हामी किन आन्दोलन गर्छौ
आन्दोलनको हावा पानीमा हुर्केको हामी
हामीलाई आन्दोलन मन पर्छ
त्यसैले हामी जहिले पनि आन्दोलन गर्छौ
बुझेर आन्दोलन गर्छौ
न बुझेर पनि आन्दोलन गर्छौ।
ज्यान दिएर आन्दोलन गर्छौ
ज्यान लिएर आन्दोलन गर्छौ।
कहिले पाउनका लागि आन्दोलन गर्छौ
कहिले गुमाउनका लागि आन्दोलन गर्छौ
कहिले त त्यसै त्यसै रमाउनका लागि पनि आन्दोलन गर्छौ।
कहिले कसैले उचालेको भरमा आन्दोलन गर्छौ
कहिले कसैले थचारेको रीसमा आन्दोलन गर्छौ
कहिले त आफ्नै बन्धु बान्धवको घाँटी रेट्न पाउँ भनी पनि आन्दोलन गर्छौ।
कहिले सपनाको पछि लागेर आन्दोलन गर्छौ
कहिले कल्पनाको पछि लागेर आन्दोलन गर्छौ
कहिले भने भावनामा बगेर
आफ्नै हतियारले आफ्नो घाँटी रेट्न पाउँ भनी पनि आन्दोलन गर्छौ।
शान्तिका लागि आन्दोलन गर्छौ
क्रान्तिका लागि आन्दोलन गर्छौ
कहिले त केही नबुझेरै
भ्रान्तिमै पनि आन्दोलन गर्छौ।
कहिले जातीयताको बिरोधमा आन्दोलन गर्छौ
कहिले सामप्रदियकताको बिरोधमा आन्दोलन गर्छौ
कहिले भने जातीयताको समर्थनमा त
कहिले सामप्रदायिकताको समर्थनमा पनि आन्दोलन गर्छौ ।
कहिले अहम् का लागि आन्दोलन गर्छौ
कहिले बहममा आन्दोलन गर्छौ
कहिले कुनै विषय नभएमा
आन्दोलनका लागि नै भए पनि आन्दोलन गर्छौ।

कहिले भेडो भएर आन्दोलन गर्छौँ,
ReplyDeleteकहिले आन्दोलन गरेर भेडो बन्छौँ !
सुन्दर कविता
हार्दिक बधाई!
ReplyDeleteहो, आन्दोन गर्छौ मात्र आन्दोलनका लागि गर्छौ।
ReplyDeleteहो, आन्दोन गर्छौ पाउनका लागि होइन गुमाउनका लागि गर्छौ।
हो, आन्दोन गर्छौ आफ्नो लागि गर्छौ दुरदराज विर्सन्छौ।
हो, त्यसैले त आन्दोनकारी बनौ र सय बर्ष बितायौ।