Saturday, December 3, 2011

Happiness - Poem of the Week 8


सुखको खोजी

आज भयो हिँजो भोलि फेरि आज भयो
मुठ्ठीको बालुबा झै जिन्दगानी झर्यो

अविरल सुख भोगको तिर्खा जिन्दगीको सार
चपल बादलको सुख छायामा रम्ने अनौठो संसार

कमाउँला फुलाउँला जिवन भन्दै अति दूर सुदूर गयो
भेटियन सुखको पोको  झन झन त्यो पर पर भयो

कस्तुरी मृग झै सुगन्ध आफ्नो खोज्दै छौ भौतिरिएर
आफ्नै मन भित्र लुकेको छ तर सुख देखिने हेर्दा नियालेर

विश्वराज अधिकारी

No comments:

Post a Comment