Saturday, May 26, 2012

Like That-2-Poem of the week-30


यस्तो पनि (२)

हरेक दिन म मेरो इच्छा र रहरलाई आफ्नै न्यायालयको कठघेरामा उभ्याउँछु
कुनैलाई आजिवन कारावास भने कुनैलाई मृत्युदण्डको फैसला सुनाउँछु

मनै त नि हो हजूर के गर्नु मायाको रापले मैन झै पग्लि दिन्छ
हेर्दा हेर्दै छेक्दा छेक्दै पोखिएर चारैतिर रोके पनि यता उता बगि दिन्छ

न काँढा भन्दा बढी दुख्छ हजूर घोचिए पछि बचन काँढा
सँग सँगै बसरे के गर्नु हजूर मन नमिले भइन्छ धेरै धेरै टाढा

ठानेर सँधै तिमीले यो जिवनलाई आम्दानी केवल कारोबारी
बेचेर दया माया सबै नाफामा भयौ एक अति धनी बेपारी

१०
भत्भति पोल्ने घाम पनि जाडोमा भइ दिन्छ हजूर न्यानो कस्तो
मायाको रापले कठोर मन पनि मैन झै पग्लिएर हजूर बगे जस्तो 


विश्वराज अधिकारी



No comments:

Post a Comment