Friday, September 29, 2023

Economic Importance of Prime minister Dahal's Visit-Article- 425

 प्रधानमन्त्रीको चीन भ्रमणको आर्थिक महत्व

आफ्नो देशको आर्थिक हितका लागि विदेशको भ्रमण गर्ने सोच हाम्रा नेताहरूमा रहेको पाइँदैन। दुई देशबीचको सम्बन्धलाई झनै बलियो पार्ने र भ्रमण गरिने देशमा व्यापार विस्तार गर्ने उद्देश्यलाई सर्वाधिक महत्व दिएर हाम्रा नेताहरूले विदेशी राष्ट्रहरूको भ्रमण गरेको पाइँदैन। नेताहरूको विदेश भ्रमणको इतिहासले यस्तै भन्छ।

सरकारी खर्चमा देश–देशावर घुम्ने स्वार्थपूर्ण उद्देश्यका साथ हाम्रा नेताहरू विदेशतिर लागेको पाइन्छ। तर कागजमा भने सरकारी कामले, कुनै विशेष सम्मेलनमा भाग लिन विदेशतर्फ लागेको देखाउन हाम्रा नेताहरू कहिले चुक्दैनन्। अनेक बहाना खोजेर विदेश पुग्छन्, महँगो होटलमा बस्छन्, अनेक शहर अवलोकन गर्छन्, भत्ता पकाउँछन् अनि स्वदेश फर्कन्छन्। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन पुग्नु पनि त्यस्तै हो। न आर्थिक, न राजनीतिक, कुनै उद्देश्यका साथ पनि दाहाल अहिले चीन जानु उपयुक्त थिएन।

हाम्रा नेताहरू विदेश भ्रमणमा जाने र मुख्यगरी चीन एवं भारत जाने भित्री कारण भने नितान्त पृथक छ एवं रोचक पनि छ। खासगरी प्रधानमन्त्री पदमा आसीन भएपछि हाम्रा नेताहरू भारत भ्रमणमा जाने एउटा परम्परा नै बसेको जस्तो छ। तर उराँठलाग्दो कुरा के छ भने विगतमा जति पनि प्रमहरू नेपालबाट विदेशतिर, मुख्यगरी भारत गए, आफ्नो र आफ्नो दलको मात्र स्वार्थका लागि गए। भारतीय प्रशासनबाट आशीर्वाद लिन गए। प्रमको कुर्सीमा आफ्नो बसाइ लम्ब्याउन गए।

२०४६–४७ सालमा नेपालमा राजनीतिक परिवर्तन भएपछि, नेपालको प्रम नियुक्त भएपछि, भारत भ्रमणमा निस्केका कृष्णप्रसाद भट्टाराई आफ्नो दल, नेपाली काङ्ग्रेसको हितका लागि भारत भ्रमणमा गएका थिए। हुनत सन्त प्रकृतिका भट्टराई आफ्नो हितको लागि भारततर्फ गएका थिएनन्, तर जे भए पनि, उनी दलको स्वार्थका खातिर त गएका थिए। नेपाली काङ्ग्रेसले आफ्नो स्वार्थका लागि भट्टराईलाई भारत भ्रमणमा पठाएको थियो, समाचारहरूमा अन्यथा भनिए पनि। २०४६–४७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा नेताहरू आफ्नो स्वार्थको लागि विदेश भ्रमण गर्न जाने परम्परा प्रारम्भ भएको पाइन्छ।

हाम्रा नेताहरू, मन्त्री वा प्रधानमन्त्री नियुक्त भएपछि चीन जाने परम्परा पनि उत्तिकै बलियो छ। चीन जाने कारण पनि त्यही हो। हाम्रा नेताहरू चिनियाँ नेताहरूसँग आशीर्वाद लिन चीन जाने गर्दछन्। चीनप्रति आफ्नो भक्तिभाव रहेको देखाउन जान्छन्। पर्दा बाहिर चीन जाने कारण राजनीतिक वा आर्थिक भनिए पनि पर्दा भित्रको कारण भने नेताहरूको आफ्नै स्वार्थ हुन्छ।

स्वार्थले विदेशतिर डोर्याउने गरेकोले हाम्रा नेताहरूले, विदेश पुगेर पाउनुपर्ने स्वागत, सत्कार पाउन सकेको देखिंदैन। एक साधारण अतिथिको अनुभव लिएर विदेशबाट फर्कन्छन्।

 आउनुहोस्, अब प्रम पुष्पकमल दाहालको अमेरिका र चीन भ्रमणको आर्थिक महत्वबारे कुरा गरौं। दाहालको अमेरिका भ्रमण संयुक्त राष्ट्रसङ्घको महासभामास जुन २०२३, सेप्टेम्बर महीनाको १८ देखि २० सम्म चलेको थियो, भाग लिन भएको थियो। विभिन्न देशका नेताहरूलाई भेटेर दाहालले व्यक्तिगत फाइदा उठाउनुबाहेक यो भ्रमणबाट नेपाललाई केही आर्थिक फाइदा गराएको कतै देखिंदैन। हुनत यो सम्मेलनमा दुई देशबीच दुई पक्षीय कुराहरू हुँदैन। तैपनि दाहाल अमेरिकाको आशीर्वाद पाउन न्युयोर्क पुगेका थिए। हामी (माओवादीहरू) अमेरिकाका सच्चा मित्र हौं, दक्षिण एशियामा रहेका अमेरिकी मित्रहरूमध्ये हामी पनि पर्छौं भन्ने कुरा दर्शाउन दाहाल न्युयोर्क पुगेका थिए।

दाहालको अमेरिका भ्रणमबारे पनि प्रश्न उठाउन सकिन्छ। के दाहाल नेपालको प्रमुख प्रशासकको रूपमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानु उपयुक्त थियो? थिएन। नैतिकताको आधारमा उनले भाग लिनु उपयुक्त थिएन। दलीय राजनीतिमा भएको अनेक षड्यन्त्रले गर्दा प्राविधिकरूपमा देशको प्रम हुन पुगेका दाहाल नैतिकरूपमा महासभामा जाने हैसियत राख्दैनन्। उनको दलले प्राप्त गरेको मतसङ्ख्याको हिसाबले, उनको दलले गरेको कमजोर उपस्थितिको कारण, उनको दल न सरकार निर्माण गर्ने हैसियत राख्छ, न दाहाल नैतिकताको आधारमा प्रम हुने दाबी गर्न सक्छन्। तर नेताहरूमा भएको नैतिक पतनको कारण जस्तो व्यक्ति पनि दलीय राजनीति गरेरै हाम्रो देशमा प्रधानमन्त्री बन्न सक्छ। चुनावमा उसको दलले दुई चा चार स्थानमा विजय हासिल गरे पनि।

अब प्रम दाहालको चीन भ्रमणको आर्थिक महत्वको कुरा गरौं। समाचारहरूमा उल्लेख भए अनुसार दाहालको चीन भ्रमणको उपलब्धिको रूपमा नेपाल र चीनबीच १२ वटा सम्झौतामा हस्ताक्षर भएको उल्लेख गरिएको छ। चीनले नेपालमा डिजिटल अर्थतन्त्रको विकास र वातावरण संरक्षणमा सहयोग पुर्याउने सहमति भएको समाचारमा उल्लेख छ। यसैगरी चीनले कृषि, पशुपक्षी, मत्स्य पालनमा पनि सहयोग गर्ने उल्लेख छ। यस्तै–यस्तै सामान्य कुरामा चीनले नेपाललाई सहयोग गर्ने भनी सहमति एवं सम्झौता भएको देखिन्छ। दाहालको भ्रमणको क्रममा नेपाललाई ठूलो आर्थिक फाइदा हुने कुनै पनि सम्झौता भएको पाइँदैन।

सर्वप्रथम त पुष्पकमल दाहाललाई चीनले पत्याएकै छैन। आफ्नो खास अडान र राजनीतिक वजन नभएको दाहाललाई चीनले न पत्याउनु स्वाभाविक पनि हो। अहिले चीनले जति पनि, न्यूनतम रूपमा भए पनि, दाहाललाई आतिथ्य प्रदान गर्यो, त्यो नेपाल र चीनको वर्षौंको मैत्री सम्बन्धको कारणले गर्दा हो। चीनमा दाहालले जुन स्वागत पाए त्यो स्वागत उनको राजनीतिक व्यक्तित्वले गर्दा पाएको होइन। एउटा शक्तिशाली राजनीतिक दलको नेता हो भनेर पाएको पनि होइन। चीनलाई राम्ररी थाहा छ, नेपालको राजनीतिमा माओवादी दल र त्यस दलका नेता पुष्पकमल दाहालको कति र कस्तो वजन छ भन्ने कुरा। 

माओवादी आन्दोनताका आफ्ना कार्यकर्ताहरूलाई भारतविरुद्ध सुरुङ युद्ध गर्न आह्वान गर्ने पुष्पकमल दाहालले भारतमैं बसेर सत्ता पक्षसँग, राजनीतिक दलहरू (एमाले, नेपाली काङ्ग्रेस, राप्रपा आदि) सँग सङ्घर्ष गरेको चीनलाई राम्ररी थाहा छ।राजनीतिक अडान नभएको, शक्ति र सत्ताका लागि जे पनि गर्न तयार हुने र विश्वास गर्न नसकिने नेताको रूपमा आफ्नो परिचय बनाएका दाहालले ल्याउने आर्थिक महत्वका योजनाहरू, जसले नेपाल र नेपालीहरूलाई दीर्घकालसम्म प्रभाव पार्नेछ, चीनले सम्पन्न गरिदिने भनी चिनियाँ प्रशासनले भन्दै भन्दैन। सहमति पनि गर्दैन। सम्झौताहरू पनि गर्दैन।

प्रम दाहालको चीन भ्रमणको केही पनि आर्थिक महत्व छैन। उनको यो भ्रमणले नेपालले आर्थिकरूपमा केही फाइदा प्राप्त गर्ला भनी सोच्नु अर्थहीन हो।

यथार्थमा भन्ने हो भने चीनसँग कुनै पनि सहमति, सम्झौता गर्दा त्यस किसिमका सहमति, सम्झौता आदिमा सर्वपक्षीय स्वीकृति हुन आवश्यक छ। त्यस किसिमको सहमति, सम्झौतामा नेपाली काङ्ग्रेस, एमालेलगायत अन्य राजनीतिक दलहरूको पनि स्वीकृति आवश्यक हुन्छ। अर्थात् नेपालमा जुनसुकै दलको सरकार भए तापनि, वा जुनसुकै दल प्रतिपक्षी भए तापनि, अन्य देशहरूसँग विकास एवं निर्माणका लागि सम्झौता गर्दा सर्वपक्षीय तथा सर्वदलीय सहमति हुन आवश्यक छ।

अब पुनः प्रधानमन्त्री दाहालले गरेको चीन भ्रमणको आर्थिक महत्वकै कुरा नै गरौं।

दाहालको चीन–भ्रमणबाट नेपाललाई कुनै किसिमको आर्थिक फाइदा भएको छैन। उल्टो सरकारी ढुकुटीबाट केही रकम खर्च भएको छ। दाहालले आफ्ना आसेपासे (छोरी) सहित न्युयोर्क र चीनको भ्रमण गर्दा ठूलै सरकारी रकम खर्च भएको होला। होइन र?

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, September 29, 2023

https://eprateekdaily.com/2023/09/29/56925/ 

 

Sunday, September 24, 2023

Problems Seen In Nepalese Politics-Article 3

 नेपालके राजनीतिमे देखलगेल समस्या

राजनीति जौनो देशके होखे ई समस्याबिनाके नहोइछइ। समस्या त होएबे करइछ। अमेरिका जइसन शक्तिसाली देसके राजनीति भी अनेक समस्यासे भरल हए। युरोपके देशसबमे भी अनेक किसिमके राजनीति समस्या हए। युक्रेन आ रुसके बिच होररल युद्ध समाप्त होएके नाम नलेरहल हए। दोसर तरिकासे कहल जाए त राजनीति अपन आपमे एगो बडका भारि समस्या हए। आ चारु और हए।

राजनीति दाओपेंचसे भरल खेल हए। एकर भितर बेइमानी हए। बदला हए। बेबिचार हए। षणयन्त्र हए। हर किसिमक दुरगुण राजनीतिमे देखा परि। गर सक्षेपमे कहे के हए त राजनीतिके केवल शक्तिके खेल कहल जा सकइए।

राजनीतिसे जुटल एगो बडका सत्य भी हए। ऊ कथि हए कि देशके सुव्यवस्थित किसिमसे संचालन करेला राजनीति आवश्यक होजाइए। बिना एको निमन राजनीतिक व्यवस्थाके कौन देश सुव्यवस्थित किसिमसे संचालन नहोसकइए। राजनीति एगो माध्यम हए। मुदा बहुत जरूरी माध्यम हए।

जइसे देशके व्यवस्थित किसिमसे सञ्चालन करेला राजनीति आवश्यक हए ओहिना राजनीतिके व्यवस्थित किसिमसे संचालन करेला नेतासबके उपस्थिति आवश्यक हए। बिना नेताके राजनीति संचालन असम्भव हए। राजनीतिमा नेतासबके भूमिका भी बहुत महत्वपूर्ण हए। राजनीति बाहन हए त नेतासब ओकर चालक हए।

राजनीति अनेक किसिमके समस्यासे भरल हए मुदा औरो देशके तुलनामे नेपालके राजनीतिमै बहुत समस्या हए। संक्षेपमे कहल जाए त नेपालके राजनीति समस्या समस्यासे भरल हए। केना भरल हए?

नेतासबमे अनुभवके कमी: जेना नेपालके प्रजातन्त्र नया हए ओहिना नेपालके नेतासब भी नया हए। नेपालमे प्रजातन्त्र आएल ४० बरिष भी न भेल नहए। नेपालमे प्रजातन्त्र आबेस पहिले राजतन्त्र रहे। नियन्त्रणकारी व्यस्था रहे। राजसे ज्यादा राजाके आसपास रहल स्वार्थी लोगके बात चले। मुदा जब राजतनत्र समाप्त होके नेपालमे प्रजातन्त्र आएल देशके शासन व्यवस्था अनुभवहीन नेतासबके हातमे चलगेल। अनुभवहीन नेता सव प्रजातन्त्रिक चरित्र देखाएके बजाए हिंसा आ मारकाटमे जोड देवे लागल। घरघरमे झगडा लगाबेलागल। पुष्पकमल दहाल जइसन अनुभवहीन नेताके कारण १७ हजार निर्दोष लोगके जान चलगेल। पुष्पकलम दहालके इ कारणसे अनुभवहीन नेता कहल जासइए काहे कि इ व्यवस्थमे हुन्का आ हुनकर पार्टीके आबे के रहे त १० बरिष तक खुनी संघर्ष काहे करैलन? मात्र एको पुप्पकमल दहालके व्यवहार काफी हए नेपालके नेतासबमे अनुभवके कमी हए कहेला।

अमेरिका, युरोपके प्रजातन्त्र तिन सय चार वरिष पुरान हए। प्रजातन्त्र पुरान होएलासे नेतासबमे अनुभव भी हए। नेता सब शिक्षित हए, सदाचारी भी हए। अनुभवी भी। गौर तलब बात त इ हए कि बेलायतमा संविधान नहए। बेलायत येहन देश हए बिना संविधानके भी चलरहल हए। अनुभवी नेतसव विनासंविधानके भी देशके चलारहल हए। नेपाल जइसन जहियो मारकाट, षडयन्त्र, दाओपेंच नहए।

नेतासबमे मेलमिलापके कमी: हरेक देसके  राजनीतिमे नेतासबके बिचमा खिचातानी देखनाइ स्वभाविक हए। मुदा नेपालके नेतासबके बिचमे बहुत खिचातानी हए। मेल मिलापके बहुत कमी हए। हमनीसव अब एहन होगेल छी कि बिना खिचातानी कएल जिएनसकम। खिचातानी, आपसी अविश्वास, षणयन्त्र हमनीसबके अव संस्कृति बनगेल हए। स्वभाव बनगेल हए। देशके विकासके मुदामे त छोड दु साधारण बात पर हमनीसब झगडपर उतर अबैछी, एकता नहोसकइए। हरेक समस्याके समाधान मेलमिलापसे न केवल मनमोटाब, झगडा, रगडासे खोजेबाला हमनीके संस्कृति बनगेल हए। जंगलमे जेना जनावरबिच झगडा, संघर्ष होइछइ, शक्ति प्रदर्शन होइ छइ ओहिना हमनीसबके नेताबिच झगडा होइ छइ, शक्ति प्रदर्शन होइ छइ। जंगलमे जेना जनावरसबमे, शक्तिसाली जनावरके बोलबाला होइछइ ओहिना हमनीके नेतासबके बिचमे शक्तिसाली नेताके बोलबाल हए। जौन नेता जेतना शक्तिसाली हए, ओकर हातमे ओतान ही राज्य शक्ति हए। ओतना ही कर्यकता पछाडि हए। न्यायप्रेमी नेताके पछाडि न जनता हए, न कार्यकर्ता, न त शक्ति।

नेतासबमे इमान्दारीके कमी: इमान्दारी शिक्षासे प्राप्त होएबाला चिज नह। न त कानूनी कार्यवाही आदमीके इमान्दार बनासकइए। इमान्दारी असल संस्कारसे प्राप्त होएबाला चिच हए। असल संस्कार मात्र इमान्दार नेताके जन्म देसकइए। खोट हमनीसबके संस्कारमे हए। हमनी सवके संस्कार इमान्दार नेताके जन्म नदेरहल हए। संस्कारमे सुधार बहुत आवश्यक हए।

हमनीके संस्कारमे समस्या त हए मुदा जौन स्तरमे नेतासबे इमान्दारी होएके चाहि ओतनो भी नहए। नेतासबके व्यवहारमे इमान्दारीके कमी हए। नेतासबके झूठ बोल्नाइ दुधभात होगेल हए। लाजघीन सब पचगेल हए। नेतासबके नाम बडका बडका आर्थिक घोटालासे जुटगेल हए। उदाहरणके लागि ‘ललिता निवास प्रकरण’ देखु।  

चोरचोर मौसिआउत भाइ: अपन फएदाके लिए न है त बाहर खुब झगडा करी लेकिन अपन फाइदके लिए हए त बडका दुस्मनी आ झगडा बिसरके भितरे भितरे मिलजाइ। हमनीके नेतासबके ई चरित्र, ‘चोर चोर मौसिआउत भाइ’ नेपालके राजनीतिके बडका भारि समस्य बनगेल हए। अपन फएदाके लिए हए त सब दलके नेतासब मिलके कानून, संविधान तक संसोधन कलि। दुस्मनी भूल जाइ। मिल जाइ। सरकार बनाबेला दुस्मन दुस्मन दलो भी मिल जाइ। एक होजाए। मुदा अपन फएदाके लिए नहए त साँढलेखा ढाही खेली। नेतासबम सदाचारी चरित्रके बहुत अभाव होगेल हए।

दुइचार नेताके हातमे शासन व्यवस्था: नेपालके राजनीति अखुनी केवल दुई चार नेताके चारुओर चक्कर काटरहल हए। शेरबहादुर देउवा, पुष्पकमल दहाल, केपी ओली, माधव नेपाल इत्यादि। इहे चार पाँच नेताके हातमे अखुनी नेपालके राजनीति बन्दी होगेल हए। जबकी इ नेतासबके राजनीति से सन्यास लेबेला देरी नकरेके चाहिं। इ लोग सत्ता आ शक्तिके बहुत आनन्द लेलेलख। एगो नेता (शेरबहादुर) पाँच बेर प्रधानमन्त्री होगेल। नेपालके राजनीति स्थिर होएला यी नेतासबके राजनीतिसे सन्यास लेनाइ जरुरी होगेल हए। जबतक इ नेतासब नेपालके राजनीतिमे रही, शक्तिमे रही नेपालके राजनीति कहियो स्थिर नहोइ। पुष्पकमल दहाल त नेपालके राजनीति अस्थिर करेला किरिया खएले छत।

त्यागके अभाव: भारत जब स्वतन्त्र भेल बहुत लोग महात्मा गाँधीके भारतके प्रधान मन्त्री बनेला कहलख। गाँधी इ बात अस्वीकार कएलन।  इहेलेखा जब नेपालमे प्रजातनत्र पुनर्वहाली भेल लोग गणेशमान सिंह के नेपालके प्रधान मन्त्री बनेला कहलख। मुदा गणेशमान सिंग कृष्णप्रसाद भट्टराई के प्रधान मन्त्री बनेला कहलन। कृष्णप्रसाद भट्टराइ नेपालके प्रधान मन्त्री भेलन। अघुनीके नेतासवमे लोभ आ पाप भरल हए। त्याग भव नहए। नेपालके राजनीतिक विकासके लिए, आर्थिक विकासके लिए, कौनौ नेता त्याग करेला तयार नहए। मरहु से पहिले प्रधान मन्त्री बनेके इच्छा बहुत नेतासबमे हए। नेपालके राजनीतिमे देखलगेल संकट नेतासबमे त्याग भावके अभावके कारण भी हए। सबके कुर्सी चाहिं। त्याग करेला कौनौ नेता तयार नहए।

त्याग हमनीके संस्कृति हए। मुदा लोग इ बात भूलगेल हए। अपन बाबुके वचन राखेला, राजा रामचन्द्र अयोध्याके राज त्यागदेलन। १४ बरिषके बनबास चलगेलन। पतिके साथ देबेला सीता जी दरवार त्याग देलन। एहिना, भाइके साथ देवेला लक्ष्मणजी दरबार त्याग देलन। एहन त्यागबाला हमनीके संस्कृति अखुनी स्वार्थ से भरगेल हए।

लोगमे चेनताके अभाव: नेपालके राजनीतिमे अनेक समस्या हए। उमेसे एगो समस्या हए- लोगमे चेतनाके अभाव। चुनावमे लोग अखुनियो बेइमान, चरित्रहीन, भ्रष्टाचारी नेताके भोट देके ओकनीसबके जितारहल हए। नेपालके राजनीतिमे जबतक बेइमान, भ्रष्टाचारी, चरित्रहीन नेतासबके हालिमुहाली होइ तबतक नेपालके राजनीति नसुधरी। देशमे अव्यवस्था बढी। गरिबी बढी। भ्रष्टाचार बढी। कुशासन मुह खोलके बैठी।

नेपालके राजनीतिमे स्थिरति लिआबेला, देशको आर्थिक अवस्थामे सुधार लिआबेला, रोजगारीके स्तरमे वृद्धि करेला, रोजगारीके लागि विदेश जाएके बाध्ययता समाप्त करेला चुनावमे इमान्दार नेतासबके जिताओल जरुरी हए।

खाली निरासके बात कके भी देशके विकास नहोइ छइ। आउ, आशा के भी बात करू। समय जेना बिती ओहिना लोगके सोंचमे भी सकारात्मक परिवर्तन होइन। असल संस्कृतिके विकास होइ। इमान्दार नेतासबके भी जन्म होइ। राष्ट्रिय राजनित निमन होइ। समय सदा एकेलेखा नरही। समय बहुत बलवान हइछइ।  

विश्वराज अधिकारी

akoutilya@gmail.com

Sunday, August 27, 2023   

Friday, September 22, 2023

Foreign Investment in Nepal: Hope and Hopelessness-Article-424

 नेपालमा विदेशी लगानीको सम्भावना: आशा र निराशा

नेपालमा विदेशी लागानीको पर्याप्त सम्भावना छ। मुख्यगरी नेपालको पर्यटन क्षेत्रमा विदेशी व्यापारीहरूले ठूलो रकम लगानी गर्न सक्ने देखिन्छ। नेपालको अर्थतन्त्र परिपक्व (matured) नभएकोले नेपाल उनीहरूको लागि लगानी गर्नका लागि अति आकर्षक लगानी–क्षेत्र हुन सक्छ। पहाडी क्षेत्रहरूमा पर्यटन पूर्वाधार विकासमा विदेशी लगानीकर्ताहरूले ठूलो रकम लगानी गरेर राम्रो मुनाफा पनि हात पार्न सक्छन्।

समाचार संस्था कान्तिपुरका अनुसार चालू आर्थिक वर्षको भदौमा ३ अर्ब ८ करोड १० लाख रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। चालू आर्थिक वर्षको साउनमा १३ अर्ब १३ करोड ६० लाख रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो। गत आर्थिक वर्षमा ३८ अर्ब ४० करोड ७५ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो।

अब नेपालमा कुन समयमा कति विदेशी लगानी प्राप्त भयो त्यसतर्फ हेरौं। लगानी प्रतिबद्धता र यथार्थमा भएको लगानी रकमबीच तुलना गरौं–

चालू आर्थिक वर्षको साउनमा खुद विदेशी लगानी २ अर्ब ६४ करोड ६२ लाख रूपियाँ मात्र आयो। तर सोही अवधिमा विदेश लगानी प्रतिबद्धता भने १३ अर्ब १३ करोड ६० लाख आएको थियो। अर्थात् प्रतिबद्धताभन्दा १० अर्ब ४८ करोड ९८ लाख विदेशी लगानी कम आएको (प्राप्त भएको) थियो।

यसैगरी आर्थिक वर्ष ०७८–७९ मा १९ अर्ब २१ करोड ९० लाख रूपियाँ विदेशी लगानीको रूपमा नेपाल भित्रिएको थियो। तर सो अवधिमा ५४ अर्ब १५ करोड रूपियाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो। यसरी प्रतिबद्धताभन्दा ३४ अर्ब ९३ करोड १० लाख रूपियाँ कम प्राप्त भएको थियो।

माथिका सङ्ख्याहरूले एउटा तथ्य सबैले सजिलै बुझ्नेगरी के भन्छन् भने नेपालमा जुन सङ्ख्या वा जति विदेशी व्यापारीहरूले लगानी गर्ने प्रतिबद्धता जाहेर गर्छन् त्योभन्दा निकै कम लगानी प्राप्त हुँदो रहेछ। अर्थात् नेपाल विदेशी व्यापारीहरूका लागि लगानी गर्न सकिने एउटा आकर्षक क्षेत्रको रूपमा परिचित एवं विश्वस्त हुन सकेको छैन। विदेशी व्यापारीहरूले नेपालमा लगानी गर्दा पूर्ण विश्वासका साथ गर्दा रहेन छन्। उनीहरूको मनमा अनेक शङ्का–उपशङ्काको प्रतिक्रिया हुँदो रहेछ।

अपेक्षाकृत परिमाणमा किन विदेश लगानी प्राप्त भइरहेको छैन?

यो प्रश्नको उत्तर अति सरल छ। नेपालका राजनीतिक दलहरूमा नेपालको आर्थिक विकासको लागि साझा धारणाको सर्वथा अभाव छ। अहिलेसम्म यी राजनीतिक दलका नेताहरूबीच साझा धारणा निर्माण हुन सकेको छैन। यी दलहरूबीच राजनीतिक दर्शन, धारणा, कार्यक्रम, योजना फरक भए तापनि देशको आर्थिक विकासको लागि भने साझा धारणा हुन आवश्यक छ। साझा धारणा नबनेसम्म नेपालमा विदेशी लगानी त परको कुरा, राष्ट्रिय स्तरबाट पनि ठूलो लगानी प्राप्त हुन कठिन छ। राजनीतिक दलका यी नेताहरूबीच एउटा साझा धारणा नभएकोले देशभित्र नै पनि, स्वदेशी लगानीकर्ताहरू लगानी गर्न सशङ्कित छन्। 

निष्कर्षः नेपालमा राजनीतिक दलका नेताहरूबीच देशको आर्थिक विकासबारे एउटा साझा धारणा नभएकोले नेपालमा विदेशी लगानी आउन कठिन भइरहेको छ।

नेपालको राजनीतिमा कम्युनिस्टहरूको अति प्रभाव भएको कारण पनि नेपालमा विदेशी लगानी आउन कठिन भइरहेको छ। नेपालका कम्युनिस्टहरू राष्ट्रिय राजनीतिमा यतिसम्म बलियो एवं प्रभावशाली छन् कि अल्पमतमा रहेर पनि सरकारको नेतृत्व गर्ने क्षमता राख्छन्। षड्यन्त्र, जालझेल, दाउपेचमा, रणनीति निर्माणमा पनि यिनीहरू निकै अगाडि छन्। यो कारणले गर्दा नै पुष्पकमल दहालको नेतृत्वमा, उनको दल अल्पमतमा रहे पनि, नेकपा माओवादी सरकार गठन भएको छ। सानो दलको नेतृत्व गरेर पनि पुष्पकमल प्रधानमन्त्री हुन सफल भएका छन्।

विश्व–अर्थ व्यवस्थाको विश्लेषण गर्ने हो भने ठूलो पूँजी पश्चिमी राष्ट्रहरूको हातमा छ। त्यहाँका व्यापारीहरूले ठूल्ठूला उद्योगमा लगानी गर्ने क्षमता राख्छन्। विदेशी कम्पनीहरूमा ठूलो परिमाणमा रकम लगानी गर्न सक्ने क्षमता राख्छन्। अर्कोतिर पश्चिमा राष्ट्रका सरकारहरू प्रजातन्त्रिक सरकार भएकाले उनीहरूले कम्युनिस्टहरूले नेतृत्व गरेको सरकारलाई शङ्काको नजरले हेर्छन्। कम्युनिस्टहरूले नेतृत्व गरेको सरकारलाई पत्याउँदैनन्। नेपालको राजनीतिमा जहिले पनि कम्युनिस्टहरूको वर्चस्व रहेको साथै काङ्ग्रेसलाई पनि आफूले चाहेको दिशामा डोर्याउन सक्ने क्षमता कम्युनिस्टहरूसँग रहेकोले पश्चिमा राष्ट्रका व्यापारीहरूले मन खोलेर नेपालमा लगानी गर्न सकेका छैनन्। कम्युनिस्ट (पुष्पकमल) ले काङ्ग्रेस शेरबहादुर) लाई आफ्नो पछि लगाउन सक्ने क्षमता रहेको स्थितिलाई पश्चिमा व्यापारीहरूले बडो सतर्कताका साथ हेरिरहेका छन्।

विगत केही दशकदेखि नेपालको राजनीतिमा एउटा अचम्मको परिदृश्य देखिएको छ। त्यो परिदृश्य के हो भने कम्युनिस्ट (मुख्यगरी माओवादी) मदारी बनेको छ भने अरू दलहरू बाँदर। अन्य सबै दल कम्युनिस्टको इशारामा बाँदर जस्तो नाचिरहेका छन्। अन्य दलहरू आफ्नो प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श बिर्सेर शक्ति र सत्ताको लागि माओवादीको इशारामा बाँदरजस्तो नाचिरहेका छन्। यो विशिष्ट र अनौठो स्थिति विदेशी लागनीकर्ताहरूको लागि अनुकूल नभएकोले नेपालमा लगानी गर्न उत्सुक भइरहेका छैनन्। नेपालको राजनीतिमा कम्युनिस्टहरू वर्चस्व रहेसम्म नेपालमा विदेशी लगानी न्यून मात्र हुनेछ।

नेपाल विकासशील राष्ट्र भएकोले यसलाई विकास एवं निर्माणको लागि ठूलो परिमाणमा पूँजी आवश्यक छ। नेपाललाई आवश्यक पर्ने ठूलो पूँजीका लागि दुईवटा स्रोत अति भरपर्दो हुन सक्छ। पहिलो स्रोत हो– स्वदेशी व्यापारीहरूबाट लगानी। दोस्रो, विदेशमा बस्ने नेपालीहरूबाट लगानी।

नेपालका राजनीतिक दलहरूले माथि भनिएका दुवै स्रोतको राम्रो उपयोग हुने आर्थिक नीति तथा कार्यक्रम तर्जुमा गर्न आवश्यक छ। सोही अनुरूप ऐन र कानून बनाउन आवश्यक छ। नेपालमा, विदेशमा बस्ने नेपालीहरूलाई, लगानी गर्न सजिलो होस् भन्ने किसिमबाट संविधान संशोधन गर्न पनि आवश्यक छ। केवल चुनावमा उम्मेदवार हुन तथा भोट हाल्न नपाउने गरी, विदेशमा बसेका नेपालीहरूलाई, सरकारले दुई देशको नागरिकता दिन आवश्यक छ।

विदेशमा बसेका नेपालीहरूलाई दोहरो (आफू बसेको देश र नेपालको) नागरिकता दिने व्यवस्था नेपालले गर्नासाथ नेपालमा विदेशी लगानी वृद्धि हुन्छ। देशभित्र ठूलो परिमाणमा लगानीको लागि नेपालले विदेशी लगानीकर्ताहरूको मुख ताक्नुपर्दैन।

हाम्रो आन्तरिक (स्वदेशी) बजार बलियो हुनेगरी हामीले बाह्य लगानीको उपयोग गर्नुपर्छ। छेउमा चीन र भारत जस्ता बृहत् अर्थ व्यवस्था भएका राष्ट्रहरूलाई हामीले वस्तुहरू निर्यात गरेर मुनाफा प्राप्त गर्न सक्ने सम्भावना ज्यादै न्यून छ। त्यसकारण केही सीमित वस्तु, जसको बलियो प्रतिस्पर्धात्मक क्षमता छ, त्यस्ता वस्तु मात्र उत्पादन गरेर विदेशी बजारहरूमा बिक्री गर्न आवश्क छ। यसै गरी राष्ट्रभित्र खपत हुने वस्तुहरूको उत्पादन गर्न जोड दिन आवश्यक छ।

राष्ट्रको आर्थिक विकासका लागि स्वदेशी लगानी एवं विदेशी लगानीको महत्वपूर्ण भूमिका तपसीलका कुराहरू हुन्। मुख्य कुरा त नेताहरूको चरित्र हो। उनीहरूको चरित्रमा देखिएको इमानदारीको क्षयीकरण हो। राष्ट्रको स्वार्थभन्दा आफ्नो स्वार्थलाई महत्व दिने उनीहरूको बेइमान नियतको कुरा हो।

नेताहरूले के गर्ने त?

अर्थ व्यवस्थाको सम्बन्धमा महत्वपूर्ण निर्णय लिने निकायहरूमा नेताहरूले विज्ञहरूलाई पठाउनुपर्छ। पार्टीका कार्यकर्ता पठाउन बन्द गर्नुपर्छ। आफ्नो झोले कार्यकर्ताहरूलाई पठाउन बन्द गर्नुपर्छ। सरकार बनाउँदा, कुनै व्यक्ति कुनै पार्टीको महत्वपूर्ण पदमा छ भन्दैमा ऊ नै वाणिज्यमन्त्री, ऊ नै अर्थमन्त्री, ऊ नै उद्योगमन्त्री हुने कार्य तत्काल बन्द गर्नुपर्छ। झोले कार्यकर्ता वा नेता वा अध्यक्ष महत्वपूर्ण मन्त्रालयको मन्त्री हुने व्यवस्था तत्काल बन्द गर्नुपर्छ।

अहिलेको लागि नेताहरूले यति मात्र गरिदिए पनि नेपालको अर्थ व्यवस्था, जुन कछुवा चालमा छ, त्यसले राम्रो गति समात्ने छ। हामीले देशको आर्थिक विकास गर्नका लागि विदेशी लगानीको मुख ताक्नै पर्दैन, जापान, अमेरिका, क्यानाडा आदिले गरेझैं।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, September 22, 2023

https://eprateekdaily.com/2023/09/21/56696/ 

Crime in Nepalese Politics-Article- 2

 नेपाली राजनीति आ हिंसा

बहुत लोगके ई बात पसन्द नहोइ। ई बात बहुत लोगके खिसो उठादी। मुदा ई बात सत्य हए। पथ्थरमे लिखल जसइन हए। नेपाली राजनीतिके निव हिंसा हए। मारकाट हए। हिसां आ मारकाटके निवपर नेपालके राजनीति खडा हए। नेपालके राजनीतिक इतिहास हिंसासे भरल हए। विगतमे त भेल भेल, अखुनी इ आधुनिक आ सभ्य युगमे भी नेपालके राजनीतिमे हिंसा जारि हए। कहियो एहन लगइए कि हमनीके नस नसमे हिंसा हए। हमनीसब हिंसासे भरल छी। हिंसा हमनीसबको प्रकृति होगेल हए।

हिंसा सभ्य समाजके कलंक हए। येकर समाप्ति वहुत आवश्यक हए। हिंसा सामाजिक, आर्थिक, राजनीतिक विकासके शत्रु हए। हिंसक समाजमे लोगके उचित बौधिक विकास कहियो न होसकी। उल्टे, हिंसक समाजमे खुन, खराब, प्रतिसोध फैलिइ। जौन देशमे जेतना हिंसा होइ, ऊ देश ओतने ही आर्थिक विकासमे पछाडि परि। बर्षौसे चलल हत्या, हिंसाके अफगानिस्तानके केहन बनादेलख, जह जाहेर हए।

२००७ सालमे पञ्चायतके बिरोधमे, प्रजातन्त्र आ राजनीतिक स्वतन्त्रताके लेल कांग्रेसद्वारा कएलगेल आन्दोलन भी हिंसक रहे। हिंसाके आकार छोट रहे। मुदा कांग्रेसके नेतासब हिंसाके सहारा लेलख। महात्मा गाँधी से बहुत प्रभावित विश्वेश्वरप्रसाद कोइराला जइसन प्रजातान्त्रिक नेता गाँधीके शान्ति मार्ग छोडके हिंसाके सहारा लेलथिन। गाँधी जइसन नेपाली कांग्रेसके कौनो नेता सत्याग्रहके पक्षधर न होएसकल ओ घडी।

मोहनचन्द्र अधिकारी, खड्गप्रसाद ओली, राधकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली जसइन अनेक कम्युनिष्ट नेतासवद्वारा चलाओलगेल झापा आन्दोलन त खुनखराबा से पूरा भरल रहे। बहुत मारकाट भेल। पंचायतके बिरोधमे चलाओलगेल ऊ आन्दोलनमे यी कम्युनिष्ट नेतासबके निर्देशनमे अनेक किसिमके हत्या हिंसा भेल। रुस, चीन आदि देशके कम्युनिष्ट आन्दोलनसे अति प्रभावित झापा आन्दोलनके नेतासब के ध्यान शान्तिपूर्ण आन्दोलनके तरफ कहियो नगेल, गाँधीजी लेखा। खाली मारकाटके और गेल। नेतासव मारकाटके ही समस्याके समाधान देखलक।

२०४६/४७ मे सञ्चालित पञ्चायत बिरोधी आन्दोलन कहेला त शान्तिपूर्ण आन्दोलन रहे मुदा ई आन्दोन भी शान्तिपूर्ण नहोइसकल। बहुत जगहमे हिंसा, हत्या भेल। आन्दोनकारीसब, खास कके काठमाडौके टेकु, त्रिपुरेश्वर आदिमे प्रहरी जवानके पिट पिटके मारलख। बहुत हृदयहीनता देखौलख, आन्दोलनकारी सब। ई घटनाके प्रत्यक्षदर्शी ई लेखक भी रहे।

२०५२ सालमे पुष्पकमल दहाल ‘प्रचण्ड’ के नेतृत्वमे चलाओलगेल ‘माओवादी आन्दोलन नेपालके इतिहासमे सर्वाधिक रक्तपातपूर्ण रहे। हत्या हिंसासे भरल रहे। लोगके देहमे खून चढगेल रहे। समुचा समाज दु भागमे विभाजित होगेल रहे। इ आन्दोलनके दौरान कहि कौनौ हत्या होखे त लोग पुछे, ‘रे कौन मरलइ?’ ‘माओवादी मरलइ’ कहालापर पँचायत पक्षधर, सेना, प्रहरी आदि खुस होए। ‘सेना, प्रहरि मरलइ’ कहलापर माओवादी सर्मथक खुस होए।

जोनौ तरफ के मुत्यु होखो, मृत्यु ठिक नहए, केहु नकहे। उल्टे एगोके मृत्युपर दोसर उत्सव मनाए। ऊ आन्दोलनमे मृत्यु शोक न उत्सब बनगेल रहे। माओवादी संघर्ष नेपालके राजनीतिक इतिहासमे बडकभारी खुनखराबाबाला घटना होगेल। मात्र कुछ माओवादी नेताके स्वार्थके लागि भेल उ संगर्षमे हजारौ निर्दोषके जानगेल।

नेपालके इतिहासे माओवादी आन्दोलन काल एक डेराबेबाला सपना जइसन होगेल रहे। १७ हजार लोगके जान लेबेबाला इ आन्दोलन समुचानेपालीके ओतिघरी हृदयहीन बनादेले रहे। आशा करू, अब येहन संघर्षके पुनरावृति कहियो नहोइन। होएके भी नचाहिं।

गौर हत्यकाण्ड, मधेस आन्दोलन जइसन संघर्षमे भी बहुत आदमी जान गेल। जबकी ई आन्दोलनसब सब भी शान्तिके तरिकासे होए सक्तिइअ। मुदा नभेल। कहा नभेल? हत्या हिंसा हमनीके संस्कृति लेखा होगेल हए। हमनीसब छोटो से छोट समस्याके समाधान भी केवल हत्या हिंसासे खोजइछी। सामान्य से सामान्य विरोध कार्यक्रममे भी मारपिट सुरु होजाइए। यी सब करनाई अब बन्द कएला जरुरी। मारकाटसे कौन देशके राजनीतिक, सामाजिक, आर्थिक विकास नभेल हए। बर्षौसे चलरहल युद्ध आ गृहयुद्ध युक्रेन आ सिरियाके केहन बनादेलख, केहु छिपल नहए। अफ्रिकी देश यमन, गृहयुद्धके चल्ते बरबाद होगेल। उहँमा लोग खैलाबेगर मररहल हए। बहुत जगहमे अकाल परल हए।

सदा सर्वदा लडाइ झगडा से अलग रहके केवल अपन देश आ जनताके आर्थिक विकासमे ध्यान देबेबाला देश स्विट्जरलैण्ड देखु, केतना धनिक हए। उहाँके जनता केतना खुस हए। एकसय बरिषसे ज्यादा होगेल, स्विट्जरलैण्ड कौनो किसिमके लडाइ झगडामे सामेल नभेल हए। पहिलका, दोसरका विश्व युद्धमे स्विट्जरलैण्ड सामेल नरहे। कोनौ पक्षके पक्षधर नभेल। निष्पक्ष रहलख। जब दुनिया शीतयुद्धके समयमे दुई खेमा (अमेरिका आ रुस) मे बिभाजित भेल रहे तबहियो स्टिट्जरलैण्ड कौनो खेमामे नगले।

अब समय आगेल हए, देशके आर्थिक विकासमे जुटेके। देशके आर्थिक विकासके लागि सबसे पहिले हामनी सबके कथि छोडेके परि? कौनो समस्याके समाधान हत्या हिंसाद्वारा खोजेबाला प्रवृति छोडेक परी। हमनीसब ज्यादै हिंसक होगेल छी। माओवादी आन्दोन हमनीसबके बहुत हिंसक बनादेलख।

तनको बिलम्ब नकके अब हरेक समस्याके समाधान शान्तिपूर्ण तरिकासे खोजके परी। ओहन करनाई जरुरी हए। देशमे आर्थिक विकासके लागि शान्ति जरूरी हए। शान्ति होइ त विकास होइ। हजारौ नेपाली युवा रोजगारीके लागि खाडीके देशमे जाएबाला काम कम होइ। बन्द होइ।   

विश्वराज अधिकारी

akoutilya@gmail.com

Friday, August 18, 2023

Wednesday, September 20, 2023

Extreme Hopelessness in Our Country-Article-1

 चरम निरासा

नेपालमे अखुनी हमनीसब चरम निरासाके युगसे गुजर रहल छी। यी चरम निरास गरिबीके कारणसे उत्पन्न भेल नहए, उत्पन्न भेल हए इ देश (नेपाल) मे युवासवके भविष्य सुरक्षित नहए जइसन भावना, सोंच, आ विचारसे उत्पन्न भेल हए। अखुनी सामान्य शिक्षा प्राप्त, उच्च शिक्षा प्राप्त, दक्ष, अर्धदक्ष, उच्च दक्ष, सब किसिमके जनशक्ति नेपाल छोड रहल हए। हरेक दिन सयसे उपर युवासव विदेशतरफ प्रस्थान कररहल हए। नेपालके युवासबमे अखुनी सबसे ज्यादा निरासा हए। इ स्थिति देशके आर्थिक, सामाजिक विकासके लिए बहुत अहितकर हए। एहन नहोएके चाँहि।

एक हिसाबसे गरिबी ठीक हए मुदा चरम निरासाके स्थिति ठिक नहए। चरम निरास आदमीके भितर कमजोर बनादेइ छइ। व्यक्तिमे रहल सृजना शक्ति समाप्त करदेइ छइ। इहे कारणसे अखुन युवासब नेपालमे, अपन देश भितर अपन भविष्य सुरक्षित नदेखरहल हए।

अपन देश भितर नेपालमे ही कौनो नया रोजगारी, व्यापार आ उद्योग संचालन करेक मनस्थितिमे युवासब नहए। सिर्फ विदेशमा अपन भविष्य सुरक्षित देख रहल हए।

विदेशमे नेपाली युवाके भविष्य सुरक्षित हए, सुखी हए। यी धारणा समुचा सही नहए। आंसिक रुपमे सत्य हए। विदेशके बैठनाइ सहज नहए। काम करे, या पढे, केहन देशमे पहुँचली, उ देशके सामाजिक, राजनीतिक वातावरण केहन हए, ई सब बात पर निर्भर करइछइ विदेशका बैठनाई दु:खद हए या सुखद हए। एगो साधारण उदारण पेश करइ छी। नेपालमे प्लस टु कके वहुत विद्यार्थी (छात्रा आ छात्र) सब अखुनी अष्ट्रेलिया, क्यानाडा, अमेरिका लगायत वहुत देशसबमे पढे जारहल हए। अइसे जाएबाला विद्यार्थीसबमेसे बहुत कमके पता होइ, हम अन्दाज करइ छी, विदेशमे जाके अपन पढाइ खर्च, खनाइ, रहनाइ, लगायत अन्य सब खर्च विद्यार्थीके खुद कमाके तिरेके परइछ। कहके मतलब खुद कमाके पढु, रहु। उहाँके स्थानी सरकार पढेके खर्चा नदी। बहुतके मनमे इहए कि उहाँके स्थानीय सरकार वा कौनो दोसर श्रोत पढाइ आ रहनाइके खर्चा दी। एहन बिल्कुल नहए।

प्लस टु कके विदेश पहुँच रहल वहुत नेपाली विद्यार्थीके अखुनी नोकर कहु आ काम आसानीसे नमिल रहल हए। दोसरा ओर ओहन विद्यार्थीके अपन खर्च (पढाइ, खनाइ, रहनाइ) खुद उठाबेके बाध्यता हए।

इ ब्याप्त चरम निरासकाके स्थिति बहुत डराबना हए। येहन स्थितिमा लोग बहुत गलत निर्णय कर सकइए। अपन जान धनके नोक्सानी पहुँचा सकइए।

युवा सव! अपन देशके भितर अपन भविष्य केना सुरक्षित हो सकइए ऊ उपायसब सोंचु। नया नया उद्योग, व्यापार, रोजगारीके तरिकासब सोंचु। सिर्फ विदेस जनाइ हरेक समस्याके समाधान नहए। इ बात विद्यार्थीके अभिभावकसबक ध्यानमे आबेके चाहिं।

अखुनी चिरइके झुण्ड लेखा नेपाली युवासव विदेशके आकासमे जैसे उडरहल हए, केही उडेला व्याकुल हए, इ स्थिति ज्यादा मार्मिक हए। चिन्ताके विषय हए।

विश्वराज अधिकारी

akoutilya@gmail.com

Monday, August 14, 2023

 

Saturday, September 16, 2023

G20 Delhi Summit: Which Country Benefited? Article-423

 जी–२० को आर्थिक उपलब्धिः हात आयो शून्य

एउटा साझा बजार (युरोपियन युनियन) र उन्नाइस देशहरूको समूह, जी–२० को शिखर सम्मेलन हालै भारतको राजधानी दिल्लीमा सम्पन्न भएको छ। सेप्टेम्बर ९ देखि १० सम्म चलेको यो सम्मेलनले विश्व अर्थ व्यवस्थामा सुधारका लागि खास कुनै निर्णय नगरे पनि, उपलब्धिविहीन भए पनि, भारतको लागि, प्रधानमन्त्री नरेन्द्र मोदीको लागि भने निकै उपलब्धिपूर्ण भएको छ। तर त्यो ठूलो उपलब्धि आर्थिक क्षेत्रमा होइन, राजनीतिक क्षेत्रमा भएको छ।

यो सम्मेलनको माध्यमबाट भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्केतको रूपमा होइन, प्रस्टरूपमा तीन कुरा विश्व सामु सबैले सजिलै बुझ्नेगरी राखिदिएका छन्। ती तीन कुराहरू हुन् १.अहिलेसम्म लोकले बुझ्दै आएको इन्डिया बाहिरबाट यस देशमा थोपरिएको नाम हो। जसलाई इन्डिया भन्ने गरिन्छ त्यो यथार्थमा भारत हो । यो देशको नाम भारत हो, इन्डिया होइन। २.आर्थिकरूपमा बलियो हुँदै गएको भारत राजनीतिकरूपमा पनि बलियो हुँदै गएको छ र अब भारतले विश्व राजनीतिको नेतृत्व गर्ने क्षमता राख्दछ। ३.विश्वभरमा र खासगरी दक्षिण एशियामा बढिरहेको चीनको राजनीतिक प्रभाव–विस्तारमा अंकुश लगाउन अमेरिकाले भारतसँग साझेदारी गर्नैपर्छ, नगरी हुँदैन। नगर्नुको विकल्प नै छैन। अर्थात् भारत अमेरिकाको अति भरपर्दो साझेदार एवं सहयोगी हो। दक्षिण एशियामा अमेरिकाको लागि भरपर्दो एवं शक्तिशाली मित्र केवल भारत मात्र छ।

प्रम मोदीले जी–२० सम्मेलनको अवधिभर आफ्नो परिचयको अगाडि अर्थात आफ्नो देशको नाम प्लाकार्ड (परिचय लेखिने कार्ड) मा पश्चिमी देशहरूले बुझे अनुसार ‘इन्डिया’ लेखेका थिएनन्। प्लाकार्डमा आफ्नो देशको नाम भारत लेखेका थिए। र त्यसरी भारत लेख्नु संयोग भने थिएन। मोदीले योजनाबद्ध किसिमले भारत लेखेका थिए। मोदीले त्यसरी लेख्नुको अर्थ सबैलाई थाहा छ। त्यस्तो लेखेर मोदीले आफ्ना मतदाताहरूलाई खुशी पार्न चाहेका हुन्। यो कुरा जगजाहेर छ।  

प्रस्ट त होइन, तर साङ्केतिकरूपमा प्रम मोदीले चौथो कुरा पनि भनेका छन्। यो चौथो कुरा उनले इन्डियनलाई होइन ‘भारतवासी’लाई भनेका छन्। के भनेका छन् भने भारतको चौतर्फी विकास गर्ने क्षमता केवल ममा छ। अर्थात् वर्तमान भारतीय राजनीतिमा मेरो विकल्प छैन। मैले भारतको नेतृत्व राजनीतिक दाउपेंचले होइन आफ्नो विकासवादी–प्रकृतिले गर्दा गरेको हो। ममा अद्वितीय नेतृत्व क्षमता छ। भारतको आर्थिक विकास र हिन्दुत्वको रक्षा एवं विस्तार केवल मबाट हुन्छ। अन्य राजनीतिक दल र तिनका नेताहरूबाट हुँदैन। मैले जो गरें त्यो अहिलेसम्म कसैले पनि गर्न सकेको छैन। भारतीय काङ्ग्रेसले त झनै गर्न सकेन।

निष्कर्षमा भन्ने हो भने दिल्लीमा सम्पन्न जी–२० सम्मेलन भारतको लगि र मुख्यगरी प्रम मोदीको लागि अति नै फाइदाजनक रह्यो। जी–२० एउटा आर्थिक सङ्कठन भए तापनि यसको दिल्ली बैठकले प्रम मोदीलाई राजनीतिक फाइदा दिलाएको छ। आर्थिकरूपमा भने दिल्ली सम्मेलन हात आयो शून्य भएको छ।

अर्जेन्टिना, अस्ट्रेलिया, ब्रजील, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य, संरा अमेरिका तथा युरोपियन युनियन समाविष्ट जी–२० समूहको उद्देश्य भने आर्थिक हो। पर्दा पछाडि उद्देश्य पृथक भए तापनि पर्दा अगाडिको उद्देश्य आर्थिक नै हो। विश्वका ठूला अर्थतन्त्र (राष्ट्र) हरू विश्व अर्थ व्यवस्थाको विकास र सुधारका लागि साझा सहमति खोजी गर्ने थलो हो। एक आपसमा मिलेर कार्य गर्ने ठाउँ हो।

सन् १९७३ मा जी–७ (समूह) को स्थापना हुँदा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संरा अमेरिका मात्र यस समूहका सदस्य थिए। र त्यस बेलाको विश्व अर्थ व्यवस्था पृथक थियो। चीन, भारतजस्ता नयाँ ठूला अर्थ व्यवस्थाहरूको उदय भएको थिएन।

जुन किसिमाबाट नयाँनयाँ आर्थिक महाशक्ति (ठूला अर्थ व्यवस्था) हरूको उदय भइरहेको छ सोही अनुरूप यस समूहभित्र नयाँनयाँ राष्ट्रहरू प्रवेश गर्ने क्रम जारी छ, चीन र भारतले प्रवेश गरेझैं। हालै सम्पन्न दिल्ली सम्मेलनले ५५ राष्ट्र सदस्य भएको ‘अफ्रिकन युनियन’ लाई स्थायी सदस्यको रूपमा जी–२० मा समावेश गरेको छ।  

यो सम्मेलनबाट रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि फाइदा भएको छ। र उनले अपेक्षा गरेभन्दा बढी फाइदा भएको छ। कसरी? दिल्ली सम्मेलनमा पुटिनले युक्रेनमाथि गरेको सैनिक कारबाईको विशेष चर्चा, निन्दा भएन। यो सम्मेलनले पुटिनको यो कार्यको चर्को विरोध पनि गरेन। यो सम्मेलन पुटिनको लागि पनि फाइदाजनक देखिएको छ तर केवल राजनीतिकरूपमा। आर्थिकरूपमा रूसको लागि पनि यो सम्मेलन, हात लाग्यो शून्य भएको छ।

दिल्ली सम्मेलनमा जी–२० का राष्ट्रहरूले विश्व अर्थ व्यवस्थमा सुधार ल्याउनका लागि अनेक विषयमा निर्णय गर्नुपर्ने थियो। अनेक समस्या समाधानमा साझा सहमति र प्रतिबद्धता जाहेर गर्नुपर्ने थियो। तर त्यस्तो हुन सकेन। ‘क्लिन इनर्जी’ उत्पादनमा जोडदिने, ‘फोसिल फ्युल’ को उत्पादन र प्रयोग कम गर्ने र ‘कार्बन इमिशन’ को मात्रा कम पार्ने विषयमा यस सम्मेलनमा कुनै ठोस निर्णय हुन सकेन। निर्णय मात्र होइन, यी विषयहरूले महŒवसम्म पाएनन्।

यसैगरी दिन प्रतिदिन ह्रास भइरहेको विश्व– वातावरणको रक्षा कसरी गर्ने? बढ्दो विश्व–तापक्रम कसरी घटाउने? धनी देशहरूले गरेका औद्योगिक विसर्जनबाट आर्थिक अवस्था कुप्रभावित हुन पुगेका गरीब राष्ट्रहरूलाई कसरी सहयोग गर्ने? यस्ता गम्भीर विषयमा भने खासै ठोस निर्णय हुन सकेन।

जी–२० ले भविष्यमा गर्ने कार्य कस्तो हुनेछ?

भारत–चीन, रूस–अमेरिकाजस्ता एक अर्कासँग मुख फर्काएर बसेका राष्ट्रहरू यस समूहका सदस्य भएसम्म यो समूहले आर्थिक क्षेत्रमा कुनै ठोस र सर्वपक्षीय फलदायी कार्य गर्ने सम्भावना देखिंदैन। आर्थिक क्षेत्रमा सबै सदस्य राष्ट्रहरूको समान धारणा भएर युरोपियन युनियनलाई काम गर्न सजिलो भएझै जी–२० लाई कार्य गर्न सजिलो हुने अनुकूल स्थिति पटक्कै छैन। भारत र चीनको तथा अमेरिका र रूसको सम्बन्ध सुमधुर भएर विश्व व्यापारमा सकारात्मक असर पर्ने देखिंदैन। कल्पना गरौं, रूस र अमेरिकाले आपसी समन्ध सुमधुर नपारेर सामान्य मात्र पारे तापनि वा शत्रुतामा कमी ल्याए तापनि भारत र चीनको शत्रुतापूर्ण व्यवहारमा कमी आउने सङ्केतसम्म पनि देखिंदैन। चीन र भारत एक अर्काको स्थायी शत्रुको रूपमा स्थापित छन्। यी दुई राष्ट्रबीच सम्बन्ध सुमधुर हुने धरातल अति नै कम छ बरु शत्रुतापूर्ण हुने धरातल भने निकै फराकिलो छ। यी दुई देशबीचको सीमा विवादले यी दुई राष्ट्रहरूलाई मित्र हुन दिने छैन। आउने दशकौंसम्म यी दुई देशबीच मित्रवत् व्यवहारको सम्भावना देखिंदैन।

सार्क (South Asian Association for Regional Cooperation–SAARC) निष्क्रियझैं भएको र यसले आर्थिक क्षेत्रमा उपलब्धिमूलक कार्य गर्न नसकेको कारण पनि चीन र भारत सम्बन्ध नै हो। चीन सार्कको सदस्य नभए पनि भारतसँग शत्रुतापूर्ण व्यवहार रहेको चीनको सम्बन्ध सार्कका प्रभावशाली सदस्य पाकिस्तानसँग ज्यादै सुमधुर छ, जुन कुरा भारतलाई पचेको छैन। अर्को शब्दमा भन्ने हो भने भारतको अति प्रभावले गर्दा सार्कले केही पनि आर्थिक उपलब्धि हासिल गर्न सकेको छैन। सार्कमा भारतको वर्चस्व रहेसम्म सार्कले आर्थिक क्षेत्रमा कुनै पनि महŒवपूर्ण कार्य गर्न सक्ने देखिंदैन।

जी–२० को भविष्य कस्तो हुनेछ?

जी–२० समूह केवल पिकनिक गर्ने अवसर वा थलो मात्र हुन पुगेको छ र भविष्यमा पनि त्यस्तै रहिरहने छ। भविष्यमा कुनै परिवर्तन हुने छाँटसम्म पनि छैन। जी–२० ले पनि सार्कको नियति बेहोर्नुपर्ने देखिन्छ। हालको समयले त्यही कुरा भन्दैछ। आफ्नो अस्तित्वलाई निरन्तरता दिन सफल भए पनि आर्थिक क्षेत्रमा चमत्कारी काम गर्न सक्ने क्षमता जी–२० मा रहेको देखिंदैन।

पछि जी–२० समूहको भविष्य जस्तो होस्, अहिलेको लागि भने यो समूहको दिल्ली सम्मेलनले मोदीलाई फाइदैफाइदा दिएको छ। मोदीलाई दुवै हातमा लड्डु भएको स्थितिमा पु¥याएको छ। यो सम्मेलनले मोदीको लागि, अमेरिकी राष्ट्रपति भारत आउने स्थिति सृजना गरिदिएको छ भने आगामी चुनावमा मोदीको विपक्षमा आउने प्रमको दाबेदार मोदीभन्दा निकै कमजोर हुने अवसर खडा गरिदिएको छ। अर्को चुनावमा मोदी विजयी हुने, पुनः प्रम हुने पक्का हुँदै गएको छ।  

तर बाँकी विश्वका लागि दिल्ली सम्मेलन उपलब्धिहीन भएको छ। वातावरणीय ¥हास रोक्ने र फोसल फ्युलको प्रयोग घटाउनेबारे ठोस निर्णय होला भन्ने जन–अपेक्षा भने यो सम्मेलनले पूरा गर्न सकेन।  ‘गयौं, हात मिलायौं, खायौं–पियौं, आआफ्नो बाट लाग्यौं’ जी–२० को दिल्ली सम्मेलन यस्तै भएको छ। 

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, September 15, 2023

https://eprateekdaily.com/2023/09/14/56518/