यस्तो पनि (५)
२२
धनको रूखमा न सन्तोष फल्छ न त फल्छ माया
न दिन्छ सितल छाय यसले दिन्छ बरु पोल्ने डाहा
२३
माटो आफु नै अनि आफु नै बिउँ र आफु नै हावा
पानी
आफुले आफैलाई रोपेर फुलाउनु पर्ने त्यो फूल
यो जिन्दगानी
२४
अगाडि बढ्दा पांग्राको जसरी छुट्दै जान्छ पछाडिको माटो
आफन्त त्यसरी नै छुट्दै जान्छन जति लम्कियो
उन्नतिको बाटो
२५
जिवन विषम यात्रा अविरल
पथमा हिंड्नै पर्ने
सबैले यसमा
कोही अगाडि कोही पछाडि हिंड्दै गर्दा आफ्नै आफ्नै गतिमा
विश्वराज अधिकारी
No comments:
Post a Comment