Saturday, March 24, 2012

The God-Poem of the week-22

भगवान

तिमी भगवानमा विश्वास गर्देनौ
तर म भगवान बाहेक कसैमा पूर्ण विश्वास गर्दिन
मेरो लागि भगवान जिवनको स्रोत  हुन
भगवानबाट जीवन आरम्भ हुन्छ
समाप्त हुन्छ भगवानमा नै

तर तिम्रो लागि भगवानको जन्म तिम्रो उच्च आकांक्षाबाट हुन्छ
र भगवानको अन्त हुन्छ पनि तिम्रो उच्च आकांक्षाको अन्त बाट
तिमीले भगवानलाई चर्को नसा मानेका छौ अफिम भन्दा पनि
तर म भगवानलाई जीवन द्रष्टा र रक्षक मान्दछु

तिम्रो लागि तिम्रो शक्ति नै भगवान हो
मेरो लागि केवल भक्ति भगवान हो
तिमी कतै भगबान देख्दैनौ
म चारैतिर भगवान देख्दछु
म माटोमा भगवान देख्छु
म हावामा भगवान देख्छु
म पानीमा भगवान देख्छु
म प्रकाशमा भगवान देख्छु
म आकाशमा भगवान देख्छु

तिमी खोज्छौ त्यसैले भगवान देख्दैनौ
मैल भगवान खोज्नै पर्दैन अनुभूत मात्र गरे हुन्छ
म माया र प्रेममा भगवान देख्छु
म सद्भाव र विश्वासमा भगवान देख्छु
म त्याग र सुकर्ममा भगवान देख्छु

मेरो भगवान विध्वंस होइन मेरो भगवान सृजना हो
मेरो भगवान द्वन्द होइन शान्तिको कामना हो
मेरो भगवान सबैको मंगल चाहना हो
म युद्धमा केवल घमण्ड र मृत्यु देख्छु
तिमी युद्धमा केवल विजय देख्छौ

घमण्डको आँखाले होइन
महत्वाकांक्षाको आँखाले होइन
भक्तिको आँखाले हेर 
जता हेर्यो उतै
आँखा नपुग्ने ठाउँ पनि
चारै तिर
भगवान देक्ने छौ

विश्वराज अधिकारी

No comments:

Post a Comment