Tuesday, October 4, 2011

लघुकथा - ११ अभिनय


त्यो मगन्ते

लखेट, यी सवै अटेर मगन्तेहरुलाई। यिनीहरुले बाटो साँघुरोमात्र होइन शहरसमेत ज्यादै फोहर पारेका छन तत्काला पालना गर्नु पर्ने स्वरमा एक व्यक्तिले आफ्ना सहायकहरुलाई यस्तो आदेश दियो अनि आफ्नो आदेश पालना हुने क्षणको प्रतीक्षा गर्न थाल्यो।
सहायकहरुले आफ्नो शारीरिक र प्रशासनीक शक्तिको उपयोग गरी लखेट्दै गरेका मगन्तेहरु मध्येको एउटाले आफू माथि हुन सक्ने कठोर कार्यवाहीको परवाह नगरी हिम्मत गर्दै आफूहरुलाई लखेट्न आदेश दिने अधिकारीको नजीक आएर भन्यो सर, हजूर, हामी गल्ली भित्र माग्न बसेमा हाम्रो लागि यसो गर्नेछु, त्यसो गर्नेछु भन्नेहरुले देख्न पाउँदैनन् हामीलाई। उनीहरु चिल्ला र फराकिला सडकहरुमा मात्र हिँडछन, साँघुरा गल्लीहरुमा हिँदैनन्
त्यो मगन्तेको कुरा सुनेपछि लखेट्ने आदेश दिने त्यो अधिकारीले धेरै बेरसम्म आफ्नो अगाडिको चौडा र चिल्लो सडकलाई हेर्यो अनि त्यसपछि केही बेर छेउको साँघुरो गल्लीलाई। सहायकहरुले भने मगन्तेहरुलाई लखेट्दै थिए।

विश्वराज अधिकारी

No comments:

Post a Comment