श्राप भएँ म
उज्यालो नभएको दिन म
जुन नभएको रात म
सुन्न नचाहने कसैले
कस्तो भएँ बात म
परिस्थितिको आँधिमा
उडेर म
नचाहेर कता कता
पुगें म
आफ्नो एउटा थलो
नभएको
सुकेको भएँ पात म
यसको लागि त्यहाँ
पुगे म
त्यसको लागि कहाँ
कहाँ पुगें म
मतलब पुगे पछि तर
छोडिएको भएँ साथ म
ऊ हाँस्दा हाँस्ने म
ऊ रुँदा रुने म
उसको लागि स्वर्ग नै
धरतिमा ल्याउँदा पनि तर
नजरमा उसैको भोग्नु
पर्ने कस्तो भएँ श्राप म
विश्वराज अधिकारी
No comments:
Post a Comment