Thursday, January 4, 2024

Terrifying Postmodernism Part 9

 उत्तर आधुनिक युगको त्रासदी

संकटमा सानो व्यापार

उत्तर आधुनिक युगमा सानो ब्यापारको अस्तित्व संकटमा पर्नेछ। साना ब्यापारहरूको संख्या घट्ने छ। साना व्यापार गर्ने व्यापारीहरूले पेशा परिवर्तन गर्नु पर्नेछ। वैकल्पिक बाटो रोज्नु पर्नेछ। साना ब्यापारीहरू श्रमिकमा परिणत हुने सम्भावना ठूलो छ।

सडकमा पसल गर्ने, पसलका लागि कुनै निश्चित स्थान वा कोठा नहुने तथा सानो पूँजीबाट ब्यापार गर्ने, कामदार नराखेर स्वयंले नै ब्यापार गर्ने व्यापारीहरूलाई यहाँ  सानो ब्यापारी वा उनीहरूको ब्यापारलाई सानो ब्यापार भन्न खोजिएको हो।

सानो व्यापार वा सानो आकारको व्यापार गर्ने व्यापारीहरूको स्थिति उत्तर आधुनिक युगमा दयनीय हुनेछ भन्ने विषयमा छलफल गर्नु पूर्व सानो ब्यापार वा सानो ब्यापारी भनेको के हो त्यसबारे चर्चा गरौ। थप प्रष्ट हौं

कम पूँजीमा सञ्चालित व्यापारलाई सानो ब्यापार भन्ने गरिन्छ। सानो व्यापार गर्ने ब्यापारीहरूले त्यस किसिमको ब्यहापार सञ्चालन गर्न प्राय: ऋण लिएका हुन्छन। आफ्नो सम्पत्ति बेचेका वा धितो राखेका हुन्छन। वा, केहीले मात्र, आफ्नो बचत प्रयोग गरेका हुन्छन।

कम पूँजी लगाएर सानो आकारमा ब्यापार गर्ने ब्यापारीहरूलाई सानो ब्यापारी भन्ने गरिन्छ।

सानो ब्यापार उच्च मुनाफाका लागि होइन, गरिबहरूले केवल आफ्नो जीवन निर्वाह गर्न पुग्ने आम्दानी आर्जन गर्न सञ्चालन गरेका हुन्छन। साना ब्यापारीहरू उद्देश्य करोडौं रुपैंया आर्जन गर्ने, आफ्नो ब्यवसाय अनेक स्थानहरूमा सञ्चालन गर्ने, ठूलो आकारमा ब्यापार गर्ने जस्ता ठूला ठूला सपनाहरू साना ब्यपारीहरू सङ्ग हुँदैन। केवल जीवन निर्वाह गर्न र आफ्नो परिवारको भरण पोषण गर्न, शिक्षा र स्वास्थ्यको खर्च उठाउन तथा अनेक सामाजिक खर्चका लागि आवश्यक पर्ने रकमको जोहो गर्न साना ब्यापारीहरुले ब्यापार सञ्चालन गर्छन।

उत्तर आधुनिक युगका सानो ब्यापारको अस्तित्व कसरी संकटमा पर्नेछ। कालान्तरमा अस्तित्व नै समाप्त हुने स्थिति कसरी आउन सक्छ? आउनु होस यी प्रश्नहरूको उत्तर खोजौं।

उत्तर आधुनिक युगमा विश्वका अनेक राष्ट्रहरूमा दुई स्थितिहरू देखा पर्ने छन्।

१ ठूला ठूला ब्यापार गृहहरूको स्थापना र मलहरूको संख्यामा ब्यापक वृद्धि हुने।

२ ब्यक्ति एवम परिवारहरूको खरिद ब्यवहारमा परिवर्तन आएर ‘अन लाइन खरिद’ गर्ने प्रथाले अति महत्व पाउने।

उत्तर आधुनिक युगमा ठूला ठूला मलहरूले अति महत्व पाउने छन। सरकारहरूले पनि तिनलाई स्थापना हुन र सञ्चालन गर्न सघाउने छन। मलहरूको संख्यामा ब्यापक वृद्धि हुनेछ। अर्कोतिर साना ब्यापारहरूको उठिबास हुनेछ। शहर सफा र व्यवस्थित राख्ने नाममा साना ब्यापारहरूले सडक, पेटीमा ब्यापार सञ्चालन गर्न पाउने छैनन। अधिक घर भाडा भुक्तान गरेर ब्यापार गर्न नसक्ने उनीहरूको स्थितिले गर्दा व्यापारबाट उनीहरू पलायन हुने स्थिति सृजना हुनेछ। सहरहरूले अति ठूलो रुप ग्रहण गरेको र व्यस्त सडकहरूमा बसेर ब्यापार संचालन गर्न सभ्भव नभएकोले पनि साना ब्यापारहरूको अस्तित्व संकटमा पर्न सक्छ।

ब्यक्ति र परिवारहरूलाई पनि एकातिर मलमा खरिद गर्दा इज्जत बढेको अनुभव हुने अर्कोतिर मलहरूमा गएर खरिद गर्दा अनेक किसिमका थप आनन्द (रेष्टुरेन्टमा खान, घुम्न, सिनेमा हेर्ने) हरू प्राप्त हुने भएकोले मलतिर ग्राहकहरूको संख्यामा ब्यापक वृद्धि हुनेछ भने सडक व्यापारी वा साना ब्यापारीहरुको स्थिति दयनीय हुनेछ।

‘अनलाइन खरिद’ ले पनि सानो व्यापारलाई प्रतिकूलताको स्थिति सृजना गर्नेछ। पसलहरूमा घुमेर, सडक छेउमा पुगेर सामानहरू खरिद गर्नु को साटो ब्यक्तिहरू अनलाइन खरिद तिर बढी आकर्षित हुने छन। खरिद पद्धतिमा आएको यो नया प्रयोग, अनलाई खरिद’ ले सानो ब्यापारलाई ज्यादै नराम्रो गरि प्रभावित गर्ने छ।

ठूला ठूला ब्यापार-गृह हरू जो सँग पर्याप्त पूँजी हुन्छ, उनीहरूले ठूलो परिमाण खरिद गरेर, खरिद एवं यातायात लागत कम पार्न सक्छन। यी दुई लागत कम पारिएकोले उनीहरूले आफूले बिक्री गर्ने बस्तुको मूल्य पनि कम पार्न सक्छन।  अर्कोतिर साना ब्यापारीहरूससङ्ग पूँजी पनि कम, साधनहरू पनि कम, र अनुभव पनि कम भएकोले सस्तोमा सामान खरिद गरेर सस्तोमा बिक्री गर्न सक्तैनन। र यो स्थितिले गर्दा सानो ब्यापारीहरूको उठिबास हुने स्थिति सृजना हुन्छ।

अमेरिका जस्तो धनी एवं विकसित देशमा अहिले साना ब्यापार एवं साना ब्यापारीहरूको स्थिति दयनीय हुन पुगेको छ। ठूला ठूला ‘अनलाइन’ बिक्रेता ‘अमेजन’, ‘इबे’ आदिको उपस्थितिले साना ब्यापारीहरूको ब्यापारमा ठूलो ह्रास आएको छ। जुन सामान साना ब्यापारीहरूले १० डलरमा बिक्री गर्नु पर्ने हुन्छ त्यस्तै सामान अनलाइन बिक्रेताहरूल ५ डलरमा उपलब्ध गराउन सक्ने स्थिति छ।

साना ब्यापारीहरूलाई अहिले अमेरिकामा ठूला ब्यापारीहरूसँग प्रतिस्पर्धा गर्न अति नै कठिन भइरहेको छ। अमेरिकामा मात्र होइन, अहिले विश्वभरि नै साना ब्यापारीहरूको अस्तित्व संकटमा पर्दै गएको छ।

ब्यापारमा, स्वचालति मेसीन र रोबोटको प्रयोगले गर्दा पनि साना ब्यापारीहरूको स्थिति झनै संकटमा पर्दै गएको छ। आजभोलि, खास गरि धनी देशहरूमा सामान बिक्रीलाई सरल पार्न एवं बिक्री लगात कम पार्न बिक्रेताहरूले बिक्री मेसिन (Self-Checkout ) तथा रोबोटको ठूलो मात्रमा प्रयोग गरि रहेका छन।

साना ब्यापारको संख्या घटनु, साना ब्यापारीहरू कम हुँदै जानुको अर्थ जनसंख्याको एउटा समूह गरिब भएर जानु हो। यसरी उत्तर आधुनिक युगमा केही वा सीमित ब्यक्तिहरू धनी हुने तर ठूलो संख्यामा ब्यक्तिहरू गरिब भएर जाने सम्भावना छ। तर यो स्थिति कुनै पनि देशको सन्तुलित आर्थिक विकासको लागि राम्रो होइन।

गरिब र धनी बिचको खाडल बढेमा अनेक किसिमका सामाजिक उपद्रव हुन सक्छन। समाजिक आशान्तिहरु देखा पर्न सक्छन। उत्तर आधुनिक युगले गरिब र धनी बिचको खाडल झनै गहिरो र फराकिलो पारेर सामाजिक अशान्ति बढउने हो कि भनि चिन्ता लिनु पर्नै देखिन्छ।

गरिबीको कारणले अहिले पनि अफ्रिकाका देशहरूमा अनेक सामाजिक, राजनीति समस्याहरू देखिएका छन। गरिबीले अज्ञानता ल्याउने र अज्ञानताले जातीय झगडा बढाउने भएकोले अफ्रिकाका गरिब देशहरूमा आशान्ति झनै बढेर जाने भय छ। अहिले पनि सोमालिया, इथोपिया, नाइजेरिया, सुडान, येमन आदि जस्ता देशहरूम जातीय संघर्ष मानवीय समस्याको रुपमा देखिएको छ।

 

No comments:

Post a Comment