उत्तर आधुनिक युगको त्रासदी
११
पर्यावरणमा
ठूलो विनास
पहिले
नै उल्लेख गरिसकेको कुरा हो, यो उत्तर आधुनिक युग मुनाफाको युग हो, ‘वैष्य युग’
हो। वैष्य युग यस हुनाले हो कि अहिले समाजमा मुनाफाले सर्वाधिक महत्व पाएको छ। मानवता
भने हराउँदै गएको छ। मुनाफाको नाममा कम्पनीहरूले अस्वस्थ्यकर खाद्य वस्तुहरू
उत्पादन गरिरहेका छन। यसैगरी उपभोक्ताहरूको हित हुने होइन उत्पदक तथा बिक्रेतालाई
अधिक मुनाफा हुने वस्तुहरू उत्पादन गरिहेका छन। तर सर्वाधिक ठूलो कुरा के छ भने
अधिक मुनाफाका लागि यी कम्पनीहरूले वा बिक्रेताहरूले पर्यावरणको ठूलो मात्रामा
विनास गरिरहेका छन्। कसरी? जुन पर्यावरणले हाम्रो सृष्टि, भरण र पोषण गर्छ त्येही
पर्यावरणको अद्वितिय किसिमले विनास गरिरहेको छन्।
अनेक
उद्योगहरूको स्थापना गरेर ठूलो मात्रामा मुनाफा आर्जन गर्न सकिन्छ। कम समयमा धेरै
धन आर्जन गर्न सकिन्छ। धेरै देशहरूले यही गरिरहेका छन्। अहिले अनेक देशहरू ठूलो
मात्रामा वस्तु एवं सेवाहरू उत्पादन गरेर, ठूलो मात्रामा बिक्रि गरेर धेरै, मुनाफा
गर्न कटिबद्ध छन्। छिटै धनी हुने उद्देश्यको पछाडि दौडिरहेका छन। चीन, भारत, रुस,
ब्राजिल, साउथ अफ्रिका, दक्षिण कोरिया, इन्डोनेसिया, बङ्गलादेश आदि आदिले छिटै धनी
हुने सुरमा ठूलो मात्रामा उत्पादन गरिरहेका छन। यी देशहरूमा ठूलो मात्रामा
उद्योगहरूको स्थापना भइ रहेको छ। र यी देशहरूले उत्पादन पनि, पहिलेको तुलनामा, अहिले
ठूलो मात्रामा गरिरहेका छन। चीनले त अहिले ठूलो मात्रामा उत्पादन गर्नमा ख्याति नै
आर्जन गरेको छ।
विश्वमा
नै अहिले सर्वाधिक इन्धन आफ्ना विभिन्न कारखानाहरूमा चीनले उपयोग गरिरहेको छ। तर
दु:खद कुरा के छ भने चीन ठूलो मात्रामा जीव-अवशेष
इन्धन
(Fossil Fuel) उपयोग गर्दछ। जीव-अवशेष इन्धन मानव स्वास्थ्यको लागि अतिनै हानिकारक
छ। १.३८
बिलियन जनसंख्या भएको चीनले ४.७ बिलियन मेट्रिक टन जीव-अवशेष इन्धन
प्रयोग गर्दछ। विश्वमा कूल खपत हुने इन्धन मध्ये ३१ प्रतिसत एक्लो चीनले मात्र
उपयोग गर्छ। यो कारणले गर्दा पनि चीन अहिले विश्वको दोस्रो अति प्रदुषित देश हुन
पुगेको छ। धनी हुने सुरमा यसरी चीनले आफूलाई त प्रदुषित पारिनै रहेको छ साथै यो
संसारलाई पनि प्रदुषित पारि रहेको छ।
यसैगरी
अमेरिका तथा युरोपका देशहरूले पनि ठूलो मात्रामा वस्तु एवं सेवाहरू उत्पादन गरेर,
आफ्नो जुन पहिलेको आर्थिक वर्चस्व थियो, त्यसलाई कायम राख्न, ठूलो मात्रामा बिक्री
गरिरहेका छन। तर दु:ख कुरा के छ भने ठूलो परिमाणमा उत्पादन गर्न, आफ्ना उद्योग एवं
कारखानाहरूमा यी देशहरूले पनि जीव-अवशेष इन्धन
(Fossil fuel)
ठूलो मात्रमा प्रयोग गरिरहेका छन। अझै विकासशील र नव धनाड्य देशहरू जस्तै चीन,
भारत, आदि सङ्ग स्वच्छ इन्धनको ठूलो कमी छ र यी देशहरूले ठूलो परिमाणमा जीव-अवशेष
इन्धन वा ऊर्जा प्रयोग गरिरहेका छन।
आउनु
होस् जीव-अवशेष इन्धन भनेको के हो त्यो बारे जानकारी लिऔ। पथ्थर कोइला, प्राकृतिक
गैस, परिवर्तित गैस, क्रुड आयल, पेट्रोलियम पदार्थ एवं अपुर्ननवीकरणीय इन्धन जस्तै
तेल, प्लास्टिक, न्युक्लिएर इनर्जी आदि जीव-अवशेष इन्धन हुन। यी इन्धनहरूको प्रयोग
गर्दा यिनीहरूले पर्यावरणलाई ठूलो मात्रामा हानी पुर्याउँछन। यी ऊर्जाका स्रोतहरूले
ऊर्जा उत्पादन गर्दा ठूलो मात्रामा हानिकारक तत्वहरू विसर्जन गर्छन र पर्यावरणलाई
दुषित पार्छन। र यस्तो दुषित वातावरणमा प्राणी मात्र होइन, वनस्पतीहरूलाई पनि
बाँच्न कठिन हुन्छ। अहिले अनेक किसिमका रोगहरूको उत्पत्ति हुनुको कारण पनि
विश्व-वातावरण नराम्रो गरी प्रदुषित हुनु हो।
विकासाशील
देशहरूसङ्ग पर्याप्तमात्रामा सफा ऊर्जा (जल विद्युत, वायु विद्युत, सौर्य विद्युत)
नभएको र यस्ता ऊर्जा उत्पादन गर्न ठूलो धनराशी खर्च हुने भएकोले चीन, भारत लगायत
विश्वका अनेकौ राष्ट्रहरूले ठूलो मात्रामा
जीव-अवशेष इन्धनको प्रयोग गरिरहेका छन। वातावरणलाई प्रदुषित पारि रहेका छन।
सन्
२०२३ मा बङ्गलादेश, पाकिस्तान, मङ्गोलिया, अफगानिस्तान, भारत, इण्डोनेसिया, बहरेन,
नेपाल, उजबेकिस्तान र इराक विश्वका क्रमश: पहिलो, दोस्रो, तेस्रो, चौथौ, पाँचौ,
छैठौ, सातौ, आठौं, नवौं र दसौं विश्वका अति प्रदुषित देशको श्रेणीमा परेका थिए।
यसैगरी साउदी अरेबियाको दमाम, पाकिस्तानको लाहोर, बङ्गलादेशको ढाका, भारतको
दिल्ली, मुज्फरनगर, इराकको बग्दाद, भारतको गाजियाबाद, पटना, हापुर र पाकिस्तानको पेशावर क्रमश: विश्वको पहिलो,
दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौ, सातौं, आठौ, नवौं र दसौं अति प्रदुषित शहरको
श्रेणीमा परेका थिए। सोंचनिय कुरा त के छ भने भारतको मात्र चार शहरहरू अति
प्रदुषित शहरको श्रेणीमा परेका छन। भारतले आर्थिक विकासको मूल्य कुन किसिमबाट
भुक्तान गरिहेको छ भन्ने कुरा माथिको उथ्यांकले पुष्टि गर्दछ।
भारत
र चीनले गरेको आर्थिक विकासको मूल्य ती देशहरूले मात्र होइन, सम्पूर्ण विश्वले नै
गरिरहेको छ।
हामी
धनी त भइरहेका छौ तर धनी हुने क्रममा आफूहरूलाई
विनासको बाटोतिर पनि लगिरहेका छौ। अति विकासले गर्दा वा अति धनी हुने सुरमा हाम्रा
शहरहरू अति प्रदुषित हुँदै छन। उत्तर आधुनिक युगमा फैलिएको लालच (धनी हुने सपना)
ले हामीलाई सहि दिशा तर्फ डोर्याइ रहेको छैन। उत्तर आधुनिक युगले हामीलाई रोगी
पारिरहेको छ।
अब
केही विनासलिलाबारे कुरा गरौं। सन् २०२२ को अगष्टमा पाकिस्तानमा आएको बाढीले
विनासको ठूलो इतिहास नै रचना गरेर गयो। त्यो विनासले थिचिएको पाकिस्तानको अर्थ
व्यवस्था अहिलेसम्म पनि राम्रो गरी उठ्न सकिरहेको छैन। पहिले कहिले नदेखिएकोझै
पाकिस्तानको त्यो बाढीले सिन्ध, पंजाव र खैबर पखतुन्खवा क्षेत्रलाई अति प्रभावित
पारेको थियो। पाकिस्तानको लगभग एक तिहाइ क्षेत्रलाई जलमग्न पारेको थियो। त्यो
बाढीमा परेर १ हजार ७ सय ब्यक्तिहरूको ज्यान गएको थियो। जसमा बालबलिकाहरूको संख्या
५ सय ८८ थियो। २२ लाख घरहरू बाढीमा बगेका थिए। ६ लाख भन्दा बढी ब्यक्तिहरू बाढी
प्रभावित भएर बाँच्नका लागि उनीहरूलाई सहयोग गरिदिनु पर्ने स्थिति उत्पन्न भएको
थिए। बाढी पछि अनेक रोगहरू फैलिएका थिए। अहिले पनि हजारौ व्यक्तिहरू घरविहीन भएर
झोपडपट्टीमा बसिरहेका छन।
पाकिस्तानमा
बाढीले गरेको विनास लिला पनि वातावरण प्रदुषणसङ्ग सम्बन्धित रहेको विज्ञहरूको ठहर
छ। विश्वका अनेक देशहरूले विशर्जन गर्ने जीव-अवशेष इन्धनले यो पृथ्वीलाई र
समुन्द्रको पानीलाई नराम्रो गरी तताइ रहेको छ। र पृथ्वी यसरी बढि तारेर बाढी,
पैरौ, अति वर्षा, हुरी जस्ता समस्याहरू यो पृथ्वीमा देखिन थालेका छन्। धनी हुने
उद्देश्यका साथ अनेक देशहरूले उद्योग व्यापार ठूलो मात्रामा सञ्चालन गर्ने,
सञ्चालन गर्न जीव-अवशेष ऊर्जा प्रयोग गर्ने, र ती अवशेषहरूले पृथ्वीलाई तताउने
हुनाले हामी दुषित पृथ्वीमा बस्न बाध्य भएका छौ। उत्तर आधुनिक युगमा धनी हुने
होडले यो पृथ्वीलाई कति तताउने हो र यसरि तातेको यो पृथ्वींमा मानवको अस्तित्व के
हुने हो, सोंच्दा पनि डराउनु पर्ने स्थिति छ।
अब
एउटा अर्को प्राकृतिक विनास लिलाको कुरा गरौ।
संसारकै
सर्वाधिक धनी देश अमेरिकाले पनि प्राकृतिक विनास लिलामाथि नियन्त्रण कायम गर्न
सकेको छैन। सन् २०२३ को अगष्ट महिनाको ८ तारिखदेखि हवाइ राज्यको माउइ टापुमा
लागेको जंगली आगो सोही महिनाको २१ तारिखसम्म पनि नियन्त्रण हुन सकेको थिएन। अग्नि नियन्त्रकहरूलाई
त्यो जंगली आगो निभाउन अति कठिन परेको थियो। उक्त टापुको चार स्थानहरूमा लागेको
त्यो आयो केही समयका लागि नियन्त्रण भन्दा बाहिर हुन पुगेको थियो। त्यो ठूलो जंगली
आगोमा परि १ सय १४ जनाको ज्यान गएको थियो। ८०० जना हराएका थिए।
अमेरिकी
राज्य हवाइको टापु माउइ लागेको त्यो जंगली आगो सम्बन्ध पनि पर्यावरणमा भइरहेको
विनाससङ्ग रहेको विज्ञहरूको ठहर छ। पृथ्वी तात्नु (Global warming) लाई नै विज्ञहरू अनेक प्राकृतिक
विपद्को कारण मानिरहेका छन्।
अमेरिकाको
अर्को राज्य क्यालिफोर्नियामा पनि आगो लगि रहन्छ। सन् २०२३ मा क्यालिफोर्नियामा फैलिएको
जंगली आगोले त्यहाँ ठूलो विनास गरेको थियो।
धनी
हुने सुरमा देशहरूले अत्यधिक उत्पादन गर्न जीव-अवशेष ऊर्जाको यसरी नै अत्यधिक
उपयोग गर्ने हो, अनि सो कार्यबाट पृथ्वीको तापक्रम बढेर, सुमन्द्रको पानीमा वृदधि
(हिँउ पग्लेर) भएर, समुन्द्री सतहमा वृददि आउने क्रम नरोकिने हो भने अब आउने केही
वर्ष भित्रमा नै किरिबाती, तुभालु, मार्शल आइलैण्ड जस्ता केही फिट मात्र समुन्द्र
सतहभन्दा माथि रहेका देशहरू सदाका लागि समुन्द्रको गर्भमा पस्ने छन्।
समुन्द्रको
सतहमा यसैगरी वृद्धि हुने हो भने चीन, बङ्गलादेश, भारत, भिएतनाम, इण्डोनेसिया,
फिलिपिन्स, जापान आदि पनि यो समस्याको चपेटमा पर्नेछन। यस्तै तर गम्भीर प्रकृतिको
समस्या अहिले माल्दिभ्सले पनि बेहोरिरहेको छ।
उत्तर
आधुनिक युगले वर्यावरणको ठूलो विनास गर्नेछ। वर्यावरणमा आएको असन्तुलन धनी
देशहरूले जसोतसो धाने पनि गरिब राष्ट्रहरूलाई भने धान्न कठिन हुनेछ।
संसारका
सबै देशहरूले यातायात र उद्योग क्षेत्रमा जीव-अवशेष इन्धन ठूलो मात्रामा प्रयोग
गरिरहेका छन। नित्य यो पृथ्वीको पर्यावरण दुषित पारिरहेका छन्।
No comments:
Post a Comment