Saturday, August 18, 2012

The Coat-Poem of the week-39


कोट

जिन्दगीलाई कोट जस्तो झुन्डाएर
कहिले जाडोको कहिले उत्सवको प्रतीक्षा गरि रहेको छ ऊ
कहिले उसले कोटको उपहास गर्छ
कहिले कोटले उसको
यस्तै यस्तै समय भोगि रहेको छ आजभोलि ऊ

च्यात्तिएको कोट उसको
मक्किएको कोट उसको
अठोट गरेर न फाल्न सक्छ
लगाउँदा खुसीमा न नाच्न सक्छ
पीडाले भरिएको मन लिएर आज भोलि हाँसिरहेछ ऊ

जिन्दगीलाई कोट जस्तो झुन्डाएर
कहिले जाडोको कहिले उत्सवको प्रतीक्षा गरि रहेको छ ऊ

विश्वराज अधिकारी

No comments:

Post a Comment