Saturday, November 19, 2011

The Hunger - Poem of the Week 6

भोक

बाँकी राख्दैन केहि जलाई दिन्छ सबै निर्दयी भोक
बन डढेलो भन्दा डरलाग्दो हुन्छ पेट भित्र बलेको भोक

ज्ञान अभिमान खरानी पारि दिन्छ सुन्दैन केहि
लाज धर्म हुँदैन कति निरलज्ज अधर्मी अज्ञानी भोक

दुई गाँसको आशमा जता जसले भन्यो पुगी दिन्छ 
निरन्तर हिँड्छ पछि पछि उसैको फर्केर फेरि हेर्दैन भोक

सधै मरेको छ अरुका लागि आफ्नो लागि बाँचेको छ कहाँ
सपनामा केवल बाँची सँधै अरुको भर्याङ्ग अग्लो बनेको छ भोक

सम्मान छैन पहिचान छैन गुमनाम संधै भोक
करतुत भने सबै अरुको बदनाम केवल हुन्छ भोक

बडे बडे महान युद्ध लड्ने पराक्रमी बीर छातिहरु
अरुका लागि राज्य खडा गर्ने विशाल हात हात भोक

रोकिएको छैन कतै जहाँ पनि पुगेको छ
राज्य पत्र पार पत्र जान्दैन मान्दैन भोक

ताते पछि धेरै गर्भमा तर ज्वालामुखी बनेको छ भोक
आफूलाई प्रयोग गर्नेहरुको छातीमा ह्वार ह्वार बलेको छ भोक

विश्वराज अधिकारी

No comments:

Post a Comment