Saturday, July 7, 2012

At The End of The Night-Poem of the week-36


केवल एक पहर बाँकी छ

रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ

नसोँचेको कहाँ हो र तारा टिपि निधार भरि सजाउने
इन्द्रेणीको सातै रंग मुहारमा फैलाउने
आकास छुने रहरमा केवल पछारिऐं यसरी
चोट चोट पिडै पिडा शरीर भरि बेस्सरी

रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ

जीवन केवल दुखै दुखको सार भयो
घाटामा रित्तिएको वेपारीको वेपार भयो

रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ

इच्छा सागर फेलियो सुदूर सुदूर देशमा
लालसा चारै तिर जिवनको भेषमा
समय आगोमा जलेर आकांक्षा महल खरानी भयो
जहिले पनि ओर्हालो देख्न अब त बानी भयो

रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ

उमेर राजमार्गमा दौड यो जिन्दगी
गन्तव्यहीन दिसामा भौतारिएको कहानी
दौडिंदा दौडिंदै केहि पाउला अटुट आश छ
नमेटिएको मसँग अझै एउटा प्यास छ

रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ

विश्वराज अधिकारी

No comments:

Post a Comment