Saturday, May 19, 2012

Like That-1-Poem of the week-29


यस्तो पनि (१) 

जिवनको पाइलाले जब उमेरको चुचुरो छुन्छ
आफ्नो सुकर्म र कुकर्म मान्छेले मनमनै गुन्छ

आफू बाहेक अरु सबैलाई मूर्ख देख्छ एक थरि मान्छे
होच्याउँदै अरुलाई ठान्छ सर्व श्रेष्ठ आफू अर्को थरि मान्छे

भीडमा कसैको पछि पछि लागेर जिन्दगी बिताउँछ एक थरि मान्छे
झुक्याएर सधैं भरि थुप्रैलाई आफ्नो पछि पछि लगाउँछ अर्को थरि मान्छे

कहिले दिन काट्नु पर्छ कहिले दिन आफै कट्छ
दिन त सबै उस्तै हुन भोगाईको अनुभूतिमा भर पर्छ

सुख सयल मात्रै नै भएको छ यो कारोबारी जिवनको सार
त्यसैले हुन थालेको छ आजभोलि भावनाको पनि व्यापार

क्रमश:

विश्वराज अधिकारी

2 comments:

  1. कहिले दिन काट्नु पर्छ कहिले दिन आफै कट्छ
    दिन त सबै उस्तै हुन भोगाईको अनुभूतिमा भर पर्छ .

    I like this segment more.
    Thanking you.

    Ishwar Pradhan

    ReplyDelete