Saturday, November 12, 2011

Are We Horse? - Poem of the Week 5


के हामी घोडा हौ?

हामी घोडाहरु
कहिल यसको कहिले उसको
निर्देशनमा दौडिरहेका छौ

कहिले यो दिशामा कहिले त्यो दिशामा
अबिरल अथक दौडिरेका छौ
दौडिरहेका छौ

दौडिनु हाम्रो नियति
दौडिनु हाम्रो प्रकृति
दौडिनु हाम्रो विशेषता
जति दौडाउन खोज्यो त्यतिनै द्रुततर गतिमा दौडिनु हाम्रो उपयोगिता

हामीलाई दौडाउनेहरुले
कहिले यता कहिले उता
कहिले कता कहिले कता
कहिले बल्दो आगोमा
कहिले गहिरो पानीमा
निर्मम किसिमले दौडाए

विना अबरोध
बिना प्रतिरोध
हामी दौडिरहेका छौ
दौडिरहेका छौ
दौडिरहेका छौ

अनि
दौडि नै रहने छौ
जहिले सम्म दौडाउनेहरुले
हामीलाई दौडाउने छन्
के हामी अवज्ञा गर्न सक्तैनौ?
खुट्टाहरूलाई रोक्न सक्तैनौ?



विश्वराज अधिकारी

No comments:

Post a Comment