Wednesday, January 10, 2024

Terrifying Postmodernism Part 22

 उत्तर आधुनिक युगको त्रासदी

२२

विश्व दुई ध्रुवमा डरलाग्दो गरी विभाजित

सन् १९४५ देखि १९९१ सम्मको समयलाई शीत युद्धको समय भन्ने गरिन्छ। यो समयमा कुनै ठूलो युद्ध त भएन तर विश्व दुई ध्रुवमा विभाजित रह्यो। विश्व दुई खेमामा विभाजित रह्यो। एउटा खेमा सोभियत रुस थियो भने अर्को खेमा संयुक्त राज्य अमेरिका थियो। हतियारद्वारा नभएर केवल विचारद्वारा युद्ध भएको र युद्ध नभए पनि जुनबेला पनि युद्ध हुन सक्ने खतरा रहेको हुनाले यस युद्धलाई शीत युद्ध भनिएको हो। शीत युद्ध कालमा एउटा खेमाको नेतृत्व तत्कालीन सोभियत रुसले गरेको थियो र सोभियत रुस अहिलेको जस्तो विभाजित थिएन। अहिलेका स्वतन्त्र राष्ट्र कहलिएका राष्ट्रहरू अर्मेनिया, उजबेकिस्तान, मल्डोभा, जर्जिया, लिथुआनिया, ताजिकिस्तान, बेलारुस, अजरबाइजान, कजाखस्तान, युक्रेन, अर्मेनिया सोभियत युनियनका राज्यहरू थिए। सोभियत युनियनका यी राज्यहरू सन् १९९१ मा टुक्रिए र अलग राज्य भएका थिए। अलग सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरू भएका थिए।

त्यसबेला कम्युनिष्ट शासन व्यवस्था रहेको सोभियत संघको समर्थकका रुपमा अल्बेनिया, पूर्वी जर्मनी, मंगोलिया, बल्गेरिया, रोमानिया, युगोस्लाभिया, पोलैण्ड आदि राष्ट्रहरू थिए। सोभियत संघ र यी राष्ट्रहरूको एउटा खेमा थियो। यो खेमामका सबै राष्ट्रहरू कम्युनिष्ट शासन व्यवस्था थियो। यो खेमाको नेतृत्वकर्ता र रक्षकको रुपमा सोभियत रुस रहेको थियो। प्रमुख संरक्षक थियो।  

दुई ध्रुवमा विभाजित विश्वको अर्को खेमाको नेतृत्व भने अमेरिकाले गरेको थियो। अमेरिकाले नेतृत्व गरेको खेमा भित्र युरोपियन युनियनका सदस्य जस्तै इटाली, फ्रान्स, पश्चिमी जर्मनी, बेलायत आदि राष्ट्रहरू थिए। युरोपका धेरै देशहरू अमेरिकाले नेतृत्व गरेको खेमा भित्र थिए। यो दोस्रो खेमाको नेतृत्वकर्ता र संरक्षक अमेरिका थियो। आफ्नो खेमामा रहेको कुनै राष्ट्रमा अन्य राष्ट्रबाट हमला भएमा हमला गर्ने राष्ट्रमा सैन्य कार्यवाही गर्न अमेरिका तत्पर रहन्थ्यो।  

शीत युद्ध कालमा जसरी यो विश्व दुई खेमा वा ध्रुवमा विभाजित थियो यो उत्तर आधुनिक युगमा पनि त्यसैगरी यो विश्व दुई ध्रुवमा विभाजित रहने छ। तर शीत युद्धको समय भन्दा झनै डरलाग्दो किसिमले विभाजित हुनेछ। शीत युद्धको समाप्ति पछि के विश्वास गरिएको थियो भने विश्व अब विभाजित रहने छैन। विश्वमा केवल एउटा मात्र खेमा रहने छ। र त्यो खेमाको नेतृत्व अमेरिकाले गर्ने छ। तर विपरित भयो। वर्तमान विश्वमा एउटा अर्को शक्तिको पनि उदय भयो। अर्को शक्तिको रुपमा रसियाको उद्य भयो।  शीत युदधमा विश्व दुई खेमामा विभाजित भएको स्थिति रहिनै रह्यो। विश्व विभाजित रहने, दुई शक्तिहरू- रसिया र अमेरिका, बिच संघर्ष हुने स्थिति समाप्त भएन। उल्टो ठूलो हातहतियार सहित हुने स्थिति भयो।  

अहिले दुई खेमामा विभाजित विश्वको पहिलो खेमाको नेतृत्व अमेरिकाले गरेको छ भने दोस्रो खेमाको नेतृत्व रसियाले गरेको छ। र यो तथ्य अमेरिका र रसियाको ब्यवहारबाट प्रतिबिम्वित हुन्छ। युक्रेन र इजराइलमा अमेरिका र रसिया बिच भएको परोक्ष युद्धबाट प्रष्ट हुन्छ।   

इरान, सिरिया, चीन, क्युवा, भेनेज्युएला, उत्तर कोरिया फिलिस्तिन आदिले अहिले रसियाको समर्थन गरेका छन र रसियाको पक्षधर भएका छन्। रसियाले नेतृत्व गरेको यो खेमा पहिले भन्दा निकै बलियो भएर आएको छ।

इरानमामाथि पूर्ण व्यापारिक प्रतिबन्ध  (Trade Embargo ) लगाउँदा अमेरिकाले के सोंचेको थियो भने व्यापारिक प्रतिबन्धको कारण इरानको आर्थिक स्थिति अति नै कमजोर हुनेछ र फलस्वरुप इरानमा त्यहाँका शाशक (धर्म गुरु) हरूको विरुधमा गृह युद्ध भएर इरान पहिलेको स्थितिमा आउने छ। अमेरिकाको समर्थक हुनेछ। तर त्यस्तो भएन। रसियाको सहयोगले गर्दा इरानको आर्थिक स्थिति धरासायी हुन पाएन। रसियाको सहयोग पाएर इरान अहिले अरब जगत्मा शक्तिससाली राष्ट्र भएको छ।

युरोपका अन्य राष्ट्रहरू तथा युरोपियन युनियन सदस्यहरूले अहिले अमेरिकाको समर्थन गरेका छन्। यो खेमाको नेतृत्व अहिले अमेरिकाले गरिरहेको छ। सना सान र तुलनात्मक किसिमले कमजोर राष्ट्रहरू, युक्रेन, आर्मिनिया, डेनमार्क, स्विडेन, पोलैण्ड, जो अहिले रसियाको शक्ति विस्तारबाट त्रसित छन, अमेरिकको शरणमा जान बाध्य भएका छन्। यी राष्ट्रहरू अमेरिकी खेमामा नआउने हो भने यी राष्ट्रहरूमाथि रसियाले युक्रेनमाझै आक्रमण गर्न सक्छ। पुटिन नेतृत्वको रसिया अहिले अति आक्रामक भएको छ।

चीन र भारतको भूमिक तटस्थ देखिए पनि यी दुबै राष्ट्रहरूले आआफ्नो फाइदाका लागि आफूलाई निष्पक्ष राख्न सकेका छैनन। अप्रत्यक्ष रुपमा चीनले रुसलाई र भारतले अमेरिकालाई सहयोग गरिरहेको छ।

डरलाग्दो स्थिति

शीत युद्ध कालमा देखिएको विश्व-विभाजन भन्दा वर्तमान कालको विश्व विभाजन अति नै डरलाग्दो छ। कुनै समयमा गरिब कहिलिएको भारत जसले विगतमा हात हतियार सोभियत रुससङ्ग खरिद गर्थ्यो भने अहिले आफूले नै हतियार उत्पादन गरिरहेको छ। भारतसङ्ग अहिले आणविक हतियार छ। वर्तमान विश्वसङ्ग अलग रहेको तथा गरिब कहलिएको उत्तर कोरिया पनि चीनको सहयोगमा आणविक हतियार उत्पादन र भण्डारन गर्न सफल भएको छ। अहिले रसियासङ्ग ६,४९०, संयुक्त राज्य अमेरिकासङ्ग ६१८५, फ्रान्ससङ्ग ३००, चीनसङ्ग २९०, संयुक्त अधिराज्यसङ्ग २०० पाकिस्तानसङ्ग १६०, भारतसङ्ग १४०, इजराइलसङ्ग ९० र उत्तर कोरियासङ्ग २० आणविक हतियारहरू छन।

आणविक हतियार यति घातक हुन्छ कि यसले कुनै एक सहर, कुनै एक देश वा यो विश्व नै ध्वस्त पार्ने क्षमता राख्दछ। यदि दुई देश वा विश्व- महाशक्तिको बिचमा, मानौ अमेरिका र रसियाको बिचमा आणविक युद्ध हुने हो भने यो विश्व नै ध्वस्त हुन सक्छ। यो पृथ्वीबाट मानव सभ्यता नै समाप्त हुन सक्छ। यो एक कल्पना हो। तर कल्पना सत्यमा परिणत पनि हुन सक्छ। हमास-इजराइल जस्तो युद्ध, जुन सानो आकारको छ, यो युद्धले त हजारौंको ज्यान लिइसकेको छ।

अहिले नौ राष्ट्रहरूसङ्ग आणविक हतियारहरू छन्। युद्ध भएमा र यिनीहरूले इच्छा गरेमा, आफूले शत्रू ठानेको राष्ट्रमा माथि आणविक हतियार प्रहार गर्न सक्छन। एकातिर स्थिति यस्तो छ भने अर्कोतिर वर्तमान संसारमा शान्ति छैन। अनेक देशहरू बीच युद्ध चलिरहेको छ। एकथरी आफै युद्ध गरिरहेका छन भने अर्को थरीले आफैले युद्ध नगरेर केलव शक्ति प्रदर्शन गर्न अप्रत्यक्ष रुपमा युद्ध गरिरहेका छन। आफूलाई शक्तिसाली देखाउन साउदी अरेबिया र इरानले येमनमा परोक्ष युद्ध गरिरहेका छन। येमनमा संघर्षरत पक्ष मध्ये एउटा पक्षलाई साउदी अरेबियाले सहयोग गरिरहेको छ भने अर्को पक्षलाई इरानले सहयोग गरि रहेको छ। बाहिरबाट हेर्दा येमनमा गृहयुद्ध भएको देखिएता पनि भित्र भने, येमन भित्र, साउदी अरेबिया र इरानले परोक्ष युद्ध गरि रहेका छन।

इरानले इजराइलको विरुद फलिस्तिनी (हमास) र हजबुल्लालाई प्रयोग गरिरहेको छ। इरानले अप्रत्यक्ष एवं प्रत्यक्ष, दुबै किसिमले हमासलाई सहयोग गरिरहेको छ। हमासको प्रयोग गरेर इजराइलको अस्तित्व समाप्त पार्न खोजिरहेको छ। यसैगरी इरानले लेबेनानमा पनि इजराइल बिरोधी संगठनको स्थपाना गरेको छ, जसलाई हजबुल्ला भन्ने गरिन्छ। हजबुल्लाको कार्य इरानको निर्देशन अनुसार इजराइलमाथि पटक पटक आक्रमण गरेर इजराइललाई कमजोर पार्नु हो।

रसियाले आफूलाई शक्तिसाली देखाउन वा अर्को शब्दमा भन्ने हो भने त्यस देशका राष्ट्रपति भ्लादमिर पुटिनले आफू आजीवन रसियाको सत्तामा राख्न युक्रेन माथि हमला गरेका छन्। स्वतन्त्र राष्ट्रमाथि आफ्नो थिचोमिचो बढाएका छन।

रुसको उदय एक शक्तिसाली राष्ट्रको रुपमा हुनुले अमेरिका र रसिय बिच युद्ध हुने सम्भावना बढेर गएको छ। अमेरिका र रसिया बिच त अहिले पनि युक्रेनमा परोक्ष युद्ध भइरहेको छ। यी दुई राष्ट्रहरू बिच सिरियामा पनि परोक्ष युद्ध भइहेको छ।

कुनै चमत्कार भएर, पाकिस्तान र भारत बिचको सम्बन्ध राम्रो भएमा दक्षिण एशिया शान्त रहला। तर यदि यी दुई राष्ट्रहरू बिच युद्ध भएमा त्यो युद्ध आणविक युद्ध हुन सक्ने खतरा छ। अर्कोतिर, यो पृथ्वीको अस्तित्व रहेसम्म पाकिस्तान र भारत बिचको सम्बन्ध सुमधुर हुने सम्भावना पर क्षितिजसम्म पनि देखिंदैन। कुनै दैवी शक्तिले यी दुई राष्ट्रहरूलाई नजिक ल्याएता पनि कश्मिर समस्याले यी दुई राष्ट्र बिचको सम्बन्ध राम्रो कदापि हुन दिने छैन।  

अर्कोतिर भारत दक्षिण एशियामा मात्र शक्तिसाली राष्ट्र भएको छैन, आणविक अतियार आफूले विकास गर्न सकेको कारणले भारत आफूलाई विश्वको नै शक्तिसाली राष्ट्र बनाउने दाउमा छ। र यो उद्देश्य पूर्तिका लागि भारतले आफ्ना छिमेकीहरू भुटान, नेपाल, बङ्गलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स मा आफ्नो थिचोमिचो बढाउँदै लगेको छ। उनीहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप समेत गरिरहेको छ।

एकतन्त्रीय शासन व्यवस्था भएको कारणले विरोधीहरूको स्वरलाई सजिलै समाप्त गर्न सकिने स्थिति अहिले चीनमा छ। यो स्थितिको प्रयोग गरेर चीनले चमत्कारी किसिमले आर्थिक प्रगति गरिरहेको छ। चीनको चमत्कारी आर्थिक प्रगतिले उसलाई विश्वको एक नम्बर महाशक्ति हुन सक्ने सपना देखाएको छ। त्येही सपनाको बलमा चीन अहिले अन्य देशहरूको आन्तरिक मामिलामा पस्न सकेको छ। चीनको कृपाले गर्दा बर्माको शैनिक सरकार बर्मामाथि शासन गर्न सफल भएको छ।

यो उत्तर आधुनिक युगमा माथि भनिएका कारणहरूले गर्दा हामी विश्वभरिका मानिसहरूले कुनै पनि बेला मानवीय संकटको सामना गर्नु पर्ने स्थिति आउन सक्छ। यदि अहिले तेस्रो विश्व युद्ध हुने हो भने यो विश्वबाट मानव अस्तित्व नै समाप्त हुन सक्छ।

विभिन्न राष्ट्रहरूले आणविक हतियार विकास गर्नुको उद्देश्य नै आवश्यक परेको बेलमा त्यो हतियारको प्रयोग आफ्नो शत्रुको विनास गर्न का लागि गर्नु हो। त्यसकारण आणविक हतियारको प्रयोग जुनसुकै बेलमा पनि हुन सक्छ।

आणविक हतियार विकास गर्ने वैज्ञानिक वा प्रहारकर्ताले नियतवस वा भूलले आणविक हतियार प्रहार गरेमा के गर्ने? आणविक हतियार संरक्षण गर्ने कर्मचारीहरुले भूलबस यो हतियार प्रयो गरेमा के गर्ने? चेर्नोभिल वा भोपाल जस्तो दुर्घटना भएर आणविक बम बिष्फोट भएमा के गर्ने?  यो उत्तर आधुनिक युगमा हामी अति नै डरलाग्दो स्थितिमा बाँचिरहेका छौ। हाम्रो शिरमाथि तरबार झुन्ठ्याइएको स्थिति छ। त्यो तरबार कुनै पनि बेलमा हाम्रो शिरमा खस्न सक्छ।


No comments:

Post a Comment