उत्तर आधुनिक युगको त्रासदी
१६
भ्रमको भुमरी
यो कुरा पनि सही लाग्नु त्यो पुरा पनि सही लाग्नु। यो कुरा पनि गलत
लाग्नु त्यो कुरा पनि गलत लाग्नु। सबै कुरा गलत लाग्नु। सही निर्णय लिन नसक्नु।
गलत सूचना एवं जानकरीको कारण गलत निर्यण गर्न पुग्र्नु। सही कुरालाई गलत देख्नु।
गलत कुरालाई सही देख्नु। यी सबै स्थितिहरू भ्रमको स्थित हो। उत्तर आधुनिक युगमा
बहुसंख्यक ब्यक्तिहरू भ्रमको स्थितिमा रहेको देखिएको छ।
भ्रम कसरी सृजना हुन्छ?
जब केवल तर्कपूर्ण कुराहरू मात्र प्राप्त हुन्छ र ती कुराहरूमा
प्रयोग गरिएका तर्कहरूलाई पुष्टि गर्ने प्रमाण एवं तथ्यहरू हुँदैन भने त्यहाँ भ्रम
सृजनाको स्थिति उत्पन्न हुन्छ। स्रोत नखोलिएका समाचार, काल्पनिक घटना, तथ्यहीन
विचार आदिले समाजमा भ्रम सृजना गर्दछन।
असत्य कुरा पनि सत्य प्रतीत हुनु र त्यो असत्य कुरालाई ग्रहणकर्ताले
सत्यको रुपमा ग्रहण गर्नु भ्रमको स्थिति हो।
केही ब्यक्तिहरूको बदनियतपूर्ण ब्यवाहारले गर्दा सञ्चार जगत् गैर
जिम्बेवार र उत्तरदायित्व विहीन हुन पुगेको छ। सही र तथ्यपूर्ण सूचना, जानकारीहरू
मात्र जनसमक्ष लग्नु पर्छ भन्ने भावना हराउँदै गएको छ। पैसाको लागि अनके
व्यक्तिहरूले सुनियोजित गलत सूचना, जानकारी, समाचारहरू प्रकाशित गरिरहेक छन। र
उनीहरूको त्यस्तो कार्यबाट समाजमा ठूलो भ्रम सृजना हुन पुगेको छ। समाज अहिले
अद्वितीय किसिमले भ्रमित हुन पुगेको छ।
सञ्चारका माध्यमहरू छापा, श्रव-दश्य र डिजिटल प्लेटफार्म आदि अहिले
भ्रम सृजना गर्न सकिने प्रभावकारी स्थान हुन पुगेक छन। र गैर जिम्मेवार र खराब
ब्यक्तिहरूले समाजमा भ्रम सृजना गर्न यी स्थानहरूको चरम दुरुपयोग गरिरहेका छन।
वर्तमान सञ्चार जगत्को स्थिति कस्तो छ?
वर्तमान सञ्चार जगत्को कुरा गर्दा केही तथ्यहरूमाथि प्रकाश पार्नु
उचित होला। सूचना प्रविधिमा भएको अभूतपूर्व प्रगतिले गर्दा कुनै पनि देशको सरकारले
सूचना एवं जानकारीमाथि पूर्ण नियन्त्रण कायम गर्नु र आफ्नो जनता समक्ष गलत सूचना,
जानकारी, समाचारहरू पुग्न नदिनु असम्भव छ। अहिले सूचना, जानकारी, विचार आदिको
उत्पादन र प्रसारण लागत ज्यादै सस्तो हुन पुगेको छ। केही अवस्थाहरूमा नि:शुल्क
समेत छ। कुनै ब्यक्तिले आफ्नो मनमा लागेको कुरा सामाजिक संजाल (फेसबुक, ट्विटर,
इन्टाग्राम, ह्वाट्सअप आदि) मा लेखेर नि:शुल्क लाखौ मानिसहरू समक्ष पुर्याउन सक्छ।
समाचार, जानकारी लक्षित समूह सम्म पुग्ने गति पनि तिब्र छ। ब्यापक छ। अहिले आफ्नो
मनमा लागेको कुरा सामाजिक संजालमा लेखेर वा राखेर (युटुब वा फेसबुक) छोटो समयमा
संसारभरिका अनेक देशमा पुर्याउन सकिन्छ। करोडौं मानिसहरू समक्ष पुर्याउन सकिन्छ।
समाचार, जानकारीको उत्पादन र प्रसारण पनि सस्तो छ। एउटा सामान्य किसिमको मोबाइल
फोन खरिद गरेर आफ्नो मनमा लागेको कुरा हजारौं व्यक्तिहरू समक्ष सजिलै पुर्याउन
सकिन्छ। संचार जगत्मा देखिएका यस्ता सुविधाहरूले समाजमा भ्रम सृजना गर्न सजिलो छ।
यो कारणले गर्दा पनि खराब नियत भएका ब्यक्तिहरू अहिले समाजमा भ्रम सृजना गर्न सफल
भएका छन।
भ्रम कसरी सृजना गरिन्छ?
एउटाले भन्यो, ‘हिन्दु धर्मले बहु विवाह गर्न अनुमति दिन्छ। भगवान्
रामका पिता दसरथका तिन पत्नीहरू थिए। उनीहरूको नाम कौसल्या, सुमित्रा र कैकेइ थिए।
यसरी हिन्दु धर्ममा महिलाहरूको चरण षोषण आदि कालदेखिनै गरिएको पाइन्छ।’
यसरी भनेर भ्रम फैलाउन सकिन्छ।
यो भनाई कसरी भ्रम हो त?
पहिलो कुरा, हजारौं वर्ष पहिलेको त्यो घटना- तिन पत्नीहरू, केवल एक
कथा पनि हुन सक्छ। र कथामा वर्णित राजा दसरथका तिन पतिहरूको प्रसंग काल्पनिक पनि
हुन सक्छ।
दोस्रो कुरा, त्यस कालमा समाजले बहु विवाहलाई अनुमोदन गरेको हुन
सक्छ। र सोही नियम अनुसार दसरथले बहु विवाह गरेको हुन सक्छ। कुनै समय (इतिहास) मा
गरिएको बहु विवाहलाई अहिलेको यो उत्तर आधुनिक युगमा आएर त्यो बेलाको समाज भ्रष्ट
थियो भन्न मिल्छ? दुई फरक फरक युगमा भएका फरक फरक घटना वा व्यवस्थाहरूको तुलना
गर्न मिल्छ? राजा दसरथको व्यवहारको मूल्यांकन गर्न राजा दसरथको युगमा जानु पर्छ।
यसरी राजा दसरथको युगमा भएको व्यवस्थालाई वर्तमानको व्यवस्थासङ्ग तुलना गरेर सजिलै
भ्रम सृजना गर्न सकिन्छ।
कुनै पनि समाज गतिशील हुन्छ। समाजमा भएका नियमहरू समयको परिवर्तन
अनुसार मानव-कल्याणकारी हुँदै जान्छन। अहिले हिन्दु धर्मको कुरा गर्ने हो भने, यो
धर्मले वहु विवाहलाई अनुमोदन गरेको पाइँदैन।
तेस्रो कुरा, राजा दसरथको पालामा कुन धर्म थियो भन्ने कुरा सप्रमाण
भन्न सकिने स्थिति छैन। राजा दसरथको पालमा हिन्दु धर्म थियो भन्न सकिने जति स्थिति
छ त्येतिकै स्थिति हिन्दु धर्म थिएन भन्न सकिने स्थिति छ। र दुबै स्थितिको कुनै
प्रमाण छैन। प्रमाण नभएको कुरालाई ठोकुआ गरेर भन्नु पनि एक किसिमको भ्रम नै सृजना
गर्नु हो।
गलत तथ्य, गलत तथ्यांक र गलत सङ्ख्याद्वारा पनि सजिलै भ्रम सृजना
गर्न सकिन्छ।
गलत तथ्यांकद्वार कसरी भ्रम सृजना गर्न सकिन्छ हेरौं।
सीतापुर र लक्ष्मीपुर दुई गाउँहरू छन। सीतपुरमा १ हजार परिवारहरू छन्
भने लक्ष्मीपुरमा १० हजार परिवारहरू छन। सीतापुरको प्रत्येक परिवारसङ्ग एउटा एउटा
गाई छ भने लक्ष्मीपुराका ५ हजार परिवारसङ्ग एउटा एउटा गाई छ।
प्राय: चलाक ब्यक्ति वा नेताहरूले माथिको तथ्यांकलाई बङ्ग्याएर कसरी
भ्रम सृजना गर्न सक्छ हेरौं।
एउटा नेताले आफ्नो भाषणमा भन्छ, ‘हेर्नसु सीतापुर गाउँ धेरै धनिक छ।
त्यस गाउँमा प्रत्येक परिवारसङ्ग एक एक गाई छ। अर्थात सतप्रतिसत सङ्ग गाई छ। तर
लक्ष्मीपुर सीतापुरको तुलानामा गरिब छ। त्यस गाउँका केवल पचास प्रतिसत घरसङ्ग
मात्र गाइ छ।’
उक्त नेताको माथिको त्यो भनाइ सुन्दा र उसले प्रस्तुत गरेको
तथ्यांकको आधारमा लक्ष्मीपुर, सीतापुरको तुलनामा गरिब देखिन्छ। तर के यथार्थमा
त्यस्तो हो? होइन। सीतापुरमा गाईको संख्या केवल १ हजार छ भने लक्ष्मीपुरमा गाईको
संख्या ५ हजार छ। अब हामी आफै हेरौ, तुलना गरेर हेरौ। १ हजार गाइ भएको गाउँ धनी
हुन्छ कि ५ हजार गाई भएको? कुन गाउँमा बढी दुध उत्पादन हुन्छ? कुन गाउँमा बढी
व्यापारिक क्रियाकलाप हुन्छ?
भ्रम सृजना गर्न सत्य स्थापित गर्नु भन्दा हजारौं गुणा सजिलो हुन्छ।
मानवीय प्रवृति अनुसार कुनै पनि व्यक्तिले सत्य कुरा सुन्नु भन्दा आफुले सुन्न
खोजेको कुरा सुन्न मन पराउँछ। जस्तै कुनै ब्यक्तिलाई कुनै एक व्यक्ति वा नेता मन
परेको छैन भने त्यस नेताको बारेमा गरिएको आलोचना सुन्न उक्त व्यक्तिलाई अति मन
पर्छ। अति स्वाद मानेर उक्त नेताको आलोचनाहरू सुन्छ र मन आनन्दित समेत पार्छ। यदि
अर्को कुनै व्यक्तिले त्यस नेताले गरेको राम्रो कामको प्रशंसा गरेरमा उक्त
ब्यक्तिले सुन्न समेत पनि चाहँदैन। विचारणीय कुरा के छ भने कुनै पनि व्यक्तिले
आफ्नो जीवनकालमा केवल खराब काम मात्र गर्दैन। असल कार्य पनि गर्छ। सोही नियम
अनुसार सो नेताले राम्रो काम पनि गरेको हुन सक्छ। तर सो नेताको बारेमा गरिएको
आलोचना मात्र सुन्ने मनस्थितिमा रहेको उक्त ब्यक्तिले सो नेताले गरेको राम्रो कुरा
सुन्न चाहँदैन र स्वयं भ्रममा रहने स्थिति सृजना गर्छ।
सामाजिक संजालहरू नाफाका लागि संचालित छन। उनीहरूका ‘प्लेटफार्म’ को
प्रयोग कर्ताहरूको संख्या जति वृद्धि भयो त्येति नै उनीहरूलाई मुनाफ हुन्छ। यो
कारणले गर्दा संचालकहरूले आफ्ना प्लेटफार्महरूलाई सजिलो पारेका छन र नियमहरू पनि
खुकुलो पारेका छन। यस्तो स्थितिले गर्दा सामाजिक संजालका प्रयोगकर्ताहरूलाई यसको
प्रयोग गर्न र समाजमा भ्रम सृजना गर्न सजिलो भएको छ।
भ्रम सृजनाको खेति अहिले निकै फष्टाएको छ पनि। मुख्य गरी राजनीतिको
क्षेत्रमा भ्रमको खेति गरेर कतिपयले कमाएका छन पनि। कतिपय नेताहरूले आफूलाई
लोकप्रिय तुल्याउन वा चुनावमा विजयी हुन ‘साइबर सेन’ नियुक्त गरेको हल्ला पनि
नसुनिएको होइन। समाजमा भ्रम सृजना गर्न अहिले साइबर सेनाको ब्यापक उपयोग भइरहेको
छ। नेपालमा मात्र होइन विश्व अन्य मुलुकहरूमा पनि साइबर सेनाको ब्यापक उपयोग
भइरहेको छ।
साइबर सेनामको मुख्य कार्य नै सही सूचना, जानकारी, समाचारहरूलाई
ब्यंग्याएर समाजमा भ्रम सृजना गर्नु हो। धमिलो पानीमा माछा मार्नु हो।
कुनै समाचार वा विचार अधिक पढिएमा त्यो समाचार वा विचारको उत्पादकलाई
‘डिजिटल प्लेटफार्म’ ले पारिश्रमिक दिने चलन छ। तर त्यस्तो समाचार वा बिचार अत्यधिक
ब्यक्तिहरूले (एक तोकिएको संख्या वा त्यो भन्दा बढी) हेरेको वा पढेको हुनु पर्छ।
अर्को स्थितिमा आजभोलि समाचार एवं विचारका उत्पादकलाई के थाहा छ भने समाजलाई
उपयोगी नहुने, झूठो, गलत समाचारहरू बजारमा बढी खपत हुन्छ। अधिक ब्यक्तिहरूले
सुन्छन, पढ्छन वा हेर्छन। पाठकको यो 'मनोविज्ञान राम्रो गरी बुझेका समाचार, विचार
आदिका उत्पादकहरूले जानाजानी ‘भिउअर’ बढाउने उद्देश्यले, ‘क्लिक’ बढाउने उद्देश्यले
गलत, झूठो, अहितकर सूचना एवं जानकारी प्रसारण गर्छन। यो स्थितिले पनि अहिले ठूलो
संख्यामा ब्यक्तिहरूलाई सुसूचित होइन, भ्रमित पारिरहेको छ।
No comments:
Post a Comment