तेज मन
वायु भन्दा तेज
गतिमा दौडिन्छ मन
एक पलमा सात
समुन्द्र पार पुगि दिन्छ मन
फैलिन्छ वरि परि
चारै तिर कता कता यता उता मन
बाँध्न सकिँदैन
डोरीले स्वतन्त्र सुगन्ध झै मन
कठोर भइ दिन्छ कहिले
ढुङ्गा जस्तो मन
नौनी झै कोमल कहिले बनिदिन्छ
मन
भरिएर कहिले
छताछुल्ल भइ पोखिइन्छ मन
कहि भने थोपा हुन्न
रितिन्छ मन
माया प्रेममा आँखा
भरि फुलिदिन्छ मन
तिरस्कारमा दन दनी
बलिदिन्छ मन
बुझ्न गार्हो भयो
अति मनको मन
जति बुझ्यो नबुझे झै
लाग्ने झन झन मनको यो मन
विश्वराज अधिकारी
No comments:
Post a Comment