Sunday, August 21, 2011

Philosophy-The Impact of Event-1

विश्वराज अधिकारी

कुनै पनि घटना वा परिस्थितिले कुनै पनि कुरालाई अति नै प्रभाव पारेको हुन्छ। अर्को शब्दमा भन्ने हो भने कुनै पनि घटनाले पारेको प्रभावले गर्दा कुनै कुरा प्रति खास किसिमको धारणा बनाउने आधारभूमि तयार भएको हुन्छ। उदाहरणका लागि कुनै बगैचा देखेर कुनै कविले एक खास किसिमको कविता लेखे र त्यो कविता हजारौ व्यक्तिहरुले मन पराएर विश्व प्रसिद्ध भयो, ती कविले कुनै विश्व प्रसिद्ध पुरस्कार पाए भने ती कविद्वारा लेखिएको त्यो कविताको लोकप्रियताका लागि श्रेयता त्यो बगैचालाई दिने वा कविको कल्पनाशिलतालाई?


माथिका फूलहरुलाई हेर्यौ, कति मोहक छन् यी फूलहरु। यी फूलहरुलाई हेरेर कुनै कविले विश्व प्रसिद्ध कविता लेखे अर्थात यी फूलहरुले कविको दिमागमा खास किसिमको क्रिया गरेर उनको सृजना क्षमतामा चमत्कारिता ल्याई दिए जसले गर्दा ती कवि विश्व प्रसिद्ध हुन पुगे भने यी फूलहरुलाई खास महत्व नदिएर, ती फूलहरुको विशेषताहरु बारे सोध खोज नगरेर केवल ती कविलाई मात्र त्यो कविताका लागि सम्पूर्ण श्रेयता दिने?






2 comments:

  1. वैश्विक यथार्तलाई कसरी ओझेलमा पारीन्छ र सतही सत्यताले समाजलाई कसरी प्रतिनिधित्व गर्छ यस दुई अनुच्छेदले कटु तर स्पष्ट विचार राखेको छ ।

    भावनाको उखर्माउलो भेल उर्लाउने पनि यहि फूल हो, अनेक विविधताबीच एउटै सुगन्ध फैलाउने पनि यही फूल हो अनि अनेक भग्नावशेष बोकि हिंड्न बाध्य निर्जिव पानामा जब कविले आफ्नो सिर्जना कुदन थाल्छ त्यसलाई सजिव पार्ने पनि फूल नै हो ।

    यसर्थ फूल अनि फूलबाट फक्रिने विचारको वास्तवमा अध्ययन र कवि देखि उपल्लो स्थान अपरिहार्य छ, वैज्ञानिक कारण खोजिनुपर्छ ।

    ReplyDelete
  2. Nature is mother of all invention or creation. It's upto us what we make of it.

    ReplyDelete