Saturday, June 2, 2012

Like That-3-Poem of the week-31


यस्तो पनि (३)

११
लाग्दछ किन यो जिवन  एक पूर्णाङ्की नाटक यस्तो
आफ्नो आफ्नो भागको अभिनय सबैले गरि रहे जस्तो

१२
कुनै दिन त पलाउला डढेलोको ठुटो  पनि गर्नुस हजूर विश्वास
फुल्नेछ यो एकबारको जुनीमा अवश्य आउला त्यो दिन खास

१३
मन छछल्किएर आँखाभरि किन पोखिएको यस्तो
चर्को घामले हिँउ पग्लिएर एता उता बगे जस्तो

१४
लाग्छ कहिले कल्पना र सपना नै जिवनको सार
आशाले जिवन किन्ने यो दिन दु:खिको व्यापार

१५
यो मन भइ दिन्छ कहिले ढुङ्गा भन्दा पनि धेरै सार्हो
मुखले बोले पनि बोल्न मनले भने अति अति नै गार्हो

१६
एउटा दियोले करोडौ दियो बाल्दा घट्दैन रत्तिभर पनि बाल्ने दियोको ज्योति
ज्ञानीले जति बाँडे पनि नरित्तिने कहिले अन्नत अपार उसको ज्ञानको मोति


विश्वराज अधिकारी


4 comments:

  1. दिपेश काफ्लेJune 2, 2012 at 9:33 AM

    कविता धेरै राम्रो लग्यो | तर मेरो बुझाई मा राम्रो लघु कथा हरु लेख्ने मान्छे ले गध्य कविता हरु लेख्दा अझ राम्रो हुन्छ जस्तो लाग्छ(हुनत मलाई तेती धेरै ज्ञान नभएको पनि हुन सक्छ)....

    ReplyDelete
    Replies
    1. Thank you dear Dipesh. I really appreciate it. It's very nice to see you in my blog. Your suggestions will fuel me to write more poems like this.

      Delete
  2. Nice poem, thulobua! I really liked it.

    ReplyDelete