Wednesday, December 24, 2014

Geeta Chapter 2

भागवत गीता अध्याय २

सञ्जय उवाच
तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदन:।।१।।
(सञ्जयले भने: मधुसूदनले दु:खमा डुबेका अर्जुन, जसका आँखाहरु दयाले अभिभूत भएर आंशुले भरिएक थिए, को अवस्थामा यी शब्दहरु भन्नु भयो।)  

श्रीभगवानुवाच
कुतस्त्वा कश्मलमिदं विषमे सपुपस्थितम्।
अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन।।२।।
(भगवान श्री कृष्णबाट आज्ञा भयो: हे प्रिय अर्जुन, यो संकटको समयमा तिमी भित्र यी दोषहरु कसरी आए? जीवनको मूल्य बुझ्ने व्यक्तिको लागि यो पटक्कै सुहाउँदो छैन्। यी दोषहरुले स्वर्ग तिर नलगेर कुख्याति मात्र दिने छन्।)  

क्लैब्यं मा स्म गम: पार्थ नैतत्त्वय्युपपध्यते।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप।।३।।
(हे पार्थ, यस्तो नामर्द न होउ। यो तिमीलाई सुहाउँदो छैन्। हे सत्रुहरुका दण्डक, हृदयको यो क्षुद्र कमजोरीलाई त्यागेर उठ।) 

कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन।
इषुभि: प्रतियोत्स्यामि पूजार्हावरिसूदन।।४।।
(अर्जुनले भने, हे सत्रुका विनाशकर्ता, भिष्म र द्रोण जस्ता आदरयोग्यहरुलाई म कसरी युद्धमा बाणहरुले प्रत्याक्रमण गर्न सकौंला।)

गुरुनहत्वा हि महानुभावान्
श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके।
हत्वार्थकामांस्तु गुरुनिहैव
भुञ्जीय भोगान् रुधिरप्रदिग्धान्।।५।।
(हाम्रा गुरु र महानुभावहरुको हत्या नगरेर बरु यो संसारमा भिक्षा मागेर बाँच्नु राम्रो हो। यदि गुरुहरुको हत्या गरिएमा सम्पत्ति र सुख दिने वस्तुहरु, जसले आनन्द दिन्छन्, रगतले भिजिएका हुने छन्।) 

न चैतद् विद्म: कतरन्नो गरीयो
यद्वा जयेम यदि वा नो जयेयु:।
यानेव हत्वा न जिजीविषामस्
तेSवस्थिता: प्रमुखे धार्तराष्ट्रा:।।६।।
(तिनीहरु माथि विजय प्राप्त गर्नु वा तिनीहरुले हामी माथि विजय प्राप्त गर्नु मध्ये कुन चाहिं राम्रो हो हामीलाई थाहा छैन। धृतराष्ट्रका छोराहरु, जसलाई मारेर हामी बाच्न चाँहदैनौ, हाम्रो अगाडि रणभूमिमा जम्म भएका छन्।)


कार्पण्यदोषोपहतस्वभाव:
पृच्छामि त्वां धर्मसम्मूढचेता:।
यच्छ्रेय: स्यान्निश्र्चितं ब्रूहि तन्मे
शिष्यस्तेSहं शाधि मां त्वां प्रपन्नम्।।७।।
(अहिले मेरा स्वभाविक गुणहरु मेरा कमजोरी र शंकाहरुद्वारा खोसिएका छन। के सही हो भनी बिचार गर्ने मेरो विवेक भ्रमित छ। यस्तो समयमा म हजूरलाई बिन्ति गर्न चाहन्छु मेरो लागि अति उत्तम के होला। म हजूरमा समर्पित हजूरको शिष्यलाई कृपया मार्ग दर्शन गराउनु होस।)   

न हि प्रपश्यामी ममापनुद्याद्
यच्छोकमुच्छोषणमिन्द्रियाणाम्।
अवाप्य भूमावसपत्नमृध्दं
राज्यं सुराणामपि चाधिपत्यम्।।८।।
(यहाँसम्म कि धनी र प्रतिस्पर्धी नभएको राज्य पाएत पनि, देवताहरु झै सारभौम सत्ता सम्पन्न भएता पनि, मेरो चेतनालाई सून्य पारि दिने यो शोक समाप्त पार्ने म कुनै बाटो देखि रहेको छैन्। )

सञ्जय उवाच
एवमुक्त्वा हृषीकेशं गुडाकेश: परन्तप:।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह।।९।।
(सञ्जयले भने: भगवान श्री कृष्णलाई यो कुरा बिन्ति गरेर शत्रुहरु क्षय गर्ने अर्जुनले भने हे गोविन्द, म युद्ध गर्दिन। यो भनेर अर्जुन मौन भए।

तमुवाच ह्रषीकेश: प्रहसन्निव भारत
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वच:।।१०।।
(हे भरतका वंशज, तत् पश्चात दुबै सेनाहरुका मध्यमा रहनु भएका भगवान श्री कृष्ण, जो हाँसे झै देखिनु भएको थिय, ले दु:खित अर्जुनलाई यी शब्दहरु भन्नु भयो)

श्रीभगवानुवाच
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्र्च भाषसे।
गतासूनगतासूंश्र्च नानुशोचन्ति पण्डिता:।।११।।
(भगवान श्री कृष्णबाट आज्ञा भयो, तिमी जो शोक गर्न योग्य छैनन् तिनीहरुको लागि मृत्यु-शोक गरिरहेका छौ र एक ज्ञानी झै कुरा पनि गरिरहेका छौ। ज्ञानीहरुले न त जीवित न त मृतको लागि शोक गर्छन्।)

न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा:।
न चैव न भविष्याम: सर्वे वयमत: परम्।।१२।।
(निश्चय पनि मेरो अस्तित्व नभएको त्यस्तो कुनै समय थिएन। न त तिम्रो न त राजाहरुको  अस्तित्व नभएको समय थियो। न त भविष्यमा हामी मध्ये कोही अस्तित्व समाप्त हुनेछ।)

देहिनोSस्मिन् यथा देहे कौमारं यौवनं जरा।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति।।१३।।
(जसरी भौतिक शरीरमा बालपना, युवा र बृद्धा अवश्थाको परिक्रिया आउँछ एउटा शरीर अर्को शरीरमा परिवर्तित हुन्छ। यसमा ज्ञानीहरु भ्रमित हुँदैनन्।)

मात्रस्पर्शास्तु कौन्तेय शोतोष्णसुखदु:खदा:।
आगमापायिनोSनित्यास्तांस्तितिक्षस्व भारत।।१४।।
(हे कुन्तीपुत्र, चेतनाहरुको अन्तरक्रिया र चेतन अंगहरुले मात्र सितल, ताप, आनन्द र पीडाको अनुभूति दिन्छन्। यी कुराहरु अस्थाइ हुन। यी देखा पर्ने र हराउने हुनाले, भारत, यिनलाई सहन गर्ने प्रयास गरे।)

यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ।
समदु:खसुखं धीरं सोSमृतत्वाय कल्पते।।१५।।
(हे नरश्रेष्ठ, जो व्यक्ति सुख र दु:खबाट विचलित हुँदैन, यी दुबै अवस्थाहरुमा स्थिर हुन्छ, ले निश्चय पनि मोक्ष प्राप्त गर्छ।)

नासतो विद्यते भावो नाभावो विद्यते सत:।
उभयोरपि दृष्टोSन्तस्त्वनययोस्तत्त्वदर्शिभि:।।१६।।
(पदार्थ जुन नाशवान छ अमर छैन, आत्मा जुन नाशवान छैन अमर छ भन्ने यी दुवै विषयहरुको अन्तरलाई तत्वदर्शीहरुले अध्ययनद्वारा बुझेका छन्।)
अविनाशि तु तद्विद्विय येन सर्वमिंद ततम्।
विनाशमव्ययस्यास्य न कश्र्चित् कर्तुमर्हति।।१७।।
(तर यो ज्ञान हुन पर्दछ कि जे कुरा यो सम्पूर्ण शरीरभरि व्याप्त छ तो नाशवान छैन। कसैले पनि अमर आत्मालाई नाश पार्न सक्छ।)


अन्तवन्त इमे देहा नित्यस्ययोक्ता: शरीरिण:।
अनाशिनोSप्रमेयस्य तस्माद् युध्यस्व भारत।।१८।।
(हे अर्जुन युद्ध गर किनभने शरीरको आकार भित्र रहेको आत्माको आयु  नित्य छ,  अन्तहीन छ, अनाशवान छ। यथार्थमा, पदार्थहरुद्वारा निर्मित यो शरीर मात्र नाशवान हो।)

य एनं वेत्ति हन्तारं यश्र्चैनं मन्यते हतम्।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते।।१९।।
(कुनै व्यक्ति जसले यो सोंच्छ कि आत्मा हत्यारा हो र कुनै व्यक्ति जसले यो सोंच्छ कि आत्मा मारियो, यसरी सोंच्ने दुबै थरि अज्ञानी हुन। आत्म न कहिले मर्छ र न मरिन सक्छ।)  

न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूय:।
अजो नित्य: शाश्र्वतोSयं पुराणो
न हन्यते हन्यमाने शरीरे।।२०।।
(यो जीव आत्माले कहिले पनि जन्म लिन्दैन र कुनै पनि समयमा मर्दैन पनि। जब शरीको रचना हुन्छ तब पनि यो आउँदैन। यो आत्मा अजन्मा छ, नित्य छ, अनाशवान छ र समयको घेराभन्दा बाहिर छ। शरीर नाश हुँदा यो कहिले पनि नाश हुँदैन।)

वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्।
कथं स पुरुष: पार्थ कं घातयति हन्ति कम्।।२१।।
(हे पार्थ, जो व्यक्तिलाई यो ज्ञान छ कि यो आत्मा नित्य छ, अजन्मा छ, खिइएर समाप्त हुने होइन र यो अनाशवान छ ऊ कसरी कसैको मृत्युको कारण बन्छ सक्छ र उसले कसको हत्या गर्न सक्छ?)

वासांसि जीर्णानि यथा वाहय नवानि गृह्णाति नरोSपराणि।
तथा शरीराणि विहाय जिर्णान्य न्यानि संयति नवानि देही।।२२।।
(जुन प्रकारले एक मनुष्यले आफूले लगाएको पुरानो लुगा परित्याग गरेर अर्को नया लुगा लगाउँछ त्यसै प्रकारले आत्माले आफू रहेको पुरानो शरीरलाई परित्याग गरेर नया शरीर प्राप्त गर्दछ।)

नैनं छिन्दन्ति शस्त्राणि नैंन दहति पावक:।
न चैन क्लेदयन्त्यायो न शोषयति मारुत:।।२३।।
(यो आत्मालाई शस्त्रहरुद्वारा टुक्रा पार्न सकिंदैन। अग्नीले यो आत्मालाई जलाउन सक्दैन। यो आत्मालाई पानीले भिजाउन सक्तैन, हावाले सुकाउन सक्तैन।)

अच्छेद्योSयमदाह्योSयमक्लेद्योSशोष्य एव च।
नित्य: सर्वगत: स्थाणुरचलोSयं सनातन:।।२४।।
(यो आत्मालाई बलद्वारा नष्ट पार्न आगोले डढाउन पानीमा घोल्न र हावाले सुकाउन सकिंदैन। यो कहिले नमर्ने, सबै ठाउँमा समान किसिमले व्याप्त, परिवर्तन गर्न नसकिने, अचल र सदा समान छ।)

अव्यक्तोSयमचिनत्योSयमविकार्योSयमुच्यते।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हासि।।२५।।
(यो प्रष्ट छ कि यो आत्मा अगोचर, जान्न नसकिने, अडिग छ। त्यसकारण यो आत्मालाई यो किसिमले जानेर तिमीले शोक गर्नु उपयुक्त छैन।) 

अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम्।
तथापि त्वं महाबाहो नैनं शोचितुमर्हसि।।२६।।
(हे महाशक्ति अस्त्रधारी, यदि तिमी यो सोंच्छौ कि यो आत्माले संधै नै जन्म लिन्छ वा सोंच्छौ यो आत्माले मर्नु पर्छ नै, भने पनि तिमीले शोक मान्नु पर्दैन।)

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतास्य च।
तस्मादपरिहार्येSर्थे न त्वं शोचितुमर्हसि।।२७।।
(त्यो जसले जन्म लिएको छ उसको मृत्यु निश्चित छ र त्यो जसको मृत्यु भएको छ उसको जन्म निश्चित छ। त्यसकारण जसरी पनि घट्ने घटनाका लागि तिमीले शोक गर्नु पर्दैन।)

अव्यक्तादिनि भूतानि व्यक्तमध्यानि भारत।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना।। २८।।
(हे भारत, प्रत्येक रचना गरिएका जीवधारी उनीहरुको प्रारम्भमा नदेखिने हुन्छ। अन्तरिम  अवस्थामा देखिने हुन्छ। मृत्यु भए पछि फेरि नदेखिने हुन्छ। तसर्थ शोकाकूल हुने अवस्था कसरी भयो?) 

आश्र्चर्यवत् पश्यति कश्र्चिदेनम्
आश्र्चर्यवद् वदति तथैव चान्य:।
आश्र्चर्यवच्चैनमन्य: शृणोति
श्रुत्वाप्येनं वेद न चैव कश्र्चित्।।२९।।
(केहीले यो आत्मालाई आश्चर्यजनक रुपमा हेर्दछन्। केहिले यो आश्चर्यजनक हो भनी बयान गर्छन्। यसै गरी अन्य केहीले आत्मालाई आश्चर्यजनक रुपमा सुन्दछन्। र केहीले यहाँसम्म कि आत्मालाई सुनेर पनि यो के भनी थाहा पाउँदैनन्।)
देही नित्यमवध्योSयं देहे सर्वस्य भारत।
तस्मात् सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि।।३०।।
(हे अर्जुन, प्रत्येक जीवको शरीर भित्र रहेको कहिले नाश न हुने यो आत्मा अमर छ। त्यसकारण   तिमीले कुनै जीवको लागि शोक गर्नु पर्दैन।)

स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि।
धर्म्याद्धि युद्धाच्छ्रेयोSन्यत् क्षत्रियस्य न विद्यते।।३१।।
(यझै, तिमीले आफ्नो क्षत्रीको धर्मलाई बुझेर विचलित हुन आवश्यक छैन्। यथार्थमा, न्यायको सम्मान गर्नेहरुको लागि धर्मका लागि युद्धको प्रयत्न गर्नु भन्दा अर्को अशल कार्य हुन सक्तैन।)

यदृच्छ्या चोपपन्नं स्वर्गद्वारमपावृतम्।
सुखिन: क्षत्रिया: पार्थ लभन्ते युद्धमीदृशम्।।३२।।
(हे पार्थ, ती क्षत्रीहरु खुसी हुन जसले यस्ता युद्धका औसरहरु खोजि नगरेर प्राप्त गर्छन र उनीहरुकै लागि स्वर्गका द्वाराहरु खुला हुन्छन्।)
अथ चेत्त्वमिमं धर्म्यं संग्रामं न करिष्यसि।
तत: स्वधर्मं किर्तिं च हित्वा पापमवाप्स्यसि।३३।।
(कसैगरी यदि, तिमीले धर्म युद्ध गर्ने आफ्नो आध्यात्मिक कर्त्यव्य निर्वाह गर्दैनौ भने तिमी निश्चय पनि यो कर्तव्य निर्वाह नगरेकोमा पापको भागेदार हुनेछौ र यसरी तिमीले एक योद्धाको ख्याति समेत पनि गुमाउने छौ।)

अकिर्तिS चपि भूतान कथयिष्यन्ति तSव्ययाम्।
सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते।।३४।।
(सवैकाल प्रत्येक व्यक्तिले तिम्रो बदनामीको कुरा गर्नेछन् पनि। मर्यादित व्यक्तिहरुका लागि बदनामी मृत्य भन्दा खराब हुन्छ।)

भयाद् रणादुपरतं मंस्यन्ते त्वां महारथा:।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम्।।३५।।
(महारथीहरु, जसले तिमी र तिम्रो प्रसिद्धिलाई लाई अति सम्मान गर्छन, ले भयका कारण तिमी युद्धभूमिबाट हटेको ठान्ने छन र जसलाई तिमीले अति आदर प्रदान गरेका छौ उनीहरुको अपमान हुनेछ।)

अवाच्यवादांश्र्च बहून् वदिष्यन्ति तवाहिता:।
निन्दन्तस्तव सामर्थ्यं ततो दु:खतरं नु किम्।।३६।।
(तिम्रो सत्रुहरुले तिम्रो पराक्रमको अवमूल्यन गर्दै क्षुत्र र बदानीयुक्त कुराहरु गर्नेछन्। अहो! यो भन्दा दर्दनाक अरु के हुनेछ?)

हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्र्चय:।।३७।।
(हे कुन्तीपुत्र, युत्रभूमिमा मारिएमा तिमीले स्वर्ग प्राप्त गर्नेछौ अथवा विजयी भएमा पृथ्वीको आनन्द प्राप्त गर्नेछौ। त्यसकारण निश्चयका साथ उठ र युद्ध गर।)         

सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।३८।।
(खुसी र दु:ख, लाभ र हानी, विजय र पराजयमा समस्थिति भएर युद्धका लागि तयार हौ। यस्तो गरेमा तिमी पापको भागेदार हुनेछैनौ।

एषा नेSभिहिता सांख्ये बुद्धिर्योगे त्विमां शृणु।
बुद्धया युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि।।३९।।
(हे पर्थका पुत्र, मैले तिमीलाई यो आत्माको यो प्रकृतिको बारेमा तिमीलाई आध्यात्मिक ज्ञान वर्णनन् गरे। अब यो आध्यात्मिक ज्ञानलाई बौद्धिक ज्ञानमा सुन। यो ज्ञानलाई बुझेर तिमी कर्मको बन्धनलाई नाश गर्न सक्ने छौ।)

नेहाभिक्रमनाशोSस्ति प्रत्यवायो न विद्यते।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात्।।४०।।
(यो कर्म गर्नाले कुनै क्षति हुने छैन, ह्रास पनि आउने छैन र यस पथमा अलिकति पनि अगाडि बढ्दा कोही व्यक्ति घातक किसिमको भयबाट जोगिन सक्छ।)


व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन।
बहुशाखा ह्यनन्ताश्र्च बुद्धयोSव्यवसायिनाम्।।४१।।
(ती जो यस पथमा लागेका हुन्छन् आफ्नो उद्देश्यमा दृढ हुन्छन् र उनीहरुको उद्देश्य पनि एउटै हुन्छ। हे कुरुनन्दन, दृढ निश्चय नभएकाहरुको ज्ञान भने विभिन्न शाखाहरुमा बाँडिएको हुन्छ।)

यामिमां पुष्पितां वाचं प्रवदनत्यविपश्र्चित:।
वेदवादरता: पार्थ न्यान्यदस्तीति वादिन:।।४२।।

कामात्मान: स्वर्गपरा जन्मकर्मफलाप्रदाम्।
क्रियाविशेषबहुलां भोगैश्र्चर्यगतिं प्रति।।४३।।
(४२-४३- हे पार्थ, अल्प ज्ञान भएका व्यक्तिहरु वेदका अतियोक्ति बयानतर्फ आकर्षित हुन्छन् जुन बयानले स्वर्गका बारेमा अति वर्णनन् गरेर  स्वर्गलाई राम्रो जन्म, शक्ति आदि आदि संग जोड्दछ। ती अल्प ज्ञानीहरु बुद्धिको श्रेष्ठता र भव्य जीवनको इच्छुक भइ स्वर्गलाई यो भन्दा बढी मान्दैनन्।)                                                                                

भोगैश्र्चर्यप्रसक्तानां तयापहृतचेतसाम्।
व्यवसायित्मिका बुद्धि: समाधौ न विधीयते।।४४।।
(जो भोग  र समृद्धिमा ज्यादै लिप्त छन् र जो यी कुराहरुबाट भ्रमित छन्, चित्त हरियाएका यस्ताहरुको ‍इश्वर प्रतिको समाधिमा निश्चय पनि वृद्धि हुँदैन।

त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन।
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान्।।४५।।
(हे अर्जुन, वैदिक शास्त्रहरुले पदार्थका प्रकृतिका तीन किसिमहरुको बारेमा बयान गर्दछन्। तिमी यी तीन किसिमहरु भन्दा सर्वश्रेष्ठ होउ। प्राप्ति र सुरक्षाका लागि तिमी सबै द्वैतबाद र चिंताहरुबाट मुक्त भएर आफूमा स्थिर होउ।)

यावानर्थ उदपाने सर्वत: सम्प्लुतोदके।
तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानत:।।४६।।
(जसरी एक तालको पानीमा  पाइने सम्पूर्ण गुणहरु एक कुँआको पानीमा पाउन सकिन्छ त्यसरी नै एक ब्रह्म सत्यको ज्ञातमा वैदिक शास्त्रका सम्पूर्ण उद्देश्यहरु पाउन सकिन्छ।)

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर् मा ते संगोSस्त्वकर्मणि।।४७।।
(तिमीलाई सम्पादन गर्न दिइएका कार्यहरु गर्नु निश्चय पनि तिम्रो अधिकार हो तर ती कार्यहरु गरेपछि यी उपल्धीहरु पाउँछु भनि सोंच्न पाउनु तिम्रो अधिकार क्षेत्र भित्र पर्दैन। ती कार्यका परिणामहरुबाट तिमी प्रेरित पनि हुनु हुँदैन। तिमीलाई सम्पादन गर्न दिइएको कार्यहरु गर्दिन भन्ने पट्टि पनि तिम्रो लगाव हुनु हुँदैन।)  

योगस्थ: कुरु कर्माणि संगं त्यक्त्वा धनञ्जय।
सिद्धयसिद्ध्यो: समो भूत्वा समत्वं योग उच्यते।।४८।।
(हे अर्जुन, सफलता वा असफलता प्रतिको चाहनालाई त्यागेर समस्थितिमा आफ्नो जिम्मेबारी पूरा गर। यस्तो स्वयं धैर्यतालाई योग भन्ने गरिन्छ।


दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय।
बुद्धौ शरणमन्विच्छ कृपणा: फलहेतव:।।४९।।
(हे धनञ्जय, धार्मिक क्रियाहरुद्वारा सबै घृणित कार्यहरुलाई धेरै पर राख र त्येही चेतनामा रहेर इश्वरमा समर्पित होउ।)

बुद्धियुक्तो जहातीह उभै सुकृतदुष्कृते।
तस्माद् योगाय युज्यस्व योग: कर्मसु कौशलम्।५०।।
(त्यो व्यक्ति, जो आध्यात्मिक ज्ञानहरुले युक्त छ, ले यो जीवनका अशल र खराब प्रतिक्रियाहरुबाट मुक्ति पाउन सक्छ। त्यसकारण योगको प्रयास गर। योग प्रत्येक कार्यको कला हो।)

कर्मजं वुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिण:।
जन्मबन्धविनिर्मुक्ता: पदं गच्छन्त्यनामयम्।।५१।।
(यसरी इश्वर प्रतिको आध्यात्मक सेवाहरुमा लागेर महात्मा वा भक्तहरु यो भौतिक संसारमा गरिएको कार्यको परिणामहरु बाट मुक्त हुन्छन्। यसरी उनीहरु जन्म र मृत्युको यो चक्रबाट मुक्त हुन्छन्। अनेक दु:खहरुबाट पर रहेको स्थानमा पुग्छन, इस्वरमा लीन हुन्छन्।

यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च।।५२।।
(जब तिम्रो आध्यात्मिक ज्ञान भ्रमको घना जंगलबाट बाहिर आउँछ तब तिमी सुनिएका ती सबै र अब उप्रान्त सुनिने सबै कुराहरुका लागि तटस्थ हुनेछौ)

श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि।।५३।।
(जब तिम्रो बुदधि वेद वाक्यका अतिशयोक्तिबाट मुक्त भइ समाधिबुद्धिमा स्थिर हुनेछ त्यस बखत तिमीले दिव्य चेतना प्राप्त गेको हुनेछौ।)

अर्जुन उवाच
स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव।
स्थितधी: किं प्रभाषेत किमासीत व्रजेत किम्।।५४।।
अर्जुनले भने,
(हे केशव, ज्ञानमा श्रेष्ठता हासिल गर्नेमा के के लक्षणहरु देखिन्छन्? मलाई भन्नुहोस। ज्ञानमा श्रेष्ठता हासिल गर्नेले कसरी बोल्छ र कुन भाषामा सम्वाद गर्छ? उसको बसाइ र हिंडाइ कस्तो हुन्छ?)

श्रीभगवानुवाच
प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान्।
आत्मन्येवात्मना तुष्ट: स्थितप्रज्ञस्तदोच्यते।।५५।।
भगवान श्री कृष्णबाट आज्ञा हुन्छ,
(हे पार्थ, जब कुनै मनुष्यले चेतनाको श्रेष्ठताका लागि सबै प्रकारका ती मोहहरु परित्याय गर्दछ जुन अवास्तबिक र कल्पनाबाट उत्पन्न भएको हुन्छ र यस्तो गरेर उसले जब आफ्नो बुद्धिको सुद्धिकरण गर्दछ र केवल आफूमा नै सन्तुष्ट रहन सक्छ तब त्यो व्यक्ति स्थितप्रज्ञ भनिन्छ। उसले ज्ञानको पूर्णता प्राप्त गरेको मानिन्छ।)

दु:खेष्वनुद्विग्नमना: सुखेषु विगतस्पुह:।
वीतरागभयक्रोध: स्थिधीर्मुनिरुच्यते।।५६।।
(दु:ख र पीडामा जसको मन विचलित हुँदैन, खुसी प्राप्तिमा उत्तेजित हुँदैन र मोह, भय तथा क्रोधबाट मुक्त छ त्यो व्यक्ति स्थितप्रज्ञ मुनी हो। उसले ज्ञानको सर्वश्रेष्ठता प्राप्त गरेको हुन्छ।)

य: सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम्
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता।।५७।।
(यो भौतिक जगतमा जो व्यक्ति आफ्नो कुनै पनि प्राप्तिको अशल वा खराब स्थितिबाट प्रभावित हुँदैन र प्राप्तिको अशल वा खराब स्थितिको प्रशंसा वा घृणा गर्दैन भने ऊ स्थितप्रज्ञ हो।)

यदा संहरते चायं कूर्मोंSगानीव सर्वश:।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।५८।।
(यदि कुनै व्यक्ति आफ्ना इन्द्रियहरुबाट उत्पन्न हुने दूरगुणहरुलाई कछुवाले आफ्ना शरीरका अंगहरुलाई खुम्च्याएर खोलमा राख्न सके झै नियन्त्रण भित्र राख्न योग्य छ भने त्यो व्यक्ति स्थितप्रज्ञ हो।)

विषया विनिवर्तन्ते निराहारस्य देहिन:।
रसवर्जं रसोSप्यस्य परं दृष्ट्वा निवर्तते।।५९।।
निराहारी पुरुषहरुका विषय (चाहना) हरु समाप्त भएता पनि ती विषयहरुको लालसा छुटेको हुँदैन तर इश्वरको दर्शनबाट त्यो चाहना पनि छुटेर जान्छ। इश्वरको दर्शन प्राप्त स्थितप्रज्ञको को यसरी चाहना र चाहनाबाट उत्पन्न लालसा दुबै समाप्त हुन्छ।)

यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चित:।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन:।।६०।।
(यी इन्द्रियहरु यति बलबान र विवेकहीन हुन्छन कि, हे कुन्तीपुत्र अर्जुन, मोक्ष प्राप्त गर्न प्रयत्नरत रहेको व्यक्तिको मनलाई पनि आफूले चाहेको दिशामा निर्देशित गर्न सक्छन।)

तानि सर्वाणि संयम्य युक्त आसीत मत्पर:।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता।। ६१।।
(त्यो जसले पूर्ण नियन्त्रणद्वारा आफ्ना इन्द्रियहरुलाई बाँध्न सक्छ र आफ्नो चेतनालाई ममाथि स्थिर राख्न सक्छ यो पुरुष स्थितप्रज्ञ कहलिन्छ।)

ध्यायतो विषयान् पुंस: संगस्तेषूपजायते।
संगात्सञ्जातये काम: कामात्क्रोधोSभिजायते।।६२।।
(कुनै व्यक्ति आफ्ना इन्द्रियका वस्तुहरुमा लिप्त भएमा त्यो व्यक्तिमा ती वस्तुहरु प्रति लालसा बढ्दै जान्छ, लालसाबाट इच्छहरु उत्पन्न हुन्छन, इच्छाहरु क्रोधका कारण बन्छन।)

क्रोधाद् भवति सम्मोह: सम्मोहात्स्मृतिव्रिभ्रम:।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति।।६३।।
(क्रोधबाट सम्मोह पैदा हुन्छ, सम्मोहले स्मृति नष्ट गर्दछ, स्मृति नष्ट भएमा बुद्धि नष्ट हुन्छ। बुद्धि नष्ट भएमा सम्पूर्ण कुराहरु नष्ट हुन्छन। आर्थत यस्तो हुने व्यक्ति पुन: भवसागरमा पतीत हुन्छ।)


रागद्वेषविमुक्तैस्तु विषयानिन्द्रियैश्र्चरन्।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति।।६४।।
(तर संयमित पुरुषहरुले, राग, द्वेषबाट मुक्त भएर नियन्त्रित गरिएका आफ्ना इन्द्रियहरुद्वारा, यथायोग्य वस्तुहरु भोग गरेर पनि प्रशन्नता प्राप्त गर्दछन।)

प्रसादे सर्वद:खानां हानिरस्ययोपजायते।
प्रसन्नचेतसो ह्याशु बुद्धि: पर्यवतिष्ठते।।६५।।
(प्रशन्नता प्राप्त भएपछि ती उच्च आत्मा भएका व्यक्तिहरुका सबै दु:खहरु सामाप्त हुन्छन र ती व्यक्तिहरुको बुद्धि छिट्टै अधिष्ठ प्राप्तिमा स्थिर हुन्छ।)
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना।
न चाभावयत: शान्तिरशान्तस्य कुत: सुखम्।।६६।।
(अवषिभूत मन भएको पुरुषको आत्मविषयनी बुद्धि हुँदैन। यस्तो बुद्धिहीन पुरुषको इश्वप्रति ध्यान हुँदैन। इश्वरप्रति ध्यान नभएकोले उसले शान्ति पाउन सक्तैन र शान्ति प्राप्त नभएको यस्तो पुरुषले कसरी सुख प्राप्त गर्न सक्छ?)

इन्द्रियाणं हि चरतां यन्मनोSनुविधीयते।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि।।६७।।
(पानीमा अवस्थित डुंगालाई जसरी पवनको वेगले अनिच्छित दिशामा पुर्याइ दिन्छ त्यसरी नै अनियन्त्रित कुनै एक इन्द्रियले एक पुरुषको विवेकको हरण गरेर अमर्यादित कार्य गर्न बाध्य उसलाई बाध्य पारि दिन्छ।)

तस्माद् यस्य महाभावो निगृहीतानि सर्वश:।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।६८।।
(त्यसकारण, हे महाबाहो, जसका इन्द्रियहरु इन्द्रियग्राही विषयहरुबाट सबै किसिमले मुक्त छन् उसको बुद्धि स्थिर हुन्छ र स्थिर बुद्धि भएको व्यक्ति स्थितप्रज्ञ हो।)

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:।।६९।।
(जुन आत्मविषणी बुद्धि जडमुग्ध सर्वसाधरण जीवको लागि रात्रीको समय हो स्थिरप्रज्ञ व्यक्ति त्यसबेलामा जागृत हुन्छन्, जुन बेला प्रणव बुध्दिमा साधरण व्यक्तिहरु जागृत हुन्छन् तत्वदर्शी मुनीको लागि त्यो रात्रीको समय हो। अर्थात तत्वदर्शी मुनीहरुले नीरलृप्त भावबाट यथायोग्य विषयलाई स्वीकार गर्दछन्।

आपूर्यमाणमचलप्रतिष्ठिं समुद्रमाप: प्रविशन्ति यद्वत्।
तद्वत् कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी।।७०।।
(जसरी अनेक नदीहरुको पानी कुनै पनि क्षोभ उत्पन्न नगरेर परिपूर्ण र अचल प्रतिष्ठा प्राप्त गरेको सागरमा प्रवेश गर्दछन् त्यसै गरी सबै कामनाहरु कुनै पनि बिकार उत्पन्न नगरेर नै स्थिरप्रज्ञ पुरुषमा प्रवेश गर्दछन्। त्यसकारण स्थितप्रज्ञ व्यक्तिरुले शान्ति पाउँछन्, आफ्ना कामनाहरु पूर्ण गर्न इच्छुक व्यक्तिहरुले भने शान्ति पाउन सक्तैनन्।)

विहाय कामान् य: सर्वान् पुंमापश्र्चिरति नि:स्पृह:।
निर्ममो निरहंकार: स शान्तिमधिगच्छति।।७१।।
(जुन पुरुषले सबै कमानाहरु परित्याग गरेर स्त्रिहाशून्य, अहंकाररहीत र ममताशून्य भएर विचरण गर्दछन् तिनीहरुले शान्ति पाउँछन्।)



एषा ब्राह्मी स्थिति: पार्थ नैनां प्राप्य विमुह्यति।
स्थित्वास्यामन्तकालेSपि ब्रह्मनिर्वाणमृच्छति।।७२।।
(हे पार्थ, यस प्रकार ब्रह्म प्राप्तिको स्थितिलाई ब्राह्मणी स्थिति भन्ने गरिन्छ। ब्राह्मणी स्थिति पाएर जुन सुकै मोह पनि समाप्त हुन्छ। मृत्यु कालमा ब्राह्मणी स्थितिमा मनलाई क्षण भर मात्र पनि स्थिर गरेमा ब्रह्म निर्वाण प्राप्त हुन्छ।)

(दोस्रो अध्याय समाप्त)


No comments:

Post a Comment