मनको शूल
सार्है घोच्ने रै’छ
हजूर मन भित्र गाडिएको शूल
पहाड बनी दिने रै’छ कहिले
तिल जत्रो भूल
कथा जति व्यथा बने
पतझड वशन्त वहार भयो
मेरो लागि यो दिलको
रहर
अर्कै ग्रहको संसार
भयो
सार्है घोच्ने रै’छ
हजूर मनको शूल
पहाड बनी दिने रै’छ
तिल जत्रो भूल
थुन्न खोज्छु कति
कति उमेरो खोला
बगिसकेको पानी हजूर
कसरी फर्किने होला
भ्रममा छु बग्ने हो कि
उल्टो उमेरको गंगा
भ्रममै बनी दिन्छ यो
मन आकाशमाथिको चङ्गा
सार्है घोच्ने रै’छ
हजूर मनको शूल
पहाड बनी दिने रै’छ
तिल जत्रो भूल
भूलको कथा भूलको
व्यथा कसैलाई सुनाउनु छ
चिरा चिरा परेको मन खोलेर देखाउनु छ
भूलमा छटपटिएको यो मन कसैले देख्ने होला
कथा मेरो यो नभनिएको कसैले बुझिदिने
होला
सार्है घोच्ने रै’छ
हजूर मनको शूल
पहाड बनी दिने रै’छ
तिल जत्रो भूल
विश्वराज अधिकारी
No comments:
Post a Comment