Saturday, February 11, 2012

He Had Said-Poem of the week-17


उसले भनेको थियो

उसले भनेको थियो
मला मेरो
जात न सोध्नु
समुदाय नसोध्नु
परम्परा नसोध्नु
भाषा नसोध्नु
संस्कृति नसोध्नु
क्षेत्र नसोध्नु
म यी सवैबाट मुक्त छु
मैले यिनला घेरा सम्झेको छु
धेरैला बाहिर आउन न दिने

उसले भनेको थियो
मला मेरो
सिध्दान्त नसोध्नु
बाद नसोध्नु
कसैप्रतिको अन्धविश्वस नसोध्नु
म यी सवैबाट मुक्त छु
मैले यिनला डोरी सम्झेको छु
धेरैला बाँधेर आफ्नो पछि हिँडाउने

उसले भनेको थियो
मला मेरो
योग्यता नसोध्नु
विद्वता नसोध्नु
म यी सवैबाट मुक्त भइसकेको छु
मैले यिनला
अंकुस सम्झेको छु
धेरैला आफूतिर तानेर
स्वतन्त्रतापूर्क वाँच्न नदिने

उसले भनेको थियो
मैले भन्नु नै परे
म भन्छु
मेरो बाद स्वतन्त्रता हो
मेरो सिध्दान्त क्षमा र सहनसिलता हो
मेरो योग्यता सबैलाइ माया गर्नु हो
हरेक व्यक्तिलाई बन्धु देख्नु हो

उसले भनेको थियो
आजभोलि म संकटमा छु
धेरै सत्रु जन्माएको छु मैले
कुनै पनि बेला मृत्यु हुन सक्छ मेरो

धेरै बर्ष भयो उसला नदेखेको
धेरै बर्ष भयो उसला नभेटेको

उसले भनेको थियो
म मरेर पनि बाँच्ने गर्दछु
त्यसैले मला विश्वास छ
ऊ एक दिन अवश्य आउने छ

उसले भनेको थियो
कसैले जतिसुकै छेके पनि
जतिसुकै रोके पनि
कसैले थाहा नै नपाउने गरी
म आउने छु

उसले भनेको थियो
चमत्कारी वा पराक्रमी बनेर होइन
साधारण मानिसनै
बनेर आउने छु
तर आउने छु

विश्वराज अधिकारी

No comments:

Post a Comment