Wikipedia

Search results

Tuesday, October 11, 2011

Imandar Sajjan (Nepali Short Fiction) 12 Abhinaya


इमान्दार सज्जन

बीरगंजबाट हेटौडा आउँदासम्म मेरो छेउको सिट खाली नै थियो, यात्रु नपाएर होला। हेटौडा नाघेपछि एक व्यक्ति हतारिँदै बसमा चढ्यो अनि मेरो छेउको खाली सिटमा बस्यो। उसैको अगुवाईमा परिचित हुन खर्च भएको छोटो समयपछि हामी दुई अपरिचितहरु सहयात्रीमा रुपान्तरित भयौ।
स्वभाविक किसिमबाट वार्ताको क्रम सुरु भयो। मेरो नवपरिचित सहयात्रीको कुरावाट म निकै प्रभावित भएँ। भ्रष्टाचार गर्नेहरुको बारेमा प्रमाणसहित उसले बेलिबिस्तार लगाएको सुनेपछि मैले रत्तिभर पनि ढीलो नगरी निष्कर्ष झिकें- यो मान्छे यो देशको एक अति इमान्दार तथा जिम्मेवार नागरिक हुनुपर्छ।
उसको कुरा सुनेर मलाई ग्लानीसमेत भयो- यति पढेर पनि मैले ज्ञानको ज्योति फैलाउन नसकेकोमा। विश्व विद्यालयका विद्यार्थीहरुलाई मैले स:शुल्क ट्युसन पढाउनुको साटो नि:शुल्क पढाएको भए बेस हुन्थ्यो जस्तो लाग्यो मलाई। आफूले स:शुल्क ट्युसन पढाउने गरेको तथ्यलाई कुराकानीको क्रममा सचेततापूर्वक उठ्न दिइन पनि। उसले भनेका केही कुराहरु अहिले पनि मलाई  राम्रो गरी याद छ। उसले आँखामा आत्मविश्वासको ज्योति झल्क्याउँदै भनेको थियो ‘हामी जस्ता इमानदार तथा जोशिला युवकहरु जुटे भने यो देशको मुहार अवस्य पनि हँसिलो पार्न सकिने छ।’
रात्री बस भएकोले, छेउमा भरपर्दो र त्यसमाथि पनि काठमाडौंसम्म नै जाने एक इमानदार साथी फेला परेको हुनाले म खुसी हुँदै ढुक्क भएर सुतें। मध्यरातमा, करीब बार्ह बजेतिर नारायणघाट आइ पुगेपछि बस केही बेर रोकियो। बस केही बेर रोकिएको हुनाले मेरो निद्रा खुल्यो। आफ्नो छेउको सिटमा आँखा पुग्यो, त्यो नवपरिचित जोशिलो युवकलाई त्यहाँ देखिन। ओर्लिने बेलामा उसले केही नभनेकोमा अलिकति रीस उठ्यो, मलाई। केही बेर अकमकिएँ पनि। आश्चर्य पनि लाग्यो। उसले काठमाडौंसम्म जान्छु भनेको थियो। टाउको दुख्ने रोगले बेलाबेलामा सताउने गरेकोले सिटामोल झिक्न सुटकेसको पाकेट खोल्न खोजें। आफ्नो सुटकेस सिटको छेउतिर नदेखेपछि स्वभाविक किसिमले मेरो मुखबाट डर मिश्रित प्रश्न निस्क्यो- ए, मेरो सुटकेस खोइ हँ? कसैले देख्यो?  
म अत्तालिदै कराएको देखेर बसको सहायकले प्रश्न गर्यो कस्तो सुटकेस? त्यो निलो सुटकेस? ताला नलगाएको? तपाइँ बसेको सिटको छेउको, त्यो सुटकेस? तपाइँको थियो त्यो?
बसको त्यो सहायकले फेरि भन्यो त्यो सुटकेस…………, त्यो सुटकेस त, तपाइँको छेउको सिटमा बस्नेले लग्यो। भरतपुरमा झर्दा , त्यसको हातमा त्यो सुटकेस देखेको थिएँ, मैले। हत्तारिँदै ओर्लेको थियो, त्यो मान्छे। मैले त भन्ठाने, उसैको होला त्यो सुटकेस। फेरि, तपाइँहरु बीच पूर्व परिचितहरु झै कुराकानी भएको देखेर मैले ऊ माथि शङ्का गर्न नै सकिनँ।’
म शब्दहीन भएको देखेर त्यो सहायकले आश्चर्य मान्दै पुन: प्रश्न गर्यो  ‘होइन, साँच्चै, तपाइँले त्यसलाई पहिलेदेखि नै चिन्नुभएको थिएन त?
विरक्ति भाव मुखमा ल्याउँदै मैले उत्तर दिएँ थिन

विश्वराज अधिकारी


No comments:

Post a Comment