Friday, March 27, 2015

Geeta Chapter 17


भागवत गीता अध्याय १७

अर्जुन उवाच
ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विता:।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तम:।।१।।
अर्जुनले बिन्ति गरे
(हे कृष्ण, जसले शास्त्रको विधिलाई अवलम्वन नगरेर केवल श्रद्धायुक्त भइ भजन गर्दछन् भने त्यस्ताहरुको निष्ठा वा स्थिति कस्तो हुन्छ? तिनीहरु सात्विक, राजसी वा तामसी कस्तो हुन्छन्?)

श्रीभगवानुवाच
त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा।
सात्त्विकी राजसी चैव तामसी चेति तां शृणु।।२।।
भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(प्रत्येक व्यक्ति प्राकितिक विश्वास-श्रद्धाका साथ जन्म लिएको जुन्छ। त्यो प्राकृतिक विश्वासलाई सात्विक, राजसिक र तामसिक गरी तीन वर्गमा विभाजित गरिएको छ। तिनलाई तिमी अब सुन)

सत्त्वाSनुरुपा सर्वस्य श्रद्धा भवति भारत।
श्रद्धामयोSयं पुरुषो यो यच्छ्द्ध: स एव स:।।३।।
(हे भारत, सबैको सद्धा आ-आफ्नो अन्त:करण-स्वभावको अनुरुप हुने गर्दछ। त्यक्ति उसको श्रद्धाद्वारा जानिन्छ। कुनै व्यक्तिले जस्तो कुरामा श्रद्धा राख्दछ उसको चित्त पनि त्यस्तै किसिमको हुन्छ।)

यजन्ते सात्त्विका देवान् यक्षरक्षांसि राजसा:।
प्रेतान् भूतगणांश्चान्ये यजन्ते तामसा जना:।।४।।
(सात्विक गुण भएका व्यक्तिहरु देवताहरुको पूजा गर्दछन्। राजसिक गुण भएका व्यक्तिहरुले यक्ष र राक्षसहरुको पूजा गर्छन। अन्य जो तामसिक गुण भएका व्यक्तिहरु छन् उनीहरुले भने भूत र प्रेतहरुको पूजा गर्दछन्।)

अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जना:।
दम्भाहंकारसंयुक्ता: कामरागबलान्विता:।।५।।

कर्षयन्त: शरीरस्थं भूतग्राममचेतस:।
मां चैवान्त:शरीरस्थं तान् विद्ध्यासुरनिश्र्चयान्।।६।।
५-६
(जो व्यक्तिहरु घमण्ड र अहंकारको वसिभूत भएर केवल काम एवं आशक्तिको बलमा कठिन तपस्या त गर्छन तर शास्त्रको विरुद्ध भएर गर्दछन् र आफ्नो शरीरमा रहेको पञ्चमहाभूतको समूहलाई एवं अन्त:करण रहेको मलाई कष्टदिन्छ, त्यस्ता व्यक्तिहरुलाई अज्ञानी एवं आसुरी प्रवृतिको जान।)

आहारस्वत्वपि सर्वस्य त्रिविधो भवति प्रिय:।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं शृणु।।७।।
(जसरी तीन किसिमाका आहारहरु सबैलाई प्रिय हुन्छन् त्यसैगरी यज्ञ, तपस्या र दान पनि तीन किसिमका हुन्छन्। तीनीहरुको फरकलाई यसप्रकार थाहा पाऊ।)

आयु:सत्त्वलारोग्यसुखप्रीतिविवर्धना:।
रस्या: स्निग्धा: स्थिरा हृद्या आहारा: सात्त्विकप्रिया:।।८।।

कट्वम्ललवणात्युष्णतीक्ष्णरुक्षविदाहिन:।
आहारा राजसस्येष्टा दु:खशोकामयप्रदा:।।९।।

यातयामं गतरसं पूति पर्युषितं च यत्।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्।।१०।।
८-१०
(आयु, उत्साह, बल, आरोग्य, सुख तथा प्रीति बढाउने रसिलो, चिल्लो, पौष्टिक र हृदयलाई आनन्द दिने आहारहरु सात्विक व्यक्तिहरुलाई प्रिय हुन्छ। तितो, अमिलो, नून बढी, बढी तातो, तेज, रुखो, पोल्ने एवं दु:ख, शोक र रोगहरु उत्पन्न गराउने आहारहरु राजसिक व्यक्तिहरुलाई प्रिय हुन्छ। यसैगरी जुन राम्रोगरी पाकेको छैन, रसिलो छैन, दुर्गन्धले भरिएको छ, बासी, जूठो र अपवित्र पनि छ त्यस्तो आहारहरु तामसी व्यक्तिहरुलाई प्रिय हुन्छ।)

अफलाकाङ्क्षिभिर्यज्ञो विधिदिष्टो य इज्यते।
यष्टव्यमेवेति मन: समाधाय स सात्त्विक:।।११।।
(यज्ञको अनुष्ठान गर्नु कर्तव्यको पालना गर्नु हो भन्ने ठानेर मनलाई एकत्रित गरी फलको कामना नराखेर व्यक्तिहरुद्वारा गरिने यज्ञ सात्विक हो।)

अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत्।
इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम्।।१२।।
(हे भरतश्रेष्ठ, तर, दम्भले युक्त भइ एवं फलको उद्देश्य राखी गरिने यज्ञ राजसिक हो।)

विधिहीनमसृरष्टान्नं मन्त्रहीनमदक्षिणाम्।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते।।१३।।
(शास्त्रीय विधिहरुको पालना नगरिएको, अन्न दान नगरिएको, मन्त्रको प्रयोग नभएको, दक्षिणा नदिइएको र श्रद्धाबिहीन भइ गरिने यज्ञ पण्डितहरुको मतमा तामसी हो।)

देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम्।
ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्चते।।१४।।
(शुद्धता, सरलता, ब्रह्मचर्य र अहिंसाद्वारा देवता, ब्राह्मण, गुरु र विद्वानहरुको गरिने पूजा शारीरिक तप हो)

अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत्।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते।।१५।।
(उद्वेग उत्पन्न नगर्ने, सत्यले भिरएका, शिष्ट तथा हितकारी वचनका साथै वैदिक पाठको अभ्यास  नै वाचिक तप हुन।)

मन: प्रसाद: सौम्यत्वं मौनमात्मविनिग्रह:।
भावसंशुद्धिरित्येतत् तपो मानसमच्यते।।१६।।
(प्रशन्न मन, शान्तभाव, मौनधारण, संयमित चित्त र व्यवहारमा निष्कपटता, यीनीहरु मानसिक तप हुन।)

श्रद्धा परया तप्तं तपस्तत् त्रिविधं नरै:।
अफलाकाङ्क्षिभिर्युक्तै: सात्त्विकं परिचक्षते।।१७।।
(निष्कामी व्यक्तिहरुद्वारा फल प्राप्तिको उद्देश्य नराखि श्रद्धापूर्वक एकाग्र चित्तले गरिएका यी तिनै प्रकारका तपहरुलाई सात्विक तप भन्ने गरिन्छ।)

सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत्।
क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम्।।१८।।
(जुन तप सत्कार, मान प्रतिष्ठा एवं पूजाको लागि घमण्डले गरिएको हुन्छ त्यसलाई अनित्य एवं अनिश्चित राजसिक तप भन्ने गरिन्छ।)

मूढग्राहेणाSSत्मनो यत् पीडया क्रियते तप:।
परस्योत्सादनाSर्थं वा तत्तामसमुदाहृतम्।।१९।।
(जुन तप मूर्खतापूर्वक आफू स्वयंले नै पनि कष्ट उठाउने तथा अरुको विनाश गर्ने उद्देश्यले गरिएको छ भने त्यस्तो तपलाई तामस भन्ने गरिन्छ।)

दातव्यमिति यद्दानं दीयतेSनुपकारिणे।
देशे काले च पात्रे च यद्दानं सात्त्विकं स्मृतम्।।२०।।
(बदलमा कुनै लाभ प्राप्त गर्ने उद्देश्य नराखेर दान दिनु कर्तव्य हो भन्ने भाव राखि उपयुक्त-दानपाउन योग्य व्यक्तिलाई उचित समय-पुन्यकाल र उचित स्थान-तीर्थस्थलमा दिइने दान सात्विक दान हो।)

यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुन:।
दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम्।।२१।।
(तर पछि पश्चाताप गर्ने/अनिक्षाका साथ वा बदलमा केही प्राप्त गर्ने उद्देश्य राखेर अथवा केही फल पाउने आशाका साथ गरिएको दान राजसिक दान हो।)

अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते।
असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम्।।२२।।
(जुन दान अयोग्य समय र स्थान-पिरस्थितिमा कुपात्रलाई अनादर एवं अवेज्ञापूर्वक गरिन्छ त्यस्तो दानलाई तामस दान भन्ने गरिन्छ।)

ऊँ तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविध: स्मृत:।
ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिता: पुरा।।२३।।
(ब्रह्मको तीन किसमको निर्दैशक नाम रहेको छ। ओम तत् र सत्। ओम, तत् र सत् द्वारा नै आदिकालमा  ब्रह्मण-पुरोहितहरु, वेदहरु र यज्ञहरु निर्मित भएका हुन।)

तस्माद् ऊँ इत्युदाहृत्य यज्ञदानतप:क्रिया:।
प्रवर्तन्ते विधानोक्ता: सततं बह्मवादिनाम्।।२४।।
(प्रभोमा प्राप्त हुनका लागि यो कारणले गर्दा नै ब्रह्मवादीहरुको शास्त्रयुक्त यज्ञ, दान र तप-तपस्याका कार्यहरु सँधै ओम उच्चारण गरेर प्रारम्भ हुन्छ।)

तदित्यनभिसन्धाय फलं यज्ञतप:क्रिया:।
दानक्रियाश्र्च विविधा: क्रियन्ते मोक्षकाङ्क्षिभि:।।२५।।
(मोक्ष चाहनेहरु कर्मफलको इच्छा नराखी तत् सत् शब्दको उच्चारण गरेर अनेक किसिमका यज्ञ, दान, तप आदि कार्यहरु गर्दछन्।)

सद्भावे साधुभावे च सदित्येतत् प्रयुज्यते।
प्रशस्ते कर्माणि तथा सच्छब्द: पार्थ युज्यते।।२६।।
(हे पार्थ, ब्रह्मत्व र ब्रह्मवादित्वमा सत् को प्रयोग हुन्छ। यसै किसिमले अशल कर्म गर्दा पनि सत् शब्दको प्रयोग गरिन्छ।)

यज्ञे तपसि दाने च स्थिति: सदिति चोच्यते।
कर्म चैव तदर्थीयं सदित्येवाभिधीयेते।।२७।।
(यज्ञ, दान र तप तथा यी कार्यहरु गर्नका लागि निश्चित स्थानहरुमा पनि पनि सत् शब्दको प्रयोग हुन्छ। परमेश्वरका लागि गरिएका कार्यहरुलाई नै सत् भनिएको हो।)

अश्रद्धा हुतं दत्तं तपस्तप्तं कृतं च यत्।
असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह।।२८।।

(हे पार्थ, श्रद्धहीन भएर गरिएको हवन, दिइएको दान र गरिएको तपस्या वा गरिएको जुनसुकै कर्म त्यो असत् हो। असत् कर्मले न त यस लोकमा न त मरेपछि नै लाभ प्राप्त हुन्छ।)

सत्रौं अध्याय समाप्त

No comments:

Post a Comment