Monday, March 16, 2015

Geeta Chapter 12



भागवत गीता अध्याय १२

अर्जुन उवाच
एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते।
ये चाSप्यक्षरमव्यक्तं तेषां के योगवित्तमा:।।१।।
अर्जुन बिन्ति गर्छन्
(यस प्रकार योगयुक्त जुन भक्तहरु हजूरको उपासना गर्दछन् तथा जो अव्यक्त ब्रह्माको नै उपासना गर्दछन्, यी दुई थरिमा उत्तम योगवेत्ता को हुन?)

श्रीभगवानुवाच
मय्यावेश्य मनो मां नित्युक्ता उपासते।
श्रद्धा परयोपेतास्ते मे युक्ततमा मता:।।२।।
भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(जसले ममा मन लगाएर निरन्तर ध्यानमा रही अति नर्गुणा श्रद्धाद्वारा मेरो उपासना गर्दछन् तिनीहरु मेरो विचारमा अति उत्तम योगी हुन्।)

ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते।
सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम्।।३।।

सन्नियम्येन्द्रिग्रामं सर्वत्र समबुद्धय:।
ते प्राप्नुवन्ति मामेव सवरभूतहिते रता:।।४।।
(तर जसले आफ्ना इन्द्रियहरुलाई नियन्त्रणंआ गरी सबै वस्तुहरुमा समद्रष्टि राखि तथा सबै जीवहरुमा कल्याण भाव राखेर अचिन्त्य सर्वव्यापी, अप्रत्यक्ष र कूटस्थ, अचल, नित्य, निराकार अक्षर ब्रह्मको उपासना गर्दछन् तिनीहरु सबै ममा नै प्राप्त हुन्छन्।)

क्लेशोSधिकतरस्तेषामव्यक्ताSSसक्तचेतसाम्।
अव्यक्ता हि गतिर्दु:खं देहवद्भिरवाप्यते।।५।।
(ती निराकार ब्रह्ममा आसक्ति राख्नेहरुलाई दु:ख अधिक हुन्छ किनभने देहधारीहरुलाई अव्यक्तको मार्गले कष्ट प्राप्त हुन्छ।)

ये तु सर्वाणि कर्माणि मयि संन्यस्य मत्परा:।
अनन्येनैव योगेन मां ध्यायन्त उपासते।।६।।
तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात्।
भवामि न चिरात् पार्थ मय्यावेशितचेतसाम्।।७।।
(तर ती मेरा परायणहरु जसले आफ्ना सबै कर्महरु ममा अर्पण गरेर अति ध्यानयोगले केवल मेरो मात्र चिन्तन गरेर मलाई भज्छन्, हे पार्थ, ममा चित्त लगाउने तिनीहरुलाई म यो मृत्युरुप संसार सागरबाट छिटै नै पार लगाइ दिन्छु।)

मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय।
निवसिष्यसि मय्येव अत ऊर्ध्वं न संशय:।।८।।
(त्यसकारण श्यामसुन्दर आकार ममा मन लगाऊ र आफ्नओ बुद्धिलाई पनि ममा नै अर्पित गर। यस्तो गर्दा गर्दे तिम्रो मृत्यु भएमा तिमी ममा नै निवास गर्ने छौ। यो निश्चय हो, कुनै सन्देह छैन्।)

अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम्।
अभ्यासयोगेन ततो मामिच्छाप्तुतुं धनञ्जय।।९।।
(हे धनञ्जय, तिमी यदि आफ्नो मनलाई ममा स्थिर राख्न सक्दैनौ भने अभ्यासयोगले मलाई प्राप्त गर्ने इच्छा/ प्रयत्न गर।)

अभ्यासेSप्यसमर्थोSसि मत्कर्मपरमो भव।
मदर्थ कर्माणि कुर्वन् सिद्धिमवाप्स्यसि।।१०।।
(यदि तिमी अभ्यास गर्न पनि सक्दैनौ भने केवल मेरो निमित्त कर्म-भजन, किर्तन, ध्यान गर्ने होऊ। मेरो निमित्त कर्म गरेर पनि सिद्धि लाभ गर्न सक्ने छौ।)

अथैतदप्यशक्तोSसि कर्तुं मद्योगमाश्रित:।
सर्वकर्मफलत्यागं तत: कुरु यतात्मवान्।।११।।
(यदि तिमी मेरो निमित्त कर्म गर्न पनि सक्दैनौ भने विजित मनले मेरो प्राप्तिरुप योगको आश्रयमा परेर कर्महरुका फललाई त्याग गर।)

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते।
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम्।।१२।।
(किनभने अभ्यास भन्दा ज्ञान श्रेष्ठ छ। ज्ञान भन्दा ठूलो मेरो स्मरणरुप ध्यान श्रेष्ठ छ। ध्यानले गर्दा कर्म फलको त्याग गर्न सकिन्छ। त्यागले गर्दा स्वर्गका सुखहरु र मोक्षको कामना हुँदैन र त्यागले गर्दा नै शान्ति पाउने बाटो खुल्छ।)

अद्वेष्टा सर्वभूतानां मैत्र: करुण एव च
निर्ममो निरहंकार: समदु:खसुख: क्षमी।।१३।।
सन्तुष्ट: सततं योगी यतात्मा दृढनिश्चय:।
मय्यर्पितमनोबुद्धिर्यो मद्भक्त: स मे प्रिय:।।१४।।
१३-१४
(सबै प्राणीहरुमा सत्रुता नराख्ने, मित्र भाव भएको, कृपालु, पुत्र स्त्रीमा ममता नराख्ने, देह आदिमा अहंकार नभएको, सुख तथा दु:खमा समान भाव राख्ने, क्षमा गर्न सक्ने, सँधै प्रशन्न चित्त रहने, भक्तियोग युक्त, इन्द्रियहरुलाई संयमित राख्न सकेको, दृढ संकल्प गरेको, केवल ममाथि नै मन बुद्धि अर्पण गर्ने मेरो भक्त मेरो प्रिय हुन्छ।)

यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च य:।
हर्षाSमर्षभयोद्वेगैर्मुक्तो य: स च मे प्रिय:।।१५।।
(त्यस्तो एक व्यक्ति जसले न अरु कसैलाई दु:खी पारको न त ऊ आफू कसैबाट दु:खी पारिएको छ एव जो प्राकृतिकगुणहरु- हर्ष, असहिष्णुता, भय र दु:खबाट मुक्त छ ऊ मेरो प्रिय हो।)

अनपेक्ष: शुचिर्दक्ष उदासीनो गतव्यथ:।
सर्वारम्भपरित्यागी यो मद्भक्त: स मे प्रिय:।।१६।।
(मेरो त्यो भक्त, जो इच्छारहित छ, पवित्र छ, वुद्धिमान छ, निष्पक्ष छ, चिंताबाट मुक्त छ, समस्त कार्यहरु परित्याग गरेको छ र फलहरुको आशा त्यागि मेरो भक्तिमा लागेको छ, मलाई प्रिय छ।)

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति।
शुभाSशुभपरित्यागी भक्तिमान् य: स मे प्रिय:।।१७।।
(जो हर्षित तुल्याउने लौकिक वस्तु पाएर हर्षित हुँदैन न त दु:खी तुल्याउने वस्तु पाएर दु:खी नै  हुन्छ। जो प्रिय वस्तु गुमेकोमा दु:खी हुँदैन र प्राप्त हुन नसकेको वस्तुको लागि चिंता पनि गर्दैन, जो पाप र पून्य परित्याग गर्ने छ र मप्रति भक्तिमान छ, त्यस्तो भक्त नै मेरो प्रिय हो।

सम: शत्रौ च मित्रे च तथा मानाSपमानयो:।
शीतोष्णसुखदु:खेषु सम: संगविवर्जित:।।१८।।
तुल्यनिन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित्।
अनिकेत: स्थिरमतिर्भिक्तिमान्ये प्रियो नर:।।१९।।
१८-१९
(जो भक्तिमान पुरुष, सत्रु र मित्र, मान र अपमान, सर्दी र गर्मी, सुख र दु:खमा समान रहन्छ र कसैप्रति आसक्ति राख्दैन, निन्दा र स्तुतिलाई समान सम्झिन्छ, मननशील छ, जति प्राप्त हुन्छ त्यतिकैमा सन्तुष्ट हुन्छ, कुनै खास स्थान प्रति ममता रहित छ, स्थिर छ र बुद्धिमान छ, त्यस्तो भक्तिमान परुष मेरो प्रिय हो।)

ये तु धर्माSमृतमिदं यथोक्तं पर्युपासते।
श्रद्दधाना मत्परमा भक्तास्तेSतीव मे प्रिया:।।२०।।
(र ती व्यक्तिहरु, जो मेरो परायण भएर श्रद्धापूर्वक यो भनिएको धर्ममय अमृतको निष्काम भावले पान गर्दछन, मेरा अत्यन्तै प्रिय भक्तहरु हुन।)
बारहौं अध्याय समाप्त

No comments:

Post a Comment