Thursday, March 19, 2015

Geeta Chapter 14


भागवत गीता अध्याय १४

श्रीभगवानुवाच
परं भूय: प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम्।
यज्ज्ञात्वा मुनय: सर्वे परां सिद्धिमितो गता:।।१।।
भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(सम्पूर्ण ज्ञानहरुमा उत्तम परमज्ञान बारे फेरि भन्छु। परमज्ञान थाहा पाएर मुनीहरुले सिद्धि-देह बन्धनबाट मुक्ति प्राप्त गरे।)

इदं ज्ञानमुपाश्रित्य मम साधर्म्यमागता:।
सर्गेSपि नोपजायन्ते प्रलये न व्यथन्ति च।।२२।।
(यो ज्ञानको आश्रयमा परेर मेरो स्वरुपमा विलिन भएका मुनीहरुको सृष्टिको आदिमा जन्म हुँदैन र प्रलयकालमा पनि ब्याकुलता हुँदैन, मृत्युलाई प्राप्त हुँदैनन्।)

मम योनिर्महद् ब्रह्म तस्मिन् गर्भं दधाम्यहम्।
सम्भव: सर्वभूतानां ततो भवति भारत।।३।।
(हे भारत, मेरो महत् ब्रह्मरुप प्रकृति-योनी गर्भ राख्ने स्थान हो। म त्यसमा गर्भ राख्दछु। मैले यस्तो गर्नाले समस्त प्राणीहरुको उत्पत्ति हुन्छ।) 

सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:।
तासां ब्रह्म महद्योनिरहं बीजप्रद: पिता।।४।।
(हे कौन्तेय, सम्पूर्ण प्राणीहरु जो शरीर धारण गरेर योनीहरुद्वार उत्पन्न हुन्छन तिनीहरुको माता  महद् योनी- प्रकृति हुन र म बिजदाता पिता हुँ।)

सत्त्वं रजस्तम इति गुणा: प्रकृतिसम्भवा:।
निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम्।।५।।
(हे महाबाहो, प्रकृतिबाट उत्पन्न भएको सत्, रज, तम यी तीन गुणहरुले शरीर धारण गरेको आत्मालाई बाँधछन्।)
नोट: सत्-भद्रता, रज-मद वा राग र तम-अज्ञानता वा अचेतन गरी प्रकृति- प्राणीहरुका स्वभावहरुका रुपहरु हुन।

तत्र सत्त्वं निर्मलत्वात् प्रकाशकमनामयम्।
सुखसंगेन बध्नाति ज्ञानसंगेन चानघ।।६।।
(हे निष्पाप, सत् गुण अरु दुई गुणहरु भन्दा पवित्र र प्रकाशित गर्ने तथा सबै किसिमका पापकर्म बाट पर राख्ने रुपको हुन्छ। म सद् गुण द्वारा प्राणीहरुमा सुख र ज्ञानतिर लगाब पैदा गराउँछु।)

रजो रागात्मकं विद्धि तृष्णासंगसमुद्भवम्।
तन्निबध्नाति कौन्तेय कर्मसंगेन देहिनम्।।७।।
(हे कौन्तेय, रजोगुणलाई रागात्म वा विषयहरु प्रति इच्छ वा आसक्तिबाट उत्पन्न हुने बुझ। रजोगुणले कर्मको आसक्तिद्वारा प्राणीहरुलाई बाँधछ, त्यस किसिमको व्यवहार गर्ने प्रवृति उत्पन्न गराउँछ।

तमस्त्वज्ञानजं विद्धि मोहनं सर्वदेहिनाम्।
प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत।।८।।
(तर हे भारत, तमोगुणले सम्पूर्ण देहधारीहरुलाई मोहित गर्दछ किनभने तमोगुण अज्ञानबाट उत्पन्न भएको हुन्छ भन्ने बुझ। तमोगुणले प्राणीहरुमा प्रमाद, आलस्य र निद्रा आदि उत्पन्न गराउँछ।)

सत्त्वं सुखे सञ्जयति रज: कर्मणि भारत।
ज्ञानमावृत्य तु तम: प्रमादे सञ्जयत्युत।।९।।
(हे भारत, सत् गुणले देहधारीहरुलाई सुखमा र रजगुणले कर्ममा बाँधछ। तमोगुणले भने उनीहरुको ज्ञानलाई ढाकेर उनीहरुमा प्रमाद जगाउँछ।)

रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत।
रज: सत्त्वं तमश्चैव तम: सत्त्वंरजस्तथा।।१०।।
(हे भारत, रजोगुण र तमोगुणलाई पराजित गरेर सत् गुणले जन्म लिन्छ। रजगुण र सत् गुणलाई पराजित गरेर तमो गुणले जन्म लिन्छ। यसैगरी तमगुण र सत् गुणलाई पराजित गरेर रजोगुणले जन्म लिन्छ।)

सर्वद्वारेषु देहेSस्मिन् प्रकाश उपजायते।
ज्ञानं यदा तदा विद्याद् विवृद्धं सत्त्वमित्युत।।११।।
(जब यस देहका द्वारहरुमा चेतना र बोधशक्ति उत्पन्न हुन्छ र जब यी ज्ञानदवारा प्रकाशित हुन्छन्, यो स्थितिलाई सत गुण वृद्धि भएको मान्नु पर्दछ।)

लोभ: प्रवृत्तिरारम्भ: कर्मणामाशम: स्पृहा।
रजस्येतानि जायन्ते विवृरद्धे भरतर्षभ।।१२।।
(हे भरतर्षभ, लोभ, कर्म-फलको उद्देश्यद्वारा कार्य गर्ने इच्छा, भोगको इच्छाबाट उत्पन्न अशान्ति, विषयभोगको अभिलाषा यी सबै प्रवृति रजोगुण बढेपछि उत्पन्न हुन्छन्।)

अप्रकाशोSप्रवृत्तिश्च प्रमादो मोह एव च।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन।।१३।।
(हे कुरुनन्दन, तमोगुण बढेमा अज्ञानता, निष्कृयता, प्रमाद, भ्रम  जस्ता प्रवृतिहरु उत्पन्न हुन्छन।)

यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत्।
तदोत्तमविदां लोकानमलान् प्रतिपद्यते।।१४।।
(जब देहधारी सत् गुण बढेको स्थितिमा मृत्युमा प्राप्त हुन्छ तब उसले उत्तम कार्य गर्नेहरुले बास गर्ने दिव्यलोकमा बास पाउँछ।)

रजसि प्रलयं गत्वा कर्मसंगिषु जायते।
तथा प्रलीनस्तमसि मूढयोनिषु जायते।।१५।।
(जसको रगोगुण बढेको अवस्थामा मृत्यु हुन्छ उसले कर्ममा आशक्ति राख्ने मनुष्य रुपमा जन्म लिन्छ र यसैगरी जसको तमोगुण बढेको अवस्थामा मृत्यु हुन्छ उसले पशुरुपमा जन्म लिन्छ।) 

कर्मण: सुकृतस्याहु: सात्त्विकं निर्मलं फलम्।
रजसस्तु फलं दु:खमज्ञानं तमस: फलम्।।१६।।
(पण्डितहरुको भनाइ अनुसार सात्विक कर्मको सुखमय सात्विक फल हुन्छ, राजसी कर्मको राजसी दु:खमय कर्मफल र तामसी कर्मको अज्ञानमय कर्मफल हुन्छ।)

सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च।
प्रमादमोहौ तमसो भवतोSज्ञानमेव च।।१७।।
(सत् गुणबाट ज्ञान, रजोगुणबाट लोभ, तमोगुणबाट लालसा, घमण्ड र अज्ञानता उत्पन्न हुन्छ।)

ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसा:।
जघन्यगुणावृत्तिस्था अधो गच्छन्ति तामसा:।।१८।।
(सात्विक आचरण गर्नेहरु व्यक्तिहरु माथि- स्वर्गलोकमा जान्छन्, राजसी आचरण गर्नेहरु मध्य- मनुष्य लोकमा नै रहन्छन् तथा तामसी आचरण गर्नेहरु तल्लो लोक- नर्कमा जान्छन्।)

नान्यं गुणेभ्य: कर्तारं यदा द्रष्टानुपश्यति।
गुणेभ्यश्च परं वेत्ति मद्भावं सोSधिगच्छति।।१९।।
(जब दृष्टा-व्यक्तिले गुणहरुको अतिरिक्त अन्य कुनै गुणलाई कर्ताको रुपमा देख्दैन र गुणहरु देखि धेरै पर रहेको आत्मालई जान्दछ त्यसबेला उसले मोक्ष प्राप्त गर्दछ, मेरो स्वरुप प्राप्त गर्दछ।) 

गुणानेतानतीत्य त्रीन् देही दहसमुद्भवान्।
जन्ममृत्युजरादु:खैर्विमुक्तोSमृतमश्नुते।।२०।।
(देहधारीले देहबाट उत्पन्न भएका यी तिनै गुणहरुलाई उलंघन गरेर जन्म, मृत्यु, वृद्धा अवस्था र दु:ख-कष्टबाट मुक्त भई यसै जीवनमा जीवन अमृत प्राप्त गर्दछ, मोक्ष प्राप्त गर्दछ।)

अर्जुन उवाच
कैर् लिंगैस्त्रीन् गुणानेतानतीतो भवति प्रभो।
किमाचार: कथं चैतांस्त्रीन् गुणानतिवर्तते।।२१।।
अर्जुनेले बिन्ति गरे
(हे प्रभ्रो, यी तिनै गुणहरुबाट टाढा रहेको व्यक्तिको लक्षण, गुणहरु कुन किसिमको हन्छ तथा उसको व्यवहार कस्तो किसिमको हुन्छ र उसले के कस्ता उपायहरु प्रगोग यी तिनै गुणहरु माथि विजय प्राप्त गरेको हुन्छ?)

श्रीभगवानुवाच
प्रकाशं च प्रवृत्तिं च मोहमेव च पाण्डव।
न द्वेष्टि सम्प्रवृत्तानि न निवृत्तानि कङ्क्ष्ति।।२२।।

उदासीनवदासीनो गुणैर्यो न विचाल्यते।
गुणा वर्तन्त इत्येवं योSवतिष्ठति नेंगते।।२३।।

समदु:खसुख: स्वस्थ: समलोष्टाश्मकाञ्चन:।
तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुति:।।२४।।

मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयो:।
सर्वारम्भपरित्यागी गुणातीत: स उच्यते।।२५।।
(२२-२५)
भगवान श्रीकृष्ण आज्ञा गर्नुहुन्छ
(हे पाण्डव, जुन व्यक्तिले सत्व-प्रकाश, रज-लगाव र तम-भ्रम गुणहरुको उपस्थितिलाई न त घृणा गर्दछ न तिनीहरुको अनुपस्थिम तिनीहरु प्रति आशक्ति नै राख्दछ र जो व्यक्ति ती गुणहरुका क्रियाहरुमा उदासीन हुन्छ एवं ती गुणहरुले आफ्ना प्रवृति अनुसार कार्य गरिरहेका छन् भन्ने मानेर विचलित हुँदैन र स्थिर रहन्छ त्यो व्यक्ति गुणातीत हो। यसैगरी सुख दु:खलाई समान सम्झिने, आफूलाई केवल एक पिण्ड-थुप्रो मान्ने, माटो, सुन र पथ्थरलाई एउटै देख्ने, बुद्धिमान, निन्दा र स्तुतिलाई समान मान्ने, मित्र र सत्रुलाई समान ठान्ने, देहधारण र साथै अरु कार्यहरु समेत परित्याग गर्ने व्यक्ति पनि गुणातीत नै हो)

मां च योSव्यभिचारेण भक्तियोगेन सेवते।
स गुणान् समतीत्यैतान् ब्रह्मभूयाय कल्पते।।२६।।
(जो व्यक्तिले श्मासुन्दर आकार मलाई अनन्य भक्तियोगले भज्दछ त्यो यी तीन गुणहरु- सत्, रज, तम, लाई उलंघन गर्दै ब्रह्मलाई अनुभव गर्न सक्षम हुन्छ।)

ब्रह्मणो हि प्रतिष्ठाहममृतस्याव्यस्य च।
शाश्वततस्य च धर्मस्य सुखस्यैकान्तिकस्य च।।२७।।

(किनभने कुनै पनि युगमा नाश न हुने अविनाशी ब्रह्म, जुन पान गरेपछि कहिले मृत्यु हुँदैन त्यो अमृत, सँधै रहने धर्म, र एकान्त सुखको आश्रय पनि म नै हुँ।)

चौधौं अध्याय समाप्त


No comments:

Post a Comment