उत्तर आधुनिक युगको त्रासदी
१०
अति
ब्यक्तिवादी सोंच
प्रत्येक
ब्यक्ति जन्मजात नै ब्यक्तिवादी हुन्छ। ब्यक्तिवादी सोंचले नै उसलाई आफ्नो जीवन
रक्षा गर्न सिकाउँछ। र ब्यक्तिवादी सोंचले गर्दा नै प्रत्येक व्यक्तिले आफ्नो जीवन
रक्षा गर्न सक्छ र जीवनलाई सरल तुल्याउन सक्छ। अर्थात ब्यक्तिवादी भनेको प्रत्येक
पल केवल आफ्नो जीवन रक्षाका लागि अविरल सोंच्नु हो। जीवन रक्षाका अनेक उपायहरू
खोज्नु हो। आफू भन्दा बाहेका ब्यक्तिहरूको हित नचिताउनु हो।
सम्पूर्ण
प्राणी जगत्मा मानिस सर्वाधिक व्यक्तिवादी जीव हो। मानिसले प्रतिपल केवल आफ्नो
लागि मात्र सोंच्छ। प्रत्येक पल केवल आफ्नो लागि मात्र सोच्नु नै ब्यक्तिवादीको
सही अर्थ हो।
धार्मिक
विश्वास अनुसार यो जगत्मा ८४ लाख सृष्टिहरू छन्। आत्म र शरीरधारीहरूको संख्या ८४
लाख छ। अचम्म! यो ८४ लाख जीव-चक्रभित्र केवल मनुष्य मात्र यस्तो प्राणी हो जसले
तिन कार्य गर्छ, अरू जीवले गर्दैन। मनुष्यले धनको सृजना गर्छ, धनको सञ्चय गर्छ र
अनि धन बृद्धि गरेर लाभ पाउन त्यो धनको लगानी पनि गर्छ। यसैगरी, मनुष्य बाहेक अन्य
प्राणीले भोक लागेपछि मात्र खान्छ र पेटभरिए पछि आफू अगाडि रहेको खानेकुरा भोलिको
लागि सञ्चय गर्देन। भण्डार गर्दैन। तर मनुष्यले गर्छ। हो, मनुष्यको सञ्चय गर्ने
कार्यले नै प्रमाणित गर्दछ कि मनुष्य अति स्वार्थी एवं ब्यक्तिवादी जीव हो।।
अर्कोतिर
मानिस मात्र एक यस्तो प्राणी हो जो एक व्यवस्थित समाजमा बस्छ। हुन त अरु प्राणीहरू
पनि समाजमा बस्छन। समाजको निर्माण गर्छन र त्यस समाज भित्र बस्छन। चरा, जनावर,
किरा, कमिला आदिको पनि आफ्नै समाज हुन्छ। चरा जहिले पनि झूण्डमा उड्छ। झूण्डमा
बस्छ। चरा जहिले पनि समाजमा बस्छ। काग त झन यति बढी सामाजिक प्राणधारी हो कि उसको
झूण्डमा रहेको कुनै साथी (वा अर्को काग) को मृत्यु भएमा सामुहिक रुपमा प्रस्तु भएर
रुन्छ। झूण्डमा भएको काग मध्ये कुनै कागमाथि कसैले प्रहार गरेमा सबै कागहरू मिलेर
त्यसरी प्रहार गर्ने मथि प्रत्याक्रमण गर्छन।
समाज
प्रत्येक बक्तिका लागि स्वेच्छा होइन। आवश्कता हो। समाजको विकल्प छैन। समाजको
अभावमा मानिसलाई बाँच्न कठिन हुन्छ। समाजले मानिसलाई सह अस्तित्व कायम गरेर बाँच्न
सिकाउँछ। समाजले मानिसलाई सरल किसिमले बाँच्न सिकाउँ छ। समाजबाट मानिसले धेरै कुरा
सिक्छ पनि। समाजले एक व्यक्तिको दु:ख बाँड्छ भने सुख बृद्धि गर्न सहयोग गर्छ।
उत्तर
आधुनिक युगले मानिसलाई समाजको महत्व कम भएको बोध गराउने छ। कुनै पनि व्यक्तिलाई
एक्लै बस्न अप्रत्यक्ष रुपमा प्रेरित गर्नेछ।
व्यक्तिवादी
सोंच वा बढी स्वतन्त्रताको कारण मानिसहरू अहिले एक्लै बस्न रुचाइ रहेका छन।
अमेरिकमा अहिले मोटामोटी रुपमा कुल जनसंख्याको २८ प्रतशत ब्यक्तिहरू एक्लै बस्छन।
उनीहरूको परिवारमा केवल एक व्यक्ति मात्र छ। ऊ बाहेक अर्को कुनै सदस्य साथमा छैन।
तर अर्कोतिर मानिस सामाजिक प्राणी हो, उसलाई एक साथी चाहिन्छ। र यो आवश्कता पूरा
गर्न एकल बस्ने अमेरिकीहरूले कुकुर पालेका हुन्छन। अमेरिकामा अहिले कुकुरहरूको
संख्या, जुन घरपालुवा छन, ७ करोड ६८ लाख, ११ हजार ३०५ रहेको छ। हुन सक्छ, अन्य
व्यक्तिलाई आफूसँगै राख्दा अनेक विवादहरू बढ्ने तर कुकुर राक्दा उसले कुनै विवाद
नगर्ने, जे भने पनि मान्ने र साथमा साथी सरह रहेको अनुभूत गराउने हुनेले संसारमा
नै सर्वाधिक कुकुरको संख्या अमेरकामा नै हुन पुगेको होस्।
नोरवे,
डेनमार्क, फिनलैण्ड, स्विडेन, जर्मनी, इस्टोनिया विश्वका यस्ता राष्ट्रहरू हुन्
जहाँ एकल-ब्यक्ति परिवारको संख्या उच्च छ। नोरवे, डेनमार्क, फिनलैण्ड, स्विडेन,
जर्मनी, इस्टोनियामा कूल जनसंख्याको क्रमश: ४५.८, ४४.१, ४३.०,
४२.५,
४१.७ र ४०.३ प्रतिशत ब्यक्ति एकल-ब्यक्ति
परिवारमा बस्छन। उनीहरूको परिवारमा, परिवार सदस्य संक्या केवल १ छ।
एउटा
भनाइ अति प्रचलित छ, ‘यदि तपाइँ नर्वेमा हुनु हुन्छ र कसैलाई भेट्न जाँदै हुनु
हुन्छ र यो नै घर मैले भेट्ने साथी को हो भन्ने यकिन छैन भने तपाइँले ठक्ठक्याउने
पहिलो घरको ढोकामा एक भन्दा बढी ब्यक्ति
भएको परिवार भेटियो भने अर्को घरको ढोका ढकढक्याउँदा तपाइँले अवश्य पनि एकल-
ब्यक्ति भएको परिवार भेट्नु हुनेछ।’ अर्थात नर्वेमा हरेक दोस्रो घर एकल-ब्यक्ति
बस्ने घर हो।
परिवार
भनेको सह अस्तित्व कायम गरेर बस्ने एक संस्था हो। सबैले एक अर्काको कमजोरीसङ्ग
सम्झौता गरेर बस्नु पर्छ। अर्थात परिवारमा बस्दा प्रतिपल सम्झौता गर्ने पर्छ। तर
मानिसहरू अहिले बस्दा सम्झौता गर्न तयार छैनन।
अहिले
उपलब्ध रहेका साधनहरूले मानिसलाई एक्लै बस्ने सहज पारिदिएको छ। पहिले मानिसलाई
एक्लै बस्न कठिन थियो र यो कारणले गर्दा एक अर्काप्रति आश्रित भएर बस्नु पर्थ्यो।
यो कारणले गर्दा पनि परिवार एक आवश्यक्ता थियो। तर परिवार अहिले स्वेच्छा हुन
पुगेको छ।
एक्ल
बस्न सजिलो पार्ने साधनहरूले मानिसलाई एक्लै बस्न प्रोत्साहित गरिरहेको छ।
मानिसहरूलाइ स्वार्थी पारिरहेको छ। मानिसमा अहिले व्यक्तिवादी सोंच अति आश्चर्यजनक
किसिमल बढेको छ।
तर
के मानिस एक्लै बस्ता स्वस्थ्य भएर र सन्तुलित रहेर बाँच्न सक्छ? यो प्रश्न भने
अहम् हुन पुगेको छ।
मानिस
सामाजिक प्राणी हो। यो कारणले गर्दा नै परिवारको निर्माण भयो। समाजको निर्माण भयो।
देशको निर्माण भयो। जब मानिस परिवारमा, समाजमा वा समूहमा बस्छ त्यसरी बस्दा
मानिसमा सद्भाव बढ्छ। एक अर्काप्रति प्रेम र सद्भाव उम्रिन्छ। तर अब मानिसहरूले
एक्लै बस्ने पारिपाटिलाई महत्व दिन थालेकोले हामीमा सद्भाव घट्ने हो कि भन्ने भय
बढेको छ।
यो
उत्तर आधुनिक युगले अति ब्यक्तिवादी सोंचलाई महत्व दिइरहेको छ। व्यक्तिहरूलाई
एक्लै बस्न प्रेरित गरिरहेको छ। मानिसमा आएको यो चिन्तले आउने दिनहरूमा विश्वमा
मतभेद, संघर्ष, द्वन्द आदिको संख्या बढेर जाने हो कि चिन्ता गर्न थालिएको छ।
हुन
पनि वर्तमान विश्व भयभीत छ। आतंकित छ। अनेक राष्ट्रहरूमा अनेक किसिमक संघर्षहरू
छन। ठूलो संख्यामा मानिसहरू एक्लै बसेर हो कि? परिवारको महत्व घटेर हो? समाजको महत्व
घटेर हो कि?
No comments:
Post a Comment