Saturday, May 12, 2012

At The End Of The Night-Poem (song) of the week-28


बिति सक्यो रात सबै 


बिति सक्यो रात सबै एक पहर बाँकी छ
भनी सक्यौ कुरा सबै मन खोल्न बाँकी छ


भन्छौ गरी सके बयान सबै भन्नु नै के छ र 
म त भन्छु धेरै धेरै मन कुरा अझै भन्न बाँकी छ


विश्वासमा विश्वास हुन्छ अविश्वासमा हुन्छ नै के
नाप्न केवल अब मेरो इमानको सीमा बांकी छ


संकाको सीमा हुँदैन तर देख्न सके ढुंगामा पनि भगवान देख्छिन्
अब केवल महावीर झै छाति चिरेर देखाउन तिम्रो तस्वीर बाँकी छ

विश्वराज अधिकारी

No comments:

Post a Comment