Saturday, February 4, 2012

The Life-Poem of the week-16


जीवन

कहिले गतिहीन पहाड
कहिले सागर छाल
जिवन एक गीत
अनिश्चित सुर ताल

कसैको भागमा जोड्ने मन्त्र
कसैको भागमा केबल घट्ने जन्त्र
जिन्दगी राज्यमा
धेरै  धेरै तन्त्र

जिवन गणित
समाधान गर्ने आफ्नै आफ्नै सुत्र
जस्तो जस्तो जोगी
उस्तै उस्तै मन्त्र

चाँदीको छतमुनी सुनको डस्नामा
जीवन मायाको प्रेंमपत्र
सीमाहीन गरिबीमा जिवन
केवल निर्जिब यन्त्र

विश्वराज अधिकारी



4 comments:

  1. जीवनको वास्तविक चित्रण

    ReplyDelete
  2. "जीवन एक गीत अनिश्चित सुर ताल" एकदम मीठो कविता हजुर !

    ReplyDelete
  3. सुन्दर कविता !

    ReplyDelete
  4. जीवन मायाकाे प्रेमपत्र , गहन

    ReplyDelete