यस्तो पनि (४)
१७
बालापन पठाउन जति हतार थियो बुढेसकाल त्येति
नै ढिलो गरि आओस भन्दै छु
आज भोलि जिवनका दिनहरुलाई किफायतसाथ खुब मोलमोलाई
गरेर खर्च गर्दैछु
१८
भुल्न नसकेका ती क्षणहरुलाई ब्युँताउन खोज्दै
छु
सम्झनाका ती टुक्राहरुलाई सपनाले जोड्दै छु
१९
धनका मन्त्र जोड र गुणा राख तिमी नै दिएर मलाई केवल घटाउ र भाग
सन्तोष भए बाँच्न धेरै हुन्छ दुई छाक मोटो
भात माथि अलिकति फुस्रो साग
२०
इर्षा, घमण्ड र लोभमा कति पार्छौ अमूल्य जिवन
यो अन्ध्यारो
प्रदिप्त पार मनलाई बालेर निस्वार्थ प्रेम र
त्यागको दियालो
२१
समयलाई बरबाद गरे मैले अब यसले मलाई बरबाद
गर्दैछ
निर्यदी बाढी बनेर मेरो आशा उमंगको बस्ती
भित्र पस्दै छ
विश्वराज अधिकारी
No comments:
Post a Comment