Tuesday, January 10, 2012

The Fool and the Wise Person - Nepali Short Story - Abhinaya - 24



  मूर्ख र विद्वान

मूर्ख र विद्वानको बीचमा रहेको भिन्नता छोटकरीमा लेख्नुहोस एक परीक्षामा सामेल भएका विद्यार्थीहरुक लागि यो प्रश्न सोधिएको थियो।
त्यो प्रश्नका लागि लेखिएका विभिन्न उत्तरहरु मध्ये एक यो पनि थियो। एक मूर्ख बिग्रियो भने ऊ आफूमात्र बिग्रन्छ तर एक विद्वान बिग्रियो भने उसले अन्य हजारौलाई बिगार्न सक्छ। मूर्खसँग बुद्धि नभएर मूर्ख भएको हुन्छ र त्यसै कारणले उसले अरुलाई मूर्ख बनाउन सक्तैन पनि। अर्कोतिर, विद्वानसँग धेरै बुद्धि भएको हुनाले उसले सहजै अरुलाई बिगार्न सक्छ। विद्वानको कुरामाथि सुन्नेहरुले छिटै विश्वास गर्छन पनि। उसको तर्कलाई काट्न गार्हो हुन्छ। मूर्ख र विद्वानबीच रहेको भिन्नतालाई छोटकरीमा यसप्रकार प्रस्तुत गर्न सकिन्छ।'

विश्वराज अधिकारी

2 comments:

  1. यसमा राखिएको धारणा प्रति सहमत. ठिक हो मुर्खले आफुलाई मात्र हानि पर्छ विद्यान ले धेरै लाई. मेरो भनाई मात्र येत्ति हो कि यसलाई लघु कथा कसरि भन्ने? यो त अर्ति मात्र भयो. लघुकथा खोइ?

    ReplyDelete
    Replies
    1. सरको सल्लाहको लागि धेरै धेरै धन्यवाद। अब लेख्दा यसतर्फ अवश्य विचार गर्नेछु। यसरी प्रतिक्रिया पाउँदा लेखनको हौसला वृद्धि गर्न झन् औसर मिल्छ। फेरि पनि सरलाई धन्यवाद।

      Delete