Saturday, December 10, 2011

The System We Are Looking For - Poem of the Week - 9


तन्त्र खोज्नु छ   

मनलाई मनले जोड्ने मन्त्र खोज्नु छ
सबै अटाउने तन्त्र खोज्नु छ

अविश्वासको धुवाँले कालो भएको छ आकास
हराएको जस्तो छ माया प्रेमको प्रकाश
अन्ध्यारोमा रुमल्लिएको जिन्दगीको निकास खोज्नु छ
मुहारमा खुसी पोतिएको चित्र कोर्नु छ

मनलाई मनले जोड्ने मन्त्र खोज्नु छ
सबै अटाउने तन्त्र खोज्नु छ

बिछोड होइन मिलनमा गाइने गीत बोल्नु छ
गुम्सिएको बेदनाको गाँठो खोल्नु छ
रोपेर वशन्त आँखामा सुगन्ध छर्नु छ
मन भित्र छरिएका  दुर्गन्ध हर्नु छ

मनलाई मनले जोड्ने मन्त्र खोज्नु छ
सबै अटाउने तन्त्र खोज्नु छ


विश्वराज अधिकारी

No comments:

Post a Comment