Friday, May 19, 2017

Local Elections: Economic Issues Ignored -Article-157


स्थानीय तह निर्वाचनमा आर्थिक मुद्दा महत्वहीन किन?

व्यक्तिवादी सोंच किन?
परम्परागत सोच (विश्वास) त्यागेर अब हामीले नयाँ किसिमले यो सोच्नुपर्ने देखिएको कि स्थानीय, क्षेत्रीय र केन्द्रीय तहका नेताहरूले भन्दा जनताले बढी राजनीति गर्दो रहेछ। जनतालाई स्थानीय र राष्ट्रिय विकासभन्दा पनि राजनीतिमा बढी रुचि छ । दलगत राजनीति परित्याग गरेर विकासका लागि एकजुट हुनुको सट्टा आफूले पत्याएको दलको राजनीतिलाई मियो (मेह) मानेर त्यस मियोको वरिपरि घुम्नमा रुचि छ।
    हालै सम्पन्न स्थानीय चुनावले त्यही देखायो। जनता अहिले पनि विभाजित छ र नेताहरूको पछि लागेर उनीहरूलाई शक्तिशाली बनाउने मनोविज्ञान छाडन तयार छैन। अहिले जनता आफूले मत दिएर विजयी बनाएका नेताहरूको शरीरलाई अबीरले रातो पार्न र फूलमालाले थिचिने किसिमले उनीहरूलाई सुशोभित गर्नमा अति व्यस्त छ। विजयी नेताहरूभन्दा बढी उमङ्ग मतदातामा देखिएको छ।
    स्थानीय तहको चुनावमा विजयी हुने उम्मेदवारहरूलाई यसरी रङ्गीन पारेर शोभा यात्रा गराइएको विकसित देशहरूमा देख्न पाइँदैन। यसै महिना सम्पन्न फ्रान्सको राष्ट्रपति चुनावमा इमान्युएल म्याक्रों विजयी हुँदा न ठूला ठूला विजय जुलुस पेरिसका सडकहरूमा निस्केको देखियो न उनको लागि अबीर यात्रा (अति उच्च सम्मान) नै  गरिएको देखियो। विकसित मुलुकहरू अमेरिका, जर्मनी, फ्रान्स, क्यानाडा आदिमा त स्थानीय चुनावमा को को विजयी भयो भन्ने कुरा अर्को स्थान (राज्य) का व्यक्तिहरूलाई थाहासम्म हुँदैन। एउटा स्थानमा भएको चुनावसम्बन्धी क्रिया, कार्य वा घटनाहरू अर्को स्थानका लागि महत्वका साथ प्रसारण हुने वा छापिने खबर पनि बन्दैन। एक स्थानमा भएको चुनाव सम्बन्धी समाचारहरू अर्को स्थानका लागि महत्वपूर्ण नहुन सक्छ भन्ने उद्देश्यले त्यस्तो गरिएको हुन्छ। अति राजनीति नहुने संस्कारले पनि त्यस्तो गर्न दिंदैन।
    नेपालमा कुनै एक स्थानको स्थानीय चुनाव पनि समग्र राष्ट्रको चाँसो र चर्चाको विषय हुन पुग्छ। अहिले देखियो पनि त्यस्तै। भरतपुर र काठमाडौमा भएको स्थानीय प्रतिनिधिको चुनावले समग्र राष्ट्रको ध्यान तानेको देखियो। यी स्थानका चुनावहरू स्थानीय चुनाव हुँदाहुँदै पनि राष्ट्रिय स्तरका चुनावजस्तो हुन पुगे। र त्यस्तो बनाउने पनि जनता नै हो।
    एकथरी मतदाताले प्रधानमन्त्री बन्ने शेरबहारदुर देउवाको महत्वाकाङ्क्षालाई मतदानको प्रमुख उद्देश्य बनाएका थिए भने अर्कोथरी मतदाताले प्रचण्डपुत्रीलाई भरतपुर नगरपालिकको मेयर बनाउने प्रचण्डको महत्वाकाङ्क्षालाई। एकथरी मतदाताको उद्देश्य एमालेलाई सबैभन्दा ठूलो पार्टी बनाउने थियो। मतदाताले मतदान गर्नुको अभीष्ट आफ्नो क्षेत्रको विकासको वाचा गर्ने प्रतिनिधिलाई मत हालेर विजयी बनाउनु नभई त्यस राजनैतिक दलको उम्मेदवारलाई विजयी बनाउनु थियो, जसको विजयबाट आफूलाई सबै किसिमका (आर्थिक, राजनैतिक, सामाजिक) फाइदा प्राप्त होस् भन्ने देखियो। समाज र राष्ट्रलाई होइन, केवल आफूलाई फाइदा होस् भन्ने थियो। यदि त्यस्तो नहुँदो हो त आर्थिक विकासका पूर्वाधार (सडक, अस्पताल, कार्यालय,प्रहरीचौकी, पुल आदि) विद्रोहकालमा ध्वंस पार्ने दलकी उम्मेदवार रेणु दहाललाई, आफ्नो क्षेत्रको विकास त्यो दलबाट हुन्छ भन्ने आसाका साथ, भरतपुरका मतदाताहरूले चुनावमा मत किन हाल्थे? माओवादीहरू मूलधारको राजनीतिमा आइसकेपछि यस किसिमको प्रश्न उठाउनु उचित हुन नसक्ला। तर भरतपुर नगरपालिकामा प्रचण्डपुत्री रेणुलाई मेयर पदमा विजय गराउन नेपाली काङ्ग्रेसले माओवादी केन्द्रसँग गरेको राजनैतिक गठबन्धन भरतपुरको विकासको लागि नभई देउवाको पुनः प्रधानमन्त्री हुने आकाङ्क्षाका लागि थियो। यसैगरी माओवादी केन्द्रले नेपाली काङ्ग्रेससँग गरेको गठबन्धन रेणु दहाललाई केवल सत्तामा ल्याउने प्रचण्डको पुत्री-मोहका लागि थियो भन्न सकिन्छ कि सकिंदैन? यी विवरणहरूको सारांश के हो भने अहिले भएको स्थानीय चुनावमा जनताको दृष्टि स्थानीय विकासमा नभएर सत्ता र शक्तिमाथि  रहेको छ। नेताहरूलाई सघाउनु रहेको छ।
    विजयी उम्मदेवारको पछाडि फूलमाला र अबीर लिएर जनता किन दौडिन्छ?       यस प्रश्नको उत्तर ज्यादै सरल छ। सरकार एवं देशको प्रचलित नियम र कानुनभन्दा दल र नेताहरू धेरै बलिया छन् भन्ने यथार्थ जनतालाई राम्ररी थाहा छ। आफूले चाहेको दल वा दलको उम्देवारलाई विजयी बनाएर भविष्यमा उसबाट आवश्यक काम सजिलै गराउन सकिन्छ भन्ने मनोविज्ञानले जनतालाई नियम र कानुनप्रति विश्वास राख्नुको सट्टा विजयी नेताहरूको पछाडि दौडिन प्रेरित गरिरहेको छ। विजयी दलको पछाडि दौडिन उत्प्रेरित गरिरहेको छ। जनताको यो मनोविज्ञान नेताहरूलाई राम्ररी थाहा भएकोले उनीहरू जनतालाई अनेक किसिमका गलत–सही आश्वासन दिन्छन्, जनतालाई आफ्नो पछाडि दौडाइरहेका छन्। यसरी जनता नियम कानुनको पुजारी होइन, शक्ति (नेताहरू) को पुजारी हुन पुगेको छ। दीर्घकालका लागि यो राम्रो होइन।
    अर्कोतिर, नेताहरूले अनेक किसिमका दाउपेच खेलेर देशको नियम कानुनलाई अति कमजोर तुल्याउँदै लगेका छन्। हुँदाहुँदा न्यायपालिकालाई, जसले जहिले पनि निष्पक्ष एवं समन्वयकारी भूमिका निर्वाह गर्दछ, नेताहरूले कमजोर मात्र तुल्याइरहेका छैनन्, आफ्नो स्वार्थ अनुकूल चल्ने पार्न खोजिरहेका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगलाई प्रतिनिधि उदाहरणको रूपमा लिन सकिन्छ। देशमा सरकार तथा नियम र कानून जति कमजोर भयो नेताहरूलाई त्यति बढी फाइदा हुन्छ। त्यसकारण नेताहरू नियम र कानुन कमजोर पार्न लागिपरेका हुन्छन्।
दल र नेताहरूलाई शक्तिशाली कसले बनायो?
    व्यक्तिगत स्वार्थमा परेर जनताले नै नेताहरूलाई शक्तिशाली तुल्याएको हो। नेताहरूबाट भविष्यमा विभिन्न किसिमका काम गराउने उद्देश्य राखेर, उनीहरूको गलत एजेन्डाको पछाडि दौडेर, चुनावमा उनीहरूलाई विजयी गराएर जनताले नै नेताहरूलाई शक्तिशाली बनाएको हो। नेताहरूको गलत एजेन्डाको पछि लागेर विगतमा हजारौ व्यक्तिले ज्यान दिए। अहिले पनि नेताहरूका लागि ज्यान दिइरहेका छन्। नेताहरूलाई चुनावमा विजय हासिल गराउन (दोलखामा, एमाले कार्यकर्ताको माओवादी केन्द्रका समर्थक द्वारा हत्या) व्यक्तिहरूले ज्यान दिएको उदाहरण त छ नै, नेताहरूले जुनाव जितेको खुशीयालीमा भाग लिंदा पनि व्यक्तिहरूले (सल्यानमा, नेपाली काङ्ग्रेसको विजय जुलुसमा भाग लिंदा सडकमा लडेर एकको मृत्यु) ज्यान गुमाएको उदाहरण छ। नेताहरूका लागि सामान्य नागरिक किन यसरी मर्न मार्न तयार भएका होलान्?  प्रश्न सरल पनि छ जटिल पनि छ। एकथरी जनताले चुनावमा कुनै नेतालाई विजयी बनाएर उसमाथि गुन लगाउने र पछि ऊबाट त्यो गुनको फाइदा (कुनै पदमा पुग्ने, राजदूत हुने, संवैधानिक पद धारण गर्ने वा खास इच्छ पूरा गर्ने) लिने उद्देश्य राखेका छन्। यसरी जनता र नेताहरू बीचको यस किसिमको लेनदेनले गर्दा नेताहरू बलियो, आमजनता भने अति कमजोर हुँदै गएको छ।
आर्थिक मुद्दा महत्वहीन किन भए?
    हालै तीनवटा प्रदेशमा सम्पन्न भएका स्थानीय चुनावमा आर्थिक मुद्दा ओझलमा पर्यो। न उम्देवारहरूले, न दलहरूले नै जोडदाररूपले आर्थिक मुद्दा अघि सारे। जबकि स्थानीय प्रतिनिधिको छनोट नै स्थानीय विकासको लागि हो। स्थानीय प्रतिनिधिहरूको दायित्व स्थानीय विकासको लागि हुने भएकोले नै उनीहरूको समूह (नगरसभा वा गाउँसभा) लाई स्थानीय सरकार भनिएको हो। नेता र दलहरूले त आर्थिक मुद्दालाई महत्व दिएनन्, सामान्य नागरिकले पनि आआफ्नो क्षेत्रको आर्थिक विकासलाई महत्व दिएनन्। सामान्य नागरिकको लागि आफ्नो क्षेत्रको आर्थिक विकास भन्दा आफू नजिकको दलको विजय महत्वपूर्ण हुन गयो। आफू नजिक रहेको दलको उम्मेदवारलाई मात्र योग्य देख्ने मतदाताहरूको मनोविज्ञानले गर्दा नै नेताहरूले पनि आर्थिक मुद्दालाई महत्वहीन ठाने।
    आश्चर्यलाग्दो त के छ भने कुनै क्षेत्रमा चुनाव जित्न त्यस क्षेत्रमा लोकप्रिय वा जनतको हित गर्ने आर्थिक कार्यक्रमका योजनाहरू लिएर पुग्नुको साटो नेताहरू चुनावी गठबन्धनतिर लागे। जनताको सरोकारको विषयभन्दा चुनावी गठबन्धनलाई महत्व दिए। चुनावी गठबन्धनबाट सत्ताप्राप्ति नै नेताहरूका लागि मूल र महत्वपूर्ण विषय हुन गयो।  नेताहरूलाई त्यस किसिमको अवसरवादी हुन जनताले नै सघायो। कसरी सघायो भन्ने कुरा अब पनि भन्नुपर्ला र?
स्थानीय निर्वाचन किन महत्वपूर्ण
    केन्द्रीय निर्वाचन र स्थानीय निर्वाचनको प्रकृति र महत्व फरक छ। केन्द्रीय वा संसदीय निर्वाचनले नागरिकहरूलाई सम्पूर्ण देशको  रक्षा, वित्त, अर्थ, परराष्ट्र, सुरक्षा आदि हेर्ने प्रतिनिधि चयन गर्ने अवसर प्रदान गर्दछ भने स्थानीय निर्वाचनले कुनै खास स्थानको विकास गर्न स्थानीयहरूलाई प्रतिनिधि निर्वाचन गर्ने अवसर प्रदान गर्दछ। यसरी स्थानीय प्रतिनिधिहरूले मुख्यरूपमा आफ्नो स्थानको विकास गर्ने अभिभारा बोकेका हुन्छन्। उदाहरण– परराष्ट्र नीति तयार गर्ने जिम्मेवारी स्थानीय प्रतिनिधिले लिनुपर्दैन, तर निर्वाचित सांसदहरूले भने लिनुपर्छ। त्यस किसिमको व्यवस्था हुन्छ। स्थानीय प्रतिनिधिहरूले केवल आफू निर्वाचित क्षेत्रको विकासमा मात्र ध्यान दिनुपर्ने हुन्छ। यो कारणले गर्दा नै स्थानीय चुनावहरू राजनैतिक दल वा कुनै खास किसिमको विचार वा सिद्धान्त बोकेको आधारमा नभएर व्यक्तिहरूले आफ्नो व्यक्तिगत लोकप्रियताको आधारमा लडने गर्छन्। स्थानीय निर्वाचनमा कुनै उम्मेदवारलाई मतदाताले ऊ कुनै दलको नजिक रहेको आधारमा होइन, त्यस क्षेत्रको विकासमा उसको कटिबद्धता वा उसको लोकप्रियता एवं क्षमता के कति छ, सोको आधारमा मत दिन्छन्। विजयी गराउँछन्। विकसित मुलुकहरूमा प्रायः स्थानीय निवार्चनमा प्रतिनिधिहरू कुनै दलको नजिक भएको कारण नभएर आफ्नो क्षमता र लोकप्रियताको आधारमा निर्वाचित हुन्छन्।

    असल प्रतिनिधिको छनोट गरेर आफ्नो क्षेत्रको विकास गर्न जनताले नेताहरूको झोला बोक्न छाडनुपर्छ। यदि यसै किसिमले झोला बोकिरहने हो भने नेपालमा गरिबी झन्झन् बढदै जानेछ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, May 19, 2017

Friday, May 12, 2017

Local Election and Economic Development-Article-156

देश विकास अब स्थानीय प्रतिनिधि र जनताबाट

मात्र केही दिनपछि अर्थात वैशाख ३१ गते सम्पन्न हुने प्रथम चरणको स्थानीय निर्वाचनले राजनैतिक महत्व मात्र राख्दैन, आर्थिक महत्व पनि उत्तिकै राख्छ। स्थानीय विकासमा अति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय निकाय विगत बीस वर्षदेखि प्रतिनिधिविहीन थियो र यसको प्रत्यक्ष असर मुलुकको आर्थिक विकासमा परेको थियो, आर्थिक विकासको गति सुस्त हुन पुगेको थिए। रोजगारको क्षेत्र सङ्कुचित हुँदै गएपछि, नचाहेर पनि युवाहरू जागिरको लागि विदेश पलायन हुन बाध्य हुनुपरेको थियो। त्यस्तो स्थिति अहिले पनि छ। तर अब हुने स्थानीय निर्वाचनले भने स्थानीय तहमा आर्थिक विकासका ढोकाहरू खुल्ने सङ्केत मिल्न थालेको छ। तर एक शर्तमा। र त्यो शर्त हो मतदाताहरू पार्टीको पछि नलागेर आफ्नो ज्ञान र विवेकद्वारा असल प्रतिनिधि निर्वाचित गर्नेतिर लाग्नु। यस्तो नगर्ने हो भने २०४७ सालदेखि अहिलेसम्म जसरी नेताहरूबाट जनतालाई उल्लू बनाउने काम भयो, तिनै कार्यहरूको पुनरावृत्ति हुनेछ। आर्थिक विकासका मुद्दाहरू ओझलमा पर्दै जानेछ।
    निर्वाचित हुने स्थानीय प्रतिनिधि (दलहरू भित्रबाट) कस्तो हुनुपर्छ? कस्ता व्यक्तिलाई निर्वा्चित गरेर पठाएमा विकासको गतिले तीव्रता लिन्छ? दलहरूले उठाएका उम्मेदवारहरूमाथि आँखा चिम्लेर विश्वास गर्ने वा इमानदार (स्वतन्त्र भए पनि) व्यक्तिलाई निर्वाचित गर्ने? आफ्नो स्थानको विकास गर्न कहिलेसम्म केन्द्रको मुख ताकेर बस्ने? यस किसिमका विषयलाई पनि मतदाताहरूले यो निर्वाचनमा गम्भीरतापूर्वक सोचेको देखिएको छ। हुन पनि नेताहरूले गरेका ठगी र सत्ताको लागि लुछाचुँडीका दृश्यहरू हेर्दा हेर्दा जनता दिक्क भइसकेको थियो। र जनताले एउटा उचित निकास खोजिरहेको थियो। यो चुनावपछि, इमानदार जनप्रतिनिधि रोजेर जनताले अब उचित निकास पाउने सम्भावन बढेको छ।
    तर सर्वाधिक महत्वपूर्ण कुरा के छ भने स्थानीय तहमा विकासको गतिलाई तीव्र पारेर मुलुकलाई आर्थिकरूपमा समृद्ध पार्न केवल इमानदार जनप्रतिनिधिको चयन गरेर मात्र हुँदैन। स्थानीय तहमा आर्थिक विकासको गति तीव्र पार्न हामीले वर्तमान आर्थिक विकासको ढाँचामा नै आमूल परिवर्तन ल्याउनुपर्छ। जनताको सोच र व्यवहारमा आमूल परिवर्तन ल्याउनुपर्दछ। नेपालमा स्थानीय विकासको वर्तमान ढाँचाले कुनै पनि क्षेत्रको आर्थिक विकास गर्ने प्रमुख जिम्मेवारी केन्द्र सरकारको हो भनी मान्दछ। यसैगरी स्थानीय विकासको लागि आवश्यक रकम वा बजेट केन्द्रबाट आउनुपर्छ भनी माग गर्दछ। केन्द्रले तयार पारिदिएको योजना अनुरूप स्थानीय विकास हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दछ। स्थानीय विकासमा स्थानीय जनताको प्रमुख सहभागिता हुनुपर्छ भन्ने यथार्थबाट पन्छिएर विकासको लागि हुने कुनै पनि कार्यको जिम्मेवारी लिन चाहँदैन। तर यस्तो सोंचले स्थानीय विकास हुँदैन र परिणामस्वरूप राष्ट्रको पनि विकास हुँदैन।
    स्थानीय विकासको संवाहक स्थानीय जनता होइन भन्ने सोच राजाकालीन सोच हो। राजाकालीन सोचले जनतालाई ‘राजाको काम कहिले जाला घाम’ भन्ने ‘अल्छी’ मनस्थितिमा पुर्याएको थियो। गैरजिम्मेवार मनस्थितिमा पुर्याएको थियो। गरिब बनाउन सघाएको थियो। तर अब जनताले आआफ्नो क्षेत्रको विकास गर्दै समग्र मुलुकको विकास गर्न ‘राजाको काम कहिले जाला घाम’ भन्ने सोच त्याग्न आवश्यक छ। हाम्रो क्षेत्रको विकास हामीले नै गर्नुपर्छ भन्ने सोच विकसित गर्न आवश्यक छ।
    नेपालमा अब स्थानीय तहमा आर्थिक विकासको लहर फैलाउन अमेरिकी एवं पश्चिमी जगत्को ढाँचामा जान आवश्यक छ। पुरातन ढाँचा तत्काल त्याग्न आवश्यक छ। पश्चिमा जगत्ले स्थानीय विकासमा स्थानीय जनता र प्रतिनिधिको महत्वपूर्ण भूमिका रहन्छ भन्ने मान्यता स्थापित भएको पाइन्छ। र यो मान्यतालाई मन्त्रको रूपमा लिएको हुनाले नै पश्चिमन मुलुकका राष्ट्रहरूले द्रुततर गतिमा आर्थिक प्रगति गरेका हुन्। देशवासी पनि धनी भएका हुन्।
    पश्चिमा मुलुकहरूमा कुनै क्षेत्र वा स्थानको विकासको जिम्मेवारी त्यहीका बासिन्दाले लिएका हुन्छन्। स्थानीय प्रतिनिधिहरूको चयन पनि आआफ्नो क्षेत्रको विकासका लागि गरेका हुन्छन्। केवल राजनीति गर्नका लागि गरेका हुँदैनन्। स्थानीय प्रतिनिधिहरूको समूहले स्थानीय सरकारको स्वरूप ग्रहण गरेको हुन्छ। आफ्नो क्षेत्रको विकासका लागि आम्दानीको स्रोत सृजना गर्ने, विभिन्न किसिमका स्थानीय कर सङ्कलन गरेर विकासका लागि कोष खडा गर्ने, विकास निर्माणका कार्य गर्ने, स्थानीय व्यक्तिको जीवनयापन सरल बनाउन अस्पताल, कलेज, स्कूल, सार्वजनिक समारोहस्थल, वृद्धाश्रम, पुस्तकालय आदिको निर्माण एवं संरक्षणजस्ता कार्य स्थानीय सरकारले गर्दछ।
    पश्चिमा मुलुकहरूमा शहर (City) वा नगर (Town) का बासिन्दा एवं निर्वाचित प्रतिनिधिहरू आफ्नो क्षेत्रको समग्र विकासका लागि विभिन्न किसिमका आर्थिक स्रोत सृजना गर्न सक्रिय रहन्छन्। र पहिलो भरपर्दो स्रोत स्थानीय कर हो। स्थानीय कर नै भरपर्दो र नियमित आर्थिक स्रोत रहेकोले प्रत्येक शहर वा नगरका निर्वाचित प्रतिनिधिहरू आआफ्नो स्थानमा व्यापार एवं व्यवसाय वृद्धि गर्न तल्लीन रहेका हुन्छन्। यसै कारणले गर्दा उनीहरूले व्यापारीहरूलाई सञ्चालनमा रहेको व्यापार अझै प्रभावकारी किसिमबाट सञ्चालन गर्न, नयाँ व्यापार स्थापना गर्न, व्यापारका नयाँनयाँ अवसरको सृजना गर्न सहयोग पुर्याउँछन्।
    अग्नि नियन्त्रण, सुरक्षा (प्रशासन, प्रहरी, न्याय), अस्पताल, विद्यालयजस्ता सेवा विस्तारमा जनप्रतिनिधिहरूले विशेष जोड दिएका हुन्छन्। यी सेवाहरू प्रभावकारी किसिमले प्रदान गरेमा मात्र प्रतिभावान् व्यक्ति विभिन्न क्षेत्रबाट आएर बसोबास गर्ने अनि त्यस क्षेत्रको आर्थिक विकासमा बल पुग्ने विश्वासले गर्दा जनप्रतिनिधिहरू आफ्नो क्षेत्रमा यस किसिमका सेवाहरू विस्तार गर्न हरपल तल्लीन रहन्छन्। शहर वा नगरको सुरक्षाका लागि खटेका प्रहरीको तलब, सुविधा आदि सम्बन्धित शहर वा नगरले नै भुक्तान गर्नुपर्ने हुन्छ। अर्कोतिर शहरको आम्दानी बलियो भएमा मात्र उक्त शहरले राम्रो सुरक्षा दिन सक्ने हुन्छ। राम्रो सुरक्षा दिए मात्र व्यापारी एवं व्यवसायीहरू त्यस शहरमा आएर बस्ने हुन्छन्। हुन पनि व्यापारीहरूले जुन शहरमा सुरक्षा र विभिन्न सहयोगहरू सजिलो गरी प्राप्त गर्छन् त्यही व्यापार सञ्चालन गर्छन्। उनीहरूले यसरी व्यापार सञ्चालन गरेमा मात्र सम्बन्धित शहरले करको माध्यमबाट राम्रो आम्दानी प्राप्त गर्छन्। यस किसिमका परिस्थितिले गर्दा स्थानीय प्रतिनिधिहरू आफ्नो शहरमा व्यापारीहरूलाई विभिन्न किसिमका सुविधा दिन सदा तत्पर रहन्छन्। कुनै पनि क्षेत्रको विकासका लागि सर्वप्रथम चाहिने तत्व आर्थिक स्रोत नै हो। यसै कारणले गर्दा कुनै पनि क्षेत्रको विकास गर्न त्यस क्षेत्रमा राम्रो किसिमले आर्थिक क्रियाकलाप (व्यापार, व्यवसाय) सञ्चालन भएको हुनुपर्छ।
    आर्थिक विकासका लागि दुई किसिमका प्रबन्धकीय पद्धति (माथिबाट तल (Top-down approach) र तलबाट माथि (Bottom-up approach) प्रचलनमा रहेको पाइन्छ। तर व्यवहारमा भने तलबाट माथि प्रबन्धकीय पद्धति बढी प्रचलित छ। पश्चिमा देशहरूले यो पद्धतिलाई ज्यादै उपयोग गरेको पाइन्छ।
    माथिबाट तल प्रबन्धकीय पद्धतिमा सर्वोच्च तहमा बसेकाहरूले विकास निर्माण सम्बन्धी निर्णय लिन्छन् र तल्लो तहमा बसेकाहरूले केवल ती निर्णयहरूको कार्यान्वयन गर्छन्। नेपालको सन्दर्भमा अहिले योजना आयोग वा मन्त्रिपरिषद्ले गरेका विकास निर्माण सम्बन्धी निर्णयहरूको कार्यान्वयन गाविस र नगर पालिकाहरूले गरेजस्तो। नेपालले यस किसिमको प्रबन्धकीय पद्धतिबाट कहिले पनि विकास गर्न सक्तैन। गरिबीबाट कहिले पनि मुक्ति पाउँदैन। यो पद्धति राणाकालीन सोचको उपज हो। यो पद्धतिले विकासको लागि ‘माथि’ को मुख ताक्ने संस्कार विकसित हुन्छ।
    तलबाट माथि प्रबन्धकीय पद्धतिमा विकास निर्माण सम्बन्धी निर्णय तल्लो तहमा रहेका वा सरोकारवालाहरूले गर्छन् र माथिल्लो तहमा हुनेहरूले तल्लो तहमा रहेकाहरूले गरेका निर्णय औपचारिक किसिमले अनुमोदन गर्ने कार्य मात्र गर्छन्। केवल समन्वयकारी भूमिका निर्वाह गर्छन्।
    नेपालमा स्थानीय निकायलाई अझै प्रभावकारी तुल्याउन र आर्थिक विकासको गति अति तीव्र पार्न अब पुरानो पद्धति परित्याग गरेर ‘तलबाट माथि प्रबन्धकीय पद्धति’ अनुरूप कार्य गर्न आवश्यक छ। अब हामीले ‘माथिबाट विकास होला’ भन्ने सोच त्यागेर सामान्य जनता एवं स्थानीय प्रतिनिधिहरूबाट आर्थिक विकास हुने सोच राख्न आवश्यक छ। यस्तो गर्न सके मात्र सम्पन्न हुन गइरहेको स्थानीय चुनावले महत्व राख्नेछ। नत्र यो स्थानीय चुनाव केवल ‘आया राम, गया राम’ मात्र हुनेछ । यो चुनावले केवल सत्ताका व्यापारी, दलबदलु, राजनैतिक नौटङ्की गर्ने र भ्रष्ट्रचारीहरूलाई मात्र फाइदा पुग्नेछ। जनताको सन्तान रोजगारका लागि विदेशिने सिलसिला रोकिनेछैन। नेपाल झनै दरिद्र भएर जानेछ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, May 12, 2017

Friday, May 5, 2017

Measures To Check Trade Deficit With India-Article-155

भारतसँग व्यापार घाटा: नियन्त्रणका उपायहरू
 भारतसँग व्यापारमा नेपालले बेहोर्नु पर्ने ठूलो घाटा नियन्त्रण गर्न नसकिने स्थितिमा पुग्दै गएकोबारे चर्चा पछिल्लो लेखमा गरियो। तुलनात्मकरूपले नेपालले थोरै मूल्यका र कम परिमाणमा वस्तुहरू भारततर्फ निर्यात गर्ने तर भारतबाट भने बढी मूल्यका (ट्रक, बस, कार, मेसिन, उपकरण, निर्माण सामग्री आदि) र अधिक परिमाणमा (खाद्य) वस्तुहरू आयात गर्नेबारे पनि चर्चा गरियो। साथै नेपालले भारततर्फ सामान्य किसिमका वस्तुहरू निर्यात गरेर यो ठूलो व्यापार घाटा कम पार्न सकिन्छ भनी सोच्नु दिवा स्वप्न हुने भन्नेबारे पनि चर्चा गरियो। यस आलेखमा भने कस्ता वस्तुहरू भारततर्फ निकासी गरेर नेपालले निरन्तर बेहोर्नुपरेको ठूलो व्यापार घाटा कम पार्न सक्छ र नेपालको कमजोर व्यापारिक स्थितिलाई अँठ्याउने रणनीति बनाएर भारतले त्यही कमजोरीलाई आधार बनाएर नेपालको राजनीतिमा गर्ने निरन्तर हस्तक्षेपलाई कम पार्न सक्छ भन्नेबारे चर्चा गरिने छ।
   
भारतसँगको व्यापार घाटा कम पार्न नेपालले निम्न तीन कुरामा ध्यान पुर्याउनुपर्ने देखिन्छ।
१)  भारतलाई परिणामद्वारा प्राप्त बचत (Economy of Scale)
   
भारतले ठूलो परिमाणमा उत्पादन गरेर प्रतिएकाइ अति सस्तोमा उत्पादन गर्न सक्षम कुनै पनि किसिमको वस्तु नेपालले पनि उत्पादन गरेर भारततर्फ निर्यात गर्नु सम्भव छैन। त्यस किसिमका वस्तुहरू नेपालले उत्पादन गरेर निर्यात गर्दा भारतीय बजारमा ती वस्तुहरू महँगो भएर बिक्री हुन नसक्ने स्थितिमा पुग्छन्। किनभने सस्ता भारतीय वस्तुहरूसँग महँगा नेपाली वस्तुहरूले कुनै पनि स्थितिमा प्रतिस्पर्धा गर्न सक्तैनन्। त्यसकारण यस्ता वस्तुहरू भारततर्फ निर्यात गर्दा नेपाललाई फाइदा पुग्दैन, उल्टो नोक्सानी हुन्छ। भारतले सूचना प्रविधि र इन्जिनियरिंगको क्षेत्रमा गरेको अभूतपूर्व विकासले गर्दा उसले ठूलो परिणाममा उत्पादन गरेर विभिन्न वस्तुहरूको उत्पादनमा परिमाणद्वारा प्राप्त बचतको स्थिति प्राप्त गरेको छ। त्यस्ता धेरै वस्तुहरू छन् जुन भारतले ठूलो परिमाणमा उत्पादन गरेको कारणले प्रतिएकाइ उत्पादन लागत कम भएर ती वस्तुहरूको बिक्री मूल्य सस्तो हुन पुगेको छ। यसले गर्दा ती वस्तुहरू भारतको आन्तरिक बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारहरूमा पनि सस्तो हुन पुगेको छ। संसारभरिका वस्तुहरू आउने अमेरिकी बजारमा पनि भारतीय वस्तुहरू सस्ता छन्। नेपालले भारततर्फ निर्यात गर्न त्यस्ता वस्तुहरू मात्र उत्पादन गर्नुपर्छ जसको उत्पादनमा भारतले परिणामद्वारा प्राप्त बचतको स्थिति प्राप्त नगरेको होस्।
२) तुलनात्मक फाइदा (Comparative Advantage)
प्रतिस्पर्धीहरूको तुलनामा सस्तोमा वस्तु एवं सेवाहरू उत्पादन मात्र होइन, बिक्रीसमेत गरेर प्राप्त गरिने लाभलाई अर्थशास्त्रको भाषामा तुलनात्मक फाइदा भन्ने गरिन्छ। यस्ता धरै वस्तु र सेवाहरू छन् जुन नेपलामा सस्तोमा उत्पादन गरेर, सस्तो लागतमा भारतमा बिक्री गर्न सकिन्छ। भारतमा उत्पादन गर्न नसकिने वा उत्पादन गर्दा महँगो पर्ने वस्तुहरू जस्तै जडीबुटी, जङ्गली बिरुवा, जनावर, खास किसिमका फलफूल, तरकारी, अन्न आदि उत्पादन गरेर भारततर्फ निर्यात गर्न सकिन्छ। यसैगरी नेपालका मनोरम दृश्यहरू, जुन नेपालमा मात्र छन्, को अवलोकन गराएर, पर्वतारोहण गराएर, खास किसिमको जलवायुमा बिदा मनाउने व्यवस्था (Resort) मिलाएर भारतीय पर्यटकहरूले नेपालमा पैसा खर्च गर्ने वातावरण सृजना गर्न सकिन्छ। यसैगरी खास किसिमका धार्मिक स्थल एवं विशेष संस्कृति तथा सांस्कृतिक महत्वका स्थलहरूमा भारतीय पर्यटकहरूलाई भ्रमण गराएर पनि नेपाललाई भारतीय व्यापारबाट आम्दानी हुने अवस्था सृजना गर्न सकिन्छ। नेपालमा शिक्षा र स्वास्थ्य उपचार सस्तो भएमा पनि नेपालका सीमावर्ती क्षेत्रका धेरै भारतीयहरू नेपालमा शिक्षा प्राप्त गर्न एवं उचार गराउन आउन सक्छन्। उनीहरूले नेपालमा भारतीय मुद्रा खर्च गर्छन्। नेपाली मुद्राको विनिमय दर भारतीय मुद्राभन्दा कम हुने भएकोले नेपालले व्यापक मात्रामा शिक्षा र स्वास्थ्य सेवा उत्पादन गरेर भारतीयहरूलाई तुलनात्मकरूपमा सस्तोमा बिक्री गर्न सक्छ। धेरै सीमावर्ती भारतीयहरू नेपालमा इलाजका लागि आउन सक्छन्। नेपालको स्वास्थ्य सुविधा ग्रामीण क्षेत्रका भारतीयहरूको भन्दा इमानदार र भरपर्दो पनि छ। यस्ता धेरै उदाहरणहरू छन् जुन भारतसँगको व्यापारमा नेपालले बेहोर्नुपरेको निरन्तरको घाटा कम पार्न प्रयोग गर्न सकिन्छ।
३) निरपेक्ष फाइदा (Absolute Advantage)
आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा असल वा उत्कृष्ट वस्तु एवं सेवा उत्पादन तथा बिक्री गरेर निरपेक्ष फाइदा प्राप्त गर्न सकिन्छ। निरपेक्ष फाइदा भनेको वस्तु वा सेवाको उत्पादनमा प्रतिस्पर्धीहरूलाई पराजित गर्न सक्ने खास किसिमको क्षमता, विशेषता, ज्ञान, शक्ति राख्नु हो। प्रतिस्पर्धीहरूको भन्दा असल र खास किसिमका वस्तु वा सेवा उत्पादन गरेर बिक्री गरेमा क्रेताहरूले ती वस्तुहरूको उत्कृष्टताले गर्दा मूल्य तुलना गर्दैनन् र अन्य वस्तु पन्छ्याएर, तत्परताका साथ खरिद गर्छन्।
   
नेपाली व्यापारीहरूले आफ्ना विशेष किसिमको ज्ञान, अनुभव, दक्षता, सीप आदि प्रयोग गरेर, भारतभन्दा नेपालमा उत्कृष्ट वस्तु वा सेवा उत्पादन गरेर, ती वस्तु वा सेवाहरू भारतीय बजारमा सजिलै बिक्री गर्न सक्ने स्थिति ल्याउन सक्छन्। विभिन्न कलाकारिताका सामानहरू, जस्तै– देवताहरूका मूर्ति, पेन्टिंग, काठका सजावटका सामग्रीहरू, धातुका कलात्मक भाँडा, थान्का, सुनचाँदीका कलात्मक गहना एवं भाँडा, विशेष किसिमले हातले बुनेको स्वेटर वा कपडा नेपाली व्यापारीहरूले खास किसिमको सीप उपयोग गर्दै, उत्पादन गरेर भारतीय बजारमा बिक्री गर्न सक्छन्। त्यस्ता धेरै किसिमका वस्तु एवं सेवा छन् जुन संसारभरिमा केवल नेपालीले मात्र उत्पादन गर्न सक्छन, अन्य देशले सक्तैन। यस्ता वस्तु एवं सेवाको पहिचान एवं उत्पादन गर्न व्यापारीहरूलाई प्रोत्साहित गरेर, ती वस्तु एवं सेवा उत्पादन गरेर  भारतीय बजारमा बिक्री गरी व्यापार घाटा कम गर्न सकिन्छ। यस्तो कार्यलाई अभियानको रूपमा सरकार र जनता दुवैले अगाडि बढाउनुपर्छ।
   
अहिलेको यो अत्याधुनिक व्यापारिक युगमा कुनै पनि देशले आफूलाई आवश्यक सबै वस्तु एवं सेवा उत्पादन गर्न सक्तैन। अमेरिकाले कृषि क्षेत्रमा ठूलो सङ्ख्यामा मेक्सिकन आप्रवासी श्रमिक प्रयोग गर्नु परिरहेको छ। यसैगरी केही यस्ता वस्तु छन् जुन उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ, कुनै पनि देशले, चीनबाट ल्याउनुपर्ने बाध्यता छ किनभने चीनबाहेक अरू कुनै पनि राष्ट्रले त्यो वस्तु उत्पादनका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्न सक्तैन।
   
भारतसँगको व्यापारमा नेपालले बेहोर्नुपरेको ठूलो व्यापार घाटा कम पार्न नेपालले केवल परम्परागत वस्तु एवं सेवाहरूको उत्पादन गरेर, तिनलाई भारतीय बजारमा बिक्री गरेर मात्र चुलिएको व्यापार घाटा कम पार्न सक्तैन। र यस्तो गर्नु मृगतृष्णा मात्र हुनेछ।
   
अहिले विभिन्न देशले आफ्नो कुशलता, विशेषज्ञता, दक्षता कुन कुन क्षेत्रमा छ, वा कुन वस्तु र सेवा उत्पादनमा आफूले विशिष्टीकरण प्राप्त गरेको छ ती वस्तु र सेवा मात्र उत्पादन गर्न ध्यान केन्द्रित गरिरहेका छन्। खास किसिमको सीप, अनुभाव, ज्ञान लगाएर अरूभन्दा पृथक उत्पादन गर्नुपर्ने वस्तु एवं सेवाको उत्पादनमा जोड दिइरहेका छन्। जापानले अटोमोबाइल उत्पादनको क्षेत्रमा विशेषज्ञता हासिल गरेकोले उसले महँगो मूल्यमा कारहरू उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको छ। तर आफ्नो देशलाई आवश्यक पर्ने अन्य सस्ता मूल्यका वस्तु आफैं उत्पादन नगरेर आयात गरिरहेको छ। जापानले विशेष किसिमका कार उत्पादन गरेर विदेशी बजारमा महँगोमा बिक्री गर्न जोड दिइरहेको छ। यसैगरी अमेरिकाले सस्ता सामग्री–जस्तै कपडा, फर्निचर, इलेक्ट्रिक उपकरण, इलेक्ट्रोनिक सामान, फलफूल, तरकारी विभिन्न मुलकुबाट सस्तोमा आयात गरिरहेको छ र आफूले उच्च प्रविधि, इन्जिन, हवाइजहाज, लडाकूजहाज, हतियार विभिन्न मुलुकहरूलाई महँगो मूल्यमा बिक्री गरिरहेको छ। अमेरिकाले निर्यात गर्ने ती सामग्रीहरूको उत्पादनमा विशेषज्ञता हासिल गरेको छ।
   
भारतसँगको व्यापार घाटा कम पार्न नेपालले अनेक किसिमका योजना ल्याउन आवश्यक भइसकेको छ। यस्तो गरेमा मात्र नेपालले चुलिंदो व्यापार घाटा कम पार्न सक्छ। नेपालको राजनीतिमा भारतले गर्ने अति हस्तक्षेप पनि कम पार्न सक्छ।      –समाप्त

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 5, 2017


Thursday, May 4, 2017

Fiction of the Week-Why Aren’t the Clothes Speaking?

BANGHANGIN PUANTE PAU THEI LO MAWK HIAM?

(Tangthu tomno)

Tuni pen kiginni hi-a, van zuakna innpi khat ah ka om hi. Hih vanzuakna innpi pen lianin thupi mahmah ahih manin nisim i kisapteng zong a kicing hi. Kei pen van tuamtuam lei ding a pai  ka hi-a sai ahih leh sun le zan nai 24 sung kihong suak hi. Ahi zongin zingsang lam inn nasep, inn hah tawh buai lua ka hihmanin nitak ka kai pian kha hi. Ka inn sung teng hahsiang, mawtaw sawp, inn kim gampate vat, anhuan buk lam khawng nawt siangin lengna khan zong hoih takin ka koih sitset hi. Nipi ni nangawn na sem kuan ka hihmanin inn puah man ding hun zong ngah lo, Sanini a sep dingin ka khol demdam hi.
Dendeuh mahmah in hih vanzuakna innpi a lut pan ka hi hi. Pasal puan kizuakna lam a vante’n ka mit ong la pah ahih manin lunghiang hetlo in tua lam-ah ka pai phei pah hi. Tua leh tua puante tungah aman zah kisuang zong ka mu hi. Naakhoih thei lua! Ka lungsim sungah tua aman zah ka tuat pah leh minute nga sung ka thalawh zah khawng bek na hi-in puan silh 4 bang lei zo ding dan ka hihi. Tua ahih manin puan silh 4 la pahin ka van sung ah ka koih hi.
Van ka lei ding honkhat om lai napi’n tutna khat tungah ka tu dihdih hi. Tua tutphah tungah ka tut kawmin tuipeek a tui sung ka kibual lai khawng ka lungsim sungah hong suak dandan dihdih hi. Hih hun laitaka ka om dan pen lai a atkhiat dingin zong haksa mai in sai vanzuakna innpi sunga kikhai puante en kawmin nunlui hun leh tua laitak hunte ka ngaihsun ngeungau hi.
Hih puante’n ka neulai hunte nangawn hong phawk sak kika, khua vanzuakna sai ah khuano tuamtuam pan van lei ding midang ong pai khawng ka phawk kik hi. Tua vanzuakna sai pen kal khat in ni 2 bek kihongin ko khua pan tai nga gamla a, van lei ding ciangin khe tawh ka pai uh kul hi. Ka neu lai a ka nu tawh ka pai khop hun khawng zong ka phawk kik hi. Tua bangin van lei ding khat peuhpeuh ka neih uh ciangin ka nu’n antang khawng zuak masa in tua tawh ka lei uh hi. Hih bang ka naupan lai-in puanthak khat lei nadingin kum khat dekdek bang ka ngak hunte zong ka phawk kik hi.
Nuntak haksa ka hihmanun ak bangin muhtawm ne tawmte ka hi uh a, sum muhna neilo ka hih manun ka pa kiangah, ‘Pa aw, puan ong lei sak in,’ ka cih hangin zong ong lei sak nuam ngeilo hi. Ka nu kiangah ngenin ka nu’n ka pa kiangah ong ngetsak sawn ciang ngah ol zaw deuh thei hi. Hici bang nuntakna tawh puanthak neih khak ding pen haksa mahmah a, puanthak neih nadingin lungdambawl kumthak mah ngak toh kul zel hi.
Ka pa’ kiang panin phalna ka ngah khit uh ciangin puanthak lei dingin ka nu’n sai ong pai pih thei hi. Bombi khat le puan thak khat bang ka lei uh teh ka nuam dan zente pen zong gen siam kei ing. Ka nu’n pekkhat peknih a hong kholsak thiamthiam sum tawm tawh soklek/ muamkhum zong lei in tua khit ciang tui tampi dawnin, tua khit ciang inn lam ka zuan uh hi. Ka lungsim peuhmah pen tua van leina innsungah om nawn loin ciah mengmeng ding, lampi ah zong nawh pai mahmah a ka lawm te kiangah puan thak leh bombi thak ka neih lam ka gen kal ding ka ngaklah lua ta hi.
Inn lam zuanin ka ciah kik ciangun zong ka nu nung mah ka zuih kawmin gal phual a gal kidona pan galzo a ciah bang liangin ka ki ngaihsun a, ka puanthak neih pen ka lung lah kimin ka nuam mahmah mai hi. Tua ni pen ka mai a suak ka muh peuhpeuh hoih ngiat hi mai, buan lakah pai nangawn nuamsa in zong hoih ka sa lel hi. Tua ni pen puan neih bek zong hi loin a hun mahmah zong hoih ngiat in nuam hi.
Van namkim kizuakna innpi sungah om in, puan silh 4 bang ka lei liang hang ka lungkimna pen ka neulai a ka nuam bang dan hilo mawk hi. Tua hun lai a ka lawp bang danin ka lawp thei nawn het kei hi.
Hici bang innpi pan a van lei pen sum piak ding ciangin zong sum piakna mun va zuat kul tuan se loin om nana pan ei le ei in card tawh piak theih lel hi. Hizah cianga nop, vai ol mahmah hang ka neu lai a ka lungkim bangin lungkim thei tuan lo hi. Tua puanteng bek mah lei lel in a dang bangmah ka lei nawn kei hi.
Ka nisim nutakziate pen zingtung in kipanin zankim ciang nasep khawl pan ka hih manin set tawh kibang liang mai hi. Ka hun nuam pen ding ka cih hun ding ciangin zong ka neu lai a nop bangin nuam thei nawn taktak lo hi. Khat veivei ciang tua bang dan a ka lung nop nate, ‘Ka khua vuah nusia hi ning,’ ka ki cih hun bang om liang hi.
Tun khitteh ka mawtaw ka hawl hi. Ka mawtaw nung lam tutna a ka koih ka puan leite’n ka lungsim ong la zel, neulai hunte ngaihsun zel cih bangin ka om hi.
Neu lai in puanthak ka lei ciangin ka dawm mahmah a, a diakdiakin a kiu, a khuk, a taw cih khawngte dawm kei leng sia baih mahmah ahih manin dop kisam hi. Himah taleh ko lei zawhte tamman lo ahih manin silh cih takin silh leng kha nih kha thum khit teh kisia ta lel veve hi. Puan dang tawh laih nading kinei tuanlo ahih manin khat ka silh pen a kizomin kha khat sang a sawt vei zaw dong bang ka silh hun om lua hi. Tua bangin silh zom leng kha nih, kha thum khit ciang a taw, pambawm leh a kiu khawngah hong vangin kilet ta hi. Ka nu’n ka pa bombi tual sia kem in puan kikek a om ciang tua tawh phop zel ahih manin ka puante tua banga, a kek hong om ciang ka nu genin ama’n hong phop sak hi. Ka nun phim bawm leh setkhau bawm khat nei den hi.
Tua bangin ka nu ka gen ciangin ama’n ka pa’ bombi tual sia a kep tawh hong phop sak zel hi. A keknateng ka nu’n hong phop sak khit ciangin a thak mah hong bang kik lel-a ka nuam mahmah mai hi. Hici dan puan kiphop khat neih lel tawh ka nuamna pen gen zawh loh liangin lamdang a, ka lung zong kim mahmah hi. Himah taleh tu laitak ka dinmun tawh puan kek khawng silh ding cih pen hithei ngiat ding hilo hi. Nung kal sung bekin bombi teen sawm ka pai hi. Sia in kikek ta ci-a ka paih hi lo a, sawt sa lua ta, ning mai ka hih manin ka paih hi lel hi. Zong cimtak mai, ka neu lai a iplah bang lo ahih manin ka paih hang zong pammaih ka sa het kei hi.
Tu lai tak ka nuntak na ahih leh nik le puan cihte pen ansai khawng a um le keu zat bang a ka neih hi lel hi. An sai a anne ten zong a zat laitak bek mah donin a nek khit leh tua ansai pan a pai khiat khit ciangin phawk le ngaihsutin nei kha nawnlo hi. Bek tham loin a khang un tua kuang le keute peuhmah ngaihsut le phawkin nei nawnlo uh hi. Ahih hangin tua ka neu lai a ka puansilhte ken ka gol zawh ciang dong nangawnin mangngilh thei loin ngaihsun kha zelzel hi’ng. A taktak in ka phawk pipen leh ka lungsim ong khoih kha pen ahih leh ka haksat luat uh leh zawn luat man hi lo zaw in ka innkuan sung nop dan, ki-it kikep leh kikhual ziate hizaw hi. Hih hun lai a ka puanteng in ka nu’ khut ma nei kim a, ka nun ong kep pih ngiat in itna tawh ong donpih hi.
Puan kiphop teen ka nu hong phawk sak kik mahmah in hihte tungtawn in ka nu ka itna lian semsem hi. A kiphop cihte pen puan sia hizaw loin ka nu’ hong itna mah hizaw hi. Puan sia nam tuam tawh phopna tungtawn in ka nu itna mah ka mu hi.
Kum sawtpi khit ciang bekin tua puan phopte akhiatna ka telsan a ka puante siacip in aki silh theih nawn loh zawh nangawn a ka paih nop lohna hang zong ka khuanung tel san hi. Ahi zongin tun ahih leh nik le puan ka paih hangin pammaih sak na le itna ka nei kei hi. Tuma kum tampi lai a nik le puan ka it bangin zong ka it thei kei hi. Ahang inah tu a ka puante in ka nu’ khutma nei nawnlo, ka nu’ itna ngah kha nawnlo ahih man zong ahi hi. Tu in ka phawk thak khat ah tu laitak a ka hauhna sangin tua hun lai a tun le zua tawh zawn khilkhialna pen manpha zaw cih thu hi. Gentheihna tungtawn in itna leh ngaihna kilak thei hi. Tutak in sum le pai pen kei buaipih hi nawnlo mah leh ka nu’ khutma leh a itna pan hong kai khia hi.

Van le na zong a kicingin tun ka nei hi. Ka deihteng lei in ka deih nawnloh ciang ka pai lel hi. Tua bang a ka paih ciang zong pammaih ka sa se kei hi. Ka puan lei thakte ka et zelzel hangin zong amau hong hopih tuan peuh mah lo uh hi. Hih puan silh 4 ka leite zong ka lupna sungah om lel in hong hopih lo uh hi. Himah taleh ka neulai puante pau thei mawk uh a a kammalte ka lungsim sungah teeng den hi.

A short story by
Bishwa Raj Adhikari
Translation by
Dong Mung