भागवत गीता अध्याय ९
श्रीभगवानुवाच-
इदं तु ते गुह्यतमं
प्रवक्ष्याम्यनसूयवे।
ज्ञानं विज्ञानसहितं
यज्ञ्ज्ञात्वा मोक्ष्यसेSशुभात्।।१।।
भगवान श्रीकृष्णले
आज्ञा गर्नु भयो
(हे अर्जुन, तिमी
निर्दोषलाई म विज्ञानले भरिएको केवल शुद्ध भक्ति लक्षणले युक्त यो ज्ञान भन्ने छु
जुन थाहा पाएर तिमीले यो द:खमय संसारबाट मुक्ति पाउने छौ।)
राजविद्या राजगुह्यं
पवित्रमिदमुत्तमम्।
प्रत्यक्षावगमं
धर्म्यं सुसुखं कर्तुमव्ययम्।।२२।।
(यो ज्ञान सम्पूर्ण विद्याहरुको राजा, गोपनीय
विषयको राजा, पवित्र, उत्तम अशल फलादायी, धर्म संगत विनाकष्ट साधन गर्न सकिने र
सनातन छ।)
अश्रद्दधाना: पुरुषा
घर्मस्यास्य परन्तप
आप्राप्य मां
निवर्तन्ते मृत्युसंसारवर्त्मनि।।३।।
(हे परन्तप, मेरो
भक्तिरुप यो धर्ममा आस्था र श्रद्धा नराख्नेहरु ममा प्राप्त हुँदैनन् र तिनीहरु
भौतिक संसारको जीवन मृत्युको मार्गमा फर्किन्छन्।
मया ततमिदं सर्वं
जगदव्यक्तमूर्तिना।
मत्स्थानि
सर्वभूतानि न चाहं तेष्ववस्थित:।।४।।
मेरो अव्यक्त
स्वरुपमा म यो सम्पूर्ण जगतमा व्याप्त छु। सम्पूर्ण जीवहरु ममा अवस्थित छन् तर म
भने उनीहरुमा अवस्थित छैन्।
न च मत्स्थानि
भूतानि पश्य मे योगमैश्वरम्।
भूतभृन्न च भूतस्थो
ममात्मा भूतभावन:।।५।।
(मेरो असाधारण योग
ऐश्वर्यलाई हेर, सम्पूर्ण प्राणीहरु ममा स्थित छैनन् जबकी म उनीहरुको धारक र पालक
पनि हुँ त्यै पनि म तिनीहरुमा अवस्थित छैन्।)
यथाकाशस्थितो नित्यं
वायु सर्वत्रगो महान्।
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय।।६।।
(जसरी नित्य बहने
महान वायु सर्वदा आकासमा स्थित छ त्यसै गरी नै सम्पूर्ण जीवहरु ममा अवस्थित छन्,
यो थाहा पाउ।
सर्वभूतानि कौन्तेय
प्रकृतिं यान्ति मामिकाम्।
कल्पक्षये पुनस्तानि
कल्पादौ वसृजाम्यहम्।।७।।
(हे कौन्तेय, कल्पको
अन्तमा सम्पूर्ण प्राणीहरु मेरो प्रकृतिमा मिल्दछन र कल्पको प्रारम्भमा म पुन:
तिनीहरुको सृजना गर्दछु।)
नोट: ४ अरब ३२ करोड
वर्षहरु मिलेर एक कल्प हुन्छ। एक कल्प पछि प्रलय हुन्छ र अर्को कल्पको प्रारम्भमा
भगवानबाट सृष्टि आरम्भ हुन्छ र त्यो सृष्टि एक कल्प रहन्छ। यो क्रम चलिनै रहन्छ।
प्रकृतिं
स्वामवष्टभ्य विसृजामि पुन: पुन:।
भूतग्राममिमं
कृत्स्नमवशं प्रकृतेर्वशात्।।८।।
(आफ्नो प्रकृतिलाई अंगिकार गरेर प्रकृतिद्वार
परतन्त्र भएका यी प्राणीहरुको म पुन: पुन: सृजना गर्दछु।)
न च मां तानि
कर्माणि निबध्नन्ति धनञ्जय।
उदासीनवदासीनमसक्तं
तेषु कर्मसु।।९।।
(हे धनञ्जय, ती
कर्महरुमा म अनाशक्त र उदासीन जस्तो भएकोले ती कर्महरुले मलाई बाँधदैनन्।)
ममाध्यक्षेण
प्रकृति: सूयते सचराचरम्।
हेतुनानेन कौन्तेय
जगद् विपरिवर्तते।।१०।।
(हे कौन्तेय, मेरो अध्यक्षतामा मेरो बाहिरी माया
शक्ति वा प्रकृति, जुन मेरो विभिन्न शक्तिहरु मध्ये एक हो, ले चर अचर जगतको सृजना
गर्दछ। त्यसकारण सृजना र विनाशको क्रम चलिनै रहन्छ।)
अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम्।
परं भावमजानन्तो मम भूतमहेश्वरम्।।११।।
(मेरो परम भाव,
सम्पूर्ण प्राणीहरुको महान् इश्वर रुपलाई नजान्ने मानव शरीर धारी मूर्खहरु मेरो
अनादर गर्छन्।)
मेघाशा मोघकर्माणो
मधज्ञाना विचेतस:
राक्षसीमासुरीं चैव
प्रकृतिं मोहिनीं श्रिता:।।१२।।
(निष्फल आशा, व्यर्थ
कर्म, व्यर्थ ज्ञान भएका अज्ञानी व्यक्तिहरुले राक्षस र असुरहरुको जस्तो मोहित
हुने स्वभाव नै धारण गरेका छन्।)
महात्मानस्तु मांम
पार्थ दैवीं प्रकृतिमाश्रिता:।
भजन्त्यनन्यमनसो
ज्ञात्वा भूतादिमव्ययम्।।१३।।
(तर हे पार्थ,
महात्माहरुले दैवीय प्रकृतिको सरणमा परेर मलाई सम्पूर्ण प्राणीहरुको आदि कारण तथा
अविनासी मानेर अनन्य मनले निरन्तर मेरो भजन गर्दछन्।)
सततं कीर्तयन्तो मां
यतन्तश्च दृढव्रता:।
नमस्यन्तश्च मां
भक्त्या नित्ययुक्ता उपासते।।१४।।
(तिनीहरुले मेरो
नाम, गुण, लिला आदिको दृढ ब्रतमा बसेर निरन्तर किर्तन गर्दै, यत्न गर्दै, वन्दना
गर्दै निरन्तर ध्यानमा लिन भएर भक्तिपूर्वक मेरो उपासना गर्दछन्।)
ज्ञानयज्ञेन
चाप्यन्ये यजन्तो मामुपासते।
एकत्वेन पृथक्त्वेन
बहुधा विश्वतोमुखम्।।१५।।
(अन्य कसैले ज्ञान
यज्ञले यज्ञ गर्दै कसैले भने अभेदभावले, कसैलै पृथकभावले, कसैले अनेक देवता रुपमा,
कसैले सर्वात्मक भावले मेरो उपासना गर्दछन्।)
अहं क्रतुरहं यज्ञ:
स्वधाहमहमौषधम्।
मन्त्रोSहमहमेवाज्यमहमग्निरहं हुतम्।।१६।।
(हे अर्जुन, म
श्रौतकर्म, स्मार्तयज्ञ, श्राद्धको अन्न, औषधि, मन्त्र, घृत, अग्नि र होम पनि म नै
हुँ।)
पिताSहमस्य जगतो माता धाता पितामह:।
वेद्यं पवित्रमोङ्कार
ऋक्साम यजुरेव च।।१७।।
(म नै यस जगतको
माता, पिता, धाता, पितामह र जान्ने यो पवित्र ओंकार हु। म नै ऋगवेद, सामवेद र
यजुर्वेद हुँ।
गतिर्भर्ता प्रभु:
साक्षी निवास: शरणं सुहृत्।
प्रभव: प्रलय:
स्थानं निधानं बीजमव्ययम्।।१८।।
(म सबैको कर्मफलरुप
गति, पोषक, प्रभु, साक्षी, निवास, शरण, मित्र, उत्पत्ति, प्रलय, स्थिति एवं क्रिया
हुँ। म आधार एवं अव्यय बीज पनि म नै हुँ।)
तपाम्यहमहं वर्षं
निगृह्णम्युत्सृजमि च।
अमृतं चैव मृत्युश्च
सदसच्चाहमर्जुन।।१९।।
(हे अर्जुन, म ताप
दिन्छु, बर्षा गराउँछु र रोक्छु। म अमृत, मृत्यु, सत्, र असत् पनि हुँ।)
त्रैविद्या मां
सोमपा: पूतपापा
यज्ञैरिष्टवा
स्वर्गतिं प्रार्थयन्ते।
ते पुण्यमासाद्य
सुरेन्द्रलोकम्
अश्नन्ति दिव्यान्
दिवि देवभोगान्।।२०।।
(तिनीहरु, जसले वेदहरुको
अध्ययन गरेर सोम रसको पान गर्दै स्वर्गको चाहना गर्छन र मेरो प्रत्यक्ष आराधना
गर्छन, ले पापकर्म नष्ट भएकोले इन्द्रको लोकमा जन्म लिन्छन र जहाँ पुगेर ऐश्वर्य
भोग गर्दछन्।)
ते तं भुक्त्वा
स्वर्गलोकं विशालं
क्षीणे पुण्ये
मर्त्यलोकं विशन्ति।
एवं
त्रयीधर्ममनुप्रपन्ना
गता SS गतं कामकामा लभन्ते।।२१।।
(विशाल स्वर्गलोकको
धेरै आनन्द प्राप्त गरेर र पुन्य क्षिण भए पछि तिनीहरु यस मृत्युलोकमा आउँछन्। यस
प्रकार तीन धर्मकको पालना र भोगको इच्छा गर्नेहरु जन्म मृत्युको बन्धनमा प्राप्त
हुन्छन्।)
अनन्यश्चिन्तयन्तो
मां ये जना: पर्युपासते।
तेषां
नित्यभियुक्तानां योगक्षेमं वहाम्यहम्।।२२।।
(ती जो
अनन्य भावका भक्तहरु छन्, ले मेरो चिन्तन गर्दै निष्काम भावले मलाई भज्छन्।
तिनीहरु, जसको मन म बिलिन छ, लाई म उनीहरु उनीहरुसँग नभएको, भएको र जुन पहिले देखि
भइ राकेको छ त्यो दिन्छु।
येSप्यन्यदेवताभक्ता यजन्ते श्रद्धयान्विता:।
तेSपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम्।।२३।।
(हे कौन्तेय, तिनीहरु जो अरु देवताहरुका भक्त छन्
र ती देवताहरुको भक्तिपूर्वक पूजा गर्छन् ले यथार्थमा केवल मेरो नै पूजा गरेका
हुन। तर उनीहरुको पूजाको बिधि भने गलत हुन्छ।)
अहं हि सर्वयज्ञानां
भोक्ता च प्रभुरेव च।
न तु मामभिजानन्ति
तत्त्वेनातश्च्यवन्ति ते।।२४।।
(किनभेन म नै
सम्पूर्ण यज्ञहरुको भोक्ता र स्वामी हुँ तर उनीहरुले मेरो यो सर्व श्रेष्ठ प्रकृति
स्वरुप लाई जान्दैनन् र पतन हुन्छन। अर्थात परिणामस्वरुप यो संसारमा पुन: पुन:
जन्म लिन्छन्।
यान्ति
देवव्रता देवान् पितृन् यान्ति पितृवता:।
भूतानि यान्ति
भेज्या मद्याजोनोSपि माम्।।२५।।
(देवताहरुको पूजा गर्नेहरु
देवलोक, पितृहरुको पूजा गर्नेहरु पितृलोक, भूतहरुको पूजा गर्नेहरु भूतलोक र मेरो
पूजा गर्नेहरु मलाई नै प्राप्त हुन्छन।)
पत्रं पुष्पं फलं
तोयं यो मे भक्त्या प्रयच्छति।
तदहं
भक्त्युपहृतमश्नामि प्रयतात्मन:।।२६।।
(भक्तिपूर्वक पत्र, फल, फूल वा जल मलाई अर्पण
गर्ने ती सुद्ध चित्त भएका भक्तहरु द्वारा अपर्ण गरिएका ती सम्पूर्ण वस्तुहरु म
ग्रहण गर्दछु।)
यत्करोषि यदश्नासि
यज्जुहोषि ददासि यत्।
यत्तपस्यसि कौन्तेय
तत्कुरुष्व मदर्पर्णम्।।२७।।
(हे कौन्तेय, तिमीले जुन सुकै कार्य गर्दछौ, जुन
सुकै कुरा खान्छौ, जुन सुकै हवन गर्दछौ, जुन दान गर्छौ, जुन तप गर्छौ ती सबै मलाई
समर्पण गर।)
शुभाशुभफलैरेवं
मोक्ष्यसे कर्मबन्धनै:।
संन्यासयोगयुक्तात्मा
विमुक्तो मामुपैष्यसि।।२८।।
(यसप्रकार सन्यासयोगले
युक्त भएको चित्तले राम्रा नराम्रा कर्मफल रुप बन्धनबाट तिमी मुक्त हुनेछौ र मलाई प्राप्त
गर्ने छौ।)
समोSहं सर्वभूतेषु न मे द्वेष्योSस्ति न
प्रिय:।
ये भजन्ति तु मां
भक्त्या मयि ते तेषु चाम्यहम्।।२९।।
(म सबै प्राणीहरुका
लागि समान छु। मेरो न कोही अप्रिय न म कसैको पक्षपाति हुँ। तर जसले मलाई
भक्तिपूर्वक भज्छन र जो ममा जुन किसिमले आशक्त हुन्छन् म पनि तिनीहरुमा त्यसै
किसिमले आशक्त रहने गर्दछु।)
अपि चेत्सुदुराचारो
भजते माननन्यभाक्।
साधुरेव स मन्तव्य:
सम्यग् व्यवसितो हि स:।।३०।।
(यदि अत्यन्तै
दुराचारी व्यक्तिले पनि मेरो भजन अनन्य भावले गर्दछ भने ऊ पनि साधु मान्ने योग्य
नै हो किनभने ऊ मेरो भक्तिमा
निश्चयात्मक बुध्दि भएको व्यक्ति हो।)
क्षिप्रं भवति
धर्मात्मा शश्वच्छान्तिं निगच्छति।
कौन्तेय प्रतिजानीहि
न मे भक्त: प्रणश्यति।।३१।।
(धर्मात्मा भएर
त्यसले छिटै नै नित्य शान्ति पाउँछ। हे कौन्तेय, यो प्रतिज्ञा गर कि मेरो भक्तहरु
कहिले पनि नष्ट हुँदैनन्।
मां हि पार्थ
व्यपाश्रित्य येSपि स्यु; पापयोनय:।
स्त्रियो
वैश्यास्तथा शुद्रास्तेSपि यान्ति परां
गतिम्।।३२।।
(हे पार्थ, अधमकूलमा
जन्म लिएको स्त्री, वैश्य वा सुद्र जो भए पनि तिनीहरुले मेरो शरण प्राप्त गरेर
उत्तमा गति प्राप्त गर्दछन्।)
किं पुनर्ब्राह्मणा:
पुण्या भक्ता राजर्षयस्तथा।
अनित्यमसुखं लोकमिमं
प्राप्य भजस्व माम्।।३३।।
(सदाचार सम्पन्न
ब्राह्मण एव भक्तराजहर्षिहरुले परागति पाउने छन्। यसमा कुनै सन्देह छैन्। त्यसकारण
दु:खकारक यस अनित्य लोकमा तिमीले जन्म लिएको हुनाले मेरो भजन गर।)
मान्मना भव मद्भक्तो
मद्याजी मां नमस्कुरु।
मामेवैष्यसि
युक्त्वैवमात्मानं मत्परायण:।।३४।।
(मेरो परायण चित्त
भएको मेरो भक्त तथा मेरो पूजा परायण भएर यस किसिमबाट शरीर र मनलाई ममा स्थिर गरेर
मेरो परायण भएर ममा नै प्राप्त हुनेछौ।)
नवौं अध्याय समाप्त
No comments:
Post a Comment