Tuesday, December 6, 2011

The Meaning (Nepali Short Fiction) 20 Abhinaya


परिभाषा

कार्यक्रमको समाप्ति एक महिलाको नृत्यबाट हुन थालेको थियो। सङ्गीतको धुनमा ती महिला खुलेर नाच्न थालिन्। दर्शकहरु ज्यादै प्रभावित भए त्यो नृत्यबाट, ताली पनि बजाउन थाले, जोड जोडले। नृत्य गर्ने ती महिला ज्यादै प्रशन्न भइन् दर्शकहरुको प्रशंसा पाएर। झनै भाव विभोर भइ नाच्न थालिन्। ज्यादै खुसी भई आफूले लगाएको केही वस्त्र समेत खोलेर हुत्याइन् आफ्नो नृत्यलाई प्रभावकारी पार्न, ती महिलाले। दशर्कहरु झनै प्रशन्न भए अनि जोड जोडले ताली पिट्न थाले। नृत्य गर्ने महिलाले फेरि आफ्ना केही वस्त्र हुत्याइन, खुसी हुँदै, दर्शकहरुलाई थप आकर्षित पार्न। दर्शकहरु झनै प्रशन्न हुँदै जोड जोडले ताली पिट्न थाले, केहीले त उभिएरै पनि ……….. । नृत्य गर्ने ती महिलाले, नृत्य गर्दा गर्दै त्यसरी वस्त्र खोलेर पनि कुशलतापूर्वक आफूले नृत्य गर्न सकेको विशेष कला दर्शकहरुले निकै रुचाए भन्ने विश्वास गरी झनै नयाँ नयाँ किसिमले नृत्य गर्न थालिन, अनि लगाएको केही वस्त्र फेरि खोलिन्। दर्शकहरुले ती महिलालाई अझै प्रोत्साहित गर्न, प्रशंसास्वरुप झनै जोड जोडले ताली पिट्न थाले। नृत्य गर्ने ती महिलाले शरीरमा केही मात्र वस्त्र राखी लगभग निर्वस्त्र नै भइन, नाच्ने क्रममा।
कार्यक्रम सकियो। कार्यक्रम कक्षबाट निस्किने क्रममा एक दर्शकले आफ्नो साथी तिर हेर्दै प्रतिक्रिया व्यक्त गर्यो कस्ती निर्लज्ज आइमाई! छि, झण्डै निर्वस्त्र नै हुन आँटेकी। त्यस्तो ………। निर्बस्त्र नै भने पनि हुन्छ।
साथीको प्रतिक्रिया सुनेपछि त्यो व्यक्तिले आफ्नो त्यो साथीको अनुहार तिर हेर्दै प्रश्न गर्यो ती नृत्य गर्ने महिलाले आफूले लगाएको लुगा नृत्य गर्ने क्रममा खोल्दै, हुत्याउँदै गर्दा किन तिमीले ताली पिट्दै थियो त, त्यो पनि खुब उफ्री उफ्री, खुसी हुँदै।’
आफ्नो प्रतिक्रिया माथि साथीले गरेको थप प्रतिक्रिया सुने पछि नृत्य गर्ने ती महिलालाई निर्लज्ज भन्ने व्यक्तिले धेरै बेर घोरिएर केही सोच्यो। सायद निर्लज्जको’ को  हो, आफू वा नृत्य गर्ने ती महिला, घोत लिएर सोंचेको होला।

विश्वराज अधिकारी

No comments:

Post a Comment