बिचारको भारी
हिँड्न सक्दैन एक्लै
खोज्दै हिंड्छ आफूलाई डोर्याउने गोठालो सँधै मान्छे
टाउकोको भारी बिसाए पनि
बिचारको भारी बोकिरहन्छ मान्छे
लाख कोशिश गरेर पनि
बस्न सक्दैन एक्लै मान्छे
घाँटी आफ्नै साथीको रेट्न
बाँकी राख्दैन फेरि मान्छे
एउटा भेंडा खस्दा अरु पनि सँगै खस्ने
कथा अरुलाई सुनाउँछ मान्छे
पछि पछि अरुको लागेर आफू खसेको
थाहा पाउँदैन खसरे पनि मान्छे
केवल अरुका लागि नै मर्न भनेर
जन्मिएको हुन्छ एकथरि मान्छे
तिनलाई अघि अघि पारि
आफूपछि पछि हुन्छ अर्को थरि मान्छे
स्वार्थको पर्खाल भित्र थुनिएर बस्छ
घुम्छ वरिपरि संधै त्यसको मान्छे
उफ्री उफ्री कराउँछ चिच्याउँ छ
भन्छ म स्वतन्त्र छु मान्छे
सृष्टिको उत्कृष्ट रचना हुँ भन्दै
ज्ञानको घमण्ड गर्छ मान्छे
देख्दा देख्दै पनि कसैको जालम
स्वेच्छाले पर्न जान्छ मान्छे
Bishwa Raj Adhikari
No comments:
Post a Comment