Saturday, February 21, 2015

Geeta Chapter 5


                                                                                                     भागवत गीता अध्याय ५

अर्जुन उवाच
संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि।
यछ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्र्चितम्।।१।।
अर्जुनले भने
(हे कृष्ण, हजूरले कहिले कर्म परित्याग गर्न भन्नु हुन्छ त कहिले निष्फल कार्य गर्नु भन्नु हुन्छु। यी दुई मध्ये मेरो लागि निश्चित रुपमा कुन असल छ त्यो कृपया भन्नुहोस।)
नोट: यस स्लोकमा अर्जुनले आफूलाई कर्म सन्यास र कर्म योगमा कुन अशल रहेको बारे निश्चय न भएकोले सो बारे निश्चय गरिदिन भगवानलाई आग्रह गरेका छन्। सांसारिक कार्यहरुबाट मुक्त रहनु वा सांसारिक कार्यहरु न गर्नु कर्म सन्यास हो भने  सांसारिक कार्यहरु गरे पनि त्यसबाट फलको अपेक्षा नगर्नु कर्म योग हो।)
श्रीभगवानुवाच
संन्यास: कर्मयोगश्र्च नि:श्रेयसकरावुभौ।
तयोस्तु कर्मसंन्यासात् कर्मयोगो विशिष्यते।।२।।
भगवान श्रीकृष्णबाट आज्ञा भयो
(कर्म सन्यास र  कर्मयोग, यी दुबै अति नै कल्याणकारी हुन तर कर्म सन्यास र कर्मयोग मध्ये निष्काम कर्मयोग भने सर्वश्रेष्ठ हो।)
नोट: कुनै कार्य नगरेर वा कार्यहरुबाट बिरक्तिएर रहनु वा कर्मसन्यास लिनु  भन्दा निष्काम वा कुनै पनि किसिमको फलको इच्छा नराखेर केवल कर्म गर्नु वा निष्काम कर्मयोगी हुनु महत्वपूर्ण कुरा हो।)

ज्ञेय: स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति।
निर्द्वन्द्वो हि महाबाहो सुंत् बन्धात् प्रमुच्यते।।३।।
(हे, हतियारले सुसज्जित, महाबाहो त्यो व्यक्तिलाई नित्य सन्यासीयोग्य बुझ्नु पर्दछ जो न कसैलाई घृणा गर्दछ न त कर्मको फल प्राप्तिको चाहना नै राख्दछ किनभने घृणा र चाहना आदिको आकर्षणबाट मुक्त व्यक्तिले नै यो सांसारिकबन्धनबाट मुक्ति पाउछ।)

साङ्ख्योगौ पृथग्बाला: प्रवदन्ति न पण्डिता:।
एकमप्यास्थित: सम्यगुभयोर्विन्दते फलम्।।४।।
(अज्ञानीहरुले मात्र साङ्ख्ययोग र कर्मयोग फरक फरक रहेको भन्दछन् तर पण्डितहरुले त्यस्तो भन्दैनन्। यसमध्ये एउटाको मात्र पनि राम्रो गरी आश्रयमा पर्ने व्यक्तिले दुबैको मोक्षरुपको फल प्राप्त गर्दछ।)
साङ्ख्यको अर्थ भौतिक संसारको विश्लेषणात्मक अध्ययन हो।

यत् सांख्यै: प्राप्यते स्थानं तद् योगैरपि गम्यते।
एकं सांख्यं च योगं च य: पश्यति स पश्यति।।५।।
(साङ्ख्ययोगबाट जुन स्थान प्राप्त हुन्छ त्यो स्थान कर्मयोगबाट पनि प्राप्त गर्न सकिन्छ। तत्वदर्शी त्यो व्यक्ति हो जसले साङ्ख्ययोग र निष्काम कर्मयोगलाई समान रुपमा फलदायी देख्दछ।)

संन्यासस्तु महाबाहो दु:खमाप्तुमयोगत:।
योगयुक्तो मुनिब्ररह्म न चिरेणाधिगच्छति।।६।।
(हे महाबाहो, निष्काम कर्ययोग रहित सन्यास दु:खपूर्ण छ, कठिन छ तर निष्काम कर्मयोग गर्ने व्यक्ति ज्ञान प्राप्त गरेर छिटै ब्रह्ममा पुग्छ।

योगयुक्तो विशुध्दात्मा विजितात्मा जितेन्द्रिय:।
सर्वभूतात्म-भूतात्मा कुर्वन्नपि न लिप्यते।।७।।
(जो निष्काम कर्मयोगी छ, जो विशुद्ध अन्तस्करण भएको र आत्मामाथि विजय प्राप्त गरेको छ, जसले इन्द्रियहरुलाई नियन्त्रणमा राखेको छ र सबै जीवहरु माथिको मोहलाई परित्याग गरेरको छ उसले कर्म गरेता पनि ऊ कर्ममा लिप्त भने हुँदैन।

 नैव किश्र्चित् करोमीति युक्तो मन्येत तत्त्ववित्।
पश्यञ्शृण्वन्स्पृशञ्जिध्रन्नश्रन्गच्छन्स्वपरञ्श्र्वसन्।।८।।

प्रलपन् विसृजन् गृह्णत्रुन्मिषन्निमिषन्नपि।
इन्द्रियाणीन्द्रियाथेंषु वर्तन्त इति धारयन्।।९।।
८-९
(कर्मयोगी तत्वज्ञानी भएको ले उसले आफ्नो बुद्धिद्वारा निश्चित गरेर यो मान्द्छ कि उसले  हेरेको, सुनेको, स्पर्श गरेको, बास्ना लिएको, हिंडेको, सुतेको, स्वास लिएको, स्वास छाडेको, बोलेको, ग्रहण गरेको, विसर्जन गरेको क्रियाहरु उसका इन्द्रियहरुले गरेका हुन। यी कार्यहरु गर्नुमा उसको कुनै क्रियाशीलता छैन।

ब्र्ह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति य:।
लप्यते न स पापेन पद्मपत्रमिवाSम्भसा।।१०।।
(जुन व्यक्तिले कर्मप्रतिको आशक्तिलाई त्यागेर आफूले गरेका सम्पूर्ण कर्महरु मलाई समर्पित गर्दछ ऊ पानीमाथि रहेको कमलको पात पानीबाट नछोइ झै पापहरुबाट मुक्त हुन्छ।)

कायेन मनसा बुद्धया केवलैरिन्द्रियैरपि।
योगिन: कर्म कुर्वन्ति सङ्गं त्यक्त्वSSत्मशुद्धये।।११।।
(योगीहरुले चित्तशुद्धिका लागि आशक्ति त्यागेर केवल शरीर, मन, बुद्धिका साथै इन्द्रियहरु द्वारा पनि कर्म गर्दछन्।)   

युक्त कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम्।
अयुक्त: कामकारेण फले सक्तो निबध्यते।।१२।।
(निष्काम कर्मयोगीले कर्मफलको आशक्ति त्यागरे कर्म गरेको हुनाले मौक्ष प्राप्त गर्छ तर सकाम कर्मयोगीले फलप्रति आशक्ति राखेर कर्म गरेको हुनाले मौक्ष प्राप्त गर्दैन, बन्धनमा नै रहन्छ।

सर्वकर्माणि मनसा सन्नयस्याSSस्ते सुखं वशी।
नवद्वारे पुरे देही नैव कुर्वन् न कारयन्।।१३।।
(इन्द्रियहरुमाथि बिजय प्राप्त गरेको प्राणी मनद्वारा समपूर्ण कर्महरुलाई त्यागेर, न त आफूले कुन कर्म गरेर, न त अरुद्वारा नै कुनै कर्म गराएर, यस नौद्वार भएको शरीरमा सुखपूर्वक अवस्थित रहन्छ।)
नोट: दुई आँखा, दुई कान, नाकका दुई छिद्र, एक मुख, एक मलद्वार र एक यौन (प्रजनन अङ्ग) गरी यिनलाई नौ द्वारा मानिएको छ। मानव शरीर यी नौ द्वारहरु भएको एक सहर हो।
आफ्ना पाँच इन्द्रिय आँखा (दृश्य), कान (श्रव्य), जिब्रो (स्वाद), छाला (स्पर्स) र नाक (घ्राण) हरुलाई आफ्नो नियन्त्रणमा राख्ने व्यक्तिहरुले सुखपूर्वक जीवन बिताउँछन्।) मानवीय पीडाहरुलाई यी इन्द्रियहरुले शरीरमा प्रविषठ गराउँछन्।  

न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभु:।
न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते।।१४।।
(इश्वरले मान्छेहरुको न त कर्तव्य, न त कर्म, न त कर्मफलको संयोगको श्रृजना गर्नु भएको हो। कर्तव्य, कर्म र कर्मफल प्रकृतिको नियम अनुसार उत्पतित हुनछन्।

नाSSदत्ते कस्याचित् पापं न चैव सुकृतं विभु:।
अज्ञानेनाSSवृतं ज्ञानं तेन मुह्यन्ति जन्तव:।।१५।।
(परमेश्वरले न त कसैद्वारा गरिएको पाप न त कसैद्वारा गरिएको पुन्य ग्रहण गर्नु हुन्छ। अज्ञानताको पर्दाले प्राणीहरुको अन्तर ज्ञान ढाकिएको हुनाले उनीहरु भ्रमित/मोहित भएका हुन।)

ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मन:।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम्।।१६।।
(तर जसको त्यो ज्ञान भगवानको ज्ञानद्वार नष्ट भएको छ उसको त्यो ज्ञानले सूर्यको प्रकशले झै सबै कुरालाई देख्न सकिने गरि अवस्था सरह छर्लङ्ग पारिदिन्छ।)
नोट: जसको अज्ञानता आध्यात्म ज्ञानले नष्ट भएको छ उसले यो मिथ्या संसारको सबै कुरालाई प्रष्ट गरी बुझ्न सरल हुने गरी देख्छ।


तदबुद्धयस्तदात्मानस्तत्रिष्ठास्तत्परायणा:।
गच्छनत्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषा:।।१७।।
(त्यो व्यक्तिले पुन: जन्म नलिनुपर्ने गरी मोक्ष प्राप्त गर्दछ जसको बुध्दि इश्वरमा स्थिर छ, जसको मन केवल इश्वरको ध्यानमा मग्न छ, जो जहिले पनि इश्वरप्रति निष्ठावान छ, जसले इश्वरको भजन किर्तन गर्छ र जसको अज्ञान उसको ज्ञानद्वारा नष्ट भएको छ।)

विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि।
शुनि चैव श्र्वपाके च पण्डिता: समदर्शिन:।।१८।।
(ज्ञानी व्यक्तिहरुले विद्या र विन्रमताले भरिपूर्ण ब्राह्मण, चाण्डाल, गाई, हात्ति र कुकुरलाई समान दृष्टिले हेर्दछन्।)
नोट: ज्ञानी व्यक्तिहरुले सृष्टिका सम्पूर्ण प्राणीहरुलाई समान किसिमले व्यवहार गर्दछन्।

इहैव तैर्जित: सर्गो येयां साम्ये स्थितं मन:।
नर्दोषं हि समं ब्रह्मा तस्माद् ब्रह्माणि ते स्थिता:।।१९।।
(ती व्यक्तिहरुले यस लोकमा नै सम्पूर्ण संसार- जीवन मृत्युको चक्र माथि विज्य प्राप्त गरिसकेका हुन्छन् जसको मन समत्वमा स्थिर छ। मन समत्वमा स्थिर भएका व्यक्तिहरु ब्रह्म झै दोषरहित भएको हुनाले उनीहरु बह्ममा अवस्थतिर रहन्छन्।)

न प्रहृष्येत् प्रियं प्राप्य नद्विजेत् प्राप्य चाSप्रियम्।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद् ब्रह्माणि स्थित:।।२०।।
(ब्रह्ममा अवस्थित ब्रह्मबेता पुरुष स्थिर बुद्धि भएका र मोहरहित हुन्छ। ब्रह्मबेता पुरुष न त आन्दायी वस्तु पाएर हर्षित हुन्छ न त पीडादायी वस्तु पाएर दु:खी हुन्छ।)
बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत् सुखम्।
स ब्रह्ययोगयुक्तात्मा सुखमक्षयमश्नुते।।२१।।
(जसको चित्त विषय सुखमा आसक्त छैन उसले आत्ममा जुन सुख छ त्यो सुख प्राप्त गर्दछ। ब्रह्मयोगले युक्त व्यक्तिले भने कहिले समाप्त नहुने सुख प्राप्त गर्दछ।)

ये हि संस्पर्शजा भोगा दु:खयोनय एव ते।
आद्यन्तवन्त: कौन्तेय न तेषु रमते बुध:।।२२।।
(हे कौन्तेय, जो व्यक्तिहरु सम्पूर्ण भोग विषयहरुको योगबाट उत्पन्न भएका हुन्छ तिनीहरु निश्चय पनि दु:खको कारण बन्दछन् ज्ञानी व्यक्तिहरु ती मध्ये पर्दैनन्।

शक्नोतीहैव य: सोढुं प्राक्शरीरवोमोक्षनात्।
कामक्रोधोद्भवं वेगं स युक्त: स सुखी नर:।।२३।।
(त्यो पुरुष योगी हो र सुखी पनि हो जसले यस जन्ममा नै आफ्नो शरीर नष्ट हुनु हुन भन्दा पहिले काम र क्रोधबाट उत्पन्न बेगलाई सहन सक्षम रहेको छ।)

योSन्त: सुखोSन्तरारामस्तथाSन्तर्ज्योतिरेव य:।
स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूSधिगच्छति।।२४।।
(त्यो व्यक्ति, जो आत्मसुखले सुखी छ, आत्माको आनन्दले आनन्दित छ, तथा आत्म ज्ञानले प्रकाशित छ, त्यो व्यक्तिले ब्रह्मको रुप प्राप्त गरेर ब्रह्मपदमा निर्वाण प्राप्त गर्दछ।) 


लभन्ते ब्रह्मनिर्वाणमृषय: क्षीणकल्मषा:।
छिन्नद्वैधा यतात्मान: सर्वभूतहिते रता:।।२५।।
(निष्पाप, शंकारहित, चित्त संयमित र सबै प्राणीको हितामा क्रियाशील रहेका ऋषीहरुले ब्रह्म निर्वाण प्राप्त गर्दछन्।)

कामक्रोधविमुक्तानां यतीनां यतचेतसाम्।
अभितो ब्रह्मनिर्वाणं वर्तते विदिता SS त्मनाम्।।२६।।
(काम क्रोधबाट मुक्त भएर मनलाई जित्न सक्ने, आत्मतत्वलाई जानेको ज्ञानी पुरुहरुले ब्रह्म निर्वाण प्राप्त गर्दछ।)

स्पर्शान् कृत्वा बहिर्बाह्यांश्चक्षुश्र्चैवाSन्तरे भ्रुवो:।
प्राणाSपानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ।।२७।।

यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायण:।
विगतेच्छाभयक्रोधो य: सदा मुक्त एव स:।।२८।।
२७-२८
(ती व्यक्तिहरु नित्य मुक्त छन् जसले सब्द र स्पर्स आदि वाह्य विषयहरुलाई मन द्वारा भित्र आउन दिएका छैनन्। दृष्टिलाई दुबै आँखिभूँइको बीचमा पारेर, उक्षबास र निश्वास रुपमा दुबै नाकका छिद्रहरुमा आउने जाने गर्ने प्राण र अपान वायुको माथिल्लो र तल्तो गतिलाई लाई रोकेर समान गरेका छन्। इन्द्रियलाई जितेका, जित्ने मन र ज्ञान भएका मोक्षपरायण तथा इच्छा, भय र क्रोधलाई आफ्नो नियन्त्रणमा राखेका छन्।) 

भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम्।
सुह्रदं सर्वभूतानां ज्ञात्वा मां शन्तिमृच्छति।।२९।।
(मान्छेले मलाई सबै यज्ञ एवं तपस्याहरुको भोग गर्ने, सबै लोकहरुको महा नियन्त्रण गर्ने र  सबै जीवहरुको हित गर्ने जानेर मोक्ष प्राप्त गर्दछ।)


पाँचौ अध्याय समाप्त                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                          

No comments:

Post a Comment