आर्थिक जागरणको युग
वर्तमान विश्वको आर्थिक स्वरुपलाई हेर्न हो भने पहिले भन्दा निकै फरक किसिमको स्वरुप देखिन्छ। मौजुदा स्थितिमा धनी राष्ट्रहरु विश्व बजारमाथिको आफ्नो पकडलाई अझै मजवुत तुल्याउन विभिन्न किसमका उपायहरु सोँच्न तल्लिन छन भने विकासशील राष्ट्रहरु आफ्नो देशमा उपलब्ध ज्ञान, प्रविधि, सस्तो श्रम र कच्च पदार्थको अधिक्तम उपयोग गरेर आर्थिक विकासको गतिलाई तिव्र तुल्याउन अनेक किसिमका तरीकाहरु प्रयोग गर्न लागि परेका छन। केहि अपवाद बाहेक, बहुसंख्यक विकासशील राष्ट्रहरुमा अहिले राजनैतिक मुद्दाहरुले कम र आर्थिक मुद्दाहरुले बढी महत्व पाइरहेका छन। अर्को शब्दमा भन्ने हो भने ती राष्ट्रहरुमा अहिले आर्थिक जागरण आएको छ।
राजनीतिलाई जति आवश्यक छ त्यति मात्र महत्व दिएर अधिक महत्व प्रभावकारी अर्थ व्यवस्थाद्वारा राष्ट्रको विकास गर्नु र देशमा विद्यमान गरीबलाई काम पार्नमा नै राष्ट्रिय गतिविधिहरुलाई केन्द्रित गर्नु आर्थिक जागरण हो र त्यस किसिमको जागरण अहिले खास गरि चिन, भारत, ब्राजिल र रुस जस्ता नव उदयीमान आर्थिक शक्ति राष्ट्रहरुमा बढी देखिएको छ। भारत र चिन त झन अहिले विश्वको आर्थिक महाशक्ति बन्ने दिसा तर्फ अग्रसर छन। भारतको कुरा गर्ने हो भने, देशमा व्याप्त गरिबी र अनेक किसिमका राजनैतिक समस्याहरुको बाबजुत पनि भारतले विश्वलाई आश्चर्य पार्ने किसिमबाट आर्थिक विकास गरिरहेको छ। भारतले गरेको आर्थिक प्रगति देखेर विकशित राष्ट्रहरु आश्चर्यचकित मात्र भएका छैनन् साथै भारतको आर्थिक प्रगतिको गहनतापूर्वक अध्ययन एवं विश्लेषण समेत गर्दैछन। चिनको आर्थिक प्रगतिले त झन सारा विश्वको नै ध्यान खिंचेको छ।
भारत र चिनको आर्थिक प्रगति देखेर आर्थिक क्षेत्रका जानकारहरु आँउदो ३०/४० वर्ष भित्रमा भारत या चिन मध्ये कुनै एक राष्ट्र विश्वको आर्थिक महाशक्ति हुने छ भनी भविष्यवाणी गर्दैछन्। खास गरि सेवा उत्पादन क्षेत्रमा भारत र वस्तु उत्पादन क्षेत्रमा चिनले गरेको प्रगति ज्यादै उल्लेखनीय छ। एकातिर, देशमा उपलब्ध तुलनात्मक रुपमा सस्तो श्रम र अर्कोतिर सूचना प्रवधिको क्षेत्रमा गरेको अत्यधिक विकासले गर्दा भारत आर्थिक विकासको गतिलाई तिब्र पार्न सक्षम भएको हो।
सन् २००६ मा दश प्रमुख तेल उत्पादक राष्ट्रहरु मध्ये चिनको स्थान पाँचौ थियो। यसै गरि तेल खपत गर्ने दश प्रमुख राष्ट्रहरु मध्ये चिनको स्थान दोस्रो थियो। सन् १९९१ मा चिनले संयुक्त राज्य अमेरिकालाई १९ बिलियन डलर बराबर निर्यात गरेको थियो भने २००७ मा ३२१ बिलियन डलर बराबर निर्यात गरेको थियो।
सन् २००६ मा संयुक्त राज्य अमेरिकाको कुल राष्ट्रिय आय (Gross National Income) १३३८६८७५ बिलियन डलर थियो र स्थान एक नम्बर थियो भने चिन र भारतको क्रमश: २६२०९५१ र ९०९१३८ बिलियन डलर र स्थान क्रमश: चौथो र दशौं थियो।
सन् २००७ को तथ्यांक अनुसार चिन र भारतको कुल गार्यहस्थ उत्पादन (Gross Domestic Production) क्रमश: ७.०४३ र २.९६५ ट्रिलियन डलर थियो। यसै गरि संयुक्त राज्य अमेरिकाको १३.८६ ट्रिलियन डलर थियो। सोहि अवधिमा विश्वको कुल गार्यहस्थ उत्पादन ६५.८२ ट्रिलियन डलर थियो।
माथिको तथ्यांकबाट भारत एवं चिन आर्थिक प्रगतिको दिशाम तेज गतिका साथ दौडिरहेका छन भन्ने तथ्य सहजै अनुमान लगाउन सकिन्छ।
विश्वका अनेक राष्ट्रहरुले चमत्कारी किसिमले आर्थिक प्रगति गर्ने छ भनी अनुमान गरिँदैछ। ब्रिकका राष्ट्रहरु (BRIC- Brazil, Russ, India, China), जो आर्थिक शक्तिको रुपमा उदाइ रहेका छन्, मध्ये ब्राजिलको आर्थिक प्रगतिले आउँदा दिनहरुमा पश्चिमका छ ठूला अर्थतन्त्रलाई थप चुनौति खडा गर्ने छ भनी अनुमान लगाइँदै छ।
मेक्सिको, अष्ट्रेलिया, भियतनाम, इन्डोनेशिया, नाइजेरिया, र दक्षिण अफ्रिका आफ्ना क्षेत्रका आर्थिक शक्तिको रुपमा देखा पर्ने अनुमान गरिएको छ। चिली र पेरुले धातु र खनिजको क्षेत्रमा उल्लेख्य प्रगति गर्ने छ भनि चर्चा गरिंदै छ। चिलीको हालको तामा (Copper) उत्पादनले अमेरिकालाई पनि उछिनेको छ। चिलीले अहिले अमेरिकाभन्दा ३०० प्रतिशत बढी तामाको उत्पादन गर्दछ। ब्राजिलले अहिले अमेरिकाले भन्दा चार गुणा बढी फलाम ( Iron ore) उत्पादन गर्दछ। यसै गरि ब्राजिलले अमेरकाले भन्दा दुई गुणा बढी बिफ निर्यात गर्दछ।
थाइलैण्ड, मलेशिया, फिलिपिन्स, कतार, युनाईटेड अरब इमिरेट्स पनि आर्थिक प्रगतिको दिशमा तिव्रताका साथ दौडिरहेका छन। दक्षिण कोरियाको आर्थिक प्रगति त झन उल्लेखनिय नै छ।
विश्वका अनेक राष्ट्रहरुले गरेका आर्थिक प्रगतिलाई हेर्दा यो युग आर्थिक जागरणको युग हो भनी सजिलै भन्न सकिन्छ। तर उल्लेख्यनीय कुरा के छ भने विश्वका अनेक राष्ट्रहरुमा आर्थिक जागरणको लहर दौडिदा पनि त्यो लहरबाट नेपाल प्रभावित हुन सकिरहेको छैन। के कति कारणहरुले गर्दा नेपाल प्रभावित हुन सकिरहेको छैन, ती कारणहरुको खोज्नु गर्नु आवश्यक छ। नेपालमा आर्थिक विकास तिब्रताका साथ नहुनुको कारण घरेलु राजनीति हो भनेर सहजै उत्तर आउन सक्ला तर त्येही मात्र एक कारण भने होइन। कारण अरु पनि छन र अनेक छन।
No comments:
Post a Comment