Tuesday, November 1, 2011

A man is Stronger than a Donkey (Nepali Short Fiction) 15 Abhinaya


मान्छे गधा भन्दा बलियो

एक शिक्षकले कक्षामा उपस्थित विद्यार्थीहरुतिर हेर्दै भने मानिसको बुद्धि गधाभन्दा पनि मन्द हुन्छ
अगाडि थप्दै उनले फेरि भने गधाले आफ्नो होइन अरुको ईच्छाले मालसमानको भारी बोक्छ र बोक्न ऊ बाध्य हुनु पर्छ पनि। तर मानिसले आफ्नै इच्छाले अरुको बिचारको भारी बोक्छ। बाध्यतामा होइन स्वेच्छाले बोक्छ। भारी जति थपिए पनि केही बोल्दैन। दीर्घकालसम्म मात्र होइन आफू थिचिएसम्म पनि बोकिनै रहन्छ। प्राथमिक स्तरका विद्यार्थीहरुले ती शिक्षकले भनेका कुराहरु नबुझेको तिनको मुखाकृतिवाट प्रष्ट भयो। एक विद्यार्थीले चाँहि शिक्षकको कुरा बुझ्न खोजेको जस्तो पार्दै प्रश्न गर्यो त्यसो हो भने मानिस र गधामा मानिस बलियो होइन त सर?

विश्वराज अधिकारी

No comments:

Post a Comment