Saturday, October 15, 2011

Poem of the Week - 2 उसले भन्यो


उसले भन्यो

उसले भन्यो म क्रोध हुँ
म ज्ञान नाश गर्दछु
उसले भन्यो म महत्वाकांक्षा हुँ
मानवता विरुद्ध अपराध गर्नेहरुको सूचीमा
मेरो नाम शिर्षमा छ
उसले भन्यो म सिद्धान्त हुँ
मैले हजारौ लाखौ मात्र होइन
करोडौको  ज्यान लिएको छु
उसले भन्यो म हतियार हुँ
मैले केवल प्रहार गर्न जानेको छु
उलले भन्यो म रणभूमि हुँ
केवल आलो रगत पिएर बाँचेको छु
उसले भन्यो म घमण्ड हुँ
लाशहरुमाथि नाचेको छु
उसले भन्यो म शक्ति हु
सबैलाई कमजोर मात्र देखेको छु

तर यसले भन्यो म दया हुँ
म कसैलाई मार्न जान्दिन
म शान्ति हो क्रान्ति मान्दिन
यसले भन्यो मैले युद्ध देखेको छैन
रणभूमिमा अहिलेसम्म टेकेको छैन
मेरो नाम ज्ञान हो
क्षमा वासस्थान हो
मन भरि मेरो कोमलता छ
सपनामा पनि घाँटी कसैको रेटेको छैन
यसले भन्यो म अति कमजोर छु
दया प्रेममा जहिले पनि हारेको छु
आफ्नो हाँसो अरुको मुखमा छरेर
विजयी अरु लाई पारेको छु

विश्वराज अधिकारी

No comments:

Post a Comment