सुख दु:ख साटा
साट गर्न सजिलो हुन्छ र यसो गर्दा मानिस झनै बढी सामाजिक हुन्छ र एक अर्काप्रति
संवेदनशील हुन्छ। जति संगै र नजिक बस्यो त्यति नै एक अर्काप्रति माया र सद्भाव
वृद्दि हुन्छ। तर अब मानिस एक्लै बस्दा रमाउन थालेको र एक्लै बसेर रमाउने अनेक
साधनहरू पनि बजारम उपलब्ध हुन थालेकोले भविष्यमा मानिस मानिस बिच सद्भावको ठूलो
संकट पर्ने देखिन थालेको छ।
केवल
मोबाइल वा सेलफोन चलाएर मानिस घण्टौसम्म एक्लै बस्न सक्ने स्थिति अहिले नया
प्रवधिले सृजना गरिदिएको छ। समूहमा बसेर समूहमको आनन्द लिनुको सट्टा मानिस समूहमा
पनि एक्लै भएर बस्न थालेको छ। प्रविधिमा भएको नया नया विकासले मानिसलाई एक्लै बसेर
रमाउने अवस्था सृजना गरिदिएको छ तर प्रवधिमा भएको त्यस्तो विकासले प्रविधि प्रयोग
गर्ने मानिसलाई कुनै पनि किसिमको फाइद भएको छैन। उल्टो त्यस्तो प्रविधि प्रयोग
गर्ने लत बसेको छ। बरू त्यस्तो प्रवधि (सेल फोन, टेबलेट) उत्पादन गर्नेहरूलाई फाइद
भएको छ। यस्ता वस्तुहरू ठूलो परिमाणमा उत्पादन गरेर उत्पादकहरूले ठूलो नाफा हात
पारिरहेक छन।
यो
उत्तर आधुनिक युगमा मानिसमा दया, प्रेम, सद्भाव कम हुँदै गएको छ। आगामी दिनहरूमा
यो क्रम झनै बढ्नेछ। मानिस चरम व्यक्तिवादी हुने दिशातर्फ अग्रसर हुनेछ।
बजारमा
अनेक किसिमका सुविधा वृदि गर्ने, आवश्यक होइन तर प्रयोग गर्दा आनन्द आउने अनेक
किसिमका सामानहरूको बाढी छ। यस्ता सामानहरू प्राप्त गर्न र सुविधा वृद्दि गर्न
उपभोक्ताहरू लालयित देखिएका छन्। जसरी भए पनि यस्ता वस्तुहरू प्राप्त गरौ, सुविधा
वृद्धि गरौ, म सँग यस्ता सामानहरू छन भनी प्रदर्शन गरौं, यस्तो मनोभावले
व्यक्तिहरूलाई ब्यक्तिवादी हुन सघाइरहेको छ।
औद्योगिक
युगमा समेत, सहरमा बस्ता समेत, मानिसहरू परिवारका सबै सदस्यहरूका लागि समभाव
राख्ने गर्थ्ये। आफ्ना परिवारका सबै सदस्यहरूको विकास समान किसिमले होस् भन्ने
कामना गर्थ्ये। एक अर्कालाई सहयोग गर्थ्ये। यो उत्तर आधुनिक युगमा भने मानिस केवल
आफ्नो उन्नति प्रगतिमा मात्र केन्द्रित हुन पुगेको छ। अहिले एउटा परिवार अनेक
सदस्यहरूले सामुहिक प्रगति होइन, ब्यक्तिगत प्रगतिको लागि सोंचेको पाइन्छ। आफ्नो
प्रगतिमा मात्र ध्यान केन्द्रित गरेको पाइन्छ। आफ्नो मात्र प्रगति हुँदा अर्कोको
प्रगति हुँदैन, उल्टो अर्कोको प्रगति अवरुद्ध हुन्छ तर्फ वहुसंख्यक ब्यक्तिले
सोंचेको पाइँदैन।
एउटा
उदाहरण हेरौं। उदाहरणको केन्द नेपाललाई नै मानौ।
अहिले
नेपालको प्रत्येक ब्यक्ति र खास गरी युवा वा युवती आफ्नो केवल आफ्नो शैक्षिक
उन्नति वा आर्थिक प्रगतिका लागि वा भनौ सरल जीवन यापन गर्नका लागि विदेश जान तत्पर
रहेको, तयारीको स्थितिमा रहेको पाइन्छ। सरल जीवनको खोजिमा नेपालबाट प्रत्येक दिन
हजारौं युवा र युवतीहरूले स्वदेश छाडेको पाइन्छ। विदेशमा सरल जीवन यापनको लागि
स्वदेश छाड्दा कुनै पनि नेपाली युवा वा युवतीले आफ्नो प्रस्थान पछि आफ्नो अभावमा
आफ्ना अभिभावकहरूको जीवन यापन कष्टकर होला भनी सोंचेको पाइँदैन। केवल आफ्नो लागि,
नितान्त आफ्नो लागि सोंचेको पाइन्छ। आफ्नो अभिभावकको लागि पटक्कै सोंचेको पाइँदैन।
नेपालमा
त्यसरी कुनै युवा वा युवतीले आफ्ना परिवारका अन्य सदस्यहरू माता, पिता, भाइ, बहिनी
आदिलाई चट्क्कै स्वदेशमा छाडेर विदेश जानुलाई उक्त युवा वा युवतीले उचित निर्णय
गरेको मानिएको छ। नेपालमा मात्र होइन, विश्वका अन्य देशहरूमा पनि अहिले केवल आफ्नो
लागि मात्र सोंच्ने स्वार्थी प्रवृतिले ‘असल कार्य गरेको’ मान्यता पाएको छ। प्रगति
गरेको मानिएको छ।
यो
उत्तर आधुनिक युगले कस्तो सोंच ल्याएको होला? आफ्ना परिवारका बाँकि सदस्यहरूलाई
स्वदेशमा चट्क्कै छाडेर केवल मात्र आफ्नो प्रगतिको लागि विदेश जानुलाई समाजले स्वार्थी
प्रवृतिको रुपमा हेर्नु पर्ने होइन?
उत्तर
आधुनिक युगले ब्यक्ति र परिवारको विकासको परिभाषा नै परिवर्तन गरिदिएको छ। संसार
भरिमा, कम्युनिष्ट कालमा धनीहरूको सम्पत्ति लुट्नु, उनीहरूको हत्या गर्नु जस्ता
कार्यलाई समाजको हितमा गरिएको कार्यको रुमा लिए जस्तै अहिले केवल आफ्नो हितका लागि
सोंच्नु राम्रो काम गरेको रुपमा लिने गरिएको छ।।
अहिले
केवल आफ्नो प्रगतिका लागि ज्यानको जोखिम लिएर भए पनि संसारका अनेक देशहरूबाट अनेक
व्यकतिहरू धनी देशतर्फ लागिरहेका छन्।
उत्तर
आधुनिक युगमा सद्भावको चरम सङ्कट हुनेछ। यस्तो किन हुने छ भने व्यक्तिहरूमा
स्वार्थी प्रवृति अद्वितिय किसिमले बढ्ने छ।
No comments:
Post a Comment