Saturday, March 17, 2012

The Rally-Poem of the week-21

जुलुस


जुलुस देखि ज्यादै डर लाग्छ उसलाई
जुलुसले उसको धेरै शोषण गरेको छ
धेरै दौडेको छ ऊ जुलुसमा

जुलुसको कान हुँदैन
आँखा हुँदैन
चिन्तन गर्ने चेतना हुदैन
हुन्छ केवल खुट्टा दौडिनका लागि
त्यसैले जुलुस दौडिन्छ केवल अरुको इसारामा

जुलुसला धेरैले दौडाएका छन्
आफ्नो पछि पछि लगाएका छन्
आफ्नो महत्वाकांक्षाको सिखर छुन
धेरैले जुलुसलाई भर्याङ्ग बनाएका छन
तैपनि जुलुस आँखा बिना कान बिना केवल दौडिरहेको छ
अझै दौडिने छ
कहिले सम्म दौडिने छ?
भन्न सकिदैन 
त्यसैले उसलाई जुलुसदेखि डर लाग्छ

जुलुस दौडिदा आफन्तहरुला नै ढालेको छ जुलुसले
तिनला लाश बना कुल्चेको छ
लासहरु बढदै गएमा बाटो बलियो भएको विश्वास गरेको छ
अनि आफूलाई दौडाउनेको पछि लागेर
कहिले नपुगिने गन्तव्यमा दौडिएको छ जुलुस
त्यसैले उसलाई जुलुसदेखि डर लाग्छ

विश्वराज अधिकारी


No comments:

Post a Comment