भागवत गीता अध्याय १०
श्रीभगवानुवाच-
भूय एव महाबाहो शृणु
मे परमं वच:।
यत्तेSहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया।।१।।
भगवान श्रीकृष्णबाट
आज्ञा भयो
(हे महाबाहो, मैलै भन्ने मेरो परम वचनहरु फेरि एक
पटक सुन जुन पहिले भनिएका भन्दा
हितकर छन्। माया गर्न योग्य तिमीमलाई तिम्रो कल्याणको इच्छाले भन्ने छु।)
न मे विदु: सुरगणा:
प्रभवं न महर्षय:।
अहमादिर्हि देवानां
महर्षीणां च सर्वश:।।२।।
(देवता र महर्षिहरुलाई पनि मेरो उत्पत्ति वा लिला
बारे थाहा छैन किनभने म सबै किसिमले देवता र महर्षिहरुको आदि कारण हुँ।)
यो मामजमनादिं च
वेत्ति लोकमहेश्वरम्।
असम्मूढ: स
मर्त्येषु सर्वपापै: प्रमुच्यते।।३।।
(त्यो जसले मलाई
अजन्मा, अनादि र सम्पूर्ण लोकहरुको महेश्वर रुपमा जान्दछ मनुष्यहरुमा मोहशून्य भएर
उसले सबै पापहरुबाट मुक्ति पाउँछ।)
बुद्धिर्ज्ञानमसम्मोह
क्षमा सत्यं दम: शम:।
सुखं दु:खं भावोSभावो भयं चाभयमेव च।।४।।
अहिंसा समता
तुष्टिस्तपो दानं यशोSयश:।
भवन्ति भाव भूतानां
मत्त एव पृथगविधा:।।५।।
४-५
(ज्ञान, बुद्धि, मोह
विहिनता, दया, सत्यधर्मिता, जीतेन्द्रिय, संयम, सुख, दु:ख, जन्म, मृत्यु, भय साथै
भयमुक्त, अहिंसा, समानता, सन्तोष, तप, दान, ख्याति, कुख्याति, यस्ता अनेक किसममा
फरक फरक भावहरु सम्पूर्ण प्राणीहरुमा मात्र केवल मबाट उत्पन्न हुन्छ।)
महर्षय: सप्त पूर्वे
चत्वारो मनवस्तथा।
मद्भावा मानसा जाता
येषां लोक इमा: प्रजा:।।६।।
(प्रारम्भका यी सात
महर्षिहरु-मरिचि, अत्रि, अंगिरस, पुलस्त्य, पुलह, क्रतु र विसिष्ठ तथा यी भन्दा
पहिलेका चार सनकादि ब्रह्मऋषिहरु र स्वांभुवादी चार मनुहरु- स्वंभु, सभरोचिता,
रैभता, र उत्तम सबै मेरो हिरण्यगर्भवाट म संकल्पदारा मात्र उत्पन्न भएका हुन। यस
संसारमा ब्राह्मणहरु उनीहरुकै छोरा नाति अथवा शिष्य, परिशिष्य आदिको रुपमा स्थित
छन्।)
एतां वुभूतिं योगं च
मम यो वेत्ति तत्त्वत:।
सोSविकल्पेन योगेन युज्यते नात्र संशय:।।७।।
(जसले मेरा यी सबै विभूतिहरु र भक्तियोगको विषयलाई
यथार्थमा जान्दछ त्यो मेरो निश्चल तत्व ज्ञानबाट युक्त हुन्छ। यसमा कुनै शंका
छैन्।)
अहं सर्वस्य प्रभवो
मत्त: सर्वं प्रवर्तते।
इति मत्वा भजन्ते
मां बुधा भावसमन्विता:।।८।।
(म सम्पूर्ण
आध्यात्मिक र भौतिक जगतको उत्पत्तिको स्रोत हुँ। म द्वारा नै सबैको उत्पत्ति हुन्छ।
मैले गर्दा नै सबै आफ्नो कार्यमा प्रवृत हुन्छन। यो जानेर नै पण्डितहरुले मेरो
भावमायुक्त भएर मलाई भज्छन्।)
मच्चित्ता
मद्गतप्राणा बोधयन्त: परस्परम्।
कथयन्तश्च मां
नित्यं तुष्यन्ति च रमन्ति च।।९।।
(जसले आफ्नो चित्त र
प्राण ममा समर्पित गरेका छन् तिनले संधै चित्त र प्राणलाई मेरो तत्व भन्दै मेरो
नाम र रुपको किर्तन गर्दै सन्तोष प्राप्त गर्छन र आन्दित हुन्छन्।
तेषां सततयुक्तानां
भजतां प्रीतिपूर्वकम्।
ददामि बुद्धियोगं तं
येन मामुपयान्ति ते।।१०।।
(ती व्यक्तिहरु, जसले संधै ध्यानमा रहेर
भक्तिपूर्वम मेरो भजन गर्छन, लाई म तत्व ज्ञानरुपि योग दिन्छु जुन पाएर तिनीहरु
ममा प्राप्त हुन्छन्।)
तेषामेवानुकम्पार्थमहमज्ञानजं
तम:।
नाशयाम्यात्मभावस्थो
ज्ञानदीपेन भास्वता।।११।।
(उनीहरु माथि दया
गर्नका लागि नै म उनीहरुको अन्तस्करणमा बसेर प्रदिप्त ज्ञानदीपले अज्ञनताबाट
उनीहरुमा उत्पन्न भएको अंधकार नाश गर्दछु।)
अर्जुन उवाच-
परं ब्रह्म परं धाम
पवित्रं परमं भवान्।
पुरुषं शाश्वतं
दिव्यमादिदेवमजं विभुम्।।१२।।
आहुस्त्वामृषय:
सर्वे देवर्षिर्नारदस्तथा।
असितो देवलो व्यास:
स्वयं चैव ब्रवीषि मे।।१३।।
१२-१३
अर्जुनेल बिन्ति गरे
(हजूर नै परब्रह्म,
परमधाम तथा परम पवित्र हुनुहुन्छ, यो मलाई ज्ञात छ। सनातन हजूरलाई सबै ऋषिहरुले
दिव्य परुष, आदिदेव, अजन्मा विभु भन्दछन्। देवऋषि नारद, असित, देवल, व्यासले पनि
त्यस्तै भन्छन् र हजूर स्वयंले पनि त्येही मलाई अहिले भन्दै हुनुहुन्छ।)
सर्वमेतद् ऋतं मन्ये
यन्मां वदसि केशव।
न हि ते भगवन्
व्यक्तिं विदुर्देवा न दानवा:।।१४।।
(हे केशव, हजूरले मलाई जे कुरा भन्नु हुन्छ ती
सम्पूर्णलाई म सत्य मान्दछु किनभने हे भगवन, हजूरको तत्व वा जन्मलाई न त देवता न त
दानवहरुले नै जान्दछन्।)
स्वयमेवाSSत्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम।
भूतभावन भूतेश
देवदेव जगत्पते।।१५।।
(हे सम्पूर्ण
भूतहरुलाई उत्पन्न गराउने, हे भूतेश, हे देव देव, हे जगतत्पते, हे पुरुषोत्म,
मात्र हजूरले नै स्वयंलाई आफ्नो शक्तिदवारा थाहा पाउनु हुन्छ।)
वक्तुमर्हस्यशेषेण
दिव्या ह्यात्मविभूतय:।
याभिर्विभूतिभिर्लोकानिमांस्त्वं
व्याप्य तिष्ठसि।।१६।।
(हजूर आफ्ना ती
दिव्य विभूतिहरु, जुन यी सम्पूर्ण लोकहरुमा व्याप्त गर्नु भएको छ, लाई पूर्ण रुपमा
वर्णनन् गर्न योग्य हुनुहुन्छ।)
कथं विद्यामहं
योगिंस्त्वां सदा परिचिन्तयन्।
केषु केषु च भावेषु
चिन्त्योSसि भगवन्मया।।१७।।
(हे योगेश्वर, म
कसरी निरन्तर हजूरको चिन्तनमा रहुँ र हजूरलाई कुन किसिमबाट जानु? हजूरका कुन कुन
विभिन्न स्वरुपहरुको स्मरण गरौ?)
विस्तरेणSSत्मनो योगं विभूतिं च
जनार्दन।
भूय: कथय तृत्तिर्हि
शृण्वतो नास्ति मेSमृतम्।।१८।।
( हे जनार्दन, हजूर
आफ्नो योग ऐश्वर्य र विभूतिहरुलाई फेरि विस्तृत रुपमा भन्नु होस किनभने हजूरका
अमृत-वाणीहरु जति सुन्दा पनि पुन: पुन: सुन्न मनलागि रहेको छ। मन तृप्त हुन
सकिरहेको छैन्।)
श्रीभगवानुवाच-
हन्ते ते कथयिष्यामि
दिव्या ह्यत्मविभूतय:।
प्राधान्यत:
करुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे।।१९।।
भगवान श्रीकृष्णबाट
आज्ञा भयो,
(हे कुरुश्रेष्ठ,
मेरो विभूतिहरुको व्यापताको अन्त्य नभएकोले अब म तिमीलाई मेरा केवल प्रधान प्रधान
दिव्य विभूतिहरुको बारेमा उल्लेख गर्नेछु।)
अहमात्मा गुडाकेश
सर्वभूताशयस्थित:।
अहमादिश्च मध्यं च
भूतानामन्त एव च।।२०।।
(हे गुणाकेश, म सबै प्राणीहरुको हृद्यमा स्थित
रहने आत्मा हुँ र सबै प्राणीहरुको आदि, स्थिति र अन्त्य पनि म नै हुँ।)
आदित्यानामहं
विष्णुर्ज्योतिषां रविरंशुमान्।
मरीचिर्मरुतामस्सि
नक्षत्राणामहं शशी।।२१।।
(म बारह आदित्यहरुमा
विष्णु नामको आतित्य, ज्योति दिनेहरुमा महा ज्योति भएको सूर्य, सम्पूर्ण वायुहरुमा
मरिचि नामको वायु तथा नक्षत्रहरुमा चन्द्र हु।)
वेदानां सामवेदोSस्मि देवानामास्मि वासव:।
इन्द्रियाणं
मनश्चास्मि भूतानामस्मि चेतना।।२२।।
(म वेदहरुमा म
सामवेद, देवताहरुमा इन्द्र, इन्द्रियहरुमा मन र प्राणीहरुमा चेतना हुँ।)
रुद्राणां
शङ्करश्र्चाSस्मि वित्तेशो यक्षरक्षसाम्।
वसूनां पावकश्र्चाSस्मि मेरु: शिखरिणामहम्।।२३।।
(एघार रुद्रहरुमा
शंकर हुँ, यक्ष तथा राक्षसहरुमा कुवेर, आठ वसुहरुमा अग्नि र सात पर्वतहरुमा सुमेरु
हुँ।)
पुरोधसां च मुख्यं
विद्धि पार्थत बृहस्पतिम्
सेनानीनामहं स्कन्द:
सरसामस्मि सागर:।।२४।।
(हे पार्थ,
पुरोहितहरुमा मलाई मुख्य पुरोहित वृहस्पति जान।
म सेना नायकहरुमा सकन्द र जलाशयहरुमा समुन्द्र हुँ।)
महर्षीणां भृगुरहं
गिरामस्म्येकमक्षरम्।
यज्ञानां जपयज्ञोSस्मि स्थावराणां हिमालय:।।२५।।
(महर्षिहरुमा म भृगु
हुँ। वाणीहरुमा एक अक्षर ओमकार हुँ। यज्ञहरुमा जपयज्ञ एवं स्थिर वस्तुहरुमा हिमालय
हुँ।)
अश्वत्थ:
सर्ववृक्षाणां देवर्षीणां च नारद।
गन्धर्वाणां
चित्ररथ: सिद्धानां कपिलो मुनि:।।२६।।
(सम्पूर्ण वृक्षहरुमा अश्वत्थ-पिपल र देवर्षिहरुमा
नारद, गन्धर्वहरुमा चित्ररथ, सिद्धहरुमा कपिल मुनि हुँ।)
उच्चै:
श्रवसमश्वानां विद्धि माममृतोद्भवम्।
ऐरावतं गजेन्द्राणां
नाराणां च नराधिपम्।।२७।।
(घोडाहरुमा अमृत
मन्थनबाट उत्पन्न भएको उच्चै:श्रवा, गजेन्द्रहरुमा ऐरावत र मनुष्यहरुमा मलाई राजा
राजा जान।)
आयुधानामहं वज्रं
धेनूनामस्मि कामधुक्।
प्रजनश्चास्मि
कन्दर्प: सर्पाणामस्मि वासुकि:।।२८।।
(शस्त्रहरुमा वज्र
हुँ, गाईहरुमा कामधेनु हुँ, सर्पहरुमा वासुकि हुँ र सन्तान उत्पति गर्ने कामदेव-
कन्दर्प पनि म नै हुँ।)
नोट: विलासको लागि
गरिएको सम्भोगमा कन्दर्पले भगवान श्रीकृषणको प्रतिनिधित्व गरेको हुँदन तर
सृष्टिलाई निरन्तरता दिनका लागि गरिएको सम्भोगमा कन्दर्पले भगवान श्रीकृष्णको
प्रतिनिधित्व गरेको हुन्छ।
अनन्तश्चास्मि
नागानां वरुणो यादसामहम्।
पितृणामर्यमा चस्मि
यम: संयमतामहम्।।२९।।
(नागहरुमा म अनन्त-
शेषनाग, जलचरहरुमा वरुण, पितृहरुमा अर्यमा नाम गरिएको पितृ, दण्ड दिनेहरुमा यमराज
पनि म नै हुँ।)
प्रह्लादश्चास्मि
दैत्यानां काल: कलयतामहम्।
मृगाणां च
मृगेन्द्रोSहं वैनतेयश्च पक्षिणाम्।।३०।।
(दैत्यहरुमा म
प्रह्लाद, जुनबेला पनि खाइनै रहनेहरुमा काल, पशुहरुमा सिंह र पक्षीहरुमा गरुड
हुँ।)
पवन: पवतामस्मि राम:
शस्त्रभृतामहम्।
झषाणां मकरश्चास्मि
स्रोतसामस्मि जान्हवी।।३१।।
(वेगवान र पवित्र
पार्नेहरुमा म वायु हुँ, शस्त्रधारीहरुमा पर्शुराम हुँ, माछाहरुमा ग्राहा हुँ,
नदीहरुमा भागिरथी हुँ।)
सर्गाणामादिरन्तश्च
मध्यं चैवाहमर्जुन।
अध्यातमविद्या
विद्यानां वाद: प्रवदतामहम्।।३२।।
(हे अर्जुन, म यो
सृष्टिहरुको आदि, स्थिति र अन्त्य-प्रलय हुँ। विद्याहरुमा अध्यात्मविद्या र विवाद
गर्नेहरुमा सिद्धान्तवाद- तार्किक निष्कर्ष हुँ।)
अक्षराणामकारोSस्मि द्वन्द्व सामासिकस्य च।
अहमेवाक्षय: कालो
धाताहं विश्वतोमुख:।।३३।।
(अक्षरहरुमा म अकार
हुँ, समासहरुमा द्वन्द समास हुँ। संघार गर्नेहरुमा म नै महाकाल रुद्र हुँ र
श्रेष्ठ प्राणीहरुमा चार मुखहरु भएका ब्रह्मा हुँ।)
मृत्यु: सर्वहरश्र्चाSहमुद्भवश्च भविष्यताम्
क्रीर्ति:
श्रीर्वाक् च नरीणां स्मृतिर्मेधा धृति: क्षमा।।३४।।
(म सबैको संहार-
क्षय गर्ने मृत्यु, उत्पत्ति हुन आउनेहरुका लागि जन्म र स्त्रीहरुमा किर्ति, श्री-समृद्धि,
वाणी, स्मृति, मेधा, धृति-दृढता र क्षमा हुँ।)
बृहत्साम तथा साम्नां
गायत्री छन्दसामहम्।
मासानां मार्गशीर्षोSहमृतूनां कुसुमाकार:।।३५।।।
(म सामवेदहरुमा
इन्द्रस्तुति रुप बृहत्साम, छन्दहरुमा गायत्री छन्द, महिनाहरुमा मार्गशीर्ष र
ऋतुहरु वसन्त हुँ।)
द्युतं छलयतामास्मि
तेजस्तेजरिस्वनामहम्।
जयोSस्मि व्यवसायोSस्मि
सत्त्वं सत्त्ववतामहम्।।३६।।
(म छलिहरुमा
जूआ-धूत, तेजस्वीहरुमा तेज, विजयशालीहरुमा जय, उद्यमीहरुमा उद्यम तथा वलबानहरुमा
बल हुँ।)
वृष्णीनां वासुदेवोSस्मि पाण्डवानां धनञ्जय:।
मुनीनामप्यहं व्यास:
कवीनामुशना कवि:।।३७।।
(वृष्णी-यादवहरुमा
वासुदेव, पाण्डवहरुमा धनञ्जय, मुनिहरुमा व्यास, कविहरुमा शुक्राचार्य कवि पनि म नै
हुँ।)
दण्डो दमयतामस्मि
नीतिरस्मि जिगीषताम्।
मौनं चैवास्मि
गुह्यानां ज्ञानं ज्ञानवतामहम्।।३८।।
( म दमानकारीहरुमा
दण्ड, विजयको इच्छा राख्नेहरुमा नीति, गोप्य राख्न खोज्न खोज्नेहरुमा मौनता र
ज्ञानीहरुमा ज्ञान हुँ।)
यच्चाSपि सर्वभूतानां बीजं तदहमर्जुन।
न तदस्ति विना
यत्स्यान्मया भूतं चराचरम्।।३९।।
(हे अर्जुन, सम्पूर्ण प्राणीहरुको उत्पत्तिको कारण-बीज म नै हुँ, चर वा अचर
वस्तुहरुमा त्यस्तो कुनै वस्तु छैन जुनमा मेरो व्यपकता नहोस।)
नान्तोSस्ति मम दिव्यानां विभूतीनांम परन्तप।
एष तूद्देशत:
प्रोक्तो विभूतेर्विस्तरो मया।।४०।।
(हे परन्तप, मेरा
दिव्य विभूतिहरुको अन्त्य नै छैन तर विभूतिहरुको यो विस्तारलाई मैले संक्षेपमा
तिमीलाइ सुनाएँ।)
यद्यद्विभूतिमत्
सत्त्वं श्रीमदूर्जितमेव वा।
तत्तदेवावगच्छ त्वं
मम तेर्जोSशसम्भवम्।।४१।।
(जति पनि
ऐश्वर्ययुक्त, शोभायुक्त र शक्तियुक्त सृजना- वस्तुहरु छन तिनीहरुलाई तिमी मेरो
तेजको अंशबाट उत्पत्ति भएको मान।)
अथवा बहुनैतेन किं
ज्ञातेन तवार्जुन।
विष्टम्याहमिदं
कृत्स्नमेकांशेन स्थितो जगत्।।४२।।
(अथवा हे अर्जुन,
यति विस्तृत ज्ञान एवं धेरै उदाहरणहरु तिम्रो लागि किन आवश्यक भयो र? मात्र यति
थाहा पाउ कि यो सम्पूर्ण जगतलाई केवल मेरो एक अंशले धारण गरेर म स्थित छु।)
दसौं अध्याय समाप्त
No comments:
Post a Comment